कविता : सावन

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
आज सावन पावन दिवस, धूमिल, शीतल प्रातः
कलिला, नीला, सलिल–ललित अचल, सगर–स्नात
चुलीकी मोहनी, शोभा सचेत, तानेर जलको जाली
एकान्त स्वर्गमा मुस्किरहिछन्,
नरम–शरम–निठुर मोहिनी, बढाउँदी तृष्णालाई, टाली
तिमिरबाट किरणी–कदम अनिल लहर भरी
भावुक हृदय घण्टध्वनिमा पछयाउँछ विनय गरी, Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~तारा धुर्कापानी~

जातजाति चर्किदिँदा छातीभरि देश दुख्छ ।
मधेश, पहाड झर्किदिँदा छातीभरि देश दुख्छ ।

परिवर्तनको उद्घोषमा अवलाका आँसु देखी
नाङ्गो बालक तर्सिदिँदा छातीभरि देश दुख्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : “चम्किदे” जुन तारा

~कविता पौडेल~Kabita Poudel

आमा कति रोएकी छन् सारै निरास भएकी छन्
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।

नेता रैछन् बेइमानी खान लागे आमालाई
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
संविधान कता गयो देशै लाग्यो ओरालो
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जगेडा

~अतित मुखिया~Atit Mukhiya

अवमुल्यन हुदाहुदा आफ्नै व्यक्तित्व
जिन्दगीको विनिमय बजारमा
तिप्कोभर इज्यत सांचेको छु
सम्वोधनका तिम्रा शव्दार्थमा
जगेडा भएर बांचेको छु ।

थाहाछैन कांहानेर कसलाई
कुनबेला चाहिने हो Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी मेरो जीवनमा

~दिपेन्द्र खड्का~Dipendra Khadka

हे ….हे……हे……
तिमी मेरो जीवनमा आयौ र त हाँस्न सिके
तिम्रै न्यानो साथ मैले पाए र त बाच्न सिके)
ओ.. प्रियतम ………ओ …….प्रियतम

यस्तो लाग्थ्यो जिन्दगी यो बोझै बोझले भरिएको छ
मेरो मनको ढुक ढुकी नै तिमी बिना अधुरो छ
(तिमी मेरो जीवनमा आयौ र त हाँस्न सिके Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : देशमा मारमार भो

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

लड्यालड्यौ गर्दागर्दै, देशमा मारमार भो
सोझा गाउँलेका निम्ति, गोली बन्दुक भार भो ।।

उच्च पदमा बस्नेहरू, आनन्दले खाइरा’छन्
क्यै नहुने निमुखालाई, दुईतिरै धार भो ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : नैराश्यता

~इप्सुल मगर~Ipsul Magar 'Maya'

गर्न त्यतिकै गाह्रो हुन्छ भन्न जति सजिलो
व्यथाहरु धेरै भए नी हाँस्नु रे पारी मन दरिलो
तर ओठमा मुस्कान पनि कसरी छाउँथ्यो Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~घनश्याम पथिक~Ghanashyam 'Pathik'

आखाभरी सपना दुख्छ छातीभरि देश दुख्छ ।
कोहि आउछ देश लुट्छ छातीभरि देश दुख्छ ।

निमुखा र निर्धालाई जेल भित्र हाल्दै गर्दा
अत्याचारी जेल छुट्छ छातीभरि देश दुख्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : शिक्षा

~अस्मिता चौधरी~

अन्धकारको पर्दा खोल्ने उज्यालो हो शिक्षा
विकासको मूल बाटो खनि दिने शिक्षा
रूपान्तरण, परिवर्तन ल्याइ दिने शिक्षा
अन्तरमनमा चेतनाको दियो बाल्ने शिक्षा ।

नयाँ युगको निर्माण गर्ने सम्बाहक हो शिक्षा
मनको दियो जलाइ दिने दियालो हो शिक्षा
पत्थर्को मन पगाल्दिने चेतना हो शिक्षा
अन्धकारको विनाश गर्ने झुल्के घाम हो शिक्षा । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँद

~देव नारायण शर्मा~

बिहानी पख * परेवा जोडी * कुर्लिन्छन के राम्रा ।
टिस्टा र रङगीत कोशी र भेरी उर्लिन्छन है हाम्रा ।

सुर्यको आशमा * बसेका बासमा * पुर्वनै हेर्दैछन ।
घमको किरण * धर्तीमा पर्दा * ठुलोसास फेर्दैछन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्यारो गाउँ

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

स्वच्छ हिमालको पंति, देखिएको सिरानमा ।
हरियाली सबै तर्फ, बसेको हिमकाखमा ।।
स्वच्छ निर्मल ती खोला, बगेका कल्कलाउँदै ।
हिमाली सिर्सिरे हावा, बगेको बहलाउँदै ।। १ ।।

पहाड ती रमाईला, सेतो हिमालको मुनि ।
बगेका छन् नदी नाला, सिँच्दै धर्ती कयौं जुनी ।।
रमेका वनका जन्तु, पाई प्रकृति बास यो ।
नडर्राई घुमेका छन् डर भागेछ दूर त्यो ।। २ ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरुलाई विन्ति

~दीलिप सागर राई~

ए सुन्दर फूल !
मान्छेका जस्ता अनुहारदेखि  होसियार !
घाम पानी, खडेरी,
आँधी हुरी, तुषारो, असिना त केही हैन
मान्छे रुपी जनावारदेखि सतर्क !
जसले तिमीलाई
एकै छाक पार्न सक्छ ।
मान्छेले
आफ्नो मर्जीमा चल्ने बनाए ईश्वर
आफ्नो इच्छा र स्वार्थको लागि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाध्यताको बिछोड !

~प्रेमराज लामिछाने~

मलाई नेपाल हुदाँ यस्तो भएको पनि थिएन र हुने पनि थिएन किन थाहा छ , त्यो आफ्नो ठाउँ थियो ,आफ्नै छुट्टै अनि मायाको प्रीत विसाउने ठाँउ ,अनि मायामा दुवै जना लिप्त भई हराउने ठाउँ ।यसो भनेर मैले तिम्लाई म यु यास. आएकोमा गुनासो पोखन खोजेको भने होइन ।तिमी पनि आउछेउ नि हो म त्यही दिन कुरेर बसिरहेको छु । खासमा माया यस्तै हुन्छ अनि म युस आएको तिम्ले गर्दा नै हो , सवैको सपना बनेर रहेको युस किन किन मेरा लागि कहिल्यै वनेन मात्र मायाको हित्सा पकडन म आएको जस्तो लाग्छ । म त्यही रमाएको थिए मैले आफ्नो करिएर त्यहि देखेको थिए र सम्बन्धमा रहि सकेपछी आफ्नोमात्रै चहानाले केही हुदोरहेनछ ।यो विरानो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

रुबाई : तिमी भित्र

~सेर्मा गञ्जुश्री~

लुट्नु थियो लुट्यौ मलाई वस्त्र सवै खोलाएर
के गर्नलाई खोज्यौ नि त पागल झै टोलाएर

छि, त्यस्तो जुनी पाउनु भन्दा नपाए कै वेस, Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कविता : देउरालीमा उमेरहरु

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

देउरालीमा उमेरहरू
थपिरहेछन् पिपिरीपात !
पिपिरीपातको थुप्रोबाटै
उठिरहेछ पहाड
प्रेमजस्तै महान् भएर !
बैंसालु मनहरू
सपनाको उडान भरेर
मनको यात्रामा निमग्न छन्

देउरालीका उमेरहरू
बालुवा पेलेर तेल निकाल्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छेउको मान्छे

~बालमुकुन्द कार्की~Balmukunda Karki

मेरो छेउमा एउटा मान्छे छ
ऊ मेरो आँगनमा घाम नउदास् भन्छ
मेरा परेवाहरू नघुर्घुराउन् भन्छ
मेरो बगैँचामा वसन्त नआस् भन्छ
मेरा फूलहरू नमग्मगाउन् भन्छ।

ऊ यतिसम्म भन्छ
मेरो घरमा हावा नछिरोस्
मेरो घरमा खोला पसोस्। Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : महाकाव्यीय तत्वका आधारमा प्रमिथस महाकाव्यको विश्लेषण र यसको कथासार

~दीपेन्द्र अधिकारी~

पूर्वीय पाश्चात्य महाकाव्यीय मान्यतालाई गहन रूपले समीक्षण गर्दा महाकाव्यका आधारभूत मान्यतामा समानता पाइन्छ । परन्तु दुबै काव्यीय परम्पराको लामो इतिहास भएकाले केही पृथकता पनि पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा दुबै साहित्यिक परम्पराका गहन अध्येता भएका र दुबैतर्फ उत्तिकै बेजोड गतिले कलम चलाएकाले यस महाकाव्यमा पूर्वर्ीय र पाश्चात्य दुबै मान्यताको सुन्दर संयोजन पाइन्छ । उपर्युक्त दुबै मान्यताहरूको आधारमा समीक्षण गर्दा प्रमिथस -२०२८) महाकाव्यमा पाइँने साझा तत्वहरूलाई निम्नानुसार सङ्क्षिप्त व्याख्या गरिन्छ ।


१.१ महान् कथानक
Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : घण्ट

~द्वारिका नेपाल~Dwarika Nepal

पटक पटक आफ्ना गालाहरूमा
रालोको थप्पड खाएर
वर्षौँदेखि चिच्याइरहेछ
मन्दिरको एउटा घण्ट ।

हरेक दिन एकाबिहानै
पुजारी आउँछन्

राति पूरा हुन नसकेका सपनाहरूलाई
साक्षी राखेर
मन्दिरभित्र र मन्दिरबाहिरका Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : म जली रहे

~क्षितिज सागर~

बियोग ले तड्पियर ,आज म जली रहे .
सुकेका झिजा सरी ,दन दनी बली रहे .!!

उठेर अगाडि बड्न नस्क्ने भएछ जिन्दगी
ठिङग उभिये बाटो बिच ,कता जाउ अल-मली रहे !! Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो सामू

~आचार्य प्रभा~acharya Prabha

नझार्नु थियो आँशुको सागर मैले, झारें तिम्रो सामू
मेरा मनका सारा ब्यथाहरु पनि ,सारें तिम्रो सामू /

दुखको सागरमा पौडीरहेथें, पाएँ तिम्रो न्यानो हात
आँशुको नदी पार गर्दै, आफुलाई तारें तिम्रो सामू / Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : लेखेर बसेको

~महादेव अधिकारी~Mahadev Adhikari

लोचन मेरा रसाए अनि लेखेर बसेको
दिउसै पनि सपना उन्कै देखेर बसेको

जुनेली फूल छोडेर बस्न अतिभो सकस
गालामा हुने आँसुको डोब मेटेर बसेको Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना

~निर्मला अवस्थी~Nirmala Awasthi_1

“पूर्ण होस मनका चाहना
हरपल सुखदायी बनोस सबको जीवनमा
यही छ मेरो कामना
विजया दशमीको शुभकामना”

नेपाली मात्रको महान पर्व विजया दशमीको
शुभ उपलक्षमा सबैलाई
हार्दिक मंगलमय शुभकामना Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पिरो आचार नचाट्नु है

~तारा प्रसाद अधिकारी~

नर होस् या नारी जाती,पिरो आचार नचाट्नु है
बिना सम्झें बिना बुझें ,मनको बह नसाट्नु है

संच आराम दु:ख सुख, साचो बोल्नु नढाट्नु है
अपरिचित स्वार्थीसंग ,मनको बह नसाट्नु है Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो रोजाई

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

कालो त्यो सन्नाट रातलाई उछिन्दै
सुनौलो यो बिहानीलाई नै रोजे

अतित का ति सबै कुरालाई बिर्सन्दै
बर्तमानको नया जीवन लाइ नै रोजे Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : धेरै मुटु दुख्छ मेरो !

~सजना गुरुङ~Sajana Gurung

बढी दिंदा पीर व्यथा धेरै मुटु दुख्छ मेरो !
बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो !

सजिलो नै कहाँ छ र चोट सही हाँस्नलाई
खुशीहरु सधै भरी आँशु सामु झुक्छ मेरो ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सकारात्मक सोँच

~बिकास सुबेदी~Bikash Subedi

देशनै पुरा जल ,खनिज ले भरिएका,
साधन अनि जडिबुटी जताततै छरिएका |
हिमाल पहाड अनि तराई मिलिकन बनेको,
सम्भावना को आवरण ले छ देश ढाकेको | Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आकाशको फल जस्तो

~कृष्ण पौड्याल~

ठानेको हैन जिवन आकाशको फल जस्तो।
यती कठोर छैन मन निर्दयीको बल जस्तो॥

रोदन दु:ख पिंडा ब्याथा एक्लै झेल्नु छ।
युद्द गर्नु पर्दैन भो राजनितिक दल जस्तो॥ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : अलिकति पिलाइदियौ

~राकेश कार्की~Rakesh Karki

पिउदिन भन्दा भन्दै अलिकति पिलाइदियौ
थपुँ थपुँ लाग्ने गरी यसमा यो के मिलाइदियौ

अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै
कस्तो नशा हो जादुको यो हृदय सिलाइदियौ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : Mrs. Unnya र Crape Myrtle

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

लेखक अपरिचीत छ । कथाको बास्तबिक मिती छैन र कथाको अघील्ला पन्नाहरु पनी हराएका छन् । म कथाहरु रोचक हुनुपर्छ भन्ने मान्यता राख्छु । कथाहरु जहीले पनी रोचक हुन्छन् नै । कथाको प्रशङ्गग ठिक संग गरिएको छैन । यो ईतीहाँसको भुर्गभ बाट निस्कीएको कथा हो । कथाको संम्पादन/परिमार्जन हुँदै छ । अपरिचीत लेखक यसरी लेख्छ…….

सन् यतीको दशकतिर बनेको एउटा पुरानो Gingerbread House। ‘Agapeto‘ basement हुँदै उत्तरतिरको बगैंचाबाट निस्कीएको छ । शरिर गलेको । निधार बाट पसिना तरतर चुहीएको । निख्खर कालो अधबैंसे मानीस । Agapeto Crape Myrtle को रुखलाई नियालेर उभीएको छ । उ हतार हतार आएको हो र basement तिर पटक पटक र्फकीएर हेर्दै छ । गाढा रातो गरी फुलेको crape myrtle को हाँगालाई पिट्ट Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अब मैले सुरु गरें

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

साहसी जीवन जिउन, अब मैले सुरु गरें
पीर चिन्ता हटाएर, क्रान्ति बोकी अघि सरें ।।

साँच्चै कति सुखी हुन्छ, चिन्ताविना बस्न सके
उन्नति र उत्साहको, बीज जीउभरि छरें ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : जेलबाट फर्केपछि

~इन्द्र जिजीविषा~Indra Jijibisha

१२ अक्टोबर २०१५ को दिन थियो । हस्याङफस्याङ म आफ्नै पारामा काम गरिरहेको थिएँ । अनि कामको चटारो, पसिनाले भिजेको शरीर, नसानसामा रगतको प्रवाह तीव्र भएकै बेलामा एकजना स्थानिय स्टाफ गाली गर्दै थिइन् ।

अचानक मेरो हातको चक्कुले उनले बोकेको फाइलमा ठक्कर खान जान्छ ।

उनी मलाई कुटयो भन्दै चिच्याउदै बाहिर एचआर (अफिस) तिर दगुर्छिन् ।

एचआरबाट मलाई बोलाइन्छ । म आफू निर्दोष रहेको जिकिर गर्छु । कम्प्रोमाइज गर्ने कोशिस गर्छु तर Continue reading

Posted in संस्मरण | Tagged | 1 Comment

सुनुवार भाषी कविता : ब्लाङ

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

सुनि नोम्ले गो ब्लाङ जिति
गो आँ नोले लोः ख्लोइबा ला मामे
आँकालिन सिर्बा ग्युरा पेरा यो शुशि कोइँच थिदुनु ।
गो ब्लाङ जिति
आँ ङोइँति रिश्शा गुइः हार्बान
आँ ताना तान माहेश्शो चुअबुमि थेशेल पा सिर्दिनु ।। Continue reading

Posted in सुनुवार कविता | Tagged | Leave a comment