~अशरफ फयाद~
अनु : राजा पुनियानी
भनिएको थियो – यतै घरबार बसाउनू
तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ
त्यसैले अहिले नै यो ठाउँ छाड़िहाल
नदीको पिँधबाट आफैलाई हेर्नू Continue reading
~अशरफ फयाद~
अनु : राजा पुनियानी
भनिएको थियो – यतै घरबार बसाउनू
तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ
त्यसैले अहिले नै यो ठाउँ छाड़िहाल
नदीको पिँधबाट आफैलाई हेर्नू Continue reading
~गोपाल योन्जन~
केटा –
बिछोडको पिडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउंदैछु फर्की रमाइलो गाउँमा
केटि –
डाँडा छ साक्षी ती दिन र राति निद छैन आँखामा
मनको कुरो बुझ्दैन कोहि पहाडी पाखामा Continue reading
~फणिन्द्र गिरी “शान्त”~
मान बहादुर, बाबु आमाको एक्लो सन्तान सोझो इमान्दार अनि भलादमी हुँदाहँुदै पनि माने द्वारा पुकारिन्छ । गरिबीका कारण पढाइ अघि बडाउन सक्दैन र गाउँमै बोहनी गरी वुबालाई घर चलाउँन सहयोग गर्छ । यस्तैमा एक दिन उसको बाबु सिकिस्तै बिरामी हुन्छ अनि नजिकैको क्लिनिकमा लगेर देखाउँछ । केहि बेरको चेक जाँच पछि छाती र नाडी छाम्दै डक्टरले मुन्टो दायाँ बायाँ हल्लाउँछ र गएर आफ्नै काममा ब्यस्त रहन्छ । Continue reading
~अभागी मिनम घायल असफल~
मन मनै रिसायौ तिमी,आखिर मेरो के नै गल्ती थियो र ?
थाहै नपाई अन्तै मन साट्यौ,मेरो मायामा के कमी थियो र….2
ख्याल ख्यालैमा दिल तोड्यो,मलाई घरको न घाट्को बनायौ
साची राखेको मायालाई त्यागी गयौ,मेरो संसार अन्धाकार बनायौ ….2 Continue reading
~दिव्य गिरी~
सधैं तिम्रो फोटो हेरी बसिरछु
दिनरात चिठी पढी बसिरछु ।
न दिनमा भोक, न रातमा न्रि्रा
तिमी आउने दिन गनी बसिरछु । Continue reading
~टंक वनेम~
बैँस ध्वाँसे फर्सीको फूलमा रंगिन्दा
भुनभुनाउँदै आयौ
घुम्यौ नाच्यौ
ति म्रा भोका दाँतहरुले
कुन्नी ? के के टोक्यो
जि ब्रोको स्वादले
थाहा भएन के के चाख्यो
सूर्यमुखी खितखिताउँदा Continue reading
~सिन्धु गौतम~
सगुन बारम्बार एस्.एम्.एस्. गरिरहन्थ्यो तर सृष्टिबाट त्यसको प्रत्युत्तर कमै मात्र हुन्थ्यो । समय बित्दै जाँदा दुवै जनाबाट बराबर जस्तै एस्.एम्.एस्. हुन थाल्यो । साँच्चैभन्दा त एस्.एम्.एस्. दोहोरी नै हुन्थ्यो । एक पटकको शृङ्खला १३/१४ एस्.एम्.एस्. सेवाबाट मात्रै टुङ्ग्यो तर मन नलागिनलागी टुङ्ग्याउनु पर्ने बाध्यताले । Continue reading
~रत्न शमशेर थापा~
मधुमासको यो दिलको बाग
नफुलिकन उजाड भो
आशा अनि अभिलाषा
मनको मनमै रह्यो
मधुमासको… Continue reading
~टंक वनेम~
लर्के बैँस
बारुदको गन्धमा मुछ्दै
छोएर युनियन ज्याक झण्डा
कबोलेर तेतिसकोटी देउदेउता
भाकेर पातालको सिमे भुमे
कसम खाएर सत्यबाचा
अब
दाग्नु पर्छ सत्रुको छाती
थाप्नु पर्छ गोलीको निशाना
कि जित्नु पर्छ युद्ध संग्राम
कि हार्नु पर्छ मृत्यु वरण गरेर
टुग्याँउदै जीवनको
अन्तिम अध्याय ।
उर्फ- Continue reading
~युद्धप्रसाद मिश्र~
उठ्छु, पढ्छु कपडा फेर्छु
सफा सुघर भई ऐना हेर्छु
टफिनसाथको झोला भिर्छु
स्कुल जान्छु टम् टम् टम्
थोरै खोल्छु, धेरै पढ्छु
पाठ नबिर्सि अघि अघि बढ्छु
नभइ छाड्दिन म पनि फस्ट
कोभन्दा को छ र कम Continue reading
~भिम दुमी राई~
काजी !
म, भाउजु
उ क्या तिमीले हुत्याएको
कि चिनेनौ र मलाई
याद गर काजी !
भनेको त्यो
सुङदेल जाँदा
सम्झ त
तिमी पछी पछी थियौ
म अघि अघि थिएँ
म चिप्लिए भिरमा
झरे अलि तल Continue reading
~रामु गैरे~
ठुला ठुला महल हैन मलाई
मात्र शरीर ओत्ने बास भये पुग्छ
ठुला ठुला रेस्टुरेन्टको खाना हैन मलाई
मात्र आफ्नै घरको गुन्द्रुकको गास भये पुग्छ !!
हिड् डुल् गर्न मोटर गाडी हैन मलाई
भगवानले दिएको दुई खुट्टा भये पुग्छ
काडा अनी सानो तिनो छेस्कोबाट बचाऊन
मात्रा एक जोर सस्तो र बलियो जुत्ता भये पुग्छ!! Continue reading
~यज्ञेश~
आमा तिम्रो याद आयो,
तिम्रो मायाको सम्झना आयो,
धेरै टाढासम्म आयो
र यसरी आयो कि
तिम्रो ममताको आभासले मेरो मन भरी आयो Continue reading
~दिपक घर्ति मगर~
उनी बिनाको जीवन खल्लो लाग्न थाल्यो..
अरु सग तुलना गर्दा तल्लो लाग्न थाल्यो.
खै कस्तो मोडमा उभायो यो जिन्दगीले .. Continue reading
~देविनबाबु राई~
परबाट हान्ने गाईझैं बत्तिएर आएकी प्रेमिकाले सोझै मेरो कठालो समाई । त्यो कड्की कुटिल स्वरमा– रातो गुलाफसँग प्रेमपत्र पठाउने तैं हैन ?
मेरो सात्तोपुत्लो उड्यो, हो वास्तवमा पठाएको मैले नै थिएँ ।
त्यसले झन् रडाको मच्चाएर उफ्रिन थाली, हो कि हैन भनेको ?
म थर्थर काँप्तै बोले मिहिन स्वरले– हो मैले नै हो ।
किन पठाइस् ?
मैले नम्र जबाफ टक्र्याएँ– नयाँ वर्ष हो नि त । Continue reading
~Ismael Subba~
Stop!
And think once….
What if I am black,
Do I belong to Africa??
Though I’m just like you,
Speaking the same language,
Eating the same things,
Sharing the feelings
As of yours.. Continue reading
~दिव्य गिरी~
भोकाएका अनुहारहरू निर्निमेष हेरिरहेछन
ओदानमाथिको हाँडी
अलिकति परम्परा र संस्कृति
अलिकति जाति, भाषा अनि भेष
अलिकति क्षेत्रियता र सीमाना पनि
भिजाएर सहिदका रगत र आँसुले
घोलेर सबथोक यौटै हाँडीमा
बसालेर खिचडी अगेनुमा
जनताका भाग्यविधाताहरू
अहम् र अहँकार
रीस, राग र द्वेषका चिर्पटहरू बालेर Continue reading
~योगेन्द्र जोगी ‘संघर्ष’~
कोर्दा कोर्दै सकिने भयो जिन्दगीका पानाहरू
हेर्दा हेर्दै सकिने भयो मनका सबै चाहनाहरु
मुना मदनकै कथा भयो मिलनका सारा परखाईहरु
तडपिरहयो मन बल्झिरयो बिछोडका कथाहरु Continue reading
~केवल गंगा गुरुङ~
टेकिएका कोमल धर्तीमा
जव
अप्रत्यासीत चट्याङ्गहरु
बेजोडले बर्षीदिन्छ
यी अल्हादित मनहरु
टुक्रा टुक्रा वनि उछीट्टीन पुग्छ
तव
जोड्नलाई अस्विकार गर्छन्
यी संसारका प्रशिद्ध विचारहरु
कतै अलच्छिनाको
लान्छाना लगाउँछन् Continue reading
~स्यानु पाईजा~
जीवनलाई बुझ्न खोजेको बेला
जीवन गुन्द्रुक जस्तै अमिलो छ
तिमी यस्लाई के भन्छ्यौ ??
म अमिलोलाई मिठो मानेर खान्छु
जीवनलाई मैले हरेक कोणमा दाँज्दा
हेराई, बुझाई, सोचाई फरक हुन सक्ला
समाय र परिवेशमा अलग ब्याख्या होला
कोहि भन्दछन- गुन्द्रुक कुहिएको साग हो
कोहि भन्दछन- गुन्द्रुक गरिव को भाग हो
कोहि भन्दछन- गुन्द्रुक नेपाली को माग हो
कोहि भन्दछन- गुन्द्रुक मसला नचाहिने साग हो Continue reading
~सुमलकुमार गुरुंग~
“नेपालबाट ट्रङ्ककाल आ’को छ मनप्रसादलाई छिट्टो बोलाएर ल्याउँ बत्तीस” भनेर कम्पनी बाबुजीले रनरलाई उसको आर्मी नम्बरबाट पुकारेर अह्राउँछ । रनर (सेनामा दस्तावेज र सञ्चारवाहकको काम गर्ने) दौडदै गएर छेउको ब्यारेक अघि हतियार सफा गरिरहेको मनप्रसादलाई खबर दिन्छ । मनप्रसाद ट्रङ्ककाल भन्ने बित्तिक्कै अतासिदै अफिसतिर दौडदै आएर क्लर्कको अघि ठिङ्ग उभ्यो । बाबुजीले, “एकैछिनपछि फोन आउँछ, एकैछिन् पर्ख मनप्रसाद” भन्यो । पल्टनमा क्लर्कको काम गर्नेलाई बाबुजी भनेर बोलाउने अझ पनि आर्मीमा चलन् छ ।
पाँचमिनट पछि फोनको घण्टी बज्छ । बाबुजीले फोन उठाउँछ अनि, “लौ कुरा गर” भनेर मनप्रसादलाई फोन दिन्छ । “दाइ ! बुबा एकदमै सिकिस्त हुनुहुन्छ छिट्टो छुट्टी मिलाएर आउनुहोला !” उताबाट माइलाभाइ सन्तोष Continue reading
~बसन्तमोहन अधिकारी~
मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला
रगतको खोला बिच मान्छे कहाँ तर्छन होला
जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो
मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला Continue reading
~आचार्य प्रभा~
अक्सर म बर्तमानसँग सोध्ने गर्छु
आखिर यो संघर्ष,यो लडाईं
केका लागि त ?
कहिले मन थाक्छ लखतरानसँग
कहिले मस्तिष्क थाक्छ हैरानसँग
फेरी पनि आउछन समस्याहरु
बिभिन्न रूप अवधारण गरी
अनी आश्वासनको मल्हम पोँतिन्छन Continue reading
~जीवन दहाल~
एक बिहानै लुगासुगा लगाएर चिटिक्क परि बाहिर जान निस्किएको छोरालाइ राम रतन झाले हकार्यो “कहाँ जान लागिस रे बबुवा, यति बिहानमै ?”
“मधेसिको नाका बन्द गर्ने आन्दोलमा बापु”-छोरो राम आषिसले छोट्करिमा उत्तर फर्कायो ।
“हँ ! यो नाका बन्द गर्ने योजना मधेसिको हो कि बिदेशिको हो बबुवा ? अनि नाकाबन्दी चैं कसलाइ गरेको नि ?”- छोरालाइ फेरि प्रश्न थप्यो राम रतनले । Continue reading
दृश्यहरु
म देखिरहेछु
र हेरीरहेछु
मन्त्रमुग्ध भएर
एउटा रमितेले झैं
क्षण क्षण बद्लीरहने अनेकौ दृश्यहरु
लागिरहेछ
दृश्यहरु म जुन देख्छु
ती दृश्यहरुले
मलाई पनि हेरीरहेछ
जसरी म दृश्यलाई हेरीरहन्छु Continue reading
~पुरुषोत्तम दाहाल~
“ह्वात्त टाउकोमा केही बजि्रयो र ह्वास्स नाकमा दुर्गन्ध पस्यो । जीउभरि केही खोस्टा, छोक्रा र लिँडका टुक्राहरू भरियो । न आँखा सिधा उघ्रिन सक्यो, न हातखुट्टा नै चले । माथि कताबाट हो कुन्नि स्त्री स्वर सुनियो ‘विनावी’ ।”
बिहानै घाम झुल्किनुअघि पैदल सडकयात्रा गर्दै माझ सहरमा पुगेको मेरो त्यो अवस्था कस्तो भयो होला ? आज झण्डै त्यस घटनाको तीन दशक पुगेपछि म त्यसलाई सम्झिदै खित्का छोडेर हाँस्छु । अझ पनि मलाई त्यसबेला सडकमा हिँड्दाहिँड्दै नानीका हुन् कि बूढाबूढीको भरखर हसस थाप्रो लागेको आची र नजिकै फालिएका केराको बोक्रामा एक्कासि अघि र पछि टेकिएका खुट्टाहरू चिप्लिँदाको एक किंकर्तव्य क्षण Continue reading
~मोतीराज बम~
जब उर्लन्छ वेगले धनवान खहरे
तब गतिहीन भएर बग्छ विवेकको नदी
जब मडारिँदै तमासा देखाउँछ क्षितिजमा
दम्भको कालो बादल
तब लुसुक्क किनारा लाग्छ क्षमताको किरण
जब हुङ्कार गर्छ आडम्बर हुरी बनेर सर्वत्र
तब निहुरिन्छ आफैँ स्वाभिमानको धुपिसल्ला
भन्न त भन्छन्
हिङ नभए पनि हिङ बाँधेको टालो छ Continue reading
~दिलिप योन्जन~
सबै आफ्नो पराइ भए, बाच्नु केको लागी
तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !
एउटा मुटु दुइटा भयो, लागे पछि खोट
बाच्नु भन्दा मर्नु निको, लागे पछि चोट
बाहिर जती हासे पनि, मनै रहेछ पापी Continue reading
~डिल्लीराम अंमाई~
मेरा शब्द घोरिइरहेछन्
भाव गंगा किनारभरि
मित्र,
म कहाँनेर छु ?
म कसैभित्र छु रू
वा
मभित्र कथित अभिशप्त
निर्देशित चाह बसेको छ ?
हो, मभित्र केही छ
जुन मैले चिमोटी रहन्छु
अनि,
ऊसले मलाई चिमोटी रहन्छ । Continue reading
~गणेश पुर्बछाने मगर~
बनेर अन्जान गरे चोखो माया
भएछ म बाट भूल
क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली
पाए धोका स्वार्थी धमिलो रैछ माया
छोडेर गईं सम्झना को फूल Continue reading
~टंक वनेम~
मिथक हो
सावाला खोला कहाँ बग्थ्यो
खोलाको पानी
धमिलो थियो कि ? नीलो थियो
मिथकले
सप्रसंङ्ग ब्याख्या गर्दैन
तर एउटा कुरा चाहि पक्कै हो
सावाला खोला वारि पारि
मृत्युमा बिजोर बिजोर
र
उत्सवमा जोर नाल बन्दुक पड्किन्थ्यो
उसो हो भने Continue reading