कविता : कुशे औँशीको लागि

~शिरिष लामिछाने~Shirish Lamichhane

मस्त निद्रामा सुतिरहेको
अबोध बालक थिएँ म
अँध्यारोमा नै रमाउने
बाहिरको उज्यालोबाट बन्चित
एक निरक्षर थिएँ म
तर तिमी त्यहाँ थियौ
मेरो लागि सधैं
टाढाको क्षितिज हेर्दै
प्रकाश देखाउदै अझै
भन्थ्यौ,”आँखा खोल् छोरा
चीर निन्द्रामा सुत्लास् कुनै दिन
अहिले उठ्नु छ, धेरै काम गर्नु छ।” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्यारो गुल्मी

~मन्जु भण्डारी खरेल~Manju Bhandari Kharel

आतिथ्य मिठो मधुरो मुस्कान, गुल्मीको रनवन
रिडि र रुरुको सम्झना बढ्दा, फुल्दछ मेरो मन

पर्यटक आउँछन् भिड बढी जान्छ, जीवनको यो खेला
गहका आशुँ छल्केर आउँछन्, माघेनी त्यो मेला Continue reading →

Posted in कविता | Tagged | 2 Comments

कविता : मेरो मन्दिर

~बीके पाण्डे~B K Pandey

मेरा एउटा मन्दिर छ
जसको आकार छैन, निराकार छ
जसमा मूर्ति छैन तर स्वरुप छ
जसमा पूजा छैन तर आस्था छ
जसमा घण्टा छैन तर चेतना छ
भक्त छैनन् तर साधक छन्
भजन छैन तर साधना छ
प्रवचन छैन तर विश्वास छ

सत्य एउटै हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : वास मेरो मरुभूमि

~रमेश केसी~Ramesh KC

खाडिको ‘म लाहुरे हजुर’ वास मेरो मरुभूमि ।
साँझ, बिहान टाल्नु पर्ने ‘गाँस’ मेरो मरुभूमि ।।

मरी मेट्छु भविष्यमा केही कुनै गर्छु भनी,
अनिश्चत यो भुवँरीको ‘आश’ मेरो मरुभूमि ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मृत्युसँग एकै क्षण

~श्रेष्ठ सत्य ~Shrestha Satya

मानिसको जीवनमा सबै कुराहरु अनिश्चित छन् तर निश्चित छ त केबल एउटै तत्व – त्यो हो मृत्यु । मानिसको जीवनसँगै मृत्यु पनि गाँसिएको हुन्छ । जीवनको प्रारम्भिक छेउ जीवन हो भने अन्तिम छेउ त मृत्यु नै हो । जीवनको अन्त्य मृत्युमा नै हुने गर्दछ । सबैको जीवनमा मृत्यु अत्यन्तै साश्वत र अवश्यंभावी छ । मृत्युलाई कसैले पनि टार्नै सक्दैन ।

मानव समाजले भने जन्मलाई त सहजै स्वीकार्ने गर्दछ भने मृत्युको नाम लिन पनि तर्सिन्छ । मानिस जन्मिदा भने हर्षोल्लास र महोत्सव मनाउँदछ र त्यसै दिनको सम्झनामा प्रत्येक वर्ष धुमधामले जन्म दिन पनि मनाउँछ भने मान्छे मर्दा भने शोकमा डुब्ने गर्दछ । जन्मलाई जस्तै मृत्युलाई पनि सहज र सहर्ष ढंगले स्वीकार्न मानिसले कदापि सक्दैन । जतिसुकै उमेर ढल्किएको वृद्ध–वृद्धा भए पनि ऊ मृत्युबाट जसरी पनि बच्नै चाहान्छ Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : तिमी

~पवन शर्मा ~Pawan Sharma

रातभरी सँगी बनी सँग सँगै हिँडिरह्यौ
विहानीको उषा सँगै धुमिल बनी बिलाइगयौ
निष्ठुरी जून तिमी, मेरो खुशी छोपेर गयौं

मलाई मात्र आफ्नो भनी प्रेमरस पिलाइरह्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो प्रेमको कथा

~सागर अधिकारी “आकाश”~Sagar Adhikari 'Akash'

तिमी हाँस्दा चन्द्रमा हाँसे जस्तो लाग्छ
तिमी बोल्दा कोईलीको कुहु कुहु लाग्छ

तिमीले बोलाँउदा म बिरानो हैन जस्तो लाग्छ
तिमीले गाली गर्दा पनि माया गरे जस्तो लाग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सबै ढलाएर गयौ!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

सजाएका सपना सबै ढलाएर गयौ!
चितामाथी जिउदै आज जलाएर गयौ!

जुन मुटु मा बसाएथे तिमी लाई मैले
त्यही मुटु मा छुरा आज चलाएर गयौ!! Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कविता : मुङलाने मन

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

यी रुखका हाँगा पातहरुले
उचाई छापी दिएर
मेरो जिन्दगीको लहरा
मौलाउँन पाएन
फेदमै गुज्रिरहेको
मेरो जिन्दगीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि–कामना

~दुर्गाप्रसाद पोखरेल~Durga Prasad Pokharel

साँझ बिहानी उडिरहेछन् उडान तिनको छोप्न सकूँ
भाव निर्झरी उलिर्रहेछन् ल्याई कविता रोप्न सकूँ
अक्षर वैभव वाग नभेटी जीवन ढल्न नपाओस्
कर्मठपनको सुन्दर मनको यौवन गल्न नपाओस् ।

शुद्ध भावको रत्न जडेर हार्दिकताको चहक बढाऊँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पप्पी फूल र गोरखाली

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

पप्पी बनी फूलेछन् पूर्खाहरु
त्यस्तै रहेछ पौरख
पोखिएका रगतका फाल्साहरु
खै ! के गर्नु गौरव !!

चित्कार कसले सुने होलान् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँचेकी छ भनिदिनु !

~राधा भट्टराई~Radha Bhattarai

उनले सोधे मेरो बारे बाँचेकी छ भनिदिनु !
मनमुटुमा आशा धेरै साँचेकी छ भनिदिनु !!

साँझपख मेरो यादमा उन्को आँखा रसाएमा !
बगरमा लाखौँ खुशी नासेकी छ भनिदिनु !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

~श्यामल~Shyamal_1

भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ?

आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली परिवेशमा हुर्के र उनले धनीमानीले सजिलै अवलम्बन गर्न नचाहने माक्र्सवादजस्तो राजनीतिक दर्शनलाई अंगीकार गरे । उनले जनवादी नारालाई कलात्मक रूप दिए र रिमालले कोरेको गद्यकविताको राजमार्गलाई सिमेन्टेड (पक्की) बनाए । उनले आधुनिक नेपाली कविताको भाषालाई विषयवस्तु र रूपले समृद्ध पारे । Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : देश

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

आज भोली लौ हेर हाम्रो देश नेपाल को गति /
छैन नया केही पनि यहाँ कस्को लाग्यो नजर मति?
आखिर कहा गए यहाँ सबै नेता हरुको बुद्धि ?
देशै उल्टो जवना नि उल्टो भए नेपाल को कहिले होला प्रगति?

सबै भन्छन नया नेपाल-नया नेपाल तर नया चीज यहाँ केही देखिन्न /
जाने हुन्छ नेपाल को अघि यहाँ मात्र “”नया””सब्द थपिएको छ अरु केही होइन/ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घरदेशी परदेशी

~भावना परिष्किृत सुनुवार~ Bhawana Parishkrit Sunuwar

घरदेशी- फेरि पनि भन्दैछु
पटक पटक सम्झाउदै छु
म पनि आउन चाहान्छु
दामको रोपाइँ बाह्रामासे चल्ने त्यो भूमिमा
जसोतसो जगेडा गरेर
हरियो रंगको सानो बुक पाएकोछु
पहिलो पटक हवाई गिरनमा
सपनाको सानो झोला च्यापेर
यो हरियो बुकको सहारामा
हवाई जहाज चडेर
मलाई पनि आउनु छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : गल्ती मैले मात्र गरेको थिईन

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

गल्ती मैले मात्र गरेको थिईन
तिमी पनि त समिल थियौ
माया मैले मात्र गरेको होइन
तिमी पनि त राजी थियौ

स्वार्थी रै’छौ माया तिमी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो पिडा

~शोभा सुनुवार~

मेरो मात्र कस्तो जीवन ?
चोट पनि मेरै हृदयमा
बज्रपात पनि मेरै टाउकोमा
पीडा पनि मेरै मनमा
कस्तो हो लिला हे दैब !.
पहाड्ले मलाइ नि थिच्नु पर्ने
प्रकृतिले नि मलाइ हेप्नु पर्ने
समयले नि मलाइ उल्टो गर्नु पर्ने
सृष्टिले पनि मलाइ मात्र देख्नु पर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उत्तर आधुनिक जन्मोत्सव कार्यक्रम

~टी एन रिजाल~T N Rijal

डिसेम्बर महिनाको दिन लण्डनको चार्ल्टनमा पिटपिट पानी परिरहे पनि मन चङ्गा झैँ खुशी थियो । धेरै वर्षपछि सम्झेर टेक्स्ट मेसेज पठाएछन् राजुले । जसमा ‘जन्मोत्सवमा जसरी पनि आउनु है, चुल्हो निम्तो छ’ लेखिएको थियो । अहिले उनको नाम र शान बेग्लै छ । नेपालमा उनी मध्यमवर्गीय परिवारका भए पनि लण्डनमा अथाह सम्पत्ति कमाएका छन् ! चारवटा त निकै नै चल्ने रेस्टुरेण्ट, दुईवटा घर, दुईवटा गाडी देखिएका सम्पत्ति मध्येका हुन् रे !

सहरका नाम चलेका नेपालीले निम्तो गरेकाले हुन सक्दछ, मेरी श्रीमती पनि खुशीले दंग थिइन् । साँझ नजिकियो । उनले ड्रयरबाट कपडाहरु निकालिन् । केही कपडाहरु ठीकै देखिन्थे केही भने मुजा परेका थिए । उनले फटाफट आइरन गरिन् । त्यही मेसोमा मचाहीँ हतार हतार बाथरुमको काम सिध्याएर आइरन गरिवरी तयार पारेका कपडाहरु चट्ट लगाएँ । ऐना हेरे । यसपालि पनि ऐनाले ढाँटेन । अनुहार त उही सुकेनाश र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुचोको आत्मकथा

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

कतै पार्टी नेताको लाउके भएर
कतै सडकमा चक्काजाम गर्ने टाउके भएर
कहिले वाइसिएल
कहिले युथ फोर्स
कहिले स्वेत सेना
कहिले जनसेनाको नाइके भएर
कुनै प्रक्रियाले बाँध्न नसकेका
कुनै सिद्धान्तले छाँद्न नसकेका
चोक चोकका गुजिल्टिएर बसेका
हल्लाको खेतीमा घुँडा धसेका
देशका क्रियाशील जनशक्तिहरु जस्तो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको खोजीमा

~कोइँचबु काःतिच~Koynichbu Katich 'Uttam'

ओ प्रिय,
म तिमीलाई कसरी ढाँट्न सक्थेँ ?
तर पनि,
तिमी भन्छौ –
नढाँट्नु है नढाँट्नु,
मलाई चाहिँ नढाट्नु
मलाई ढाँट्नेलाई ईश्वरले एक दिन देखाई हाल्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा लामखुट्टेको आतंक

~गोविन्दप्रसाद आचार्य~

सानो जीउको सानो आवाज धुन वा गुनगुन
कानकानमा सुनाउँदै आइरहेछ
प्रकृतिले धुन भरेर पठाएजस्तो एउटा सानो जीव उडिरहेछ !
जति उडेपनि कैले कुजिदैनन कैलै थाक्दैनन् परेवाहरू
धुन भरिएको सानो जीव कहिल्यै रोकिदैनन् आवाजहरू
कति वाठो छ लामखुट्टे फकाइ फकाइ तनातनी रगत पिउने गर्छ !
एकातिर धुन सुनाउँदै सुटुक्क दाउ हेर्दै चुटुक्क टोक्ने गर्छ !
एउटा सानो लामखुट्टे चोर कलाको गुरू जस्तो !
एउटा झनो लामखुट्टे चोरको पाठशालाबाट प्रमाण पत्र लिए जस्तो !
सभ्यता चाटि चुसी मजाले रस खाइरहेछ
छापामार शैलीमा झुक्याउँदै छक्याउँदै ! एउटा लामखुट्टे आइरहेछ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जन्मदिनको शुभकामना

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

You think the hills are mute-
I call them eloquent.
Oh yes, friend!
I’m free in my inebriation-
that’s just the way I am.
-Laxmi Prasad Devkota

घुम्न निस्कीए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । सुन्तला र बदामको समय ।

‘धन्य तपाईले मेरो पेशा बुझ्नु भएछ’ । उसले सुन्तलाको बोक्रा छोडाउँदै भन्न भ्यायो ।

‘नराम्रो आदत बसाउनु भएछ नी’ ।

‘कुन चुरोट’? । म यसलाई नराम्रो भन्दीन ।

तपाईलाई थाहा छ हिजो न्युरोडमा भारीको नाम्लो समाईसकेको थिए । तलतल लागी हाल्यो । भारी बिसाएर नाङ्गलो पसल्नीसित याकको खिल्ली सल्काएको मात्र के थिए साहु पसलबाट कराउन थाल्यो । ग्राहकलाई हतार छ रे । हो । यस्तो बेला मात्र आफुलाई नराम्रो आदत लागेछ भन्ने सोच्छु ।

‘तपाई पिउनु हुन्न’ ? मानीसले म तिर हेर्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मात्तिएको मन पर्छ

~आचार्य प्रभा~acharya Prabha

कहिलेकँहि नशाले तिमी , मात्तिएको मन पर्छ
नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।

मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी
नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ । Continue reading →

Posted in गजल | Tagged | 4 Comments

कविता : ए समय..पर्ख

~रश्मिला कवाङ~Rasmila Kawan

ए समय..पर्ख
तोतेबोली सँगै लहराएका लहरहरु
उच्चतम् उचाइमा पुगेर फन्को मार्दैछन्
गतिशील समय सँगै भिड्न नसकेका पथहरु
बीचबाटोमै विश्राम लिन्दैछन्
ठुलो ठुला सपनाहरू मात्र गगन्चुम्बी आकारका
त्यसभित्र न त धैर्यता छ न त लगाव नै
छ त केवल विपनाका तिता यर्थार्थहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~नवराज योन्जन~Nabaraj Yonjan

मेरो आगमन संगै
देख्ने आफन्तजनहरु भन्नुहुन्छ |
उज्यालो खोज्दै
पाँच ज्ञानेन्द्रिय सहित
कहाँ काँहा…काँह
रुँदै निस्किएको एक
मासपिण्ड “म” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~मुक्ति गौतम~Mukti Gautam

उफ्रनुहुन्न छोरी
बोल्नुहुन्न छोरी
खेल्नुहुन्न
कतै जानहुन्न
र
केहि गर्नुहुन्न छोरीले,
समाज
लाज
र
ईज्जतको कुरा आउँछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनुभव मञ्जरीका केही मुक्तकहरु

~अनुभव मञ्जरी~Anubhav Manjari

१
उनको रूप
झल्को उही दिलायो
रातको जुन

२
मनको ऐना
हेर्दैछ तिमीभित्र
छलिया रूप Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : देशमा संकट पर्याछ रे

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

हिजो आज देशमा संकट पर्या छ रे भन्ने सुन्छु
स्वाभिमानी नेपालिको मान झर्या छ रे भन्ने सुन्छु।

एकै देशका दाजु भाई मारामारी किन गर्छौ
दशगजा नि अलि वर सर्या छ रे भन्ने सुन्छु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : चरित्रचर्चा

~अतित मुखिया~Atit Mukhiya

“बडाले जे गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत”।
गुरु सिकाउनु हुन्थ्यो मलाई नितीश्लोक
कतै श्रुतिका कुरा
कतै स्मृतिका कुरा
कतै पुराणका कुरा
कतै कुराणका कुरा
अनि भन्नेगर्नु हुन्थ्यो
बलियाका जे पनि हतियार
लाठो होस वा अरुनै केही,
जे ठान…। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेमनगरी

~निराजन प्रभात~Nirajan Prabhat

बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । होइन हिजो ५० रुपैयाँ हाल्या कसरी सकिएछ ? यो मुला एनसेलले पनि कंगाल पार्ने भयो ।१२००० तलब त यसै सकिने भयो यसरी नहुने भयो । सोचे सुवास कतारमा छ म्यासेज लेख्नु पर्यो एउटा भिषा मिलाइदे भनेर । त्यो मुले सुवास हुन त मिल्ने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँसुले भीजेका सेता धरती

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

फहराउदो पहेंलो धोती
त्यसैमा किचीएको सेतो धरती
अनि किचीएका कंयौ रहर र कल्पना
झरी झै झरेका आमाका अरती
वालसुलभतामा पलाएका ठुला हुने चाहना
भर्भराउदा कलीला यौवन
अनि बिवसताले कुल्चीएको भबिष्य
त्यस माथीको पारीवारीक बन्धन
थाहै नपाई पाएको परायाको साथ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई थाह भएन

~विरही काईला~Birahi Kaila

मेरो सालनाल कहाँ गाडियो
यकिन साथ भन्न सकि रहेकी छैनन् मेरी आमा
बोजुलाई थाहा हुनु पर्नेमा
उनी मास छर्न गइसकिन अब फर्किन्न

जाँतो कुनामा सुत्केरी आमा
मसित सुतेकी थिइन
धारिलो चोयाले सालनाल काटेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment