गीत : बिर्सेर फेरि मलाई नहेर

~गोपाल योञ्जन~Gopal Yonjan

बिर्सेर फेरि मलाई नहेर २
यहाँ एक जीबन आँशुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ
अनायास नै फेरि बल्झेर दुख्छ
बिर्सेर फेरि मलाई नहेर Continue reading →

Posted in नेपाली गीत | Tagged | 1 Comment

कविता : अव्यक्त प्रेम

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

मान्छे, बल्ल आफूले पिडा पाएपछि
अरुका पिडा बुझ्छन्।
हो, तिमीले प्रेममा गुमाएपछि
बल्ल मेरो प्रेम बुझ्यौ
जति बढी कष्ट सह्यो
उति पलाउँछ/फैलिन्छ प्रेम
न घृणा बन्छ, न बदला लिन्छ कहिल्यै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गुलावको फूल थियो

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

तिमीलाई नै साँचेको, गुलावको फूल थियो
मृगतृष्णा पछि भेटी, बोल्ने बातको हूल थियो ।।

सम्झेकै हुँ तिमी नै हौ, मेरो प्राण प्रिय पात्र
तिमी र म कैल्यै पनि, नतरेको पुल थियो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म एक्लो छु,नितान्त एक्लो !!

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

म
माटो भएर ढुङ्गा सगै
टासिन जानिन ……
किनार भएर नदी सगै
गासिन जानिन……
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……
आकाश भएर क्षितिज सग
मिसिन जानिन……
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रामचन्द्र कार्कीका केही हाइकुहरू

~रामचन्द्र कार्की~Ram  Chadra Karki

१.
चिसा यी आँखा
मायाको बियोगमा
हाँसेको मन ।

२.
घाम न पानी
रमाउदै छातामा
साझको बेला । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तिम्रो सम्झनामा

~कृष्ण पहारी~Krishna Pahari

एक हिक्का बाडुली काडेर
आजकाल
मात्रै तिमिलाइ सम्झनेगरेकोछु।

तिम्रो अभाबमा
छट्पटिएको मन
कुन्नी किन हो
सिथिल बन्दै गएकोछ
तिम्ले नपत्याउन सक्छेउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पैसाको लोभ

~रामु गैरे~Ramu Gaire

कुबेर बन्नु थिएन मलाई
पिरितिको मायामा आगो लगाइ
घर परिवार सबै सँग बिछोड गराइ
अनी आफ्नो मान्छे पनि बनायो पराइ
आफ्नै सन्तानले पनि बुवा नदेखेको धेरै भैसक्यो
अनी उमेर पनि ३ भागको २ भाग गैसक्यो
पैसाको जात कालो रहेछ जती जती भये पनि नहुने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सिउदो

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

सप्तरंगी सिन्दुर तिम्रो सिउदोमा
सजाइ दिउला

मुस्कुराउदै तिमी भित्र मेरो दिल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल बन्द

~शिरिष लामिछाने~Shirish Lamichhane

सुनियो फेरी नेपाल बन्द भयो रे
रमाइलो नै भयो रे
स्कूलाँ गेट लाग्यो रे,
सडकाँ टायर नी बल्यो रे
जाडोको बेलाँ
राती मसाल जुलुसको आगो
अनी दिउँसो
गोरखकाली टायरको राँको
सबले मनग्ये तापे रे
साँच्चीकै रमाइलो भयो रे
विद्यार्थीलाई छुट्टी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झी

~दिव्य गिरी~Dibya Giri

रातभर जून रोयो तिमीलाई सम्झी
दिन पनि उदास रहृयो तिमीलाई सम्झी ।

फुलेका थे मखमली, बेली-चमेली
गुलाफको फूल छोयो तिमीलाई सम्झी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित छोक : निर्वासनको गीत

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ
जस्तो कि ग्राहक लोभ्याउन
रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : आसुँ सुक्दा पनि

~इप्सुल मगर~Ipsul Magar 'Maya'

रसार्इरह्यो गह अझ आसुँ सुक्दा पनि
बोक्नै नसक्ने ब्यथा रै’छ हेर्दा हृदयमा खनि

पूर्णिमाको रात मलार्इ वन्दा काल रात्री अव
शायद मेरो भाग्यले गर्दा होला मनोमानी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पिडा केहो ?

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

पिडा केहो भन्ने धोका खाएकालाई मात्र थाहा हुन्छ
जतिखेर मुटुको देव्रेपट्टि केहि असजिलो भएको हुन्छ ।

व्यथाको गहिरो चोट आँसु पिएकालाई मात्र वोध हुन्छ
कसैले दिएको चोट सोच्न सक्ने नसामा गएको हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जेल रैछ माया

~सुरेश पोखरेल~

एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया
हेर्दा हेर्दै डाँडा काट्ने रेल रैछ माया

मिठो माया सम्हालेर हाँसी खुसि जिउँला भन्थें
रुने अनि रुवाउने खेल रैछ माया Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : हाम्रो तेन्जिङ शेर्पाले

~धर्मराज थापा~Dharmaraj Thapa

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बजा खैँजडी, झम्केर नाँच मुजुरा

सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई
छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो
हिमालचुली खानीको विश्वमा झल्कने रत्न हो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : पातुको बगर

~टंक गौतम~Tanka Gautam

बर्सिन्छन् अभावका बादलहरू, प्रत्येक बस्तीहरूमा । सुकेका आँतहरू आकाश हेर्दै भक्कानिन्छन्, र पीडा पिउँछन् प्रत्येक दिन । हो, मेरो जन्मभूमि हो यो, मेरा पुर्खाको रगत र पसिनाले भिजेको माटो । हेर्छु, पटुका कसेका पेटहरू र टल्किएका करङ्हरू । पातुखोलामा पोखिएका छन् असङ्ख्य होनहार जीवनहरू, खोलाको बालुवासँग हेलिँदै, ढुङ्गासँग घोटिँदै, गिट्टीहरूसँग कुँटिदै ।

बालुवामा जन्मिन्छन्, बालुवामा हुर्किन्छन् र बालुवामै बृद्ध भई हुत्याउँछन् आफ्नो जीवनको भारी मृत्युको पोल्टामा यिनीहरू । उतापट्टि ठडिएका छन्, असङ्ख्य महलहरू । रिक्तता घोलिएका बगरका आँखाहरू Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : ताप्नै छ बाँकी दिनको पहार

~तीर्थराज अधिकारी~Tirtharaj Adhikari

फुल्दै थियो कोमल लोकतन्त्र
निल्दै उठ्यो गोमन झोँकतन्त्र
उमान्दको बन्दुकको रजाइँ
खप्दै बिते दर्जन वर्ष रोई ।

बाढी, हुरी, भोक असङ्ख्य रोग
छन् प्यास, अत्यास यतै वियोग
बनेर चिल्ला सर –कार चढ्छन्
पसेर भ्रप्रा किन दर्द बुझ्छन् ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भाइ र फूल

~अमर न्यौपाने~

Amar Neupane

उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ ।

उसको सानो भाइ छ महिनाको भयो । भाइ छ महिना भएको पनि थाहा छैन । उसलाई आफ्नो भाइ सानो छ भन्ने थाहा छ । भाइले नै उसको आमाको काख खोसिदिएको, राति आमाको न्यानो कोखिलो पनि खोसिएको थाहा छ । यति भएर पनि भाइप्रति उसको कुनै ईष्र्या छैन । बरु माया मात्र छ । मायैमाया ।

संसारमा सबैभन्दा बढी माया कसको लाग्छ भनेर कसैले उसलाई सोधे पनि नसोधे पनि एक्लो आफै“स“ग निर्धक्क निसङ्कोच भाइको भन्छे । सायद आमाभन्दा पनि प्रिय लाग्छ उसलाई भाइ । सायद ऊ छोरा भएको भए भाइको यति माया लाग्थ्यो या लाग्थेन ? छोरी भएर अझ बढी लागेको हो भन्ने पनि उसलाई थाहा छैन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शंकालु त श्रीराम धेरै

~गणेश कार्की~Ganesh Karki

खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।
स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्तिको ध्वनि छर्दै जाऊ

~चाँदनी शाह~Chandani Shah

पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर
यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी
ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर
विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी

यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै
हर गाउँ गोठ आगन पँधेरीमा पुगिदेऊ तिमी
त्यो उत्साह अनि जाँगर सधैं रहिरहोस् यस्तै नै
हर बाधा हाँक र चुनौती पन्छाई बढिदेऊ तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : राजाको गद्दीमा बस्ने पहिलो नेपाली केदारमान व्यथित

~नरेन्द्रराज प्रसाई~

नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको माग राख्ता उनी पक्राउ परे । तर त्यस बेला जेलभित्रै सिद्धिचरण श्रेष्ठले उनलाई राम्रो कवि बनाउन मलजल गरेका थिए । व्यथित ओजस्वी व्यक्तित्वका धनी थिए । उनको योगदान नेपाली परिवेशमा प्रेरक भइरहृयो । खास गरेर राजनीति र साहित्यमा उनको अद्वितीय योगदानका थियो । त्यसैले आफूले आरोहण गरेको Kedar Man Byethitनेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिको गद्दी राजा महेन्द्रले केदारमान व्यथितलाई ओछयाइ दिए । साहित्यिक राजाको गद्धीमा बस्ने व्यथित पहिलो जनताका छोरा थिए । त्यसपछि नेपालीभाषासाहित्य, राजा महेन्द्र र केदारमान व्यथितको महिमाले शिखर छोएको थियो ।

राजा महेन्द्रले व्यथितलाई सारै माया गरे । त्यसैले राजाले उनलाई जग्गा दिए, घर बनाउन पैसा पनि दिए र आर्थिक खुट्टा टेकाउन विविध सहयोग पनि गरे । त्यसैले व्यथित पनि मन, वचन र कर्मले सदैब राष्ट्रहीतमा नै जुटिरहे ।

व्यथित सधैं उत्साहित हुन्थे । झोक्राएर उनीसँग पुगेकालाई पनि उनी जाँगरको बुटी दिन्थे। Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कविता : हाँसिरहेको छु

~मदन मुस्कान~Madan Muskan Khatri

हो म हाँसिरहेको छु
बेदना अनि बिबशताको हासो
असफलता अनि लजस्पदताको हासो
समस्या अनि अभाबताको हासो
करुणा अनि बिच्छुकताको हासो!

किनकि म रित्तिएको छु
अदैृत अनि उमंग बाट
म नाङ्गि सकेको छु अब
स्वाभिमान र अस्मिता बाट
मैले हारिसकेको छु अब
संघर्ष र जीवन बाट! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्कै तिर सरेउ अरे..!!

~हरी गौतम~Hari Gautam

झुटो आरोप लगाई मलाई अर्कै तिर सरेउ अरे..!!
सुने खबर पराईको सिन्दुर पनी भरेउ अरे..!!

दौलतको तराजुमा जोखाएर मोल-तौल गरी”-
चोखोँ प्रेम लत्तायर मधेश तराई झरेउ अरे..!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मरेको छैन त्यो जीउदो छ अझै

~ठाकुर मान लामा~Thakur Man Lama

मरेको छैन त्यो जीउदो छ अझै
देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै
एउटा तारा खसेर के भो
असंख्य तारा भेटिन्छन्
देशको रक्षार्थ निम्ति कयौं
वीर सपुतहरु जन्मिन्छन्
डराउदैनन् उनीहरु बरु
बनिदिन्छन् शहिदहरु
मरेको छैन……………. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अग्लिरहेछ

~लारा राइ~Laxmi Rai 'LARA'

अग्लिरहेछ………..
प्रश्नहरुको पहाड़ र,
प्रत्येक मोड़हरुमा अनि
औसत मान्छेहरुका हुलबाट
अलग्गिएर
भूगोलको यो गोलार्द्धमा
अग्लिरहेछ…………..
प्रश्नहरुका पहाड़
कुन नियतिले डोर्र्यायो होला?

रहर/बाध्यता या, लहै लहै! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सिजो : रात र दिन

~भीष्म उप्रेती~Bhishma Upreti_1

रात र दिनलाई एकै गरेर बसिरहेँ

फूलको छेउमा काँडासँगसमेत Continue reading →

Posted in सिजो | Tagged | Leave a comment

व्यङ्ग्य गजल : गाउँमा फर्किन्छन् यिनै

~मरुभूमि नारायण~Marubhumi Narayan

जब चुनाब आउँछ गाउँमा फर्किन्छन् यिनै
जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै ।

सोझा जनतालाई बलिको बोको बनाई
घोक्रे स्वरले हामी माथि गर्जिन्छन यिनै । Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नियति

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
**
समस्याको खडेरीमा, अठोटहरु छिपेपछी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : चोखो माया

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

बनेर अन्जान गरे चोखो माया
भएछ म बाट भूल
क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली
पाए धोका स्वार्थी धमिलो रैछ माया
छोडेर गईं सम्झना को फूल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म काठमाडौंको मान्छे

~कर्मठ सुवेदी~Karmath Subedi

म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम तिमी

~अमन महर्जन~Aman Maharjan

घात र प्रतिधातको कसिमा
बांघेको प्रतिगामी कलम
सड़कछाप र ड़कैतहरूले रमाएको कलम
मसानमा बल्दै धुंआंस्रिएको
आगोमा हाँसेको कलम
रोदन र आंसुमा नाचेको कलम
कहिले तिमी असत्यलाई सत्य बनाउँछौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अनधिकृत बस्ती

~रमेश विकल ~Ramesh Bikal

माथि लेकमा त्यस रात एक्कासी असिन्धारे पानी परेर त्यसको काखमा बसेको गाउँ बस्ती सोलोलो तुल्याए–पैरो गएर ! गाउँका बासिन्दा पैरामा पर्ने परि गए, उम्किएकाहरू बचाउन सकिएका धनमाल र बस्तुभाउ कुम्लोकुटुरो पारेर एक रात तल तराई बेसी झरे।
रातको बीचमा लेकतिरबाट बेसी झरेको बीसौं राँको देखेर भट्टे गाउँ विकास समितिको अध्यक्ष रविलाल ब. बगालेको आफ्नै औसारोमा सुतिरहेको चतुरे कार्कीलाई घचघचयाउँदै उठायो–“लेकतिरबाट झर्दै गरेका ती राँकाहरू के हुन् हेर हेर ”

चतुरे आँखा मिच्तै उठ्यो। उसले डाँडातिर हेरेर भन्यो– “अस्ति कता हुँदो लेक गाउँमा पैरो लागेर गाउँ सखाप पार्‍यो भन्थे, त्यही सुकुम्बासी होलान्, तराई झरेका।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment