~कुन्साङ तामाङ~
आफ्नो त जेल जस्तो घरवार लाग्छ।
जिन्दगी बारे सोच्छु,बडो दिक्दार लाग्छ ।।
त्यो जमिन त्यो दरबारको मालिक।
सिर्फ एक चिहानको जमिनदार लाग्छ।। Continue reading
~कुन्साङ तामाङ~
आफ्नो त जेल जस्तो घरवार लाग्छ।
जिन्दगी बारे सोच्छु,बडो दिक्दार लाग्छ ।।
त्यो जमिन त्यो दरबारको मालिक।
सिर्फ एक चिहानको जमिनदार लाग्छ।। Continue reading
~राजन पोखरेल~
जित हुन्छ जताततै, गरेपछि काम हजुर
कहाँ बन्छ देश राम्रो ? गरेपछि जाम हजुर ।
अझै पनि कति गर्छौ ? कुरा त्यही छल छामको
भोकालाई कहिले मिल्छ ? दुई छाक माम हजुर ? Continue reading
~सन्तोष सागर~
होईन !
होईन, त्यो एउटा संयोग होईन,
अनि कुनै त्यस्तो स्वार्थ होईन,
फूललाई फुल्न सिकाउनु पर्दैन,
घामलाई उदाउन पनि सिकाउनु पर्दैन।
चिरविर चिरविरगर्दै भुर्र भुर्र उड़्न खोज्ने त्यो सानो चरीले कहिल्यै सिक्नु पर्दैन।
किनकी यी सबै प्राकृतिक हुन्।
यी सबै एउटा पूर्व कल्पनाहरू हुन्। Continue reading
~निर्मल ज्ञवाली~
टिभीमा एउटा समाचार आएछ, अमेरिकामा दादुराको खोप लगाउँदा एउटालाई क्यान्सर ठीक भयो रे ! ठीक भो, राम्रै भो । तर समस्या मलाई भो, समाचार सकिन नपाउँदै मेरो मोबाइलमा कलको वर्षा हुन थाल्यो । मामाले फोन गर्नु भो, “तुरुन्तै खोप लगाउनु पर्यो भान्जा । टिभीले भनेको, च्वाट्टै हुन्छ रे !” काकाले भन्नु भो, “तिमीले सुन्यौ बाबु ! अमेरिकामा त औषधी पत्ता लाग्यो रे नि त ! तुरुन्तै बुझ्नु पर्यो ।”
माईला बाले भने, “यो रोग त निको हुन्छ रे नि ! हिजो टिभीमा देखाको रे !”
कान्छी आमाले पनि फोन गरिन्, “खुशीको कुरा सुन्यौ बाबु ? लौ है, चांडै गर्नुपर्यो ।” Continue reading
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
नचिनेकी केटी के गर्ने होला ?
गर्छे मरिमेटी के गर्ने होला ?
देख्दा काली तर हिस्सी परेकी
आफुभन्दा जेठी के गर्ने होला ? Continue reading
~ललितकुमार न्यौपाने~
पृथ्वी तिम्रो दुख:ले आज्र्याको मुलुकमा आज ,
ठुलो संकट आएको छ ।
तिम्रो दुई ढुंगाबीचको तरुलमा आज ,
सबै खाले प्रहार भएको छ ।।
घुस खाने भ्रस्ट ,स्वार्थी , विदेशी दलालहरुले
देशलाई रसातल तिर धकेलिरहेछन् ।
कालाबजारी र तस्करहरुको बिगबिगीले,
जनताहरुको जिबन कस्टकर पार्दै ठुलो सास्ती दिइ रहेका छन् ।। Continue reading
~महेश दाहाल~
एक दिन त सोधिन् आमाले
दिनैपिच्छे के कोट्याउँछस् हौ त्यो मोबाइलमा ?
भनेथेँ मैले-
घर बसेरै संसार देख्न थालेको छु
मैले पनि दुनियाँ बुझ्न थालेको छु
आमा ! मोबाइलमा इन्टरनेट हालेको छु।
आमाका रङ्गी-बिरङ्गी सपनाजस्तै सहरहरू
आमाकै समयका हिन्दी सिनेमाका प्रहरहरू Continue reading
~सूर्यविक्रम याक्खा~
के भनऊ खरो वोली खानेलाई ,
दुःखेको घाऊमा गोली खानेलाई ।१।
आँशु झारी रुन्छी ऊनी गाँऊ सम्झी ,
कति भने एक चोली खानेलाई ।२। Continue reading
~मनोज आचार्य~
ऊनी बोलीनन् अनी म बोलिन कत्ती
लगातर तड्पीयो मन , म बोलिन कत्ती
*
सजीएर आइन उनी भेट्न भनी मलाई
एकोहोरीन् के मा खै , म बोलिन कत्ती Continue reading
~अभागी मिनम घायल असफल~
पँक्षी बनी आकाश चुम्ने रहर थियो
तर मेरो रहर खोटो रहेछ
रहर-रहरैमा सिमित भईदियो !
सुन्दर फुल बनी सुबाश छर्ने ईच्छा थियो
तर मेरो इच्छा अपुरो रहेछ
फुलको अस्तिथ्यो भुइमा झरी गयो !! Continue reading
~तारा पौडेल~
छिद्राबाट चिहाएर हेर्न मैले खोज्या ।
आफ्नो देश छोडी मैले विदेशलाई रोज्या ।।
अर्थहिन संसारमा अस्तित्व नै मेट्या ।
जात धर्म, भेष भूषा सबै अर्कै भेट्या ।। Continue reading
~यतिराज अजनबी~
मलाई कुनै उदभास थिएन
न थियो कुनै आस नै
समय शेक्स्पियर बन्छ भन्ने
तर थाहा पाऍ जब
म छक्क परें
म बाँचिरहेंको थिएँ
नाचिरहेंको थिएँ
मेरै दुनियाँमा
तर मलाई
विधीका सांसदहरुले Continue reading
~प्रभास बिप्लब~
साँझको समय छ । मन्दिरको भित्तामा एउटा हातले अडेस लागेको छु । भगवानहरु सधै निदाएको ठाउँ हो, मन्दिर । जहॉ मान्छेहरु निदाएको भगवानसँग भक्तिको हल्ला गर्छन् । मैले पनि आफूलाई हिन्दुत्वको भावले अडेस लागेको ठान्दछु । तिहारको मौसम छ । मान्छेहरुको अन्धोपन यो वर्ष अलि थपियो । झ्याललाइ पूरा पर्दाले ढाकेर घर झिलिमिली छन् । उनिहरु आफ्नो घर कहाँबाट हेर्छन थाहा छैन । कि बन्द कोठामा बैभवको घमण्डले धक्कु लगाइरहेका छन् बाँच्नु ऊपर ।
मलाई हासो आउछ मूर्खता उपर । उसको वा उनिहरुको मुर्खता उपर हैन आफ्नै सोच वा भनौं मानबीय चेतना उपर । साथीलाई दोस्रो पटक फोन गरे । यो समयमा भेट नहुने कुरा भयो । एकछिनको कुराइ, छेउमा मूर्तिमा लिन ईश्वर, मानवीयता माथि अन्धोपन भएको आस्था । सबै कुरा दिमागमा आएर अलमल्ल परे । म बिच Continue reading
~निर्जला अधिकारी ~
आमा! आज म कोर्दै छु
तिम्रो, मेरो वा हाम्रो चित्र
कतै धुमिल
कतै तिख्खर रंङहरु
र बाङ्गो अनुभवको कुचिले
तिम्रो टुटेको सपना Continue reading
~विन्दु सुवेदी~
जापान छोडेको यतिका वर्ष भइसक्दा पनि मलाई त्यो देश मानव विम्बहरूमा आइरहन्छ। त्यहाँ भेटेका मानिस र तिनका कथाहरू अहिले पनि पटकपटक क्षितिज जस्तै खुल्छन्। मैले अत्यन्त नजिकबाट चिनेको एउटी जापानी महिलाको जीवन कथा र तिनको कला र जीवनका नछुट्टिने रेखाहरू मेरो सामु विशेष सम्वेग बोकेर आइरहन्छन्।
टोकियो सहरको मुटु हो गिन्जा। जापानीहरूको लागि गिन्जाको महत्त्व नै बेग्लै छ। गिन्जाका सडक नाप्ने पाइलाहरूको चाल नै अर्कै। संसारको सबैभन्दा महङ्गो सहर टोकियोको पनि सबैभन्दा महङ्गो बजार गिन्जा। Continue reading
~गोविन्दप्रसाद आचार्य~
विचारलाई बमले खान्न किन जानेनौं
बम भन्दा विचारको तेज मानेनौं
बम हारेको इतिहास सम्झौताको पाऊमा
विचारविहिन बमको धम्की कवाडीको भाऊमा
(१)
हारेकाले पेट पाले बमको धाक लाएर
माफी मागी सक्याछन् सम्झौतामा झुकेर
मागी खाने भाँडो हो बमको धाक धम्की यो
त्यही पुरानो विरानो क्रान्ति नारा घन्कियो Continue reading
~रमेशप्रसाद तिमल्सिना~
एउटा सुन्दर गाउँ थियो । उक्त गाउँमा असल नियतका मानिस धेरै बस्थे । सृष्टिको रचनामा केही नराम्रा मान्छे -स्वभाव नराम्रो) पनि बनाइएको छ । उक्त गाउँमा विवाह, ब्रतबन्ध आदिको भोजभतेरमा एउटा खलक -जिजुबाजे एउटै भएको दाजुभाइ खलक) जहिले पनि केही न केही खोट लगाउँथे । यो रित दशौं वर्षेखि चल्दै आएको थियो ।
देश विदेशका जान्ने बुझने सबै कुकहरूसँग सरसल्लाह गरेर भोज तयार गरियो । भोजमा भान्सेहरूले मीठामीठा परिकार बनाएर खुवाए । Continue reading
पूर्वकथा
टेलिफोनको घण्टी बजिरहेको थियो। डाक्टर अविजितले पहिलो घण्टी नै सुने पनि त्यसलाई उठाउन चाहेन। पुषको मध्यरातमा सिरकभित्र स्वास्नी अँगालो मारेर सुतेको लोग्नेमानिसले त्यो तातोपन छोड्न पटक्कै चाहेन। ऊ डाक्टर नै भए पनि इमर्जेन्सी कल ऊ कहाँ आउदैनथ्यो। मनोचिकित्सककहाँ त्यस्ता कल आउने सम्भावना पनि थिएन। हो, ब्लफकल या रङ नम्बर भने ऊ कहाँ थुप्रै आउथे। त्यसैलेउनीहरूबाट छुट्टी पाउन पनि टेलिफोन झकेर बाहिर राखिदिन्थ्यो तर आज भने त्यो घण्टी बजी नै रह्यो। त्यसैले उसले बाध्य भएर तन्द्रामा नै रिसिभरतिर हात बढायो र ह्यान्डसेट ठाउँमा नपाएर आश्चर्यचकित भयो। ह्यान्डसेट नभएको रिसिभरमा घण्टी कसरी बज्न सक्छ? उसको मनमा आए पनि ऊ आफू उठ्न नखोजेर स्वास्नीतिर टाँसिन पुग्यो। लोग्नेको बानी थाहा पाएकी स्वास्नीले मायालु हातले उसलाई ठेल्दै तन्द्रामा नै भनी – “बाहिर ढोकाको घण्टी बज्यो।” Continue reading
~अभागी मिनम घायल असफल~
जिन्दगीले बाटो भुल्यो
मेरो संसार अन्धाकार भैदियो
जिन्दगीले गल्ती गर्यो
सजाय आज मैले भोग्नू पर्यो Continue reading
~इलामेली टीकाराम दुलाल~
छन्द : तिमाल
प्यारी प्यारी मेरी रानी, किन सताएकी ?
के भो गर्छौँ आनाकानी, किन सताएकी ?
कामैले हो मेरो साच्चैँ अलि ढिला भाको
केही बोले हुन्थ्यो सानी किन सताएकी ? Continue reading
~मनोज काफ्ले ‘मनसुन’~
मानव हुन् एउटै तर निधार बेग्ला बेग्लै
सानो ठुलो कोहीछैन बिचार बेग्ला बेग्लै
अजम्मरी छैनन् कोही जन्मेपछी मर्नैपर्छ
यो जिन्दगी अन्तहुने किनार बेग्ला बेग्लै Continue reading
~सागर कार्की~
तिमी छौ र त मायाको आश छ ।
जसै फूलमा मिठो सुवास छ ॥
म नखरा गर्छु तिमी गालि गर्छौ
अनि लाग्छ जिवनमा प्रकाश छ ॥ Continue reading
~इप्सुल मगर~
लालीगुराँसको रंग भन्दा
गाढा वनोस्
शिर ठडाएको सगरमाथा भन्दा
उच्च वनोस्
आ – जीवन हाम्रो सम्वन्धमा
वषन्त छार्इरहोस्
यति मीठो र अटल हाम्रो
सम्वन्ध वनोस्
ताकी प्रत्येक पल
कोईलीले पनि Continue reading
~उमेश राई ‘अकिञ्चन’~
शासक
तिमीलाई घडि मनपर्छ वा समय ?
शासक
तिमीलाई फूल चाहिन्छ कि माली ?
भन
तिमीलाई
मेरो कविताको
कस्तो हरफ मनपर्छ ? Continue reading
~राजेश नेपाली~
फेरि पनि राता मसाल बाल्नै पर्ने भएको छ
फलामे ती किल्लाहरू गाल्नै पर्ने भएको छ
हेर्दा हेर्दै नेपाललाई टुक्राटुक्रा पार्नै आँटे
बचाउन मसाल अब बाल्नै पर्ने भएको छ Continue reading
दियौ बिष ल खा भनी समाएर पिएँ मैले
त्यही बिष पचाएर हाँसी हाँसी जिएँ मैले।।
तिमीलाई दिन भनी साँचेको त्यो माया पनि
मुटु सबै रित्याएर भए जति दिएँ मैले।। Continue reading
~सूर्यविक्रम याक्खा~
लेखिए कविताहरु , तिम्रै नाऊमा चढाएर ,
संयोग पछि वियोगको ,नाटकभित्रको नाटक खेलाएर !
म वीर , वुद्व जन्मेको ,
म शान्तिलाई ,
सिमाना पारी हस्तक्षेप गरिन्दै छ ।
मेरो शिर सगरमाथा ,रैरहे पनि ,
देश भित्र-भित्रै ,लुछाचुडी गर्दै छ ।
मरेका स्यालहरु , जुरमुराउदै………., ।
नाटकको पात्र भई , नाटक भित्र नाटक देखाउदै छ । Continue reading
~टंक वनेम~
लहलहाउदो घाँस
हल्लि रहेछ
कहिले यत्ता
कहिले उत्ता
जसरि बहन्छ हावाको गति
मानौं-
निलो आकास
प्राकृतिको नाटक हेरिरहेछ
किट पतङ्गहरु
स्वर मिलाई रहेछन् Continue reading
~शिरिष लामिछाने~
झ्यालबाट यसो पर्दा उघारी हेर्दा
हिजोदेखीको हिउँ
पुरु-पुरु अझै परिरहेको देखेँ
ढपक्क हिउँले छोपिएको
आफ्नो कालो बाहनमै
मैले सेतो अन्नपूर्ण र माछापुच्छ्रे देखेँ।
एक साथीको निम्तो आयो
“क्रिसमसको भेटघाट छ, घर आइज है”
म गएँ र सहभागी भएँ
पारिवारिक जमघट
बालबच्चाको दौड्धूप Continue reading
~चकेन्द्र राई “कैदी”~
अन्यायमा परेकाहरुको
लागी न्याय दिलाउने
राष्ट्र कै एक अभिन्न अङ्ग
निस्कलंक मानिन्छ प्रशासनहरु ।
सबै सबै निर्धा जनताको
बिश्वास र आस्थाको केन्द्र बिन्दु
समाजको आदर्श मान्छे मानिन्छ प्रशासकहरु ।
तर
यो मानवताको पराकाष्ट
भन्नै पर्छ जहाँ कार्यलय मा नै Continue reading
~सुरेन्द्र खौलराठी~
सङ्लो कुवा भेट्ने आश हरायो !
एक घुट्को पानी नपिई प्यास हरायो !
फूल फूल्ने बगैचामा पुतली मात्रै भेटिए,
गन्थे हुँला जूनतारा आकाश हरायो ! Continue reading
सुखी हुन प्रवासको बाटो समायौ
बिदेशी कै चाकारीमा सधैं रमायौ
दश नंग्रा खियाउदै हाँस्नै भुलेर
धेर थोर पशिनाको मुल्य कमायौ Continue reading