कविता : मिर्मिरे भो उज्यालो

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी
पर्ने भो यो धरतितलमा वर्गसंघर्ष भारी
लागेका छन् द्रूत कदम भै एकतातर्फसारा
जागेका छन् सजग युगका जोशिला र्सवहारा

ब्युँझेका छन् असह हुन् गै भित्रका दर्द ताता
उम्लेका छन् रगत मनका आहुति बन्न राता
बर्खे खोला सरह हुन गै उर्लिएका समाज
वैरी१ माथि नगरि हमला बस्न सक्तैन आज

भोको नांगो झुपडिबीचको क्षुब्ध कंकाल जाग्यो
तिर्खा चर्को सहन नसकी देशले खून माग्यो
तम्सेका छन् सक्रिय खुकुरी खड्ग तर्वार भाला
प्युँने हाम्रो रगत मुटुको त्यो कहाँ उम्कि जाला

राखी मनमा जनप्रगतिको लक्ष्य यौटा महान्
आत्मादेखी दिन युवक छन् देशको निम्ति ज्यान
गर्दै जाँदै सब प्रतिकक्रियावादीको रुप कालो
यो पैलेको तिमीर बीचमा२ मिर्मरे भो उज्यालो

(मिर्मिरे तेस्रो झुल्का ०३७)

१.शत्रु
२.बीचको

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.