Tag Archives: दिवाकर स्वप्नील – Diwakar Swapneel

कविता : मेडुसाहरुको राज्य !

~दिवाकर स्वप्नील~ भाग्दैछु पर__तिमीदेखी! पाउँछु तिमीभित्रै आफुलाइ । मायावी जालले पछ्याइरहन्छ निरन्तर। म भित्र तिमी छौ या तिमीभित्र म ? म उही दोधारमा पल्टिरहेँ- तिमी र कविता ? पहिल्याउँदै तिम्रो आत्माको मार्ग विचरण गर्दै मनको भित्तामा तिम्रो मनकै परिभाषा कोरेँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : म मरेपछी !

~दिवाकर स्वप्नील~ छन्द : झ्याउरे म यदि मरे कुनैदिन् भने नरुनु पियारी । मनमा धैर्य गरेर तिमी बस्नु है स्याहारी ।। त्यो बेला तिमी झक्झकाउँदै धड्कन सुन्नेछौ । नहुदा सास तनमा हरे धेरै नै रुँदीहौ ।। माता र पिता पिटेर … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एउटा मान्छे!

~दिवाकर स्वप्नील~ पर चोकमा यौटा मान्छे जिङरिङ कपाल,झुस्स दाह्री र जुँगा, सुनौला दाँतका लहर ढुँडी परेको गोब्रे गन्ध! मानौ ग्रामीणता खन्याए झै ऊभरि! मलाई मन पर्यो उसको अत्तर भनौ मन पर्यो जीवनशैली! धेरै पाएँ परिचय उसको, बगरल्ती फिजीएकोथ्यो खुल्ला किताबसरि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आउँछौ कि त यो होलीमा

~दिवाकर स्वप्नील~ प्रतिक्षा छ आज मलाइ आउँछौ कि त यो होलीमा । समृद्धिका रङ्गहरु ल्याउछौ कि त त्यो झोलीमा । बेरङ्गको भो माया प्रिती रङ्ग भरे कस्तो होला ? मुहारमा अलिकति हाँसो छरे कस्तो होला? मिठो मुस्कान् लठ्ठ धुन सुन्न … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पार्श्व घाम !

~दिवाकर स्वप्नील~ भर्खरै झर्दै थियो घाम तल डाडा भएर हतास- एक टाउको भरी दिन बोकेर सन्ध्या चुम्न! उसले दिनभरी कल्पेको छ साँझ स्वर्णिम रात ! हर रात चुस्छ सोमरस उन्मत्त बैशको मातमा ! इमानदारीताको लगौटी लाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : छुट्ने दिन

~दिवाकर स्वप्नील~ टुसुक्क बसी सुस्तरी , वर र पर नियाली। वेदना मन्को खोलेर, विरक्त भाका बोलेर। भिजेका नयन् हेरेर, लुकाउँ प्रयास् गरेर। आँसुले खेल्थ्यो बयेली, मलिन स्वरमा संगीनी।

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्वीकार !

~दिवाकर स्वप्नील~ एक स्वर्णिम दिन, म खुशी थिएँ मृत्युबोधले रमाउँदै थिएँ आफ्नो मृत्यु उत्सव। नवजात मैनले तय गर्नुथियो आफ्नो गन्तब्य कलिलो दीप खोज्दैथियो बैँश छर्न! उसलाइ मार्न छुट छ र कसैलाइ ? पूरा गर्न दिएँ दीपलाइ-आफ्नो धर्म ! ठीक तिमी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : बिरामी हो विवेकताको।

~दिवाकर स्वप्नील~ रुपैले मान खोज्ने ऊ , बिरामी हो विवेकताको। घरैमा शान खोज्ने ऊ , बिरामी हो विवेकताको। भरौटे ती बिचाराले, सुनाए रे उही नारा.. उसैको गान खोज्ने ऊ , बिरामी हो विवेकताको।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : सम्बाद उतै भो

~दिवाकर स्वप्नील~ छ आखा यता फेरि सम्बाद उतै भो । भजी देव ऐश्वर्य सौगात उतै भो । जगाएर आशा उठाएर चाहा म सोच्थे चुमौला दुवैहात उतै भो

Posted in गजल | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~दिवाकर स्वप्नील~ संविधान सभा ढल्यो छातीभरि देश दुख्छ । नेपालीको स्वप्न जल्यो छातीभरि देश दुख्छ । एक चोक्टो शिद्रामा नी बिरालोको सधैँ द्वन्द्व… आफ्नै बाह्र टक्का चल्यो छातीभरि देश दुख्छ ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : मातातिर्थ औँशी

~दिवाकर स्वप्नील~ “आज त मातातिर्थ औँसी , सबैले आफ्नी आमाको मुख हेर्नेदिन । आमालाई खुशी पार्ने दिन । कतिका आमा मृत्युपछिको लोकमा पुगेका छन् तापनि आमालाई सम्झिएर मठमन्दिरमा पुग्छन् ।” उसले आँखा खोल्नेबित्तिकै फेसबुक खोल्दा आजको दिनबारे थाहा पाएपछी एकैसाथ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अज्ञात रोग

~दिवाकर स्वप्नील~ “ओइ डोमा,हेर्ना केटी सारले पनि कति काइदा बोलेको!” “चुप ना पेमा,अझै के भन्छा सुनम्!” “…तपाइहरुको सहयोग बिना हामी यो सबै काम गर्न सक्दैनथ्यौँ।यस्तो जाडो ठाउँमा आवास प्रदानगर्नु हाम्रो लागी महत्वपूर्ण कुरा हो …हामीले यहाँ स्वास्थ्य समस्या देख्यौँ र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नाजवाफ

~दिवाकर स्वप्नील~ “अरे?हजुर अफिस गइसेको होइन?” “अँ।तर जानै सकिनँ।” “किन?” “बाटो भरिका जुलुसले गाडी अगाडी बढाउन सकिएन।” मैले श्रीमतिको प्रश्नको जवाफ मात्र दिएँ।मन त्यसै भारी भएको थियो।त्यस्तो नीच कुकृत्य कसले गर्यो?त्यो भीडभित्र अपराधको दण्ड तोकिएका मान्छेहरुको अनुहार जो अपराध बिरुद्ध … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फुइँ

~दिवाकर स्वप्नील~ शम्भुनाथले कलिलै उमेरमा भाषा साहित्यमा पी.एच.डी. गरेर एक विश्वबिद्यालयमा भाषा साहित्य बिभाग सम्हालेको कुरा सबै अखवारका मुखपृष्ठमा छापिए।कहिले उनको ब्यक्तित्व त कहिले उनको कृतित्वबारे स्तम्भहरु हप्तौँ छापिए। उता भाषा साहित्य बिभाग पनि चुस्त बन्दैगयो।अनावश्यक तडकभडक र चाप्लुसी गर्ने … Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

लघुकथा : लगन

~दिवाकर स्वप्नील~ बिहे गर्ने उमेर कटेर गइसक्न आँट्यो।कहिले बालबच्चा हुने कहिले हुर्किने ?बुढाबुढी भएपछी हुर्काउन गाह्रो! असक्त हुँदा एउटा हनबेर्नो भए काम अह्राउन हुन्छ , सहारा चाहिन्छ र आस हुन्छ बुढो उमेरमा दुइ घुट्की पानी मुखमा हालिदिने हातको । फेरी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ऊ र म

~दिवाकर स्वप्नील~ उसको र मेरो सधैँ झगडा परिरहन्थ्यो । लाग्थ्यो हामी आजीवन शत्रु हौँ । तर पनि फेरी दुइ शत्रुको अस्तित्व जीवितै थियो । ऊ मलाइ सधैँ ब्यङ्ग्य गर्थ्यो र अगाडी नै बसेर पैसाको धाक लगाउँथ्यो।कहिलेकाँही त एकै लातमा खुत्रुकै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भन्छौ यो कवि !

~दिवाकर स्वप्नील~ छैन आमूल परिवर्तन छादेको आफुबाट__तिमीसम्म पुगेकै हैन आश्रय माग्न! जिजीबिषा खोज्दै मात्र ओकल्छु जीउनुको पिडा ! अलिकति भेटिनुको पिडा अलिकति छुटिनुको पिडा ! मिलनपछी बिछोड हुन्छ! भेटिनु पिडा हैन र ? अलिकति जन्मिनुको उल्लास अलिकति मर्नुको उत्सव! मृत्यु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : म भित्रको म !

~दिवाकर स्वप्नील~ दशै नजिकिदै थियो । जति दशैँ नजिक हुन्थ्यो गाउको रौनक नै भिन्नै ! परदेशिएका हरु गाउ भर्दै थिए । प्रत्येकका घरमा दशैँको लागी खसीको जोहो लगभग भइसकेको थियो । फूलपातीको अघिल्लो दिन , मैले आफ्ना टाढा टाढा भएका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अपरिपक्वता

~दिवाकर स्वप्नील~ “ए , सन्तबहादुर !” “हजुर सर” “गाडीमा तेल छ ?” “छ सर” “ए , ल तयार होउ,आज बाहिर जानुपर्छ”

Posted in लघुकथा | Tagged | Leave a comment