देउडा गीत : लागिग फागुनको मैना

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

लागिग फागुनको मैना , गयो धर्मी माघ ।
मेरो खबर सुनाई दिनु , दैला बास्न्या काग ।।

डाँडा छैकी खोला छैकी , काँछै मुँगा माल ।
कलेजी कटाउन लाग्यो , तेरो माया जाल ।।

तेरो आउन्या मेरो जान्या , दो बाटो हुन्लाग्यो ।
जती जती छुट्टिन लाग्याऊ , उति मन रुन्लाग्यो ।।

एक डाको मायाको लाउनु , याँ मुम्बई सुन्निन्या ।
काँ होला सागुरो बाटो , माया जाल थुन्निन्या ।।

मुम्बई आउन्या रेलगाडिका , पैया गुडनलाग्या ।
काँ छै मेरी रानी चडा , चेत कान उडनलाग्या ।।

चन्द्र कुवँर ” चन्द्रमा ”
बुढाकोट ५ , अछाम ।
बसाई धनगढी , हाल – मुम्बई बाट ।

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.