देउडा गीत : खेत गँहु बयाली खेल्ला

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

खेत गँहु बयाली खेल्ला , बुढाकोट का सेरा ।
आज भोली समाचार क्याछ , अछाम जिल्ला मेरा । ।
मेघ पानी बर्सेन भन्दा , क्या छ खेती पाती ।
क्या कसाछन गाउँघरका , मेरा सँगी साथी । ।

भोक अईलै भुकम्प अईलै , यै बहत्तर साल ।
दैव किन रुष्ट भया , केई पाईयन चाल । ।
बन जँगल हरियो छकी , कोयली गाउछ्की ?
सँगी साथिउ कैईलै मेरो , सम्झना आउछ्की ? ?

आउँदै छ रँगिलो होरी , बुढाकोट का किल्ला ।
शिवरात्री रमाईलो होला , हाम्रा अछाम जिल्ला । ।
ठण्डो पानी पहाडको , अँजेलिले खाउँला ।
यै साल यत्तिकै भयो , अर्का साल आउँला । ।

चन्द्र कुवँर ” चन्द्रमा ”
बुढाकोट ५ , अछाम ।
बसाई धनगढी , हाल – मुम्बई बाट ।

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.