तिम्रो नाम के हो ? उसको दुबै हातका बुढी औँला मेरो नाकको डिलमा आइपुग्दा मैले उसलाई सोधेँ ।
किन चाहियो मेरो नाम तपाईलाई, मेरो मसाज मन परेन हो ?
हैन त, धेरै मन प¥यो । मैले उसलाई खुसी बनाउने उद्देश्यले भनिदिएँ । मलाई मसाज कस्तो हुन्छ, थाहा नै थिएन । थाइ मसाज अनि थाइल्याण्डको पटायामा गर्नको अनुभव लिनको लागी मेरो साथी अनुजको करले पहिलो पल्ट भारी खुट्टाहरु लिएर छिरेको थिएँ म मसाज सेन्टरमा । थाइल्याण्डको पटाया, रंगिन शहर, अझ भनौ रंगिन चाहनेहरुको शहर । वाकिङ्ग स्ट्रिटको उज्यालो अनि चमक धमकले एकछिन त मलाइ अलग्गै ग्रह, अलग्गै संसारमा पुगे झै महशुस भएको थियो । मेरो साथी अनुजलाई वाकिङ्ग स्ट्रिटको गतिविधि नौलो थिएन त्यसैले उ मलाई आफ्नो अनुभवसहित वाकिङ्ग स्ट्रिटको विशेषताहरुको वर्णन गरिरहेको थियो । Continue reading →