~सागर कार्की~
थाहै छैन सागरमा पानी कति छ ।
किनारमा बग्ने जिन्दगानी कति छ ??
अन्जान छु आफ्नै रङ्ग र रहरमा
किन सोद्धछौ मसँग जवानी कति छ ?? Continue reading
~सागर कार्की~
थाहै छैन सागरमा पानी कति छ ।
किनारमा बग्ने जिन्दगानी कति छ ??
अन्जान छु आफ्नै रङ्ग र रहरमा
किन सोद्धछौ मसँग जवानी कति छ ?? Continue reading
~प्रमोद अमात्य ~
शहरिया भएँ जस्तो कहिले
कहिले गाउँले नै रहे जस्तो
अलिकति हराए जस्तो
अलमलिए जस्तो छ उ
किनकि,
शहरको भीड र भागदौडमा
गाउँ खोज्दछ उ
गोठ र गोरु नपाएर यहाँ
झोक्राउँछ उ
पहरा पखेरु मै फर्क न भन्दा
सडक र सवारी त्यहाँ देख्दैन उ Continue reading
~चुडामणि रेग्मी~
चाड–वाड झैं सम्मेलन पनि रमाइला हुन्छन् । चिया खान पाइन्छ । सिग्रेट जत्ति खाऊ । सुपारी पनि चवाउन पाइन्छ । एक जना प्रतिनिधिको पछि लागेपछि खान पनि भुँडी फुटुन्जेल !
त्यस दिन पंचायत र वर्गीय संगठनको सम्मेलन थियो । घाम लागेर धर्ती उज्यालो त्यसै थियो । त्यसमाथि राष्ट्रिय झन्डा फर्फराइरहेका ! रातो सभा–मण्डप मानौं एक काल्पनिक प्रवेशको रमाइलो एक घर हो । तोरणहरू सज्जित थिअे । अर्कापट्टि हल्लाखल्ला र गफ थियो, एकापट्टि भने “किन यो मन उदास–उदास छ मेरो !” गीत वजिरहेथ्यो ! पञ्चहरू निजी छलफलमा लठ्ठ थिअे ।
मन्त्री आअे, ताली पिटियो, सभापतिको चुनाउ भयो, भाषण थालियो । Continue reading
~दिलिप योन्जन~
फुलै त टिप्छ नि मान्छे
काडाँ कस्ले टिप्छ र
खुसी त लिन्छ नि मान्छे
ढुख काहाँ साट्छ र।
हुदा खादा पो आफ्नो मान्छे
नभए सबै पराई Continue reading
~युद्धप्रसाद मिश्र~
फलफूल चाहिँ नमिठो मान्छु
मासु पाए खुसीसित खान्छु
दही दूधको सौखिन भारी
म हुँ बिरालो मुसा सिकारी
छैन कसैसित झगडा मेरो Continue reading
~टंक वनेम~
जराहरु मक्किएर
काण्डहरु नफले पछि
त्यहि रुखका पातहरु
त्यहि रुखका डाँठहरु
त्यहि रुखका काठहरु
अर्को शब्दमा-
रगत जस्तै रातो देखिने
बाशनादार रक्त चन्दन
अरनिको राजमार्ग हुँदै
खासा पुग्छ अचेल
र Continue reading
~आभास~
टाढा धेरै टाढा उडेका रङ्गीन चरा
धरतीमा कहिले फिर्लान्?
आकासको कालो मैलो हटी
घामजून कहिले खुल्लान्?
सँघारमा कमजोर आमाको छायाँ
हुरी चलेको आवेगमा
यस्तो लाग्छ यो घर-संसार
जलिरहेछ संवेगमा
आज, हामी माझ बल्झेका पीर सारा Continue reading
~शकुन्तला जोशी~
‘भित्ता पनि बोल्छ र ?’
‘किन नबोल्नु, बोल्छ । बोल्ने भएरै त म प्राय: गफ गरिरहछु नि यिनै भित्तासँग । जे छन्, यही भित्ताहरूमै छन् मेरो भन्नु ।’ त्यति भनिसक्दा उनको अनुहार अलिकति उज्यालियो । मलाई बस्न आग्रह गरे उनले । सायद सहयोगी हुनुपर्छ, एउटी महिलाले क्रिस्टलको चमकदार ग्लासमा हामीलाई पानी र कफी टक्राइन् । कफीको सुर्कोसँगै सञ्चो बिसन्चोबाट मैले कुराको पोयो सुरु गरें ।
‘सर, अचेल केमा व्यस्त हुनुहुन्छ ?’
‘खास केही छैन । पुराना पुस्तक दोहोर्याउँदै छु ।’ Continue reading
~दीपक जंगम~
साउनको झरी बनी तिमि आउन
मेरो मनको अँधेरी मा जून छाउन
बाफिएर आज हिमाल किन रोएछ २
कता कता मन भित्र घाउ दुखेछ
बिहानीको किरण संगै तिमि आउन
छाती भित्र मुटु पोल्छ तिमि आउन Continue reading
~नगेन्द्र थापा~
चिनारी हाम्रो धेरै पुरानो रहे झैँ लाग्दछ
नदेखे पनि भेट है संधै भए झैँ लाग्दछ २
शितल दिन्छौ पबन भएर मिर्मिरे आलमा २
मायालु न्यानो स्पर्श दिन्छौ किरणको रूपमा Continue reading
~प्रतीक चाम्लिङ~
उराठीलो गोधुली
अस्ताउनै लागेको घामको
मिहीन किरण
समुन्द्रको छाल संगै
डुब्दै र तैरन्दै
मधुरो टल्किरहेछ
मबाट फुत्केर निस्केको
चुरोटको धुवा
पर क्षितिजलाई ओझेलमा पार्दै
मेरै आंखाको सामुबाट
फुस्स फुस्स आकाशतिर उडिरहन्छ Continue reading
चिसो, अत्यन्तै चिसो । नरकीय पीडाको याद दिलाइदिने चिसो सडकमा स्टेला (Stella) अन्य दुई जनासँग हिड्दै छ । यस्तो सडकमाथि उनीहरू कसरी सँगसँग हिड्न सकेहोलान् । पीडाले थिलथिलिएका रोजा (Rosa) का दुई वक्षस्थलमाझ पछ्यौरीमा बेरिएकी म्याग्डा (Magda) ठण्डीले कुक्रुक्क परेकी छ । Continue reading
~डी. वी. पालुङ्वा~
मान्छेहरु आफुलाई खोई कोनी के के ठान्छन
हजार पाप गर्दै फेरी देवताकै पुजा गर्छन
कोरस-
यहां त हजुर यस्तै छ , खाली सुनकै भाउछ Continue reading
~राम चाम्लिङ्~
छर्दा छर्दैको बिउ
मुट्ठिमै नसकिदै
बगाएकै हो हल गोरु
बगाएकै हो घुरेन
मारुनी नाच्ने आगन
चिरा-चिरा परेर
भासिएछ जग
अनी
ढलेकै हो घर । Continue reading
~दिपक घर्ति मगर~
बिताएको ती पल फर्कीदैन कालि
तिमि देखि अन्त मन सर्किदैन कालि
अजम्बरि याद बनेर बसेकोछ मनमा Continue reading
~मनोज काफ्ले ‘मनसुन’~
मलाई सताउनेको के विश्वाश गरौं ?
भेटे नबोलाउनेको के विश्वाश गरौं ?
कतै लत्तीएँ कतै धम्किएँ जिन्दगीमा
दुँनिया नचाउनेको के विश्वाश गरौं ? Continue reading
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
एउटा भेटमा
जब हामीले आगो फुक्यौं
ताप्यौं र निभायौं,
मैले उसलाई
संतोषको स्वरमा भने-
यो सुख मलाई
उद्विकासले दिएको होस् Continue reading
~सागर कार्की~
पिडा लुकेको मात्र हो म रोएको छैन ।
मन दुःखेको मात्र हो म रोएको छैन ॥
शुर वीर ठान्थे तर माया झेली रैछ ।
कठै झुकेको मात्र हो म रोएको छैन ॥ Continue reading
~अमन महर्जन~
आहा! कति राम्री गुलाब सरी तिमी काँढै काँढा बिच फक्रीदिन्छौ
हिलै हिलोंको दल्दलमा पनि तिमी कमल बनी मुस्काँउछौ
कालो बादलको संनाहट्मा सुनौलो आशा बोकी फलिदिन्छौ
उकुस मुकुस र पिडामा तिमी प्रेरणा लिई उदाँउछौ
आहा! तिमी त आशाढको पन्ध्र , कोदाली र कोदालोमा रमाउँछौ
हिले टिका हिले सिंदूर लिई हिलै हिलोमा जिस्किंछौ Continue reading
~गणेश पुर्बछाने मगर~
भो अब त रुदिन भन्छु
रसिन्छ यी नयन हरु
उफ सम्झन्न अब त भन्छु Continue reading
~शिरिष लामिछाने~
मेचमा बसिरहेको म
र बत्तीमा एकोहोरिएका मेरा आँखा
एकछिनलाई झिमिक्क हुँदा
नियाल्छन् मेरो अतीतलाई
र, प्रोजेक्ट गर्छन् फ्ल्याष्ब्याकहरु
मेरो मानसपटलमा
एउटा फिलिम हेरेझै Continue reading
~दोर्जे तामाङ~
राज्यसत्ताको मतियार
कतिसम्म
स्वार्थको तलाउमा डुब्ने र’छ भने
सङङिनहरुको आड भरोसामा
एक छाक जोर्दै गुजारा चलाऊने
बर्खे जुकाले चुसेर सिठ्ठो
भएकाहरुलाई,
आतङ्ककारीको विल्ला भिराउदै
गुण्डाराज हतियारधारी
सेना जवानलाई तक्माको Continue reading
~दीपेन गर्बुजा~
स्वदेशमा हुँदा तिमी धेरै दयालु थियौ
आफ्नो कर्त्तब्य पुरा गरेर नै छाड्छु भन्दथ्यौ
तिम्रा ति अठोटहरु देखेर
मेरा यी मनहरु सधै खुशी हुन्थे
तिम्रो त्यो लगन्सिलताको कदर सधै गरिरहन्थे
तिमीले मेरो हरेक क्षेणहरुको मर्म बुझिदिन्थ्यौ
स्वदेशीमा हुनु पर्ने गुणहरु मलाई देखाईदिन्थ्यौ
तर……….. Continue reading
~चुडामणि रेग्मी~
नदीको स्वाँ … शव्दले मृगनयनीका आँखा खुले । शरीरभरि विजुली फैलियो । रात शून्यमा वितिरहेको । “अव उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जवर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ विस्तारै वाहिर निक्लिई । विस्तारो ढोकाको आग्लो उघारेर आँगनमा आई– पर्खालमा वसी । रात अस्तव्यस्त थियो र खोलाको स्वाँआँ…. आवाज आइरहेको थियो । मृगनयनीले ठहर गरेझैं गरी– “मर्ने दिन आअे !” कोठामा ढ्वाक्क आवाज आयो । ऊ हस्याङ–फस्याङ गर्दै कोठामा गई । अँध्यारो थियो र वच्चा–वच्चीको ठाउँ सरेको आवाजको साथै दुर्गन्धले कोठा भरिएको थियो । “एउटी सुकुमार छोरी पो त– वावुकी, प्यारी साहिँली “छोरी ! यस घरमा परी दुर्घटनामा विचरा मर्ने भई ।”
उसका दिमागमा पुराना कुरा आअे । ऊ सानी पुतली जस्ती यस घरमा आई । उसको लोग्ने पनि सिङाने थियो । उसले कति घरमा भुक्तमान खपी । लोग्नेको हातवाट गोदाइ पनि खाई र वडो जुक्तिले प्रेम पाई अनि एउटा लामो समयमा सासू–ससुराको मृत्युपछि घर–मालिकनी भई । यी पाँच भाइ छोरा र दुई वहिनी छोरीलाई उसले जिउ–ज्यान दिएर हुर्काउँछे ! परन्तु … … Continue reading
~ललिता कुँवर~
धेरै माया दिँदारैछन् मुटु जोडेर जानेहरू
यादमा डुबी बाँच्दारैछन् मुटु जोडेर बस्नेहरू
लाग्ने हैन थकाई नै पिरतीलाई कुर्नेहरू
पर्खाई मै मर्दारैछन् साँचो माया गर्नेहरू
छाडीगयौ किन तिमी दुनिँयामा एक्लै मलाई
आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई Continue reading
The August 1st issue of The Hindu BLink carried a review I wrote a while ago of the book Sex on Earth: A Celebration of Animal Reproduction by Jules Howard. There have been some issues getting the review online, so in the meanwhile, here it is:
Of the many routes you might take into the lives of the animals, a route that takes you through the varied, weird, and thoroughly entertaining world of animal reproduction is perhaps one that you may not admit taking. But embarrassment surrounding the subject of animal sex is unwarranted. Because almost all creatures depend on it to reproduce, sex Continue reading
~नुरु शेर्पा~
ङोसुम्बला खुरुङ माठे, मिलम्लाठेनी हिन्दे ।
ख्योर्लातिरङ नासाम डिनो,मिलम्ला ठेनी हिन्दे ।
ख्योर्ला ठेनी ताम किरु,नासाम तगिन हाने ।
फेसबुकला गुसी माठे,मिलम्ला ठेनी हिन्दे । Continue reading
~इप्सुल मगर~
रानी वनमा कोईली गाउँदा मूनाल नाच्यो अरे
जोडी ढुकुर परेवा झैं मायाँ गास्यो अरे
सुनगाभाले गुराँससँग सिन्दुरको पैँचो माग्दा
गुलाव फूल पनि आज काँढासँगै हास्यो अरे Continue reading
~इप्सुल मगर~
सहन्छु म लात हजुरको कटु बात नदिनु
हल्लाको भरोसामा सात फेराको घात नदिनु
स्वार्थी छन् मान्छे यहाँ अनि लोभ डाहा
जन्मौ जन्म हजुरकै हुँ म एक्लोपनको साथ नदिनु Continue reading
~चकेन्द्र राई “कैदी”~
एक जोडी परेवा रत्न पार्कमा उडार्इ दिन्छन् ।
उद्घाटनको नाममा रातो रिबन चुडार्इ दिन्छन् ।
अझै पनि सुक्या छैन हातको मेरो आलो ठेलो।
नेता जी को मिठो भाषण ढाटि खाने मेलो ।। Continue reading
~टंक वनेम~
अराजकताको कालो ख्याकले
देश तर्शाइ रहेको बेला
ए… देशका नेताहरु हो
ए… देशका पेशागत बुद्धिजीबीहरु हो
ए… लेखक पत्रकारहरु हो
अधिकार प्रतिबन्ध भएको बेला
मौलिक हक निलम्वन भएको बेला
आउ
बरु एकैछिन
बत्तिस पुत्तलिको भट्टपिसलमा
मज्जाले तोङबा तानौं । Continue reading
~डी. वी. पालुङ्वा~
धार्मिक अपनत्व र सहिष्णुता उल्लङघन गरेर
मैले आफ्नो धर्म छाड्नै सकिनँ
कि यो सत्य हो
यो सत्यमा कायर र कांतर, आदर्श र सिद्धान्त
प्रतिपादन गर्न मेरो आत्माले मञ्जुर गरेन
अझ यो राजनीतिक अवतरणमा
यहां लोगो र झण्डा फरक भएर
आखिर के नै भो ?
जहां नीति र सिद्धान्त एकातिर भए पनि
सभ्यता दक्षिणमुखी एबं ब्यक्तिमुखी भजन कृतनमा अथवा Continue reading