~नवराज योन्जन~
त्यो एक पल थियो |
५१ करोड वर्गकिलो मिटर ओगट्ने
दिन र रातलाई
एकनास मापन गर्दै दौडिरहेको
विश्वको कयौ घन्टाघरको सुईहरुलाई
संसारको अग्लो
आफ्नै देशको सगरमाथा चढेर
चिच्याउँदै कराउन मन लागेको थियो |
ए पर्खन पर्ख समय
म यहाँ स्वार्थपूर्ति अलमलमा छु |
अँह, सुन्दैन त्यो
आफ्नो जिम्मेवारीमा निरन्तर घुमिरहेछ
कहिले दासी बनायो, कहिले प्यासी बनायो
त कहिले मालिक बनायो |
सायद
लाटो हुनुपर्छ | विचार बिहिन
सुन्दै नसुनी छोडेर डाँडा काटी सक्यो
नंया पुस्ता भेट्न |
म,
विचार सहितको
भ्रममा रमाउँदै भ्रम छर्दै
एक मुठ्ठी सासमा खोइ के के बोकि हिड़ने बबुरा
त्यो डाँडा माथि घाम,जुन हेर्दै
उभिएको बुढो रुख झैँ
आज एकसरो लुगामा सोच्दै मौन छु
जसरि आएको हो त्यसैगरी
खोइ कहिले नङ्गाउने हो |
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
