संस्मरण : मेरो चुल्ठे साथी

~घिमिरे युवराज~Yuwaraj Ghimire

‘युनाइटेड स्टेट’लाई म जब अमेरिका भनेर सम्बोधन गर्थेँ ऊ रिसले आगो हुन्थ्यो। यूनाइटेड स्टेटको कट्टर विरोधि ऊ भन्थ्यो–’डु यु नो हाउ मेनी कन्ट्रिज् आर् इन अमेरिका?’ त्यो बानीलाई भत्काउन धेरै महिना लाग्यो। एकदिन मज्जाले अन्ताक्षरी खेल्यौँ। उसले एसियाभित्रका देश र राजधानीको नाम भन्ने, मैले अमेरिकाभित्रका। गुगल सर्च जिन्दावाद्। दुवैको सामान्यज्ञानलाई फराकिलो पार्ने बढो गज्जबको कसरत थियो त्यो। अब मित्रता झनै बढ्यो। हामी दाजुभाइ जस्ता भयौँ। कत्तिले त ‘गे’ भनेर ठट्टा पनि गर्थे, कोपनहेगन जो थियो। त्यसो त ४ महिना एउटै कोठामा बसेका थियौँ हामी। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : झुठ पनि यति मिठो

~राममान “तृषित”~Dr. Ram man 'Trisit'

झुठ पनि यति मिठो बोलेर, मनमा प्यार जगाई दियो
छकाएर तिमीलाई भाग्न नसक्ने, मायाको बार लगाई दियो

यति राम्रोसंग गल्तीलाई ढाक्ने, तिम्रो कलाको तारिफ गर्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नाजायज माया

~निराजन प्रभात~Nirajan Prabhat

“चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले एकै स्वासमा बोल्यो । उ अर्थात् मेरो नयाँ रुम मेट । खासमा उ इन्डियन हो,तर अलिक आत्मीय छ म सँग ,खोइ केले त्यो न मैले बुझ्न चाहे,न उसले बस आत्मियता सधै ( यो कम्पनीमा काम गर्दा सम्म) रहोस् यो ध्याउन्न रहन्छ हाम्रो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : निहेतिको अबलोकन

~कवित भुसाल~

मनभरी अनेकौ कुरा खेलिराछ
पिडा अनि दुख मनले झेलीराछ
केनै गर्न सकिदो रैछ जिन्दगीमा Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : तड्पिएको मन

~भबिलाल गौतम~

दुखै दुखको जिबन मेरो ,
सुख भन्ने थाहा छैन !
जल्छ मुटु तड्पिन्छ मन , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बेचिएकी कविता

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

एक काँदे झोला ,निलो कलरको
घामले पिल्सिएर खैरो-खैरो परेको ,
झोला भित्रको मेरो कविता ,
धेरै साल भो हराएको ।
देखे मैले उनीलाई ,
शहर भित्र रमाएको ,
भेटे मैले उनीलाई ,
अखबरमा छपाएको । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली सेक्युरिटी युध्द-भूमिमा

~दीपेन गर्बुजा~Dipendra Garbuja

मकै खुईल्याउने हातहरुले
म्यागेजिन भित्र
एम्मुनिसन भरिरहेका छन्
हसिया, हलो अनि कोदाली
समात्ने हातहरुले
पिकेम, एम-सिक्स्टीन, एम-फोर
एके-फोर्टीसेभेन अनि पिस्तोल
समातिरहेक छन
खेत-वारी अनि वन-पाखा जाने
पाइलाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टुक्रा-टुक्रा भयो देश

~तीर्थ संगम राई~Tirtha Sangam Rai

टुक्रा-टुक्रा भयो देश झिटी झ्याम्टा कसे अरे
बुढा-खाडा सबै छाडी युवाहरू विदेश पसे अरे ॥

खोल्सा-खोल्सी छताछुल्ल रक्त कुण्ड बगेपछि
भाग-बण्डा नपाउनेले पिठ्यूँमा छुरा धसे अरे ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : प्रेमी/प्रेमिका

~आर. आर. चौलागाईं~R R Chaulagain

प्रेमी/प्रेमिका-१
प्रेमिकाले प्रेमीलाई सोधी- “तिमी मलाई कति माया गर्छौ ?”
प्रेमीले भन्यो- “म तिमीलाई यति माया गर्छु कि-तिम्रो निम्ति ऊ त्यो पहाडबाट हाम फाल्न सक्छु ।”
प्रेमिका- “साँच्चै ?”
प्रेमी दौडिएर गयो र पहाडको टुप्पाबाट हाम फाल्यो ।
प्रेमिका अर्कै प्रेमीको खोजीमा हिँडी ।

प्रेमी/प्रेमिका-२
प्रेमिका- “तिमी मेरो लागि के गर्न सक्छौ ?”
प्रेमी- “भन न मात्रै । तिम्रो लागि म जूनतारा टिपेर ल्याउन सक्छु ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : मुमा

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

पञ्चचामर छन्द

जदौ जदौ महामहिम् जदौ गरेँ गरेँ यसै
झुकेर शष्ठअंगले प्रणाम गर्छु है यसै
बिचार उच्च राखने महा महा म ठान्दछु
तपाइनै महा गुरू म एक ब्रम्ह मान्दछु ।१।

मलाइ सृष्टि गर्नु भो र हेर्न पाइयो धरा
खुसी दिएर साथमा छ जिन्दगी हराबरा
मुमा बनेर हे मुमा मलाइ जन्म देकिछौँ
तिमी महा ति ईश्वरै तिमी नि ब्रम्ह देव हौँ ।२। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : मैले पाउँने कसरी

~बिष्णु नन्द चाम्लिंग~Bishnu Nanda Chamling

साथ आयौ र पो नत्र मैले पाउँने कसरी ।
आउँने इसारा दियौ र पो नत्र धाउँने कसरी ।।

शिशा झैँ चर्किएको मेरा मनका इच्छाहरु ।
उमारी दियो रहर र पो नत्र सजाउँने कसरी ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

देउडा गीत : फुली गइ गुराउंसी फूल

~दिपक साउँद~Deepak Saud

फुली गइ गुराउंसी फूल, बन पाखा मेला
मन पागल ईन मैना, साइ सम्झने बेला

आउँछकी सम्झना कभै, लाग्छकी बाटुली
लामा दिन उदासी मैना, एल्कि काँ काटुला Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : प्लास्टिके कुकुर, रात र म

~शिरिष लामिछाने~Shirish Lamichhane

निशाले व्याप्त जगतको
एक कुनामा एउटा शहर छ
जहाँ कयन् घरहरुकाबीच
मेरो घरको एक कोठाभित्र
म छु,अनी बत्तीको मधुरो प्रकाश छ
र छ, टेबुल माथि राखिएको एक कुकुर
एक निश्प्राण कुकुर, जसको निर्माण
प्लास्टिकद्वारा गरिएको छ।

शून्य वाट्को बत्तीको उज्यालोमा
म हेर्दछु मेरो त्यस कुकुरलाई
नियालेर, र प्रत्युत्तरमा त्यसले हेर्दछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : आगलागी

~नारायण तिवारी~Narayan Tiwari

“आगो लाग्यो ! आगो लाग्यो !!”

अचानक मेरो कानमा मानिसहरूले चिच्याएको, कराएको, हल्ला गरेको आवाज पर्‍यो । म र दिदी भर्खर स्कुलबाट आएर टुसुक्क मात्र के बसेका थियौं – टोलमा त आगो लागेको हल्लाले उत्पात मच्चाउन थालिहाल्यो ।

हाम्रो बुबा हल्ला भएको दिशातर्फ दौडिहाल्नु भयो । आमा, दिदी र म एक ठाउँमा भेला भयौं । अब के गर्ने ? टाढा मैले देखें – धुवैं धुवाँ उठेको । एकछिन पछि नै आगोको लप्का पनि देखें । फेरि एकैछिनमा आगो सल्किएर दनादन घरहरू डढ्दै गरेको देखिन थाल्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : एउटा मृत्युको बयान

~लारा राई~Laxmi Rai 'LARA'

उनी-
कोही थिइनन् तथापि, मष्तिष्कमा मेरो सदैव रहिरहनेछिन्।

अपार असहमति छ। यो माहौल, यो सभाहलभित्र छरपष्ट छरिएको गिदी र, यो गिदीजस्तै छरपष्ट मान्छेहरुसँग। भीडमा मान्छेहरु भनिरहेछन्- रक्सी ज्यादा पिएर मरेकी अरे। अल्कोहोलिक पो रहिछे-एउटी मोटी महिलाले लामो श्वास तान्दै भनी। त्यस्ती योंग केटी पनि- सँगै उभिएकी मझौली महिला मित्रको आश्चर्य मिश्रित प्रश्न। ‘नीट’ पिउँथ्यो अरे-भीडमा अर्कैको जवाब। ‘सुतेको सुतेकै मरिछ’ कुरा जोड्न थाल्यो एकजना भलाद‍मी पुरुष, ‘कसरी र के भएर अथवा किन मरिन्’ खुबै जान्ने टोपलेर। उनको मृत्युप्रति प्रत्येक मान्छेहरुले ‘अरे’ को भरमा धेरथोर आ-आफ्नो कुरा थप्दै गए। अर्को भलादमीले सोध्यो – ‘नेपालघर कताको, के थरी रहिछन्-’ प्रवासमा ‘नेपाली’ मात्रै भनेर पुगेन उसलाई। मानौं, आफ्नो गाउँठाउँ र जातको भएमात्रै चासो दिउँला नत्र बाल मतलब ! भनेजस्तो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मनोविज्ञानको शक्ति

~निर्भीक रार्इ~Nirvik rai

(भगवानको परिचय)

भगवानहरु सिर्फप्रतीक हुनाले
सबै भगवानको रुप फरकफरक भएको ।
विश्वास लिए गुइँठाले पनि वरदान दिने वा
भगवानको काम गर्ने ।
विश्वास नलिए स्वम्भुभित्रको
सिद्घार्थको मूर्ति वा पशुपतिभित्रको
शिवको मूर्तिले पनि आत्मबल वा वरदान नदिने । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मुसा आतंक

~माया ठकुरी~Maya Thakuri

टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरु पुछपाछ गर्ने क्रममा मैले चित्रकथाको ‘द पाइड पाइपर’ पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरुमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ मनमनै सोचेँ । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक पढ्न थालेँ । जर्मनीमा हयामिलिन नाउँ गरेको सहर थियो । त्यस सहरका बासिन्दा सुख शान्तिपूर्वक जीवन बिताइरहेका थिए । एक दिन अचानक त्यो सहरमा हजारौँको संख्यामा मुसा आए र सहरमा जताततै उत्पात मच्चाउन थाले । मुसाहरुले बच्चाहरुलाई टोक्न र बाटामा जे जे भेटिए, ती सब नष्ट गर्न थाले । मुसाको आतंकबाट हयामिलिनबासी ज्यादै भयभीत भए । मुसा आतंकको समस्याबाट बच्नको लागि सहरवासीले अनेक उपाय गरे, तर सफल भएनन् । त्यति धेरै मुसा मार्नको निम्ति सहरमा प्रसस्त बिरालाहरु पनि थिएनन् । एक दिन मुसाका कारण उत्पन्न समस्या समाधान गर्ने उपायबारे छलफल गर्न त्यहाँका नगरप्रमुखले बोलाएको आपतकालीन बैठकमा सहरबासीहरु भेला भए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मैले जात–भात, पैसा होईन

~गोविन्द गोदार~

मैले जात–भात, पैसा होईन
केवल तिम्रो माया चाहेको
यौवन रुप–रं¨ हेरेर होईन
तिमी संग माया लाएको

माया गर्नु अपराध हो भने
यो अपराध म गरि रहनेछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मुस्कानको खोजी

~दीपक ठकुरी~Deepak Thakuri

मलाई धेरैले घृणा गर्थें, अझ बढी त आमाले ।

गृहकार्य गर्न छाडेर म उठेँ आमालाई खुसी पार्न । दराजबाट कपास र गम झिकेर ल्याएँ । अनि बडो सावधानीका साथ माथिल्लो ओठमा गम दलेर त्यसमाथि कपास टाँस्दै थिएँ । आमा मेरो चियो गर्न आउनुभएछ । उहाँले मेरो कृत्रिम जुँगालाई खुब ध्यान दिएर हेर्नुभयो । म ट्वाल्ल परेँ । त्यसपछि मेरो कपालमा च्याप्प समातेर आमाले मेरो मुखभरि थुकिदिनुभयो । अनि स्वरलाई बुलन्द पारेर भन्नुभयो, “थुक्क ! तँ त कुन दिनमा जन्मिछस् नि ?”

“आइतबार !” मलाई अचानक फुर्सुङ्गे बन्न मन लागेछ । तर आमाको अनुहार त झन्झन् कालिँदै गयो । डरले म भाग्न लागेको थिएँ । उहाँले मलाई जोडले समातेर नजिकैको कुचो टिप्नुभयो । एक कुचो मात्र मैले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिकिर

~टंक वनेम~Tanka Wanem

मरि सकेकि आमा
खाप्पुना मरङ्ना
छोरा छोरीको मायाले
नसकेको मेलोमा
आई रहन्थिन्
र भन्थिन्
ए नानीहरु हो !
मेरो मृत्यु भएको थाहा हुँदा हुँदै
तिमीहरुको मायाले
साँच्ची मर्नै सकिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : झोली महिमा

~जे.बी. शेर्पा ~J B Sherpa

हाते झोली भन्ने बित्तिक्कै विशेषत: महिलाहरुले भिर्ने , झुन्ड्याउने , च्याप्ने झोला हो भन्ने स्वत: अनुमान लाग्छ किन भने पुरुषहरु सकेसम्म झोला जस्ता वस्तुहरु नलिईकनै ढोकाबाट हाम्फाल्दै घरबाट बाहिर निस्कनछन् , उनीहरु त्यस्ता झोलासोला , तन्द्र्यांग तुन्द्रुंग झुनड्याउनै झन्झट मान्दछन !

मलाई पहिले पहिलेसम्म आइमाई केटीहरुको झोला भनेपछि एक प्रकारको तन्द्र्यांग तुन्द्रुंग परेको अनि संसारमा जति थरिको नयाँ नयाँ झोला बने पनि सवै उस्तै लाग्ने वा वास्तै नहुने एक निरस वस्तु मात्र सम्झिन्थें ! पुरुषहरु विकर्षण हुने एक आकर्षणहीन वस्तु सम्झन्थें ! तर अब मेरो दिमागी घैंटोको पिँध सम्मै यसरि छर्लंग घाम लागेको छ कि यो हाते झोलीको बात् मज्जाले बुझेको छु र अरुलाई पनि बुझाउन सक्छु र पुरुषहरुलाई आइमाई केटीहरुको झोला मन न पर्ने या वास्ता न हुने , निरस लाग्ने सामान्य सिद्दान्त विगत, वर्तमान र भविष्यमा पनि लागु भै रहने ठोकुवा गर्छु ! Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : भुलेको छैन

~मनोज काफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

खाएका कसम भुलेको छैन
बैरीको ऋणमा डुलेको छैन

टुट्लाकी मायाँ नभन प्रिय
अटुट छ नाता टुटेको छैन l Continue reading →

Posted in गजल | Tagged | Leave a comment

तामाङ गजल : गुङरी ख्लाजि तिल्दा

~प्रेमलाल दोङ् तामाङ्~Premlal Dong Tamang

जुनि जुनि एलान बिसि ज्ञालाम गुङरी ख्लाजि तिल्दा
ङा प्राङ्बोता ख्लासि फ्युक्पोला धिमरी क्राजि तिल्दा

साचि मुला लानि दिनि ए ङा आफे बिसि ग्रण चाबा
दु:खि प्राङ्बोता आषा उन्सि टाङ्गाला लिच्छा ब्राजि तिल्दा Continue reading →

Posted in तामाङ गजल | Tagged | 1 Comment

कविता : मेरो देश रोएको बेला………

~तीर्थ संगम राई~Tirtha Sangam Rai

मेरो देश रोएको बेला………
छचल्किन्छन्…। पोखीन्छन्……।
तप्प- तप्प चुहिनै रहेको छ
अविरल आँशुका थोपाहरु…।
तिमी भने
मेरो जीवनको संघारमा
मेरो स्वागतको निम्ति हातमा
एक अाजुली मुस्कान सहित
प्रेम पत्र लिएर उभिरहेकी छौ ॥

तिमीलाई म के भनुँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : शिखर भने कहाँ

~गोपाल योञ्जन~Gopal Yonjan

शिखर भने कहाँ अझै कति टाढा
अहिले सम्म जाँदैछु म एक्लै डाँडा काँडा

म त यस्तो होइन दाई मेरो करम यस्तो २
भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो २
शहर जानु पर्ला दाई आउला दिन यस्तो यस्तो
शिखर भने कहाँ….. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अपरिभाषित प्रेम

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार  स्विटर र मफलरले हिउँ खस्ला जस्तो सिरेटोलाई छेक्दै भ्यालेन्टिना रातो गुलाफ लिएर अघिदेखि पर्खिरहेकी छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एकान्तमा टोलाई रा’ छु

~इप्सुल मगर~Ipsul Magar 'Maya'

सम्झना गर्दा तिम्रो एकान्तमा टोलाई रा’ छु
कल्पना गर्दा तिम्रो विन्ति सुन वोलाई रा’ छु

कहिले कहि भेट्दा पनि गाह्रो मान्छौ वोल्न किन
सत्य तिम्लाई मायाँ गर्छु भन्न म डरार्इ रा’ छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाली आमाको मन

~मुक्ता सापकोटा~Mukta Sapkota

सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन्
चिन्ताको तापले हरपल जलेको छ दनदन्

खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो
कहिले म माथि पर्‍यो अराजकताको पासो

हरेक चोटिको परिवर्तनले आश पलाउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : म त लालीगुराँस

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

म त लालीगुराँस भएछु
मनै भरि फुली दिन्छु
बनै भरि फुली दिन्छु
म त लालीगुराँस भएछु

फाँटहरुले कसलाइ पुग्छ, भिरमा पनि फुलिदिन्छु २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : प्रतिष्ठा

~आभास~Aavaas - Achyut Prasad Phuyal

जाडोमा ओढ्न नमिल्ने
भोकमा खान नमिल्ने
आफैँले काँधमा बोकेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती

~डी. वी. पालुङ्वा~D B Palungwa

प्रियतमा के म तिमीबाट एउटा शुन्दर
तर श्वेत पङखको उडान भन्दा कोमल
असिम आकाशबाट
यी धर्तिका क्षितिजहरु माथि पुरै
स्वेत एवं रेसादार पर्दा खसालेर
एउटा अनौठो स्पृहतामा
अनुपम भेटको आशा गर्न सक्छु ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सुसाइड नोट

~महेन्द्र पौडेल~Mahendra Paudel-1

हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी !

सायद, यही नै थियो उनको सुसाइड नोट । पोर्चुगीस भाषाबाट गुगलको सहायताले उल्था गरेँ र भाव बुझिने गरी अर्थ लगाएँ । बूढाबूढीका यौवन र जिन्दगीका अविस्मरणीय क्षण उनीहरूकै मुखबाट सुन्न म लालायित हुन्छु । यदि, ध्यानपूर्वक सुनिदिने कोही भइदिए उनीहरू पनि मनलाई नबिसाइ सुनाइदिन्छन् र फर्किन्छन् आफ्ना जवानीका दिनहरूमा । सायद, कल्पनैपुरमा भए पनि एकक्षण महसुस गर्दा हुन् यौवनिक उमेरको । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment