अनूदित छोक : तिमी

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

मलाई माफ गरिदेऊ
तिम्रो लागि अझ धेरै आँसु झार्न सकिनँ
तिम्रो नाम झझल्कोमा पुकार्न सकिनँ
मैले मेरो अनुहार तिम्रो अङ्गालोको न्यानोतिर फर्काएँ Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : तिम्रो सुकमोल हार

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

दिन्छौ भने देऊ तिम्रो सुकमोल हार ,
प्रस्ताव राखी झुक्यौ किन, बारम्-वार !१!

म त आउथे लिन डोली संजाएर ,
अझै भन्छौ पर्ख , तिसौ वसन्त पार !२! Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : ए हावा

~सागर कार्की~Sagar Karki

कस्तो छौ के गर्दै छौ, कति सुन्दर भयौ कुन्नी ।
सम्झी मलाई पर्खिराछौ कि, कि त अन्तै गयौ कुन्नी ।।

ए हावा सुनाईदे मेरो कथा
मेरी मायालुलाई परदेशीको व्यथा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मनको व्यथा

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

साचो कुरा भनी दिदा,
झुटो सम्झी सबै कान थुन्छन !
मनको पिडा सुनाइ दिदा ,
काल्पनिक भावना भनी दिन्छन !!
मुटुको दुखाइ सुनाइ दिदा ,
कुनै कविको रचना सम्झी दिन्छन !!!
दु:खले भरिएको ब्यथा सुनाइ दिदा , Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : क्या चाल छ

~इप्सुल मगर~Ipsul Magar 'Maya'

वाह ! आधुनिकताको क्या चाल छ
युवाहरुमा खाली कूलत र मायाँ जाल छ

रमिता हेर्ने भन्दा रमिता देखाउँने धेरै
त्यसैले त प्रत्येक विषयमा हड्ताल छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : क्यानभासभित्रको देवीप्रसाद

~गोपाल दुलाल~

देवीप्रसादको घरमा त्यो रात खुसी छाएको थियो । यसपालीको तिहार भने साँच्चै नै रमाईलो होला भन्ने विश्वासमा थिए उनीहरु । आजै मात्र ऊ घर फर्किएको थियो, बहिनीको उपचार गरेर, । जन्मजात चिरिएको ओठ लिएर जन्मिएकी देवीप्रसादकी बहिनीको मुहार आज लक्ष्मीको जस्तै सुन्दर थियो । लक्ष्मीपूजाको त्यो रात लक्ष्मी नै बनेर आएजस्ती देखिन्थी ऊ । त्यसैले बुबाआमाले लक्ष्मी पूजा गरेनन् मात्रै उसैको मुहारमा मात्र हेरिरहे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उही अभिव्यक्ति, अनिद्राको

~शिरिष लामिछाने~Shirish Lamichhane

भेट्न नआएकी निद्रा
र घुर्की लाउँदै गरेको
भोको पेटको सुरमा
म भने,
निस्पट्ट अन्धकार
अनि एक अचम्मको शून्यताबीच
आफ्नो कलम नचाउने
प्रयासमा छु
कलमले नाचेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी बिना

~प्रमोद अमात्य ~Pramod Amatya

तिमी बिना ज़िन्दगी यो, जिउन साह्रो भो
जीवनका पाइलाहरू अब, चाल्न गाह्रो भो ।

सबै छन् यहाँ, मात्र तिमी छैनौ
सबथोक छ, तर केही बाँकी छैन
जूनेली रात छ, तर छैन कतै जून
तिमी बिना बाँच्ने, कुनै रहर छैन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म बेचिएको चेली हुँ

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै रहर हुदैन रे ।

सप्तरगीं सिंगारमा सजिएर हिड्नु
नारी पर्व तिज र भाईटिकाहरुमा रमाउनु
पापै लाग्छ मलाई
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै आत्मा हुदैन रे । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पाहुना

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी– “के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?”

आमाले दिक्क मानेको स्वरमा भनी– “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। औंशीपुर्णे लाग्छ राँडीलाई बेलाबेला। हिजो बेलुकादेखि नै निहुँ खोज्दै थिई। अब कति दिनलाई हो, कुन्नि ।”

“म गएर सम्झाऊँ त माहिली दिदीलाई?” – छोरीले प्रस्ताव गरी। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एउटै घाम जून

~लक्ष्मी गाइजू~Laxmi Gaiju

आगनीमा सबको खेल्ने एउटै घाम जून
आफ्नो बिरानो नछुट्याउने एउटै घाम जून

को ठूलो को सानो छुवाछुत किन हो
सानो ठूलो सबको दैलो छिर्ने एउटै घाम जून Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगीको नियम र रिती

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

कागजको डुङगामा राखी जिन्दगी
नदिमा बगाइ दिउ जस्तो लाग्छ
धर्ती छोडि आकाशमा
बादल सँगै उडिजाउ जस्तो लाग्छ
तर जिन्दगीको नियम यस्तै रैछ
यो पापी दुनियाँमा जिउन वाध्य छ!
चितामा राखी आफ्नै जिन्दगी
जलाई दिउ जस्तो लाग्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

शेर्पा भाषी कविता : दाक्पी दाल्जा तिवा

~सेर्कु शेर्पा~Serku Sherpa

नासाम मङ्बु तङ्नी, लेका किरु तिवा
मिलाम मङ्बु थोङ्नी, लाम्ला युकु तिवा
नानीङ खङ्क्या खङ्क्या, सायुङ ज्याल्खाङ ताङ्सुङ
दाक्पी दाल्जा तिवी, मिजी तो तिरङ गासुङ ।

स्यार्ने ङिमा स्यार्सुङ, नुप्ने ङिमा डुप्सुङ
मिमङ गाङ्बुकी ल्है ल्है, नुप्ला दावा स्यार्सुङ Continue reading

Posted in शेर्पा कविता | Tagged | 3 Comments

बहरवद्ध गजल : कतै आउला

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द : शार्दूलविक्रीडित

पानीसंग नखेल दङ्ग परदै बाडी कतै आउला
गट्टा गट्टि नखेल है सडकमा गाडी कतै आउला ।१।

यो मैदान हुदा त छैन भर खै लाग्ने अहो ठेस लौ
भो बिस्बास् नगरेस है सफरमा खाडी कतै आउला ।२। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो वर्तमान

~टंक वनेम~Tanka Wanem

भुण हत्याको भागीदार
जूनघाम जुठो पारेको अभियोग
कण्डमले खोसेको बीर्य स्वतन्त्रता
न्यूमेरस नियन्त्रण गर्न नसकेर
आधुनिकताको रङमा रङगिन्दै
सडक नाप्छ पाइतला
घाम हराए पनि
या
जून उदाए पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजमार्ग र गुरुजीहरु

~टेकब कोइराला~Tek B Koirala

पहिले पहिले राजमार्गहरु
अग्घोरै चल्तीमा थिए
चक्काहरु गुड्थे रातोदिन
यो बिसौनीपछि ऊ बिसौनी
फलानो बस्तीपछि ढिस्कानो बस्ती
गुरुजीहरुलाई मनग्गे ‘मालुम’ थियो।

आजकल राजमार्गहरु
अग्घोरै उराठलाग्दा छन्
चक्काहरु महिनौसम्म जाम हुन्छन्
मंसिरको चार–पाँच गते चक्का गुड्छ
फेरि अर्को पालो माघको चौध–पन्ध्र पनि कुन्नी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उर्दी

~गोविन्दप्रसाद आचार्य~

आन्दोलनमा आउनु पर्ने उर्दी जारी छ
मकै छर्न नपाएर बारी बाँझैं छ
खान बस्न दिनै पर्ने उर्दी जारी छ
मकै छर्ने बेला हो यो बारी बाँझै छ

बारी बाँझो खाना पनि दिनै पर्ने रे
शहर घेर्ने आन्दोलनमा आउनै पर्ने रे
नआउ भने उर्दी छ गाई भोको छ
घरका सबै आउन पर्ने उर्दी जारी छ Continue reading

Posted in कविता | Leave a comment

कविता : चिठ्ठी

~इस्माएल सुब्बा~Ismael Subba

तिमीले त केवल सजाउन
चाहेको थियौ
एउटा अर्थपूर्ण जिन्दगी,
र नै मागेको थियौ,
केहि महत्वपूर्ण कुराहरू…

एउटा टुक्रन्दै गएको पेन्सल,
जसले कोर्न थियो
जिन्दगीका उकाली-ओरालीहरू,
अग्लो अग्लो आशाका पहाड,
र चौडादार भित्ताहरू प्रयासको।
लेख्नु थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : गरिबीको मोसो

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

गरिबीको मोसो पोतिदिनु सिवाय
त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन

जुन दिन अर्को तेलको कुवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : कर्णाली !

~सुरज दाहाल~Suraj Dahal

कर्णाली !
उनी चट्टानहरु सग जुध्दै
मानसरोवर बाट झर्छिन
भिमकाय पहाडलाई छल्दै
मुगुमा स्वास फेर्छिन
हजारौ जलचरलाई गर्भमा बोकेर
कालीकोटेलाई चुम्बन गर्दै
रारा ताल सग सहबास गर्छिन
डोटीको पसिनाको तालमा
अछामको सपनाको छालमा
उनी हजारौ वर्ष हराएकि छन
मानवताको मृत्युमा साथी
उनले जुठो बारेकि छन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कठै बिचरा

~वाचस्पति रेग्मी~Bachaspati Regmi

हजारौ मान्छेका मनमा हजारौं सपनाहरु हुन्छन् । सपनाहरु परिस्थिति र समयको भेलसगै उतार चढाव भैरहन्छ । एक मान्छेको एक सपना भए पो हुन्छ र । एउटै मान्छेको धेरै इच्छा, चाहना र सपनाहरु भएपछि मान्छे असनको भिडमा अलपत्र परे जस्तै हुन्छ । यस्तै यस्तै कल्पना र सपनाहरुकाबीच बेलुकाको प्रहरी गस्ती सकेर म विश्राम कक्ष तर्फ लाग्दछु । पोखरा शहर केही ठूला ठूला घटनाले चर्चित, दिन दहाडै मान्छे मार्छन भनेर अफवाह आदी आदी बीच प्रहरीको सेवा चुस्त, स्फूर्त र आवश्यकता अनुसार परिचालन गरिरहनु पर्दछ । म पनि फेवातालको डिलमा रहेको वडा प्रहरी कार्यालय वैदामको प्रहरी प्रमुख प्रहरी इन्स्पेक्टर भएकोले चुस्त र स्फुर्त नै थिए । प्रहरीको काम Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Face Book Mania

~Swami Subash Chandra~Swami Subash Chandra

The Universe is the network of intoxication.
Face Book is its a motion and continuation.

In alcohol, gambling, love and so on therein,
everywhere, the intoxication can be seen. Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : नामर्दकी साली

~विमल नेपाल~Bimal Nepal

आज म स्फुर्त छु । किनकी प्रकृती अनपेक्षित खुसि देखिएकी छ । उसलाई यतिको खुलेको देख्नु नै आजभोलीको मेरो खास खुसी हो । जागिर, पैसा लगायतका अन्य प्रप्तीहरु फिक्का हुन्छ । उनको मुहारमा प्राकृतिक चमक देख्न पाउनु नै मेरो उपलव्धि हो । किचेनमा उनको चहलपहल वढेको छ । पछिल्लो समयको यो मेरो प्राप्ति हो ।

‘ए हजुर खाजा तयार भो । फ्रेस हुनुस् ।’ – यसै पनि म फ्रेस नै थिएँ । तै पनि वाथरुम छिरें । मुख कल्ला गर्दा गर्दै फोन आयो । प्रेक्ष्याको रहेछ । रिसिभ गरिंन । रिङटोन साईलेन्स पनि नगरी किचेनमा पुगें ।

‘ किन फोन रिसिभ नगर्नुभएको ? कस्को फोन ? प्रकृतीको प्रश्न । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : प्रिय के कुरा गरार्इ भो

~इप्सुल मगर~Ipsul Magar 'Maya'

नजिक र टाढाको प्रिय के कुरा गरार्इ भो
सम्झीनै पर्छ भनेर मैले के अह्रार्इ भो

लाग्छ कति वेला हाम्रो मायामा पनि
समझदारी कता बसार्इ सरार्इ भो Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सोध्नु

~इस्माएल सुब्बा~Ismael Subba

ढुङ्गालाई सोध,
पानीलाई सोध,
र सोध हावालाई पनि।

अफ्रिकाको ढुङ्गालाई सोध्नु
कि त्यसमा र
इजिप्टको ढुङ्गामा के छ र फरक?
के त्यो दुवै मिलेर बनाउन सक्दैनन् र
एउटा सुन्दर घर??

सोध्नु टिस्टा-रङ्गीतलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : नयन भरि

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

नयन भरि रोदन
आँसु छ गहभरी
तिमि आफै भन
छोडी जाने निर्मोही Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेमिकाले भनेको..

~सुरेन्द्र खौलराठी~Shree Surendra

लगन जुरी सक्यो, बिहेको सुरसार हुनेछ !
जति रोउ तिमी अब, उस्लाई हतार हुनेछ !

जीवनभरी साथ दिने, साथी मिलोस तिमीलाई,
दैव संग संधै मेरो, बिन्ती पुकार हुनेछ ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : फुस्सा !

~टि.एन. रिजाल ~T N Rijal

शनिबार छुट्टीको दिन । त्यस्तै बिहानको ९ बज्दै हुदो हो । निन्द्रा पुगीसक्दा पनि तन अल्छीको वशमा भएकाले मन बिस्तारा छाडन मान्दैन । त्यस्तैमा मोबाइल फोनमा घन्टी बज्यो । फोनको स्क्रीन हेरे,पुरानो मित्रको परेछ । रिसिभ गर्दै भने,“हेल्लो के छ हजुर?“ छलफल सुरु भो । “ठिक्कै छ नी, तपाई त कता हराउनु भो? तपाइलाई थाहा नै होला नेपालदेखि हाम्रा नेता आउनु भएको छ,आज दिउसो कार्यक्रम छ । भब्य बनाउनु पर्छ, बिस्तृत बिबरणसहित तपाईलाइ मेसेज गर्दछु, जसरी पनि आउनु नी“ सरर उत्साहपूर्ण रुपमा उनले आफ्नो बिषय राखीहाले । “ किन पाल्नु भएको रहेछ नेताज्यु?“ म पनि औसत खालको प्रश्न तेर्साए । “कार्यकर्ता भेटघाट, प्रशिक्षण, संगठन बिस्तार यिनै त हुन्छ“ उनी स्पष्ट देखिन्थे । आफ्नो मोटामोटी स्वभाव नेताज्यूहरुको ग्रह, उपग्रह हुने नभएपनि छुट्टीको दिन, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : ही धर्ति उही आकाश

~भगवति बस्नेत~Bhagwati Basnet

तिमी मैले रूने हाँस्ने उही धर्ति उही आकाश
तिमी मैले मर्ने र बाँच्ने उही धर्ति उही आकाश ।

मनभरी नयनभरि उही प्रेमिल आकृति छ
सागरको पानीसरि अथाह नै पिरती छ । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सपना र जिन्दगी

~गंगा पौडेल~Ganga Poudel

सायद
सुन्य निर्जन बाताबरणले
मेरो मस्तिस्कलाई
एकोहोरो बनाई रहेको थियो
सुनसान अन्धकार एक कुनामा
Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : यो कर्मभूमिको आँगनमा

~राजेन्द्र रिजाल~Rajendra Rijal

यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन २
विकासको फूल फुलाउँ २

यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : ए दिल जलाई गयौ

~सागर कार्की~Sagar Karki

ए दिल जलाई गयौ ।
मनको तलाब चलाई गयौ ।।
ए दिल…..

बजारमा बिक्ने दिल तिम्रो रैछ
गरिब मान्छे किन्नै सकिन
निश्चल माया दिएकै थिए Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment