कविता : रात कि आत्मा प्रती

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
रातकी आतमा झकीझकाउ,
आऊ !
स्वर्गकी रानी !
स्वपना–खानी !
मन्त्रमुग्ध छन् प्राणी !
प्रकृतिलाई नश–नश छोई
सपनाऊ

ख.
श्रमको अभिशाप परेको पृथ्वी
हिप्नोसिसले सपनिन्छिन् ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्देशक हो मन

~आचार्य प्रभा~acharya Prabha

बहकिन सक्छ मन
कतै छट्पटिमा आत्तिएर
टुक्रिन सक्छ मन
कँही पीडामा बल्झिएर,
हो, मन यस्तै छ
कोमल बन्छ कहिले
नचांहिदो तर्कमा बिनासित्तिमा,
कठोर बन्छ कहिले
डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मिर्मिरे भो उज्यालो

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी
पर्ने भो यो धरतितलमा वर्गसंघर्ष भारी
लागेका छन् द्रूत कदम भै एकतातर्फसारा
जागेका छन् सजग युगका जोशिला र्सवहारा

ब्युँझेका छन् असह हुन् गै भित्रका दर्द ताता
उम्लेका छन् रगत मनका आहुति बन्न राता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : हिमाल सरि

~गोपाल योन्जन~Gopal Yonjan

केटा – हिमाल सरि म अग्लीरहेछु
समात समात समात मलाई

केटि – बादल सरि म पग्लीरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

केटा – यी तारा कति छन्, म गन्न सकुँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हाम्रो पहिचान

~बी के पाण्डे~B K Pandey

मिल्ने अनि फुट्ने
फुट्ने अनि मिल्ने
किन मिल्यौँ, किन फुट्यौँ ?
फेरि किन मिल्यौँ ?
फेरि किन फुट्यौँ ?
प्रश्न आवश्यक छैन
उत्तर छरपस्ट जताततै छ
हामी फुट्नकै लागि मिल्छौँ
किनकि यही नै हाम्रो नागरिकता हो
यही नै हाम्रो पहिचान हो ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~स्नेहा अर्याल~

सृष्टि कर्ता यिनै नारी बुझेनन् खै किन ?
धर्ती माता सबका दाता होइन भने भन ?

दु:ख,पीडा, वेदना नै हाम्रो भागमा हो त ?
विषलाई नि अमृत भनी पिउनु पर्ने भो त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यति धेरै माया दिई

~दीपक जंगम~Deepak Jungam

यति धेरै माया दिई, मन भरि दु:ख नदेउ
बाटो वरपर फुल्ने, पंलास टिपी शिरमा नलाऊ
यति धेरै…..

जो भाग्यमा कोरिएका, सुख दु:ख स्वीकार छन् २
केहि तिता पल केहि मिठा फल, सबै सबै स्वीकार छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो लागि

~सबी श्रेष्ठ~Sabee Shrestha

झिस्मीसे बिहान
आँखाहरु डुल्छ
शुभदिनको आशमा
डिजिटल अखबारको भित्ताहरुमा
आतुर हुन्छ मन
लालयित हुन्छ नयन
मेरो बेर्नाहरुको
सन्चो, बिसन्चो हालखवर जान्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफैसँग आजकल….

~मनोज आचार्य “बादल”~Manoj Acharya

बोल्दिन म भनेको थे ऊनीसँग आजकल
अनी लाटो भएछु, आफैसँग आजकल
**
खुसि अनी रमाईलो आजकल कतै उडेजस्तो
गुनासो छ अलीकति ,आफैसँग आजकल Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : असार १७ गते नबिनाको विहे

~सुमन बगाले~ Suman Bagale

परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए। मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मर्स्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अब रुदैन यि आँखाहरु

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

सुख पाए अंगाल्दिन् अब,
सुख त केवल क्षणिक् पलको भ्रम रहेछ
दु:खनै जिवनको सहारा रहेछ I
खुसी पाए फाल हान्दिन
लोप मात्र देखाएको हुदो रहेछ
दु:खमा जिन्दगी ढाल्नको मजानै बग्लै रहेछII

जती चोट दिनुछ देउ मलाई
अब दुख्दैन पुराना घाउहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पहेंला चुराहरु

~रश्मिला कवाङ~Rasmila Kawan

हातैभरि हरिया र पहेंला चुराहरु
साउनको महिना यो मेहेंदीका कुराहरू ।

जलबिनाको वर्त बस्छन् हिन्दु नारीहरू
बदलामा पाउने गर्छन् तीता छुराहरु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यो जमाना; त्यो जमाना

~विशिष्ट कोइराला~Bishista Koirala

पहिले सुपारीले सम्पूर्ण पुग्थ्यो,
अहिले ब्ल्याक लेवल र चिवासले पुगेन ।।
पहिले एउटा समोसाले सारा दिन पुग्थ्यो,
अहिले के एफ सी र फूडकोर्टको मेनुले पुगेन !!
पहिले ‘अतिथि देवो भव’ ले पुग्थ्यो,
अहिले ‘कुकुर देखि साबधान’ ले पनि पुगेन ।।

मोजाको बल र मुङ्ग्रोको ब्याटमा पाएको त्यो मजा,
आज नतमस्तक भएर पोकेमोंन र क्यान्डी क्रश खेल्दा पाइएन ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अपुरो राष्ट्रियता

~अनुकूल प्रकाश~Anukul Prakash

सरकार !
म बुधनराम– एक मधेसी
झण्डै ढाई शताब्दीदेखि
तिम्रो राष्ट्रियतामा अट्न सकिरहेको छैन
या तिमीले नै अट्न दिइरहेका छैनौ ?
योजनाबद्ध ।

हमार बिटुवा,
काठमाडौं आएर
कुछ गर्न चाहन्थ्यो
ऋतिक रोशन काण्डमा
अपाहिज भैगयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बाकस

~धीरकुमार श्रेष्ठ~Dhir Kumar Shrestha

तपाईको नाममा एउटा बाकस आउदै छ । हाम्रा मान्छेले एकदुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भरपाई पठाइदिनुहोला ।सरलाले फोनमा भद्र आवाज सुनी ।कहाबाट आएको हो? त्यसमा के छ? उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए पनि केवल दुईओटा प्रश्न गर्न सकी ।

बाकस तपाईको श्रीमानले काम गर्नुभएको दुबईको कम्पनीबाट आएको हो । भोलि काठमाडौ आइपुग्छ । बन्द अथवा आन्दोलन-हडताल केही भएन र बाटो क्लियर भयो भने पर्सी तपाईको घरमै आइपुग्छ । हामी त्यही प्रयासमा छौ । भद्र आवाजबाट सरलाले पहिलो प्रश्नको उत्तर पाई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रातो बाकस

~ए.पी. सुमन~A P Suman

बुर्ज खलिफाको टुप्पाबाट
कसैले रातो इट्टा खसाल्यो भने
तल मेरो टाउकोसम्म ठोकिन
कति समय लाग्ला आमा ??
के म त्यति समयमा अन्तिमपल्ट
एकचोटि तिम्रो न्यानो काखमा
लडीबुडी खेलेर फर्कन सकुँम्ला त ??
छुट्टिने बेला तिमीले शिरमा पहिराइदिएकी
सफा ढाका टोपीमा निधारभरिका
राता अक्षेता झर्ने डरले शिर ठाडोे पार्दै
उडेको म, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रातो बाकस

~सरगम भट्टराई~Saragam Bhattarai

पुस २० को रात, आर्यनको घर छोड्ने रात,आफ्नो माटो,बाटो र मायालु परिवार छोड्ने रात,अर्को तर्फ सुनौला सपनाहरुको कोपिला लागेको रात, तर बेमेल र बेईमानी हुदै गईरहेको युद्दभूमि र भाट राजनीति छाडेर आफ्नै पसिनाको मोती फलाउन परदेश हिड्नु अघिको रात। मनमा अनगिंती आरोह अवरोहले निदाउन नसकिरहेको रात।

आर्यनको मानसपटलमा सबै घटना ताजै छन,बूढा बा आमा,अपांग भाइ,सुस्त मनःस्थितिकी बैनी अनि सम्पतिको नाममा एक हल गोरुको टारी खेत अनि र बले साहुको ऋण। गरीबीले थिचिएको ज़िन्दगी,बैंस नआउदै सुस्ताएका उसका बेचैन आँखा।

आर्यन कोल्टो फेर्छ,बिहान बेलुका घरको काम गरेर एक घन्टा पैदल हिडेर स्कूल जाँदै गर्दा भेट भएका एक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवनका रंगहरु

~गोपीकृष्ण प्रसाई~Gopikrishna Prasai

जीवनका रंगहरु माथि माथि उड्ने बादलमा खोजेँ
सप्तरंगी इन्द्रेणीलाई जीवनको परिभाषा सोधेँ
लहर बोकेको समुन्द्रमा पो जीवनको गति पाउँछु कि ?
शिखर आरोहण गरी फर्कनेहरुमा पो जीवनको गीत भेट्टाउँछु कि ?

ध्रुव ताराले पनि त आदिकालदेखि अस्तित्वको रंग बोकेकै छ
ओजन तहले वायुमण्डलमा खतरनाक किरणहरु रोकेकै छ
फूलहरु फक्रेको देख्छु पातहरुमा हरियाली पाउँछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उभिन मन छ

~डिएनके कुवँर~D N K Kuwar

मलाई पहाड जस्तो उभिन मन छ
र यो देशलाई सुरुक्षा दिन मन छ ।।

म तिमी बाट यहीँ सुन्न चाहान्थे
यो जोवान हजुरलाई सुम्पिन मन छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : खै यस्तो किन मलाई

~सन्तोषी पहरी~Santoshi Pahari

जब साझपर्छ, झनै याद बढ्छ खै यस्तो किन मलाई ।
लाग्छ म तिमीलाई माया गर्छु ,माया बाहेक केहि चाहिएन मलाई ।

जून हैन तारा पनि, तिमी भए हुन्छ ।
एकै छिन टाढा हुदा भित्री मन रून्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खास् माटो रहेछ !

~सुसन राई~Susan Rai

लाग्छ जन्मभुमिको माटो खास् माटो रहेछ !
मैले हिड्न सिकेको बाटो खास् बाटो रहेछ !!

यो मुटुले आज एउटा निष्कर्ष निकाल्यो !
चोट अस्थाई पिडा, बल्झिने खाटो रहेछ !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पहिचानका व्याधाहरु

~अदृश्य पाठक ‘लाक्पा’~Adrishya Pathak 'Lakpa'

ओ ! आत्मघातीहरु हो
ए, आफ्नै पहिचान निमोठ्ने अपराधीहरु हो
के तिमीलाई अलिकतिपनि विस्मत छैन ?
तिमी आफ्नो पहिचान ‘पद र चाट’सँग साट्दैछौ
हिजैदेखि हाम्रो नाकको प्रतिनिधित्व गर्दै
हाम्रो अनुहार देखाएर तिमीहरुले
सत्ता र भत्ताको मत्ता चढ्यौं र चढिरहेकाछौ
वास्तवमा आत्मघाती शेरधन तिमी पहिचानका व्याधा हौ

तिमीमा मानवता छैन ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

शेर्पा भाषी गजल : ज्याक्सीमा थुमी

~पासाङ च्यावा शेर्पा~Pasang Chyawa Sherpa

ख्योर्की ङाला क्युर्ने ज्याक्सीमा थुमी !
ङेकि सेम्ला अाल्ला सुक् ग्याप्सीमा थुमी !!

ख्युरुङ् नी अाल्लाराङ थाक्रिङ्बु गाल्सुङ् !
बोतलकि चासेला गाल्सीमा थुमी !! Continue reading →

Posted in शेर्पा गजल | Tagged | Leave a comment

गीत : मन भरि दबाएको छु

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

चोटै चोटले भरिएको कथा मन भरि दबाएको छु
खुल्न नसकेको ति्म्रो तस्विर मुटु भरि सजाएको छु।।

बाहीर राम्रै हास्छु बोल्छु भीत्र दिलभरी चोट छ
कहिल्य निको नहुने मुटु भरि प्रेम नामको रोग छ।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : छाता बन्छु भन्दै

~श्रीराम अधिकारी~

झरी पर्दा ओत दिने छाता बन्छु भन्दै
आयो कोही यो मुटुको गाता बन्छु भन्दै ।
अहिले बल्ल बुझ्दैछु म नाफा घाटा सबै Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : खेल रहेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

समय एउटा खेल रहेछ
कहिले कहि पाउने तेल रहेछ

थाहा हुनेले भने हुन्थ्यो
यो त एउटा भेल रहेछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : देशको हालत बुझिन्छ

~नमन अमृत ‘भु–वन’~Naman Amrit 'Bhuwan'

सानै हल्ला फैलाउनु देशको हालत बुझिन्छ
एउटै चाल चलाउनु देशको हालत बुझिन्छ ।

‘नेताहरू कस्ता छन् ?’ भन्ने प्रश्नको पिल्लर
इन्टरनेटमा ढलाउनु देशको हालत बुझिन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : थुइय्या …

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

‘थुइय्या … खाराने,
अभागी टुहुरा !
मार-दे बेअÞने माचाबि’ –
ठुँगीरहेको छ आमाको दिक्दारी चिले रुइनाले ।

उहिले उहिले
दुधमा खरानी घोलेर खिर पकाएको उपद्रव Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो संसार

~हरिसिंह थापा~Hari Singh Thapa

यो धरती यो आकाश
मायालुको माया साँच्ने
मेरो संसार……….. ।
हो बरै ! मेरो संसार !

साँझ हुँदा जूनसँग
मेरो माया बस्छ
बिहान आउने किरणसँग Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : फरवार्डेड म्यासेज

~रामहरि पौड्याल~Ramhari Poudyal

चम्किला बत्तीहरुको झिलिमिली प्रकाशमा उज्यालिएको छ वातावरण । सहरका हरेक चोक र गल्लीहरु क्रिशमस ट्री र तिनमा सजाईएका रंगिन बत्तीहरुसँगै टल्किएका छन् । सहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर । शपिंगमलहरु, डिपार्टमेन्ट स्टोरहरु खचाखच भरिएका छन् तन्नेरी ग्राहकहरुको क्रिशमस क्रेजसँगै । तिनका उत्साहलाई वातावरणको हिमाच्छादित धर्ती प्रतिकूल देखिदैन । माइनस पाँचको चिसोले क्रिशमस सपिंगको भिडलाई रोक्न सकेको छैन । सबैखाले सपिंग मलहरु वातानुकुलित तातोसँगै स्वागतातुर देखिन्छन् आफ्ना ग्राहकहरुको सेवामा ।

युरोप पश्चिमाहरुको सभ्यता र संस्कृतिको नमूना । विकाश, निर्माण र मानवीय प्रगतिको चरमोत्कर्ष लण्डन वोल्र्ड क्यापिटल । सहर जुन कैल्यै सुत्दैन । फरक छैन दिन हो कि रात ? मान्छेहरुका समुन्द्र र तिनका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्वदेश गान : देश बाँची रहोस्

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

बाँचेर सँधै हाँसी रहूँ हृदयको चाहना
म मर्छु देश बाँची रहोस् यही सपना ।

चन्द्र अनि तारा चम्की रहोस् सँधैभरी
म मरे नि देश बाँची रहोस् सँधैभरी । Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

स्वदेश गान : विशाल नेपाल चाहिन्छ

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

ठुलो छ चाहना चन्द्र छुने धर्ती र आकाश चाहिन्छ
हिमाल, पहाड र तराईको विशाल नेपाल चाहिन्छ ।

जन्मभूमि मेरो नेपाल मलाई नेपाल देश चाहिन्छ
जातीय राज्य चाहिँदैन नेपालीको माया चाहिन्छ । Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment