Tag Archives: Basu Sharma

कविता : देश रोएको बेला

~बासु शर्मा ~ आफू उभिएको माटो आफू हिँडेको बाटो खै कसरी मजबूत हुने होला जब कि देश उठाउने बिँडो बोकेकाहरु मध्यमार्गमै जिम्मेवारीको ढाकर बिसाएर आपसी गाली गलौजमा उत्रन्छन् र, लाज शरम पचाएर नाङ्गानाङ्गै नाचेर उफ्रन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन

~बासु शर्मा~ माटोको सुगन्धमा हरेक बिहान ब्युँझने मेरो देश अचेल माटो दुखेको पीडाले छट्पटाइरहेको देख्छु चेतनाका ब्यापारीहरुको बिगबिगी बढेर सगरमाथा पुड्किन थालेको देख्छु तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतान्त्रिक पदावलीको प्रयोग !

~बासु शर्मा~ लोकतन्त्रमा लोकतान्त्रिक आचरणहरु अपेक्षित भएझैँ बोलचाल र लेखापढीका शब्दहरु पनि लोकतान्त्रिक भावना अनुरुप हुन जरुरी छ । सबैले आपूmलाई सो अनुसार अद्यावधिक गर्नै पर्ने हुन्छ । धन्य हो इन्टरनेट ! अनलाइन खबर साइटहरुको उपलव्धताले ज्ञानलाई अद्यावधिक गर्न साह्रै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्खलित विचारहरुको बजार

~बासु शर्मा~ उल्टो सरेको हो कि समय ? फेरि धकेल्दैछ भिमसेन थापाहरुलाई जीवन र मृत्युको आँखमिचौलीमा र, नन्द प्रसाद र गंगामायाहरुको नियति लेखिंदैछ । अनगिन्ति आँखाहरु डुवेकैछन् आँसुमा विचारान्तरको शिकार बनेकाहरु कहाँ जाउन् न्याय खोज्न जवकि ‘न्याय’ आफै न्याय मागिरहेछ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : लेखकीय शिष्टता र मर्यादा

~बासु शर्मा~ आज मलाई लेखकीय शिष्टता र मर्यादाका बारेमा लेख्न मन लाग्यो । व्यक्तिहरु बीचमा विचारको भिन्नता भएकै कारणले अभिव्यक्ति र लेखनकार्यमा कुनै विषय वा मुद्दामा फरक विचारहरु आउनु स्वाभाविक हो । कसैले आफ्ना विचारहरु शालिन र शिष्ट रुपमा व्यक्त … Continue reading →

Posted in लेख | Tagged | Leave a comment