गजल : प्राण प्रिय प्याला

~इप्सुल मगर~Ipsul Magar 'Maya'

ए मेरो हजुर ! ए मेरो प्राण प्रिय प्याला
भेट्छु त्यै भट्टीमा लिर्इ महिना भरको ज्याला

सधै गर्छु तिम्रै भक्ती तिमी नै हौ मेरो शक्ती
जसरी नी पाउछु तिम्लाई ज्यान गए जाला Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : खाडी देश नआउनु है चेलीहरु

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

एउटा नेपालीको आशुले
अर्को नेपालीको मन रुन्छ भने
एउटा नेपालीको दुःखले
अर्को नेपालीको मन छुन्छ भने
भन्नु पर्छ हामी नेपाली हौं भनेर ।
हामीमा आत्मीयताको मिठो नाता रहेछ भनेर ।
हामीलाई
तुलसी महत्तो को यथार्यले रुवाएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सेक्युरिटी गार्ड

~जुनु राना मगर~Junu Rana Magar

लौ ! एकोहोरो हेर्दाहेर्दै
मनमनै टोलाउँदै
घरीघरी झिपिक्क हुँदा-हुँदै
माईलाको आँखा थाकेछन्
१२ घन्टासम्म उभिँदा
खुट्टाहरु पाट्टिएर
दौडन खोज्दछन् रे !
तर,
खुट्टामा फलामको
जागिरे साङ्लोले
दौडिने अनुमतिमा
भोटे ताल्चा
लगाईदिएको छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ढाकछोप

~फणिन्द्र शान्त~

‘‘के के तयारी गरिस् त हौ साइला?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न भौतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो । प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो । तत्पश्चात लुकामारी । त्यहाँ एक विल्कुलै स्वस्थ्य सर्त थियो । जो हार्छ ऊ लुकामारीको डुम हुनु पर्ने । त्यसमा छोरीको हर्षित मुहार देख्नु बाहेक मेरो कुनै स्वार्थ थिएन । बरु, चिया चोकमा पाङ्दुरे गफ छाट्न भने ढिला हुने गथ्र्यो । यद्धपि, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : नानी र घमण्डी चरो

~सागर कार्की~Sagar Karki

एउटा गाउँको सुन्दर ठाउँमा एउटी सानी नानी आफ्नो आमा बुवासँग बस्ने गर्थी । नानी सानी थिई त्यसैले सवैको प्यारी पनि थिई । नानीको एउटा साथी पनि थियो जुन चरा थियो । चरो उड्न सक्थ्यो । उड्ने चरोलाई नानीको आमाले पाल्नु भएको थियो । चरा नानीको साथी भएपनि अलि घमण्डी थियो । आफू उड्न सक्ने कुराले गर्दा उसलाई घमण्ड चढेको थियो । बेलाबेला नानीसँग खेल्दा रिस उठ्यो भने चराले नानीलाई आफू उड्न सक्ने कुराको घुर्की लगाउथ्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : सपनाको लाश

~कवित भुसाल~Kabit Bhusal

मुटु भरि पिडा हुदा हास्नु पर्छ साथी
कयौ पटक मरेरनी बाच्नु पर्छ साथी

धन कमाउन सपना बेचिन्छ यहा
नपलाउदै मुनाहरु  लास्नु पर्छ साथी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बुद्ध चाहियो

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

अब मेरो देशमा बुद्ध चाहियो
पात्तीले चोखो पार्ने शुद्ध चाहियो ।

देशको विकाश रोजगार दिने ,
एउटा शमशेर जुद्ध चाहियो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लेख : वलियो विचारका वलका कविता

~चूडा मणि रेग्मी~Chudamani Regmi

पञ्चायती व्यवस्थामा चेतनाको खरो सोर उराल्ने नयाँ उमेरका धेरै कविलाई डा. तारानाथ शर्मा आदि समालोचकहरूले ‘समसामयिक कवि’ भने। पञ्चायतको कुइरोले ढाकेको नेपालमा नयाँ चेतनाको चाहना गर्नेहरूलाई समालोचकहरूले दिएको नयाँ नाम ‘समसामयिक कवि’ निकै नै मन पर्दो थियो । त्यस्तो नाउँ पाउनेहरू मध्येका एक युवाकवि कृष्णभूषण वल थिए । तिनलाई धेरै पढुवाहरूले निकैनै मन पराएको विर्सिनसक्नु कुरा थियो । छँदै छ । वललाई मन मात्र पराएनन्, वलको वलियो विचारलाई असाध्य युगीन आह्वान ठानी नेपाली विषयका विद्वान्हरूले उच्च शिक्षामा ठाउँ पनि दिए । २०४० को छेउछाउमा वलको गर्जन साह्रै गतिलो थियो । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : अनुरोध

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

हे अतिरन्जित चमकहरु हो !
मेरा आँखाहरुको ज्योति लैजाउ
र चम्क तिमीहरु अझ धेरै
तिम्रा प्रकाशहरुमा
विभेदको कालो जिउ
झन छर्लङ्ग भएर देखियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पिउँदा पिउँदै

~यादव खरेल~yadav-kharel

पिउँदा पिउंदै जिन्दगि यो
रित्याउन चाहन्छु म
आज सारा व्यथाहरुलाई
सिध्याउन चाहन्छु म

आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : साइको

~सीमा आभास~seema avas

गोप्य विद्या उसको रुचिमा पर्छ ।

कलात्मक ढंगले अरूका गोप्य कुरा सुनाउनु उसको क्षमता हो । एक दुईचोटि संगत गरेका मान्छेका नितान्त व्यक्तिगत कुरा भन्न सक्छ । अरूका कुरा काट्नु ऊ सन्तुष्ट हुने अर्को पाटो हो ।

मान्छे बोल्दा हात हल्लाएको हाउभाउ, हिँडाइको चाल, अनुहारको मोहोडा, शरीरको बनोट यस्ता अनेकौं कुरा हेरेर मान्छेका लक्षण बताइदिन्छ ।

मुरली बजाउनु उसको पेसा हो । बोलेर, हाँसेर र मुरली बजाएर मान्छेलाई ऊ छिट्टै प्रभावमा पार्छ । उसकोमा मान्छे आएपछि घुमीघुमी मुरली बजाउँछ । मुरलीको मन्त्रमुग्ध धुन सुनेपछि आउनेहरू दानपेटिकामा पैसा खसाइदिन्छन् । ऊ झनै खुसी भएर सुमधुर धुन निकाल्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : सम्झना

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

हर क्षण तिम्रो सम्झना मा कल्पिरहन्छु
तिमि संग भेट नहुँदा धेरै तड्पी रहन्छु
जति बिर्सन खोज्छु तिमि लाई Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : छोरीको जन्म….

~चेतन कार्की~Chetan Karki

छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी यहाँ

न कुनै जन्ती, न दुल्हा राजा
न त कुनै डोली न पन्चे बाजा
यो कस्तो बिदाई चेलीको आज
यहाँ रुन्छन आमा-बाबु साथी समाज
यो जन्मको धर्ति, यो खेलेको आँगन बिर्सेर जाने कहाँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कविता : घाम पानी घाम पानी

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

घाम-पानी घाम-पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन

झिलिमिली झिलिमिली बिजुली चम्क्यो
बादल गज्र्यो अन्धाधुन
जन्ती सन्ती भागाभाग Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : उसको सपना

~एकराज प्रधान~Ekraj Pradhan

‘शरणार्थी कान्छी कति बेला आयौ ?’ उसलाई बोलाउँदा मेरो सम्बोधन प्रायः यस्तै हुन्थ्यो । कुनै बेला त्यही शब्दले ऊ औधी खुसी हुन्थी कहिलेचाहिँ खै कस्तो मुडमा हुन्थी रिसाउँदै लखेट्न खोज्थी । तर म उसलाई त्यसरी नै बोलाउँथे उसलाई मननपरे पनि । सायद उसलाई ‘शरणार्थी’ शब्दले हीनताबोध गराउँदो हो । मेरो बुझाई थियो तर पनि मुखबाट फुत्किहाल्थ्यो । उसलाई गिज्याउँदा छुट्टै मजा लाग्थ्यो । ऊ पनि मलाई चिड्याउन भन्थी ‘बाहुन बाजे’ ।

हामी छिमेकी गाउँका साथी-साथी । असार लागेपछि खेतीका लागि शिविरबाट उसका बाआमालाई बोलाइन्थ्यो सँगै ऊ पनि आउँथी । चिनजान त्यतिबेलै भयो जतिबेला ऊ भर्खरै बोल्न थालेकी थिई । ऊ यहीँ जन्मेकी हो नेपालमै । यहीँ पढी एसएलसी पनि दिई । नजिकमा क्याम्पस एउटै मात्र भएकाले पढाईको क्रममा हाम्रो भेट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिश्वासको बीज छरेर उमार जनजनमा

~बिष्णु नन्द चाम्लिंग~Bishnu Nanda Chamling

सुन्दर नेपाल र्सबभौम राज्य
इतिहाँसले त भन्छ
पहिला त थियो अरे बिशाल नेपाल
अंगे्रजले निल्यो रे टिष्टा र काङ्गडा
लडेर देखाए अरे बहादुरी खुकुरी कै भरमा
बलभद्र कुँवर र उनका सिपाहीँहरुले
छुन दिएनन् अरे बाँकी भूभाग
परन्तु
दुःखको कुरो
गुमाइका टिष्टा र काङ्गडा
फर्काउँन सकेन योद्धाहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कार्टेली

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बोल्नेहरु बोल्दै गर्छन् सधै आफ्ना लागी
आफ्नै छापाले छाप्छन् आ आफ्नै बोली
सञ्जालै सञ्जालले जेलिएका तिनीहरु ।
एउटालाई पिडा हुँदा फट्कार्छन् जिव्राहरु ।
बोल्ने छैनन् रगत नपाई मर्नेहरुका लागि ।
भोको पेटको हातबाट खोज्छन् तालीहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हिडेको म छैन

~मनोज काफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

धेरै दिन भो सँगै बोली हिडेको म छैन
घाँस काट्न खोला खोली हिडेको म छैन

प्रेममा पसिएका घाइतेहरूलाई सोध्नु
प्रेमी – प्रेमीको जोली हिडेको म छैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बिकास भयो

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

गणतन्त्रमा बन्द काम को बिकास भयो
जनतामा व्यापारको आशा छैन मन्दको बिकास भयो

जातियता बिभाजित बन्न जाँदा
देश र जनमा गन्धको बिकास भयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : मेरी आमा

~प्रभातप्रकाश तिमल्सिना~ Prabhat Prakash Timilsina

मेरी आमा तिमी हौ जननी
तिमी नै हौ जन्मभूमि
तिमी नै धर्ती माता
तिमी हौ मातृभूमि ।
आफ्नो पेटमा राखी मलाई
नौ महिना हुर्कायाै बढायौ
दश धारा दुध पिलाई
मलाई अगाडि बढायौं । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

गजल : सजिएकी छिन् उनी !!

~दीपक पाण्डेय~Deepak Pandey

दिनहुँ बेहुली झै सजिएकी छिन् उनी !!
मोलमोलाई भई बेचिएकी छिन् उनी !!

रहर नहुदा नहुदै नि रातै पिच्छे !
खाडीमा पैसासँग साटिएकी छिन् उनी !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : खलासी

~महेश बराल~Mahesh Baral 'Ghritakoushik'

च्याखुरे ज्यान,
जसरी च्याखुरिएको छ उसको कर्म ।
रुखो बोली,
जसरी रुखिएको छ उसको हातको पैसा ।
गाडीको एकोहोरो प्याँ प्याँ धुन,
कोलाहलको एकसुरे भुनभुन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बाबुसाहेब

~कमल धिताल~Kamal Dhital

रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । उसको दाजुचाहिंलाई गरिएजति खर्च ता उसलाई पनि ता गर्नु पर्ला । गरिएको खर्च पनि फेरि पानीमा जाने हो कि ! उनी विभिन्न थरिका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेम र मित्रता

~रश्मिला कवाङ~Rasmila Kawan

एक्कासी सम्झना लिएर आयौ तिमी
उषाको लालि जस्तै उजेली बनेर
मौन रहेरै बसेका थियौ मनमा
र त त्यसैत्यसै हरायौ स्मृतीपटमा
सपनाका लहरमा तैरिँदै तैरिँदै
मिठै निन्द्रामा सफलताको शिखर चुम्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो यात्रा अब अन्तरिक्ष तिर

~डी. वी. पालुङ्वा~D B Palungwa

गुज्रिएर म्याद सपनाको त्यो मधुमासमा
उपेक्षित त्यो मृत्युको ढोका ढकढक्याएर
नखोलिएका ती देउलहरुबाट
च्यातेर तमसुक जिन्दगीको
एउटा वेवारिस लासको उठाएर मुचुल्का
पुरा हुन नसकेको फेहरिस्त
न्यायधिशको इजलासबाट
तारिक लिएर फर्किएको म
आखिर
आखिर गुन्जायस के हो भनेर कसैलाई सोधिन
भगवान संग फेरी कहिल्यै संम्झौता गरिन
र भगवान्लाई गाली गर्नु पर्छ भन्ने मैले कहिल्यै ठानिन
वास्तवमा यो मेरो इश्वर प्रतिको आस्था हुन सक्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तीजकी चेली

~गणेश घिमिरे ‘मार्मिक’~Ganesh Ghimire Marmik

वर्षदिनको तीजमा माइती आएकी चेली
कहिले देखु कहिले भेटुको आतुरी
बल्ल आज पुरा भएको छ ।
आमा-छोरीको भलाकुसारी
आएँ आमा आएँ
फकाएर भएपनि आएँ
घुर्क्याएर भए पनि आएँ
माइती गाउँको आँगन
आमाको मायालु हातले बनाएको दर खाएर
आमासँगै तीजको ब्रत बस्न आएँ
साथीसंगीहरुसँग उन्मुक्त भएर रमाउन आएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नैरस्यता

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

शार्दुलबिक्रिडित छन्द

के लेखौँ अब खै सुरम्य कविता को काब्य बुझ्दो छर ?
ब्यर्थै यो किन खै उठाउनु पिडा मान्दैन यो दिल तर !
एक्लै हुन्छु बिताउदा सफरमा यो जिन्दगीको पला
थर्काएर तितो मिठो र लयमा ब्यर्थै दुखाए गला ।१।

आखाँमा भरिदै छचल्किन पुगे मोती अनेकौँ बरा !
मेरो प्यार अचम्मको हुन गयो यो सागुरो भो धरा Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : यथार्थ

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

आकाशको तारा गन्दा~गन्दै
बिहानिको मिरमिरे भईसकेछ
पिडाको भारी बोक्दा~बोक्दै
आधा जुनि बिती सकेछ
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यति गाह्रो किन ?

~इप्सुल मगर~Ipsul Magar 'Maya'

भूल मेरो के थियो र सजाय यति गाह्रो किन ?
पार्यौ मलाई मर्नु भन्दा बाँच्नु यति साह्रो किन ?

नयन भरि सजिएकी छ्यौ मात्र तिमी देख्छु भन्थ्यौ
आज त्यहि नानी मान्यौ तिमीले यति छारो किन ? Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कविता : म एउटा लज्जा लेख्न चाहन्छु

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

लगाम लगाएको घोडा जस्तै
मेहेमा बाधिएको गोरु जस्तै
हरेकको गलामा बाँधिएको छ
एउटा कुसंस्कारको साङलो
त्यसैले
भर्खरकी तिन चार जान तरुणी चेलिहरु
लठ्ठकिो साहाराले मात्र हिड्न सक्ने
एउटा जिजीविषालाई पछ्याई रहेका छन ,
आफ्नो पतिदेव संम्झेर…………।
आँखा भएर पनि ति चेलिहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाल्दै छु म

~उमा गौतम~Uma Gautam

विस्वासका दियाहरु हृदयमा बाल्दै छु म
बिउँझी आदा रातमा उद्रेको नयन टाल्दै छु म

कसैले दियो मलाई हिम्मतका साहसहरु
लर्बराएका पाएलाहरु आघी बड्न चाल्दै छु म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : तालिम आतंक

~पदम भण्डारी~Padam Bhandari

जाजरकोट सदरमुकामको रम्भा होटल अगाडि चिया पिउन जम्मा भएका मानिसहरुमध्ये एकजनाले कुरा निकाल्यो-‘जिल्लामा जुन संघसंस्था आए पनि तालिम नै गर्छन् । नोटबुक बाँड्यो, डटपेन बाँड्यो, खाजा खुवायो, तालिम सिध्यायो । तालिम संचालन गर्नेहरु साह्रै फटाहा निस्किए । यस्ता तालिम संचालन गर्नु भन्दा त बरु पैसा बाँडे राम्रो हुन्थ्यो । जिल्लामा तालिम आतंक छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment