मिठा मिठा तिम्रा कुराले मन-मोहित छ,
पश्चतापमा मेरो मन हर रोज-रोदित छ।
झुटको खेति गरेर,टन्नै झोला भरेपछि,
नेपाली जनको शीर,रिसले क्रुर-क्रोधित छ।
छेपारोझै रुप फेरि मौसमानुसार चल्नेलाई,
पर्दाफास गरि तह लगाउने ज्ञान-बोधित छ।
नेपालीको विश्वमा सधैं पहिचान बचाई राख्ने,
गगन चुम्ने सगरमाथाको शीर शु-शोभित छ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

