कविता : आफ्नै देशमा सुकुम्बासी भएको छु

~तीर्थ संगम राई~Tirtha Sangam Rai

पोहोर सालका बसन्तहरू
ईलामको चिया बगानभरि
छरिएको देख्दा लाग्थ्यो,
यसपाली चाँडै फूलहरू फुल्नेछन्
आगनका डिलभरि
सयपत्री र मखमलीसँगै
शरदले पनि खुसियाली मनाउनेछ
तर हैन!
यो मेरो क्षणिक भ्रम रहेछ,
ती फूलका डालीहरू
बिछिप्त बनेर
मृत्यु शैय्यामा लडिरहेको पाएँ
ती बसन्तहरू रुँदै रुँदैै
दार्जिलिङ्गतिर झरिरहेको पाएँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : हामीः हिजो र वर्तमानमा

~आर. आर. चौलागाईं~R R Chaulagain

टेलिभिजनको साँगीतिक कार्यक्रम हेर्दै थिएँ। एउटा आधुनिक पपगीतमा गायक-गायिकाहरू नाच्दै गरेको गरेको देखेँ। हात हल्लाउँदै, कम्मर हल्लाउँदै नाचेको दृष्य अनि नेपाली शब्दहरू पनि अङ्ग्रेजी लवजमा गाएको देख्दा एकछिन त आफू अमेरिका या यूरोपको कुनै महानगरीमा छु जस्तो लाग्यो। ओहो! नेपाल त कहाँ पुगिसकेछ। विकसित राष्ट्रहरूको दाँजोमा? हामी नेपालीहरूले अरू केहीमा नसके पनि साँस्कृतिक क्षेत्रमा भने सम्पन्न मुलुकलाई पनि उछिन्न थालिसकेछौं।

कुरा त्यति मात्र हैन। अझ ती गायक-गायिकहरू नायक-नायिका बनेर शहरबीचको फोहरको थुप्रोमाथि भाँति-भाँतिका हाउभाउमा छाती उचाली-उचाली गोर्खाली जातिको चमक बढाएको देख्दा पो आश्चर्य लाग्यो। कस्तो बिघ्न नाच्न सकेको फोहरमाथि पनि! कस्तो घिन नलागेको? केटाकेटीहरू झुम्मिएका छन् Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : बुद्ध

~लाल श्रेष्ठ~Lal Shrestha

काठमाण्डूको नख्खु जेलमा चेलीबेटी बेचेको अपराधमा म ६ वर्षका लागि थुनिएको थिएँ। पुषको जाडोको एक दिन एउटा कैदी मेरो कोठामा ल्याइयो। उनको अनुहार रगताम्मे र रूप ज्यादै फोहरी थियो। म उसलाई देखेर घिनाएँ तर रहँदा बस्दा मित्रता कस्सियो। ऊ बुद्ध रहेछ। कुराकानीको क्रममा थाहा भो उसको जन्मस्थल पर्सौनी रहेछ। उसको बाउ आमा सानैमा वितेको रहेछ। बाउ चैं सिकारी भएकोले भरुवा बन्दुक चलाउन उनले सानैमा सिकेको रहेछ। उसले पढ्न जानेन तर जङ्गल पस्न, जङ्गलसँग रमाउन र पशुपन्छीको सिकार गर्न निपुण भएर निस्क्यो। ऊ समाजबाट टाढिएर बाँच्दै आयो। उसले गोठालो आएकी आइमाई अनि केटीहरूलाई बन्दुक देखाउँदै तर्साउँदै धेरै पटक सेक्स गरेको रहेछ। त्यस बापत धेरै लोग्नेहरू र केटीका बाउहरूले उसलाई पिट्नु पिटेछन्। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : डर

~शिरिष पराजुली~Shirish Parajuli

डर !
हो डर छ म भित्र
सायद तपाइँ भित्र पनि निहित छ
मेरो मात्रै एकलौटी सम्पति पो कहाँ हो र !

डरको सिलसिला बालापन देखि
अहिले ठिटो हुँदा
अनि विस्तारै वृद्दावस्था,
बालापनमा ठूलो हुन्न कि भन्ने डर
खेलौना हराउने र साथी छुट्ने डर
कागजको प्लेन च्यातिने डर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : रहर नभएर हो की ?

~इप्सुल मगर~Ipsul Magar 'Maya'

जीवन मेरो रोएर बित्यो हाँस्ने रहर नभएर हो की ?
निर्धक्क जिन्दगी बाँची रह्यो मर्ने जहर नपाएर हो की ?

भैसकेछु हेला म त आफ्नै छाँयाको पनि अचेल
खोक्रो आश्वासनको भाषण छाट्न नपाएर हो की ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : खिचे तस्विर

~कृष्णकला वनेम ‘करिना’~Krishnakala Banem 'Karina Subba'

खिचे तस्विर तिम्रै लागि हृदयमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ

हुरी आउदा पहाड बनि मलाई छेकी देउ है
घाम लाग्दा बादल बनि सीतल छाई देउ है
फूलि दिए तिम्रै लागि फूलवारीमा सजाउ Continue reading

Posted in नेपाली गीत | Tagged | 1 Comment

कथा : हुरी

~बिना तामाङ’सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

चैतका पट्ट्यार लाग्दा दिनहरु शुरु भएको थियो । तापक्रम अत्यधिक बढेर गएकोले दिउँसोको समयमा मानिसहरु बिरलै बाहिर निस्कन्थें । एक त गर्मीको समय अर्को तराईको ठाउँ भएकोले लु लाग्ने डरले आमा सधैं ” बाहिरफेर नगएस दिउंसो ,बरु गृहकार्य गरेस् , भर्‍याङ मन्तिरको खाली भागमा पुतली खेलेस् ।” भन्नु हुन्थ्यो । म चुपचाप सहमतीमा टाउको हल्लाउँथें तर मनले भने “अहँ जान्छु बाहिर दतिवनको रुख मुनि भाँडाकुटी खेल्न सोनाम र लक्ष्मीसंग ।” भनिरहेकी हुन्थें ।

गर्मी पनि उधुमकै हुने । राती फुल स्पीडमा पंखा नघुमाएसम्म निन्द्रा नपर्ने । कहिले काँहि त त्यतिले नपुगेर ओछ्यानमा पानी छर्केर पनि सुत्थें ।साँच्चै कति नरमाईला दिनहरु थिए । त्यति हुदाँ हुदै पनि मलाई भने खुब रमाईलो लाग्थ्यो ।किनकी गर्मी बढेकैले स्कुलमा कक्षाहरु पनि बिहान ६ बजे देखि १० बजेसम्म लाग्थ्यो । अनि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : पल पलमा मरिन्छ

~कवित भुसाल~Kabit Bhusal

जब अाफ्नैबाट तिखाे परार हुन्छ ॥
अनि ठुलै जित पनि त हार हुन्छ ॥
न मर्न न सकिन्छ न बाच्न तर Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : देश ,नेता र सहमति

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

छोरा छोरी बुझकी छन्

बुढा-बुढीले

जे पकाएर दिए पनि

सन्तोक मानेर, खान्थे

हिजो पनि सन्तोक मानेर

खाएकै हुन्
मिठो लाग्यो?

उनीहरूले कहिल्यै सोधेनन् ..

यस्तो लाग्यो,

यनीहरूले पनि भनेनन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो तस्बिर ईन्टरनेटमा देख्दा

~दीपेन गर्बुजा~Dipendra Garbuja

तिम्रो तस्बिर ईन्टरनेट मा देख्दा
अतित का याद हरु आयो
ती पलहरु सम्झिदा
१-२ शब्द लेख्न मन लाग्यो
……………….
तिमी सँगको पहिलो भेत मा
हाम्रो नजर हरु जुदिरहन्थ्यो
वैषाख-जेष्ठ को गर्मी मौसम मा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोका उडुस

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

चेप्सो टाँसीएका ,फनफनी घुम्दै ,
गाँऊ,वस्ति-वस्तिहरुमा ,
ओछयानको चोसा-चोसामा ,
चाहारिएर ,सुटुकै वसे छ ,
ति भोका उडुसहरु …,
कोही चिच्याउदै कार्पेट र
भित्ता-भित्तामा दगुरी रहे । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच तिमीले बाँच्नुपर्छ ! तिमी भन्छौ

~ठाकुर बेलवासे~Thakur Belbase

यात्रामा देखिँदै गरेको उज्यालोले
आँखामा पट्टी बाँधेर
मलाई डोर्‍याइरहेको हुन्छ ।

आँखाको लोभ नगर
लोभ नगर हात र खुट्टाको
अग्निकुण्डमा हाँसोलाई आहुति दिएर
तिमी भन्छौ
बाँच, तिमीले बाँच्नुपर्छ ।

मेरा लागि केही बाँकी छैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : म रहरले मरे

~सागर कार्की~Sagar Karki

अरू जहरले मर्छन् म रहरले मरे ।
तिमीलाई पाउने मिठो कहरले मरे ।।

सपना तिम्रो मेरो अनी सानो घरको ।
जल्यो फूल्न नपाउदै त्यही प्रहरले मरे ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : आइमाई

~केदार श्रेष्ठ’गगन’~Kedar Shrestha 'Gagan'

आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा यो पग्लेर पानी बनेर बग्ने गर्दछ । त्यही भयो आज मेरो आँखामा । वृद्धावस्थातिर उकालो चढ्दै गरेकी ती हजुरआमाको अनुहारमा हेर्छु । वर्षायामको झरी जस्तै वगिरहेछ आँसु आँखाबाट ।

गाउँमा उनीहरूको जीवन सामानय र अनुकरणीय थियो पहिले । सबैजना उनीहरूलाई आदर गर्थे । तीन जनाको सुखी र आदर्श परिवार थियो । विहान सखारै उठ्थे दुबै वूढावूढी नै । वूढा गोठधन्दामा लाग्थ्यो । वूढीचाहिँ घरधन्दातिर लाग्थिन् । गोठधन्दा सकेपछि घर नजिकैको धारामा स्नान गरी धोती फेरेर पूजा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्रास

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

ब्रह्मलाई
शुन्य बाकसमा राखेर
म भुँडी मात्र लिएर
बाटोमा हिंड्छु

म स्वतन्त्रताको
सिमाभित्र छैन
म बाहिर छु
यहाँ,मान्छेहरु
अराजकतालाई नै
स्वतन्त्रताको सगरमाथा ठान्छन्
Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : लागिग फागुनको मैना

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

लागिग फागुनको मैना , गयो धर्मी माघ ।
मेरो खबर सुनाई दिनु , दैला बास्न्या काग ।।

डाँडा छैकी खोला छैकी , काँछै मुँगा माल ।
कलेजी कटाउन लाग्यो , तेरो माया जाल ।। Continue reading

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : एउटा मध्यरातको कथा

~सन्दिप बडाल~

एउटा मध्यरातको कथा
कसलाई सुनाउँ थाहा छैन
एउटा आर्तनादको कथा

दबेकाछन् मनभित्र पिडा अनि चोटहरू
घाउमाथि काटेको छ, आला भा’छन् खोटहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नगर बधुहरुको आवाज

~दयाकृष्ण रार्इ~Dayakrishna Rai

लाटाको देशमा गाँडहा तन्नेरी
भएर आयो गणतन्त्र
दरबारबाट काँचुली फेरेर
संग्रहलय बनेर,
डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर
फिस्स हाँसि रहेको छ नारायणहिटी !
नयाँ नेपालको नयाँ संबिधान चाहि
के भएर आउने हो कुन्नी ?
सबै कुरा नाँपे, Continue reading

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : कलेज

~सगुफ्ता साहिन~

वर्तमानमा कलेजमा छाएको पश्चिमीकरणले गर्दा हरेक विद्यार्थीहरु विग्रिरहेको अवस्थामा उनिहरुलाई शिक्षक संग गर्नुपर्ने व्यवहर र सत्कारको पनि ज्ञान रहेको देखिदैन । यसैलाई मध्यनजर गरेर यो नाटकको सृजना गरिएको हो । यसको सुरुवात शिक्षकको कक्षामा आगमनसंगै हुन्छ ।

शिक्षक : सबै विद्यार्थीहरु उठ है !
(सबै विद्यार्थीहरु उठ्छन् तर दुई जना बसिरहन्छ ।)

विद्यार्थीहरु : Good morning गुरुबा ! (एउटै आवाजमा) Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : छुटेको बागदाता

~दीपा राई पुन~Deepa Rai Pun

सपनाहरु उडेर
समय स्तब्ध उभिएको बेला
सुनसान मलाई तिमीले प्रेम गरेको क्षण
मप्रतिको निश्चलता
मायालु लाग्या मरो नेप्टे !

दूर देशबाट पनि
चिम्सो आँखा अझ चिम्सै पार्दै
मायाको मिठो धुन सुनाउँदा
हत्केलाले आँसु पुछ्दै
मलाई हाँस्दै बाँच्नू भन्दा
तिम्रो त्यो सम्मान र आदर बुझेर
अझ बेसी माया लाग्यो मेरो चिम्से ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बलिदान उठ्यो

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

रक्तक्रान्तिको ज्वालामुखिमा
आज उठेको यो बलिदान
श्री नढलेका युवा युवतीको
हृदय हृदयको स्वाभिमान
आज उठेको…………

सानो एक झिल्कोबाट
बढ्दै जान्छौं लाख जवान
न्याय बचाउन देश उचाल्छौं
गर्दै जान्छौ अर्पण प्राण
आज उठेको……….. Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र कथा : प्रश्नचिन्ह

~शंकर लामिछाने~Shanker Lamichhane

श्री सम्पादकजी,

कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा पहिले पनि भिन्न देखिन्थ्यो । उसको पिताजी दरबारी थिए । तेस्रो बाजी बिहा गरेर जन्मेको राजुले आफ्नो बाल्यावस्था पिताजीको काखमा बिताउन पाएन । आमा उसलाई जन्म दिएको केही समयमा नै परलोक भइन् । र ऊ पालियो पिताको एक साथीकहाँ । परदेशमा । काकाले उसलाई मित्रको हैसियतबाट पाले । र राज जहिले पनि थियो । उसले चाहेको पुग्न गाहारो थिएन – धनको विषयमा । तर प्यार उसले पाएन ।

र आज उसको यस्तो पत्र पाउँदा- मलाई दुःख लागेको छ । र म त्यसको जवाफ पाउन सक्दिनँ । यो पत्र छापिदिनोस् । सायद कोही पाठकले तकलीफ उठाएर जवाफ दिहाल्नेछन् । Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : हामी एक जुट हौ

~दीपेन गर्बुजा~Dipendra Garbuja

उ हिमालमा बस्छ
उस्लाई भोटे भन्छन्
म पहाडमा बस्छु
मलाई पहाडे भन्छन्
उनी तराईमा बस्छिन्
उनलाई मदेसेनी भन्छन्
उठौ साथी हो उठौ
हिमाल,पहाड र तराईका साथीहरु
हामी एक जुट हौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : जन्मभूमिको माया

~इप्सुल मगर~Ipsul Magar 'Maya'

जन्मभूमिको मायाँ खिइयो कि कतै !
प्रदेशीको त्यो मन सिइयो कि कतै !

ती बुढा आमा र वावा पर्खेका छन् है
मीलनको दियो मनमा बालेका छन् है Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : बुद्ध धर्म र हामी

~जे.बी. शेर्पा ~ J B Sherpa

आदिम युग देखिनै मानव जाती हरुले कुनै न कुनै प्रकारले धर्म लाइ मान्दै आई रहेका छन । समयक्रम संगै संसारमा विभिन्न धर्म हरुले मानव समाजमा प्रभाव जमाउदै फैलिँदै जान थाल्यो यसरी फैलिदै गई रहेको पुरानो धर्महरु मध्ये बुद्ध धर्म प्रमुख मानिन्छ । एक्काईसौँ शताब्दी को आधुनिक वैज्ञानिक युगमा समेत बुद्ध धर्म ले झन झन गहिरो ज़रा गाड्दै गई रहेको छ । विशेष गरी यूरोप र अमेरिका मा बुद्ध धर्म प्रति व्यापक आकर्षण बढ्दै गई रहेको छ फलस्वरूप उनी हरुकै सक्रिय सहभागिता मा हरेक देश हरुमा बुद्ध संघ संगठन र बौद्ध गुम्बा हरु समेत निर्माण भै सकेका छन भने कतिपय देश हरुमा निर्माण का क्रम मा छन । सवै बौद्ध धर्मावलम्वि हरु वा बुद्ध धर्म प्रति आस्था राख्ने सवै लाइ यो ख़ुशी कै विषय हो । वास्तविक रुपमा भन्नेहो भने प्रचार र प्रशार बिना नै आधुनिक र वौद्दिक समाजमा यस धर्मले स्थान पाउनु भनेको नै बुद्ध धर्म को मह्त्व ले संसार ब्युंझिनु हो । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : मार्यो मलाई

~तीर्थ संगम राई~Tirtha Sangam Rai

आखाँ तिम्रा सारै नशालु आहा !! कर्के हेराईले मार्यो मलाई ।
ओठ को त के कुरा भो र पि्रय दन्ते मोहनीले मार्यो मलाई ॥

वक्षस्थल त झनै बैशालु वाह !! नशा-नशामा चढ्यो जवानी ।
नितम्बको कुरै छाडौ मृग नयनी चालले घाईते पार्यो मलाई ॥ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : विश्वयुद्ध अन्तिम विकल्प

~निर्भीक रार्इ~Nirvik rai

(धन्य हुने नेता र वैज्ञानिक)

विश्वमा दैनिक पाँचलाख भुँडी घटे
सातलाख थपिँदा र पृथ्वीचाहिँ एकइन्च पनि नबढ्दा
वा बेलुन फुलाए झैँ पृथ्वीलाई फुलाउँन नहुने हुँदा
खरबौँ वर्ष पछि भए पनि
अन्न, फलफुल उभ्ने सबै खेतबारीमा र
पशुपन्छी चर्ने, डुल्ने, बस्ने सबै
जङ्गल, चौर, नागी, स्वाँरोमा घरहरु ठड्याइने Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : चिन्ता

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

           तोटक छन्द

अभिभाज्य कुरा छ बिभाजनमा
सुख छैन अरे जनको मनमा
किन भाग र अंश लगाउनु खै
इतिहास सधैँ छ नि हो जिउदै ।१।

किन मास्नु सबै बिरुवा फलको
लिन स्वार्थ र यो सुबिधा पलको
अब चुन्नु यहाँ सब खास बुझि
हिड मार्ग सही इतिहास बुझि ।२। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : टिष्टा र राबी नदीका सपनाहरु

~टंक वनेम~Tanka Wanem

इतिहासको गर्भ मै टुहुरा भएर
दाम्साङ गढी र राबी नदी
सुगौली सन्धिले बारेको
मेचीको धार चिमोटिन्छ
दिनदहाडै कोपारिन्छन्
जङ्गे पिलरको नाङ्गो छाती
सुस्केरा हालेर हर्रर ….
बग्छ रे टिस्टा नदी ।

असल छिमेकी रोजेर नपाइने भए पछि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुक सुन्दरी

~जनक तिमिल्सिना~

चकलेटी अनुहार, गाजलु आँखा, पातलो वान्की परेको शरीर, एकतर्फी कोरेको सिल्की कपाल सबैको संयोजनबाट उ सुन्दर देखीएकी छे। हरियो कुर्ता सुरुवाल, निधारमा रातो टीका, घाँटीबाट पिठ्यूँतिर खसेको दोपट्टाले उसको सुन्दरतामा झनै निखारता ल्याएको छ। उसको फेसबुक ठेगानामा कैयन तस्विरहरु छन। जसमध्ये, ल्यापटप काखमा राखेर खिचिएका केही तस्बिरहरुमा ऊ बढी खुलेकी छे। जहाँ ब्युटिफुल, नाइस, एक्सेलेन्ट, चार्मिङ, अम्याजिङजस्ता कयौँ विशेषणयुक्त “कमेन्ट” पनि झुण्ड्याइदिएका छन्, उसका साथीहरुले । तर उसले कुनैपनि कमेन्टमा प्रतिक्रिया जनाएकी छैन। सायद, ती कमेन्टप्रति पनि ऊ पुरै बेखबर छे।

धेरैपछि आज उसले फेसबुकमा नयाँ स्टाटस लेखेकी थिई– “इक्जाम इज कमिङ सुन् बट् नो प्रिपेरेशन।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : हाँसु म के गरि

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

नयन भरि रोदन
आँसु छ गहभरी
तिमि आफै भन
छोडी जाने निर्मोही Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : परदेशी बनि

~पवित्रा गुरुङ~Pabitra Gurung

नमान्नु दुखी परदेशी बनि
धर्ती उहि हो जहाँ गए पनि

नभुल्नु यो जन्मभूमिलाई
जति टाढा गए पनि Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment