गजल : खाना भए पुग्छ

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

पेट भर्ने ढिडो रोटो खाना भए पुग्छ
नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ

खोज्या छैन ताज महल देखावटी गर्न
घाम पानी छलाउने छाना भए पुग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : अल्मलिएको आभास हुन्छ

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

कल्पनाको दुनियामा अल्मलिएको आभास हुन्छ
निर्दोस नयनमा आसु छचल्किएको आभास हुन्छ

उनि र मेरो दुरी टाढा भएर होला सायद मलाई
छाती भित्र मुटू चर्चर चिरिएको आभास हुन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : पढेलेखेकाहरु

~रश्मिला कवाङ~Rasmila Kawan

पर्दाखेरी आउन्दैन पढेलेखेकाहरु
चहिने ठाउँमा धाउदैनन् पढेलेखेकाहरु ।

धर्तीदेखि आकाश सवै खोतले भन्छन्
आखिरमा खास केहि पाउँदैनन् पढेलेखेकाहरु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : माटोमा सपनाहरू

~रामकृष्ण पौडेल ‘अनयास’~Ram Krishna Poudel Anaayas

टाँसिएको
भित्तामा त्यो तस्विर
म निकालेर नियालि रहेछु

रहरलाइ कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विर सँगै
यादहरू कैद गरि
म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।

मैले शुरू गरेको आदिम यात्रा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी बुढो भएछ

~कृष्ण पहारी~Krishna Pahari

कापिका पानाहरू च्यातिए झैं
जिन्दगीका पानाहरू पनि
पत्र(पत्र च्यातिएर
फेरि जिन्दगीले
जिन्दगी बुढो भएको अनुभव गर्दैछ ।
कहिले काहीँ त जिन्दगी
इतिहासका पाना पल्टाएर
आमाको न्यानो काखमा रमाउँदै
हाँसिरहन खोज्छ ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रुबाई : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है
बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है

वाचा भयो तिमीलाई, साथ छोड्दीन कहिलेनी Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

कथा : नटुंगिएको पत्र

~कृष्ण केसी~Krishna KC

समयको बहावसँगै म कति बहन सके वा सकिन त्यो नीलीमालाई सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज बिबाहमा दुबोको माला लगाएर औंठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ । धुलैधुलो, माकुराको जालोले झन्डै छोपिएको अवस्थाको त्यो फोटो कसरी रहन गयो यो खालि घरको भित्तामा थाहा छैन ।

फोटो अगाढी ठिङ्ग उभिएर एक टकले हेरिरहे । छोउँछोउँ लाग्यो अह सकिन । फोटो नजिकै रहेको पुरानो खाटमा थ्याच्च बसेँ । आँखा रसाएर, बिगत मडारिएर फनफनी नाच्न थाल्यो, त्यसै त अप्ठ्यारो कोठा झन् अप्ठ्यारो हुदै गयो । मन थाम्न सकिन । कोठाबाट बाहिरिए र नियाले आफ्नो नामको घर बारी गोठ लगायतका जग्गा जमिनहरु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वर्जित मेरा आवाजहरु

~खेम राई~Khem Rai

एउटा ठूलो जमातमा
उपस्थित म अभिमन्यू
शोककाव्य बाचन गर्न उभिएको ।
विमन्युहरुको हुलमा
कसले पो सुनिदेला ?
दु:ख र पीँडाले भरिएको
शोकले आह्लादित बनेर
आँशुले लेखेको लेखोटलाई
शोककाव्य हो या
मनोविलाप
आफैँ दोसाँधमा उभिएकोछु ।

सालिन मुद्रामा
दु:खित मुहार पारेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कोर्दैछु आज साथी

~कृष्ण पौड्याल~

जिवनको वास्तविक कोर्दैछु आज साथी।
टुक्रिएको धड्कनलाई जोर्दैछु आज साथी॥

अ सम्भव छ मिलन तड्पिनुको के अर्थ।
मित्रताको साईनो मैले तोड्दैछु आज साथी॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भोका आँखा

~रसिक रमण~Rasik Raman

कमरेड ! मेरा आँखा भोकाएका छन् ,
अनकन्टार , दूर दराज , कन्दराबाट
गाइएका स्वाभिमान र राष्ट्रियताको
भाका सुन्दै
विकास , प्रगतिका पथमा
किन्चित विचलित नभई
बढ्दै गरेको म
एक्कासि लागेको ठेसले
भक्कानिएको छु ।

यहाँ सगरमाथाको उचाइ घट्दै छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यिनलाई ठटाउनलाई

~शारदा पुडासैनी~Sharada Pudasaini

नेताहरु गुण्डा पाल्छन् सडक तताउनलाई
बन्द अनि तोडफोड जनता सताउनलाई
कुन शव्द कहाँ भेटौँ पीडा बताउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

काम छैन दाम छैन वाल्ल पर्छ ठिटो
घरमा बुढी आमा रुन्छिन् खान छैन पिठो
मन हुन्छ नेता जति डाँडो कटाउनलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रुबाई : उदास उदास !

~ज्ञानुवाकार पौडेल~Gyanuwakar Paudel

साँझ उदास कसैको, कसैको बिहानी उदास उदास
कविता उदास कसैको, कसैको कहानी उदास उदास

के होला र आवाद खोई मनको दुनियाँ तिमी हाम्रो ? Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

गजल : मैले नाना थरी देखें

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

साँच्चै देखें आज देखें, मैले नाना थरी देखें
मनै छताछुल्ल हुने, स्वर्गकी नै परी देखें ।।

चिल्लो सडकमा गुड्ने, चिल्लो कार सिसाभित्र
सब्को हृदयमा पस्ने, पुतली कि चरी देखें ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : कहानी छ नौलो

~दलबिरसिँह बराइली “घायल”~Dalbir Singh Baraili 'Ghayal'

सुनायौ तिमीले कहानी छ नौलो ।
म साँच्चै भनौ त्यो जवानी छ नौलो ।

ति लाखौ जलेथे रुपैले भुसुक्कै
म आफै जलेको खरानी छ नौलो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मजदुर

~कमन देवान~Kaman Dewan

उसको निधारको डिल भएर
बगेको श्रमको खोला
त्यो खोलामै किन नबगेको होला ?
उसका सबै दुःख र पीडाहरू ।

अक्टोबर क्रान्तिका कथा
उसले थाप्लोमा बोकेर डुलाई हिँडेको
सताब्दी अघिदेखि कै व्याथा हो,
क्रान्ति सफलताको उन्माद Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तर हिमाल सकिन्दैन

~डी. वी. पालुङ्वा~D B Palungwa

म अविश्वासको पृष्ठपोषक
किमार्थ बन्न सक्दिन
तर मलाई हिमाल हिंडेको थाहा छैन
पहाड सरेको थाहा छैन
त्यसैले तरार्इ पनि हिड्दैन र सर्दैन पनि
अत : म हिमाल पहाड तरार्इका फांटहरुमा
आदीम् सभ्यता संगसंगै आजको यस घडी र पल्लामा उत्रिएर
विश्वासको वस्तीहरुमा ठम् ठम्ती हिड्न चाहान्छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : के छ बाँकी ?

~आवाज शर्मा~Aawaj Sharma

आज मेरो जिन्दगीमा रातभन्दा के छ बाँकी ?
या तिमी छौ या त तिम्रो घात भन्दा के छ बाँकी?

गल्ल हाँसे मूर्खतामा छोइ आफ्नै घाउ सारा..
खोज्छु केही मात्र पीडा खात भन्दा के छ बाँकी? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : लाखेनाच

~दिव्य गिरी~Dibya Giri

न चाडपर्व
न उत्सव
नत कुनै जात्रा
बेला-कूबेला
बाटो, दोबाटो र चौबाटोमा
झयाली र ढोलकको तालमा
मान्छेहरूको भीडभित्र
मुकुण्डो लगाएर
नक्कली जगल्टा हल्लाउँदै
लाखे नाचिरहेछ छम्छम्… छम्छम्… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अवैध मान्छे

~दिलदुःखी जन्तरे~Dil Dukhi Jantare

यो धर्तिमा
पशुपंक्षी, किराफट्याङ्ग्रा
वनस्पति , जीवजन्तू
भन्दा अवैध रहेछ मान्छे ।

चरा जत्ति नि स्वतन्त्र उड्न नसक्ने
रुख जत्ति नि निर्धक्क उभिन नस्क्ने
खोला जत्ति नि सलल बग्न नसक्ने
जनावर जत्ती नि मान्यता नभएको
एक नम्बरको अवैध रहेछ मान्छे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गुहार गुहार

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

लाशमाथि लाश भयो डढाउँदा गाउँ
धरतीमा कतै छैन हाम्रो बस्ने ठाउँ

स्त्री जातिका गुप्तांगमा संगीनका घोचा
बदलाको भावनामा छौं कि हामी होचा ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : वेट फेरेको छु

~युवराज साम्पङ ‘जेठा’~Yubaraj Sampang 'Jetha'

सन्तुष्टिको लागि आज, वेट फेरेको छु
बहालवाला सित नयाँ, रेट फेरेको छु ।

धेरै आए बाटो छेक्न, मेरो अघिपछि
उनिसित आउनेजाने, गेट फेरेको छु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्तिम युद्ध

~अनुपम रोशी~Anupam Roshi

यहिनेर,
समयको एउटा भित्तामा लेखिदेउ
शताब्दीको यो अन्तिम युद्ध
किनकी तिम्रो मुठ्ठीमा पनि
टिक्ने छैन यो बलवान समय
एउटा साँझ सकिएर अर्को सूर्य उदाएको दिन
तिमीलाई पछार्दै तिम्रो मुठ्ठीबाट फुस्केर
समय आफै मुस्कुराउने छ

रगतले तिर्खा मेटिन्न भने
हावाले पेट भरिन्न भने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नै धार हुन्छन्

~रमेश बिमान~Ramesh Biman

खुकुरी र करौतिको आफ्नै आफ्नै धार हुन्छन् ।
अचानोमा बसिरहे ठूला ठूला प्रहार हुन्छन् ।

बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो
म उभिए के भयो र ! अघि जाने हजार हुन्छन् । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य गजल : झवाक ठिटा देख्यौ

~पूर्ण थापा~

सुकुल्गुण्डा जल्गटेलाई लोर्के झवाक ठिटा देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

चोखो माया भुली गयौ पराइ माया मिठा देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : कसम

~उपेन्द्र सुब्बा~Upendra Subba_1

वैश ढल्यो तर मन ढलेन
कि कसोकसो
यी आँखा तिमीलाई नै खोजिरहन्छन्
त्यो दिन–
सप्पै याद छ
घामको उचाइ नापेर जुवामा–पाँच जुव Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : तनाखा

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

भविष्यवेत्ताहरू रिटायर भए
सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ

तिम्रो लागि Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : धूप धुवाँर

~दीपक जडित~Deepak Jadit

कुनताको बराला, बाबुको शेखापछि झनसाह्रो बराला भएको थियो भूपाल । आमाले घरको जेठोबाठो होस्, अब तैंले नै थाम्नुपर्छ घर व्यावहार, यसरी बरालिएर हुँदैन भनेर सम्झाउँथिन् । तर उसलाई बरालिएर हिंड्न पाए पुगिहाल्थ्यो । आमाको कुरा उ एक कानले सुनेर अर्को कानले उडाइदिन्थ्यो ।

एकदिन आमाले उसलाई नुहाई धुवाई गरेर कूलका स्थानमा धूप धुवाँर गर्न अह्राउँदै भनिन्, “कूलका थानीमा धूपदुवार गरिदे आज, तेरा बाबुले हरेक पूर्णेमा कूललाई बुझाउने गरेका थिए ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मख्ख परे म!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

मलाई हेरी मुस्कुरायौ,मख्ख परे म!
मुस्कुराउदै पास आयौ,मख्ख परे म!

न त हेर्‍यौरुप न त हेर्‍यौसम्पति नै
केवल चोखो माया लायौ,मख्ख परे म! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : दिल मिले हाम्रो

~भुषण श्रेष्ठ~Bhushan Shrestha

छात्तीभित्र मुटु मेरो ढुक्ढुकी चैँ तिम्रो ।
कति जाती हुन्थ्यो होला दिल मिले हाम्रो ।

परेलीमा आई बस उधारेर ढोका
त्यहीँबाट निँयालुँ म तिम्रा सारा शोभा
आँखाभित्र सागर मेरो गहिराइ चैँ तिम्रो
कति जाती हुन्थ्यो होला दिल मिले हाम्रो । Continue reading →

Posted in नेपाली गीत | Tagged | 2 Comments

गजल : मलाई मात्र ठग्दै गरोस

~केशब आचार्य~Keshav Acharya_1

ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।

कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो लागी

~कर्मठ सुवेदी~Karmath Subedi

रात नहुँदो हो त,
तारा नचम्किंदो हो त,
जून पनि नलाग्दो हो त,
दिन पछि फेरी दिन आँउदो हो त,
सायद,
तिम्रो याद पनि आउँदैन थियो
तिम्रो मुहारले त्यसै त्यसै मार्दैन थियो ।

पानीका बाछिटा कति साना हुन्छन् ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : म भित्रको म !

~दिवाकर स्वप्नील~Diwakar Swapneel

दशै नजिकिदै थियो । जति दशैँ नजिक हुन्थ्यो गाउको रौनक नै भिन्नै ! परदेशिएका हरु गाउ भर्दै थिए । प्रत्येकका घरमा दशैँको लागी खसीको जोहो लगभग भइसकेको थियो ।

फूलपातीको अघिल्लो दिन , मैले आफ्ना टाढा टाढा भएका साथीलाइ शूभकामना दिन चर्चित सञ्जाल फेसबुक खोलेँ।

फेसबुकको भित्ताभरि पशु काटमार गर्नुहुन्न जस्ता कुरा छ्यापछ्याप्ती थिए । आफ्ना प्राय साथीलाइ शूभकामना बाड्न उनीहरुको वाल सम्म पुगेँ र लक्ष पूरा गरेँ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment