भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ त्यो आकृतिको उपस्थितिले मन मनै रिस पनि उठिरहेको थियो । तैपनि संयमित हुँदै बत्ती बालेर हेर्छु त बिघ्नहर्ता लम्बोदर गणेश पो हुनुहुँदो रहेछ । सम्पूर्ण थकाई तथा रिस जति हावामा कपुर जस्तै उडेर कता बिलायो बिलायो ।
मैले धनुष्टंकार नमस्कार गर्दै भने, ‘हे भगवन आज मेरो कुटी पवित्र भयो, म धन्य भएँ । मेरो जन्म सार्थक भयो । आज्ञा बक्स्योस प्रभु ! यो सेवकले हजुरको के सेवा गरुँ ?’
भगवानले आज्ञा गर्नु भयो, ‘हे वत्स ! डाक्टर प्रसून विभा श्रेष्ठ तिमी नै होइनौ ? ’ Continue reading →