छोक : अनन्त क्षितिज

~नकुल सिलवाल~Nakul Silwal

देखे क्षितिज
र ठाने आफुलाई
म त्यँहासम्म फैलिएको छु ,
के माथितिर घुमाए आँखा Continue reading

Posted in कविता | Tagged | Leave a comment

दिङ्लाली कान्छोका केही हाइकुहरू

~दिङ्लाली कान्छो~Dinesh Subedi 'Dimali Kancho'

फुलेको फूल
ऒईलाउँदै जान्छ
प्राकृत सत्य ।


कुमारी फूल
भमराको चुम्बन
लाग्दैछ फल । Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

कविता : च्याट

~डा. कपिलदेव लामिछाने~Dr. Kapil Dev Lamichhane

स्याट स्याट स्याट
फेस बुकमा गर्नु होस् च्याट
जति च्याट गर्नु होस्
न यसमा भ्याट लाग्छ
न यसमा ओस्याट लाग्छ
न कुनै कर
न कुनै डर–
न यसमा कुनै असमानता हुन्छ
फेस बुकमा खासमा समानता हुन्छ– Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : लुगाको गन्ध !

~लाक्पा फुटी शेर्पा~

छेची घर पुग्दा अँध्यारै भएको थियो ।

उसलाई बाटाभरि पनि देण्डीले दिएको त्यो दुईतिर गोलो भएर माझमा सानो फित्ताले अड्काएको लुगाले तानिरह्यो । उसले टाउकोमा खप्ट्याएर लगाई । चस्मा जस्तो बनाएर लगाई ।

‘यो त पछाडि पो लाउँदा चिसोबाट बचिएला !’

पुठ्ठामा ख्वाप्प लगाउादा थुनचोली टम्म मिले ।

बाटोमा आफैं हाँसी ।

‘के गजब है !’

दङ्ग पनि परी । Continue reading

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

समीक्षा : मत्स्यकन्याको हस्तिनापुर यात्रा

~रोहित खतिवडा~Rohit Khatiwada

महाभारत धेरै पात्रलाई केन्द्रीय पात्र मानेर पढ्न सकिने बृहत्तर महाआख्यान हो। सामान्यतयाः कृष्ण, अर्जुन, युधिष्ठिरजस्ता पात्रलाई नै केन्द्रमा राखेर यसको पठन तथा व्याख्या हुनेगर्छ। तर, उपन्यासकार विनोदप्रसाद धितालले फरक ढंगले महाभारतको कथा भनेका छन्।

महाभारतका पाठकले मानिआएका केन्द्रीय पात्रको सट्टा धितालले त्यति महत्व नदिइएकी एउटी स्त्रीलाई उपन्यासको केन्द्रीय पात्र बनाएका छन्। उनले उपन्यासको भूमिकामा लेखेका छन्, ‘महाभारतकी आदिस्रोत योजनगन्धा सत्यवतीलाई आजको पाठक मैले आफ्नो नजरले हेरी नेपाली साहित्यका पाठकहरुका अगाडि Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : श्राप दिउकी आशिर्बाद दिउ तिमीलाई

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

श्राप दिउकी आशीर्वाद दिउ तिमीलाई
तिमीनै भनी देऊ मायालु
बधाई दिउकी गाली दिउ तिमीलाई
तिमीनै भनी देऊ मायालु ………2

पराइको डोली सजाउडै छौ रे तिमी
मलाई एक्लै पारेर
अरूकै खुसीमा रमाउदै छौ रे तिमी Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखाको भाखा

~रत्न शमशेर थापा~Ratna Shamsher Thapa

आँखाको भाखा आँखैले, राम्ररी बुझी सम्झनु
सुटुक्क दिउँला म मन, कसैलाई तिमि नभन्नु २

रिमझिमे हल्का शीतले, गीत मधुरो गाउला २
सुनौला घामको झुल्काले, काउकुती मिठो लाउला Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अगुवामा पनि भर हुने देशको विकास

~निर्भीक रार्इ~Nirvik rai

(राष्ट्र खच्कने सामरिक तुजुकले)

घामजस्तो चम्किलो माओ उदाउनले
अँध्यारो भागेको चीनमा
जूनतुल्य टल्कने देङ झुल्कनले
उज्यालो भित्रिएको चीनमा राती पनि
राती समेत उज्यालो पाउँदा
चीनमा विकासले छिटो बाटो काटेको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पदचाप

~सागर कार्की~Sagar Karki

विथोल्न नखोज मलाई
सुन्यतामा तैरदै गरेको जिन्दगी
कलिलो स्पर्शले पनि
झर्दो रहेछ फूल्न नपाउदै ।।

चाहाना होईन मेरो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवाशबाट

~दिव्य गिरी~Dibya Giri

बितेका वर्षरूमा जस्तै
यो वर्षपनि आँखामा झझल्को आईरहेछ
घर अगिल्तिरको बगैंचामा
गोदावरी फुलेको होला
मखमली फुलेको होला
सयपत्री फुलेको होला
तिनै फूलहरूको सुगन्धले
आँगन मग्मगाएको पनि होला
तिनै फूलहरूको सौन्दर्यले
आँगन जग्मगाएको पनि होला
र, घर पूर्णतः Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : घुर

~दिनमान गुर्मछान~Din man Gumachan

पुस लागेपछि चिसो महँगी झैं ह्वात्तै बढेको थियो। यो चिसोमा बाँच्न सकिन्छ के? मानिसहरू भन्न थालेका थिए। हुनेहरू बाक्लो लुगामा न्यानो भएर बस्थे। नहुनेहरू साँझ्सँगै कक्रिंदै जान्थे।

भगिराम मुसहरले हरेक साँझ् चिसो भगाउन पिउने उपाय निकालेको थियो। अरू भने सम्साँझै चुलोछेउमा टुक्रुक्क बस्न पुग्थे। उनीहरूको दुवै हात दुईतिरको काखीमुनि पुगेका हुन्थे। सबैको मगजमा यो जाडो कसरी छल्ने भन्ने हुन्थ्यो।

“ठन्डी हरेक साल बाघजैसन हमनीकै पिछा करता। कबु त लागला, हमनीकै लेगइला परही छुटी (हरेक साल चिसो बाघजस्तो बनेर हाम्रो पिछा गर्छ। कहिलेकाहीं त लाग्छ, हामीलाई लिएर गएपछि मात्र यो जान्छ)”, भगिरामकी आमा भुत्भुताइन्। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यो मौसम यो हरियाली

~किरण खरेल~Kiran Kharel

यो मौसम यो हरियाली, रंगी बिरंगी फूलहरु
निरस निरस लाग्छ मलाई, तिमि बिना हर चिजहरु

चिसो झरना हेरी के गर्नु, जब यो मनमा प्यास छ
यो रमझममा कसरि रमुं, जब की अधुरो आश छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : क्याफे माया

~टंक वनेम~Tanka Wanem

साइबर क्याफेमा
माउस हल्लाउँन थाले देखि नैं
मुटु हल्लिन थालेको थियो
प्रेमिल शब्दका स्पर्सहरुले
मनको लिङगे पिङ् मच्याउँन बेर लागेन
कति छिट्टै
बिजुली संम्बन्धको लठ्ठामा
वारिपारि तर्ने
मायाको पुल बन्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

बहरवद्ध गजल : भनेको सुनिन्छ

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द : भुजंगप्रयात

पिडाले सतायो भनेको सुनिन्छ
मलाई रूहायो भनेको सुनिन्छ ।१।

ति सन्तान मेरा बिदेशी हुनाले
झनै अश्रु आयो भनेको सुनिन्छ ।२। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो खाली सिउँदो

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

मेरा आशाका किरणहरु
डुब्न लागेको घाम जस्तै भएछन्
जलिरहेको दियो पनि
निभ्नै लागेछ
कस्तो हुरी आयो प्रिये !
तिम्रो र मेरो माया बीच Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : हाम्रो नाता

~दिपक घर्ति मगर~Deepak Gharti Magar

रिसाएको बेलामा मनाउछु भन्छिन..
भएको माया सबै खनाउछु भन्छिन.
दुबै बिच कुरा जस्तो होस साच्चै Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

Story : Deep in thoughts

~Ismael Subba~Ismael Subba

Chowrastha,A junction of four roads.The crowd there in the midst of the cold is really awesome. People are staring each other as if they are Aliens. Noises passes by Ankit’s eardrum. He could see students yelling,and roaming in fun…No worries,No headaches….This all bothers him a lot.He remembers a conversation between him and a friend of his. Continue reading

Posted in Story | Tagged | Leave a comment

कथा : नलेखिएको कथा

~मनोज बाबु पनेरु~

आज पनि ऊ बेतमासले हाँसी रहेकी छे। मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे ऊ। प्रत्येक दिन अफिस जाँदा र फकर्दा उसको हाँसो सुन्नु पर्ने मेरो लागि असजिलो अनिवार्यता बनेको छ। धेरै भो मैले उसका बारेमा कथा लेख्ने प्रयास गरेको। कम्प्यूटरका अगाडि बसेर जब जब किबोर्डमा हात चलाउन खोज्छु ,उसको त्यो बेसुरको हाँसोले मेरो मस्तिष्कलाई नै हल्लाई दिन्छ। म अगाडि बढ्नै सक्दिन।

हाँस्दा हाँस्दै ऊ टक्क रोकिन्छे Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कानुन कस्ले मानेन

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

कानुन कस्ले मानेन
बिदेशिहरुले
कि नेपाली जनताहरुले
जन प्रतिनिधिहरुले
कि कानुन बनाउने कानुनबिदहरुले
आखिरी कानुन कस्ले मानेन
या फेरी नयाँ नेपाल बनाउछु भन्नेहरुले

गणतन्त्र आए पछि पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बिनाको यो संसार

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु

तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कलम

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

प्रवेश द्वारमै तिखारीएर
जोडले प्रहार गर्छ ,
वन्द ताल्चामा ,
प्वाकै उधारेर ,
टुक्रा-टुक्रा पारी गन्छ ।
चट्टान भित्रका हिराहरुमा
पारदर्शी झिल्ली र किटाणुहरुमा , Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनरागमन

~शिरिष लामिछाने~Shirish Lamichhane

धेरै पछि आज
केही लेख्न खोज्दैछु
सुतिरहेको मस्तिष्कलाई
फेरी जगाउन खोज्दैछु

बग्दैछन् मानसिक तरँग
उर्लिएको कर्णालीसरी
उभिएको छु यो भूमीमा
अटल सगरमाथासरी Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : भगवान

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

ए रात
तिमीसँग समयको अनुभव छैन
तिमीसँग बर्खा पनि छैन
जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष
जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : एउटा कथा इजरायलको

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

‘मान्छेलाई हेरेर चिन्नु सकिदैन रहेछ दाइ मैले ठूलो गल्ति गरेछु ।’ इजरायलमा भएकी मेरी चेलीले अनयास यस्तो कुरा भन्दा म एक छिन अलमल्ल भए“ । उनको वास्तबिक नाम अरु नै भए पनि म उनलाई रुचि भनेर बोलाउथे ।

अरबतिरका माइतीहरु र इजरायलका चेलीहरुको निकै गाढा नाता हुने गरेको छ । जमना नेटको छ, प्रमोद साउदीमा काम गथ्र्यो । उनीहरुको नेट मार्फत भेट भएर चिनजान भएका रहेछन् । कुराकानी गर्दै जाँदा एकले अर्कालाई मन पराएछन् अनि माया गर्न थालेछन् । प्रमोदले नै रुचि सँग चिनजान गराएको थियो । पहिलो भेटमा रुचिले आफ्नो माइती नभएको जानकारी गराउदै माइती मान्ने प्रस्ताव पनि गरिन् । म बाट Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~आभास~Aavaas - Achyut Prasad Phuyal

[बिहान]

नारीका चुरा बज्न थाल्छन्
थुरमाथि बसेर
धोवीचरो
गीत गाउन थाल्छ
मेरो गाउँ
बिस्तार ब्यूँझन्छ
पँधेरा जान्छ
र पानी ल्याउँछ
रातोमाटो घोलेर पोतेरी ठीक पार्छ
र संघार लिप्न
मेरो गाउँ
हरेक बिहान
घामलाई निम्त्याउने गर्छ

[दिउँसो] Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : संसार

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

कहिले काँही म सोच्छु
आफै लाई प्रश्न गर्छु
कि किन यो संसार यती बिशाल छ ?
कल्पनै गर्न पनि कति भएंकर छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बिरही माया अधुरो रह्यो

~दीर्घ सिंह बम~Dirgha Singh Bam

बिरही माया अधुरो रह्यो बिर्सनु कसरि
तडपाई दिन्छ जलाई दिन्छ याद आउँछ बेसरी
बिरही माया….

तप्किन खोज्छन आँशुका थोपा, गोधुली साँझमा
डुबाई गयौ, यो जिन्दगानी, सागर माझमा २
किनारा छैन २ सहारा छैन मन थामुं कसरि Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो स्वर्ग

~जे.बी. शेर्पा ~ J B Sherpa

असमयमै समयले झुत्रो पारिएको अनुहार माझ ,
अझै सपना देख्न नछाडेका चम्किला आँखाहरु ,
अगाध मायाँ र स्नेहका मूलहरु सुमसुम्याउँदै,
कसैको फिर्ती आगमनमा,
भत्किएको आँगन को डिल देखि एक टक ,
उजाड उराठ गोरेटो मा पर पर सम्म,
विछ्याई रहन्छ हरेक याममा !

अनि ,बुढो रुख झैँ ठिंग , Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रिय मित्र

~सागर कार्की~Sagar Karki

सुन्यता, शन्नाटा र चित्कार
मलाई कोट्याइ रहेको छ ।

यौटा आत्मिय हेराई
मानौ खाजीरहेको थियो
म भित्रको अर्को म
उसका मौन आँखाहरु
मलाई टुलुटुलु हेरिरहेका थिए Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : जापानी हाइकु कविता

~शंकर लामिछाने~Shanker Lamichhane

५-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका कवितामा यसका तीन पङ्क्तिको मुख्य विभाजनमा एउटा दर्शन छ ।

जापानी साहित्यमा हाइकु शैलीका कविताका सबभन्दा चर्चित कवि हुन् बासो । उनको बहुचर्चित कविता लिऊँ –
फुरूइके या (५) पुरानो ताल
कावाजु टोबिकोमू (७) भ्यागुतो उफ्रिन्छ
भिजू नो ओटो (५) पानीको शब्द । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

बाल कथा : राइनोको कथा

~चण्डी सुवेदी~Chandi Subedi

एकादेशमा एउटा जंगल थियो रे। त्यो जंगल नजिक एउटा दिदीको घर थियो रे। त्यो दिदीको धेरै गाइभैसी थियो रे। त्यो भएर त्यो दिदी घाँस काट्न जंगल जाने गर्थ्यो रे।

एकदिनको कुरा हो । त्यो दिदी जंगलमा घाँस काट्दै थियो रे। अचानक टाढा बात एउटा मोटो राइनो आयो रे।

अनि त्यो दिदी त् डराएर नजिकै को रुखमा हतपत चढ़िहाल्यो रे। Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : तिम्रो त्यो झुपडी म

~पवित्रा गुरुङ~Pabitra Gurung

अध्यारो तिम्रो त्यो झुपडी म
एउटा दियो जलाउँछु

रातको जुन र त्यो तारालाई हेर
धर्ती उज्यालो पारी रहेछ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment