~मन बहादुर मुखिया~
मेरो कथा खाली खाली पिंजडामा खोज
मेरो व्यथा भत्किएको मन्दिरलाई सोध
रुंदा रुँदै हांसी दिनु गाह्रो छ की छैन
जली जली खाक हुने मैनबत्तिलाई सोध
मेरो कथा….
बाँसुरी झैँ चोट बोकी धेरै गीत गाएँ
हाँसो बैरी हुँदा पनि आँशुलाई अंगालें
आकाशको जून पनि काटिएको चंगा
मेरो आँखाबाट बग्छ जमुना र गंगा
मेरो कथा प्रीतको प्रीतको खण्डहरमा खोज
मेरो व्यथा तार चुँडेको सितारलाई सोध
मेरो कथा….
न त फुल्छ न त झर्छ मेरो मनको फूल
वारी छंदै भांचिएको पारी पुग्ने पुल
जब सम्म बिझी दिन्छ सम्झनाको दियो
तब यहाँ निभी दिन्छ जिन्दगीको दियो
मेरो कथा शुन्य शुन्य मसानमा खोज
मेरो व्यथा टुटी झर्ने तारालाई सोध
मेरो कथा…
शब्द: मन बहादुर मुखिया
संगीत: शान्ति ठटाल
स्वर: नारायण गोपाल
