गजल : यै देशमा

~दीप दर्शन~Deep Darshan

यौटा सुन्दर त्यो रचेर रचना छोडौ कि यै देशमा
राम्रो फूल टिपेर बास्न सितको जोडौ कि यै देशमा

माटोको ममता भुलेर अरुमा ईच्छा नराखौ कतै
त्यागी स्वार्थ सबै बिकाश मुल यो फोडौ कि यै देशमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देश छाड्दै गर्दा

~गौतम सागर राई~Gautam Sagar Rai

देश छोड्नुको पिडा त
मलाई पो थाहा छ
जसरि समयले
मान्छेलाई छोड्छ
बचेराहरु गुडमै
माउले छोड्छ
अनी एक्लिन्छ मन
अभाब , पिडामा
हो देश छोड्नुको
पिडा त मलाई पो थाहा छ ।

Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो स्वदेशमा

~तुलसी राम पाण्डे~

राजनीतिलाई चलाउने हरु ब्यस्त छन् खानलाई
अगाडी बढी आउनु पर्यों युवाहरु देश बचाउनलाई
गरि खान पनि दिने छैनन् कोहि हाम्रो नेपाललाई
देशको रक्षा गरौ हामी युवाहरु भविस्य को पिढीलाई

ल्याउनु पर्यों नेपाललाई राम्रो बनाउने योजना हरु
निकाली फालौ देश लाइ धोखा दिने सबै नेता हरु
गरौ बिकास युवाहरु सक्रियता देखाई गाउँ गाउँमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रुबाई : निजि हुन्छ

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

एक ठानेको थियौ हावापानी धर्ती खास निजि हुन्छ।
मौसम फेरि चलिरहन्छ कहाँ बतास निजि हुन्छ ??

घाम लाग्दा संसार उज्यालो मख्ख पर्न हुन्न साथी Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

गीत : चुमेर पाना भरि

~गोपाल योन्जन~Gopal Yonjan

चुमेर पाना भरि यति म लेखि दिन्छु
प्रितिका बाचाहरु जाने जति लेखि दिन्छु

रातभरी भरि एउटै सपना देखेको हुन्छु २
देखेका सपनाहरु सबै म लेखि दिन्छु
निस्प्राण कागजका टुक्रा हेरी नमस्की दिनु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सानुमायाँ र पुरुष छाया

~जे.बी. शेर्पा ~ J B Sherpa

नमस्ते सर !

मुसुक्क हाँस्दै नरे सरासर भित्र आउँछ र दुवै हातमा बोकेको थाललाई गाउँमै बनाईएको काठको बांगोटिङ्गो टेबुलमाथि राख्छ र तरकारी लिएर आउंछुहै सर भन्दै हुईकीएर लगतै बाहिर निस्कन्छ ! तात्तातो वाफ उडिरहेको ताजा परिकार उनीहरुको अगाडी हुन्छ ! तरकारी लिएर नरे पुन: प्रकट हुँदै भन्न थाल्छ खानुस सर मेरो दिदीले पठाउनु भएको , चंचल , वालशुलभ नरे फेरी बाहिरिन्छ !

एकाएक दुवैजना ढल्किरहेको ओछ्यान छाडी ढिँडो नजिकै बस्न आई पुग्छन र रमाइलो सुरमा मुखामुख गर्न थाल्छन, पुर्वजानकारीविना आइ पुगेको त्यो ढिँडोले दुवै लाई अलमल्ल र चकित पारिरहेकोछ ! अनभिज्ञ र कौतुहलयुक्त ति दुईजना कस्ता देखिन्छन भने मानौ बाघको डमरुहरुले पहिलो पटक शिकारको अनुभव गरिरहेको होस् र शिकार संग नजानेर खेल्न खोजिरहेकोहोस ! कसको आग्रहमा आज यो ढिँडो यहाँ आई पुग्यो ? किन पठायो ? एक अर्कालाई प्रश्नोत्तर गरि रहन्छन अनि नयाँ ठाउँमा त्यसरी एक्कासि आई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पर्खिनुको मजा

~बिबश बलिभद्र कोइराला~Biwash Balibhadra Koirala

सयौँ बार कसैलाई पर्खिनुको मजा
मलाई मात्र थाहा छ मुटु चर्किनुको मजा

पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल
नाघ्नेहरूले त के बुझ्थे र काखमै जीवन धर्किनुको मजा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : क्षतिपूर्ति

~निर्मला खड्का~Nirmala Kadka

दुइ दिन देखि को लगातार बर्षात पछी आकाश खुलेको थियो…..पुष महिनाको पारिलो घाम..मन लोभियो र घाम ताप्न भनि आँगनमा फुलबारी नजिकै कुर्सि तानेर बसें म पनि…केहि बेर अघि मात्र यसो खसार खुसुर पारेर गोडगाड पारेको फुलबारीबाट माटोको मिठो सुगन्ध आउदै थियो…धेरै दिन पछी फुलबारी सफा देखिएको थियो… त्यति गरेकैमा म मख्ख थिए फेरी कुनै पहाड नै फोरे झैँ…अचानक कोइ कानेखुसी गरेझै बिस्तारै खुसुखुसु गरेर कुरा गरे जस्तो आवाज सुन्छु …यता उति हेर्दा नजिक कोइ देख्दिन….कोइ चोर डाँका त् हैनन् ..रात बिरात चोर्ने सल्लाह गर्दै गरेका …..कानलाई चनाखो पार्दै कुरा तिर ध्यान पो दिन मन लाग्यो र त्यसै गरे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मार्दो रैछ यहाँ

~आचार्य प्रभा~acharya Prabha

नखाएको बिषले पनि मार्दो रैछ यहाँ
षड्यन्त्रको जालमा पनि पार्दो रैछ यहाँ।

जिन्दगीलाई जितै जितमा राख्छु भन्नेले
जानी जानी बाजी पनि हार्दो रैछ यहाँ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अपरिपक्वता

~दिवाकर स्वप्नील~Diwakar Swapneel

“ए , सन्तबहादुर !”

“हजुर सर”

“गाडीमा तेल छ ?”

“छ सर”

“ए , ल तयार होउ,आज बाहिर जानुपर्छ” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : खिचडी कहिले पाक्ने भो

~बालमुकुन्द कार्की~Balmukunda Karki

वीरवल हजुर हो…
खिचडी कहिले पाक्ने हो ?
धुँवा मात्र पुत्तपुत्तिएको छ ।

रोल्पा र डोल्पाहरुमा
हुर हुर चुलो बाल्नु छ
कणर्ाली तरेर
नुन बाँड्नु छ
रोपेको धान पनि पाकी सक्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : राजनीतिक पार्टीहरु

~मधु गुरुङ~

राजनीतिक पार्टीहरु तानातान गर्छन्
महँगीले जनताहरु भोकभोकै मर्छन्
अराजकता बढ्यो देशमा शान्ति नहुनाले
बेरोजगारी बढ्यो उद्योगधन्दा नखुल्नाले
सबै मिली उठाउँ एक स्वर
शान्ति विकास समृद्धि रोजगार

लोकतन्त्र ल्यायौँ हाम्ले ज्यानको बाजी लगाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिक्सीको

~अतित मुखिया~Atit Mukhiya

खै किन किन साथी ?
कहिल्यै परेन घामको ओभानो पैतला
मेरो आगनको हिलोमाटो माथी ।

करेसाका कोपिलाहरु
परदेश फुल्न बाध्यछन
अंकुरण पहेंलिएको छ
केवल बनमारा झप्केका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भावनाको बगैँचामा…

~अनुभव मञ्जरी~Anubhav Manjari

भावनाको बगैँचामा
एकै क्षण टहल्न मन लाग्यो
प्रकृतिको सबै रङ्ग टिपी
जीवनको पानाभरि पोत्न मन लाग्यो
गराहरू बाँझै छन्
घारीहरू बुटृयानले भरिएका छन्
कता कति सतहीरूपमा
बाँझो फुटाउन सुरु भएको छ
भस्मे फाँडिने योजनामा छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर अधिकारी जिन्दावाद !

~दीपेन्द्र केसी~Dipendra KC

हिजो एकसाथ पढें मैले
धेरै समाचारहरु ।

न्यायका भिखारी नन्दप्रसादले
कालो पोतेर गणतन्त्रलाई
सुकेको डाँठजस्तो भोको र हलुको शरीर
जिम्मा लगाए यमराजलाई ।
लोकतन्त्रको सबैभन्दा शक्तिशाली हतियार “अनसन”
जसले, झुकायो सिँगो व्रिटिश सरकारलाई गोर्खासामु
कुनैबेला झुकेथ्यो गान्धी सामु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भोली पनि बेग्लै हुन्छ

~दिपेन्द्र राई ‘अश्रुमाली’~Dipendra Rai 'Ashrumali'

हिजो बेग्लै आज बेग्लै भोली पनि बेग्लै हुन्छ ।।
जिन्दगीको भोगाइसँगै चोली पनि बेग्लै हुन्छ ।।

हुँदा खेरी मै हुँ भन्ने स्वाभब नै हो मानिसको ।
हेरी बुझ बर्र्ष याममा खोली पनि बेग्लै हुन्छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो मृत्यु कविता

~नरेश शाक्य~Naresh Shakya

मेरो मृत्यु साधारण हुनेछ
घटित हुनेछ सामान्य घटनासरह
कसैलाई थाहा पनि हुने छैन
न कुनै रोदन
न कुनै क्रन्दन
मेरो पार्थिव शरीरलाई
स्वजनहरूद्वारा
छिटोभन्दा छिटो उठाएर लगिने छ
र दफनाइनेछ माटोमा
एकपटक माटोमा मिलेपछि
त्यो सदाको लागि विस्मृत हुनेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको मरूभूमिबाट

~जीवन खत्री~Jiwan Khatri

बाध्यताको आँधी घरभित्र छिरेर
नबगाएको भए बाको अनुहारबाट घाम
नचोरेको भए आमाको आँखामा चम्कने जून
फूलजस्तो मुस्कान
प्रियाको ओठबाट नखोसेको भए
नानीबाबुको स्कुल पुग्ने बाटो नभत्काएको भए
पुर्खाले उपहार छाडीगएको जिउँदो घर र
ताराहरूले गुच्चा खेल्ने आकाशजस्तो आँगनसँग
कसैगरी साट्ने थिईँन राहदानी
र आउने थिईँन्, सपना पुर्ने चिहानजस्तो यो मरूभूमिमा। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कालीगण्डकी

~जीवन क्षेत्री~Jiwan Kshetry

कालीगण्डकी सुस्याइरह्यो
यो युगको व्याथा बोकेर
मधुर गतिमा बगिरह्यो
मानव रगतका आहालहरू
अमानवीयताका पराकाण्ठाहरू
चुपचाप हेर्दै
कालीगण्डकी ओरालो झरिरह्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : गुलाबी अधर त्यो

~रवि प्राञ्जल~Ravi Pranjal

गुलाबी अधर त्यो अलि मुस्कुराऊ
लजाएर नजर अरु न झुकाऊ
तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ
सक्दिन थाम्न नजिक नआऊ

गालाभरि त्यो मधुमास लाली
देखेर झुम्छ मन डाली डाली Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मन पोख्दैछ

~देबेन्द्र पौडेल~

सम्हाल्दिने मान्छे भए, मन पोख्दैछ
छ कोही तयार रात काटन ?धन पोख्दैछु । ।

कसी लगाए हुन्छ यहाँ भर्जिन भने पनि हुन्छ
अघी बढ उठाउन लाई जोवन पोख्दैछु । । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : रहर हैन मेरो

~कृष्ण पौड्याल~

वास्तविकको गजल कोर्ने रहर हैन मेरो।
हजुरलाई दु:खीत पार्ने ठहर हैन मेरो॥

सके दिनुस आश्वासन ब्याथा थप्नु हुन्न बिन्ती।
मलाई मद्दत गर्नु भन्ने कहर हैन मेरो॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : फुललाई पो बात लाग्यो

~उद्धब ओझा~Uddhab Ojha

भमरालाई भन्दा पहीले फुललाई पो बात लाग्यो
कोपीलामै आज तिम्लाई जवानीको मात लाग्यो

तिम्लाई पाउने झुटो आसमा म कतिन्जेल जिउन सकु
त्रिस्ना मेट्ने भमरा को तिमलाई धेरै खात लाग्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँचेकै छु हजारमा

~रामलाल जोशी~Ramlal Joshi

हाँसेकै छु सयौंबीच, बाँचेकै छु हजारमा
तिमी छैनौ र पो एक्लो भएँ आज बजारमा ।

छोडिगयौ कहाँ एक्लै प्रतीक्षा नि लामो भयो
तिमी आउने बाटो हेर्दै बसेको छु दिवारमा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : विदेशिएको मन

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

देशको सक्षम जनशक्ति गै सक्यो खेर
माृतिभुमी सुन्यपारी कहीँ नजानु हेर।
आजभोली गर्दा गर्दै गाउनै शून्य भय
विदेशिदा कोही कोहीले त देशनै भुल्ने भय।।

गरे पछि आफ्नै देशमा के छैन र हेर
सच्चा मनले कार्य गरे जादैननि खेर।
स्वदेशमै विकाश गर्दा देशकै नाम हुने
सरापनेछिन धर्तिमाले राष्ट्रियतालाई भुले ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : के आत्महत्या नै समस्याको समाधान हो त ?

~सजना गुरुङ~Sajana Gurung

समय कति परिवर्तनशील छ, समयको परिवर्तन हुनु नौलो कुरा होइन किनकी हामी सबै यो कुरा जान्दछौ तर मानिसको जिन्दगीमा आएका कतिपय परिवर्तनहरुले मानिसको जिन्दगीको रुपरंग नै फेरेर राखिदिंदो रहेछ । मैले कहिल्यै सोचेको थिइन, जिन्दगीको अन्तिम पलसम्म हरेक सुख दु:खमा तिमी सँगसँगै उभिनेछु भनेर सारा दुनियाँको सामु वाचा गर्ने जीवनसाथीले अहिले आएर मलाई नै चरित्र हिनताको यती निक्रिस्ट कलंक लगाएर टाढा हुनेछ भनेर । जव म अहिले जिन्दगीको त्यो मोडमा छु, जुन अति दु:खद मोड अनि पिडादायी पलको रुपमा मेरो अगाडि उभिइरहेको छ । मलाई पलपल उसको साथ र मायाको अती आवश्यक परेको आभास भइरहेको छ । घर परिवारको दुर्व्यवहाँरले मलाई भित्र भित्रै यती कस्टकर गतिमा रेटिरहेको छ फेरिपनी रुनु को सँग ? Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : बेमौसमी बर्षात्

~रसिक रमण~Rasik Raman

चुहिन आतुर भएका
निसा ओढेर
अकल्पनीय प्रहार गर्न
तम्सिएका
पहाड र जङ्गलका फेद तथा बिचतिर
उछिट्टिएर उत्रिएका
मेघका धब्बाहरुसङ्ग ठोकिएर
कोमल नयनबाट
पिडाका अश्रुधारा
बगाइरहेकी प्रकृति , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो खै कस्तो छाप थियो

~कर्मठ सुवेदी~Karmath Subedi

थाहा छैन मेरो जीवनमा तिम्रो खै कस्तो छाप थियो
जहाँ म पुगे पनि साथमा तिम्रै पदचाप थियो

मन यो ठण्डा हुँदा भित्र भित्रै कति कामको थियो
न्यानो पार्ने यो मनलाई तिम्रै मायाको राप थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

‎गजल‬ : थर हटाइनु पर्छ

~लोक राज भट्ट~Lok Raj Bhatta

बिभेद देखिने मान्छेको,थर हटाइनु पर्छ,
बुलन्द हुनुपर्छ आवाज,डर हटाइनु पर्छ।

ए सरकार त्यो कानुन, बनाइएको किन हो?
कि पालना होस नत्र, फोस्रा अक्षर हटाइनु पर्छ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु झर्छ प्रिय

~राकेश कार्की~Rakesh Karki

नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय
छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय

दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद
खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : विद्यार्थी को जिज्ञासा

~बिकास सुबेदी~Bikash Subedi

यसैबर्स एस.एल.सी. दिने हुनाले म बर्षे बिदामा टुसन् पढेर राम्रो अंक ल्याउने मेरो इच्छा छ | यसै अनुरुप हाम्रो विद्यालयले पनि बिहान ६ बजे देखि १० बजे सम्म चारवटा बिसयमा टुसन पढने ब्यबस्था मिलाएको छ | आज पहिलो दिन पढाई हुने हो या गएर रमाइलो गरि फर्कने हो एकिन थिएन | तापनी साथीहरु झोला बोकेर बिद्यालय गएको देखेर मा पनि कम्मर कसेर हिडे | बाटो हिलो थियो | बर्षा समय चिप्लिदै म बिद्यालय पुगे | बिद्यालय पुगेपछि पढाई सुरु बिज्ञान बाट भयो | गुरुत्वाकर्षण बल पढदैथियौ अचानक एउटा सोच आयो | यदि चन्द्रमाको बाटोमा हामीले लगेर ढुंगा रखिदियेमा त्यसले त्यही बाटो भएर जाला कि अड्केला भन्ने दोधार भयो | मैले यसै प्रश्न शिक्षकलाई सोधे | सबै विद्यार्थी मलाई गिज्यौदै हासिरहेका Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : बाबु कहाँ छस् ??

~आषिश श्रेष्ठ~Ashish Shrestha

बाबु कहाँ छस् ??
आन्दोलनमा छु बाबा,
ध्वस्त शहरको ब्यस्त आन्दोलनमा…
भाला रोपेर रगत झार्दैछु,
मुख छोपेर मान्छे मार्दैछु,
लाशहरुमाथी पाइला सार्दैछु,
देश टुक्राउन खाएको कसम,
पाइला पछाडी मोडेको छैन,
पुलीस होस् या 2 बर्षे बालक,
कसैलाई पनि छोडेको छैन,
किनकी मेरो नेताको सपना साकार पार्दैछु,
बाबा म आन्दोलनमा मान्छे मार्दै छु ll Continue reading →

Posted in कविता | Tagged | Leave a comment