स्वदेश गान : मेरो नेपाल

~प्याट्रिक सिठलिङ~

तिमीलाई म भुल्न सक्दिन,
जहाँ जाउँ तिम्रो याद आइरहन्छ
यो खोला, यो नाला, यो पहाड
भञ्ज्याङले मलाई बोलाइरहन्छ
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो

डाँडा काँडा हरियाली यहाँ आँगनै भरी Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कथा : गोरी गर्लफ्रेन्ड

~पुस्पराज गिरी~

खासै रगतको नाता थिएन, उमेर पनि धेरै फरक थिएन; रूममेट र मेरो। तरै पनि म उहाँ लाइ अंकल भनेर बोलाउथ्यें। एक apartment शेयर गरेर बसेका हामी काका भतिजामा धेरै कुरा मिल्दाजुल्दा थिए। प्राय हामी आ-आफ्नो विदाको दिनबाहेक अन्य दिन घरमा खाना बनाउँदैनथ्यौँ। उहाँको विदाको दिनमा Text गर्नु हुन्थ्यो, babu ! dinner at home . मेरो विदाको दिनमा मवाट Text जान्थ्यो; Uncle ! I’m making dinner . अनि हल्का चुस्कीसँगै डिनर गरेर आ-आफ्नो कोठामा पस्थ्यौँ हामी। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिमीलाई माया गर्नु

~दिपेन्द्र खड्का~Dipendra Khadka

( तिमीलाई माया गर्नु मेरो भुल हो भने)२
( दुख पर्दा साथ दिनु यदि पाप हो भने )२
तिमी के सजाय दिन्छेउ, म भोग्न तयार छु
तिम्रो खुसीको लागी हजार चोट सहन तयार छु
हो..हजार चोट सहन तयार छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : आत्मविश्वास

~महेश पन्त~Mahesh Panta

दुई साथी कुद्दै–उफ्रदै खेल्दै थिए । अचानक एउटा साथी ईनारमा खस्न पुग्यो । उसले सहयोगको लागि यताउता फर्किएर चिच्याउँदै हार गुहार माग्यो तर गाउँबाट अल्लि टाढा कोल्टो पर्ने भएको हुँदा उसको आवाजलाई कोही कसैले सुनेनन् । ऊ के गर्ने भनेर सोच्दै छटपटिन लाग्यो । उसले पानी निकाल्न प्रयोग हुने बाल्टिन देख्यो र हत्तनपत्त बाल्टिन तल ईनारमा फ्याँक्यो र अर्को छेउबाट तान्न थाल्यो । अन्तमा बहुत कठिन परिश्रमपछि साथीलाई ईनारबाट बाहिर ल्याउन सफल भयो ।
Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : साथ कस्तो होला उसको

~वर्षा आँशु~Barsha Aansu

याद मात्र यति मिठो साथ कस्तो होला उसको
नशा छरे तियो नजरमा मात कस्तो होला उसको

अन्धो हुन्छ भन्छन माया कारण के हो थाहा छैन
जिवनभरी थाम्न पाए हात कस्तो होला उसको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : पैले तिम्ले गरेकै हौ

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

बोल्ने नाममा चिनाजानी, पैले तिम्ले गरेकै हौ
तल देख्दा माथिबाट, गजल सुन्न झरेकै हौ ।।

कति नजिक सम्झी बोल्थ्यौ, आजभोलि टाढा मान्यौ
कैल्यै नविर्सने गरी, मनमा नाम भरेकै हौ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : पाँच पाउण्डको नौ मुरी पीडा

~जया राई~Jaya Rai

मेसेज बक्सभित्र आएको मेसेजले कुनै बेला खुशी बनाउँछ त कुनै बेला निराश । कुनै बेला पारो चढाउँछ भने कुनै बेला हतार लगाउने आदि अनेक गर्छ ।

करिव एक हप्ता अगाडि आएको ईन्बक्सको मेसेज बीके पाण्डेजीको रहेछ । यसपाली सत्यतथ्य मासिकले साहित्यक अंक निकाल्ने भएकोले रचना पठाउनु भनेर अनुरोध रहेछ त्यसमा । यसको लागि विशेष तयार पनि छैन । नपठाई पनि भएको छैन । के लेखौँ भन्ने हरेक क्षण प्रेसर बढ्न थाल्यो । लेख्ने विषयवस्तु सोच्दा सोच्दै बीचमा एउटा सामान्य घटना घट्यो, त्यो नै मैले यहाँ बाँड्न चाहेँ । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मन्त्रीहरुको लागि परीक्षा !

~गौतम “उदय”~Gautam 'Uday'

एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए।

“ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै टुक्रे र धोद्रे श्वरमा याचना गरिन।

“लौनु हजुर आमा, पानी !” लोग्नेचाहिंले सान्सानो लोटाभरि पानी टक्र्याए। बुढीमाउले किक्ली-किक्ली पार्दै एकै सासमा सकिन र सकेको बलले दुई तीनपल्ट आ….. गरिन्। “ठुलो धर्म गर्नुभयो बाबु, पानी खान दिएर। भोकले नि त्यस्तै भाउन्न बनाएर डंग्रंङ ढल्छु कि जस्तै भा छ। खाने कुरा पनि केही छ कि बाबुसंग !” पानी खाँदा बढेको सास केही मथ्थर पार्दै थपिन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : डल्लो जिन्दगी

~सागर कार्की~Sagar Karki

डल्लै डल्ला छ जिन्दगी
डल्लै बाचीरहेछु, डल्लै मरीरहेछु ।

कहिले गुडीरहन्छ डल्लो
अनी टक्क अडिन्छ कहिले
एउटा डाँडो उक्लदा
एउटा डल्लो मर्दछ
अर्को ओरालो झर्दा
अर्को डल्लो बाँच्दछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : धाक

~दिलिप राई “सगर”~Dilip Rai Sagar

सत्तामा बसेको हाँक
के गर्दछौ ठुलो धाक

हाम्रै अन्मोल भोटले
पाको हौ तिम्ले त्यो याक Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

अनूदित छोक : पाइपको मैला पानी

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

निर्वासनको दिन
नाङ्गै उभिन्छन् उनीहरू
जबकि तिमी पाइपको मैला पानीमा खाली खुट्टै पौड़िन्छौ Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : सार्थक हुन्थ्यो म जन्मेको !

~सजना गुरुङ~Sajana Gurung

सत्य कर्म गर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !
श्रेष्ठ बनि मर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

चेतनाको आँखा खोली अँध्यारो यो संसारमा
शिक्षा ज्योती छर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कस्ती आइमाई उनी!!

~चादनी कार्की~

कस्ती आइमाई उनी!!
एकाबिहानै उठेर
पूजापाठ छोडेर
शिरानिमुनिको पैसा खोज्छिन्
त्यो पैसालाई तौलिदै
आफु यसै मौलिदै
एक हातमा समस्या र अर्को हातमा पैसा जोख्छिन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्टेसन

~सागर कार्की~Sagar Karki

झरीको भेल सँगै
बग्दैछ समय,
जसै गुड्दैछ रेल
जिन्दगीको पट्रीमा ।

सुरुवात गन्तव्यको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पिर्यतम लाई चिठि

~कृष्ण पहारी~Krishna Pahari

मेरो पिर्यतम
मन भरिको सम्झना
अनि मुटुभरिको थुप्रै
मायाका कोसेलिहरु
मात्रै तिमिलाइ
छितिज पारी बाट
तिम्रो पिर्यतमको
मीठो सम्झना।
मेरोपिर्यतम
आजकल
तिम्रो सम्झनामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जीवन चोला

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

फूल हो जीबन हाम्रो, बतास सँगै झर्नु पर्ने
दैव रचे यस्तै नियम, जन्मे पछि मर्नु पर्ने ।

अजम्बरी हुन्नन् कोही, नियम टर्ने छैन रोई
मन्मा मयल नराखे है, जाँदैन भो आसुले धोई । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एकादेशको एउटा मान्छेको कथा

~पुष्कर शाह~ Puskar Shah

एकदेशको
एउटा सानो गाउमा
संसारको सबैभन्दा सुखी मान्छे बस्थ्यो
उसंग एउटा घामजस्तै छोरा
जुनजस्तै छोरी
र धर्तीजस्तै स्वास्नी थिई ।

एक दिन !
एक दिन उसले स्वास्नीलाई सुख दिने बहानामा
छोराछोरीलाई उच्चशिक्षा दिने बहानामा
अनि आफ्नो भोकोपेटको बहनानामा
गाउ त्याग्यो
लेक , बेशी , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : देश रुवाउनेको

~अनिल बराल ‘गरीब चिराग अछुत’~

देशको माया कसलाई छ र ? देश रुवाउनेको
भोक भोकै राखी गरीब जनता सुकाउनेको ।

पेटमा छैन गास अशान्तिले देश बलेको छ
उन्नतीको पथ टुक्रा पारी लुकाउनेको । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : नेपालकी छोरी हुँँ म !!

~राजकुमारी श्रेष्ठ~Rajkumari Shrestha

आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँँ म !!
हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म !!

उकाली ओराली देउराली भन्ज्याङ चौतारी पेटिमा ;
झरनाको केश मनपराउने नेपालकी छोरी हुँ म !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : प्राविधिक लोग्ने

~वैकुण्ठ ढकाल~Baikuntha Dhakal

रेडियोको काम सकेर डेरामा पुगेको मात्रै थिएँ । बहिनी झोक्किइन् ।

‘त्यस्ताले किन बिहे गर्नु ? अनि बाउ आमा पनि के भा’का, सम्पत्तिलाई हो र छोरी दिने ?’

‘हैन के भो ?’ किन मुर्मुरिएकी ?

‘के हुनु नि, मधुलाई बूढाले छोडिदियो रे !’

‘ए, हो ? कहिले चाहिँ समाएको थियो र !’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुनुवार भाषी कविता : चुप्लुहोपो आ खोँमिग्युग्र्युर

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

मार केक्खी दिङ्ना
मार कचो ओचो सोअÞशो
मार सोशो सोपिक्का
माराइ बाला
दोदेशोन बाला
गो चुप्लु होपो
नेल्लिकालि क्लोत जेश्शो बुदि जेद्नुङ Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

लघुकथा : स्वर्ग बाट म

~अर्जुन खनाल~

उफ मृत्यु भएको पनि आज २ दिन भएछ ।आफु भने बल्ल स्वर्ग मा आइपुग्यो । यहाँ त

फेसबुक पनि चल्दो रैछ त्यो पनि फुल् स्पिडमा । सायद चलाउने मान्छे कम भएर होला ।

सोच्थे स्वर्गमा गएसी फेसबुक चलाउन पाइन्छ कि पाइदैन भनेर । पाइदो रैछ र आनुभुति लिदै छु ।

हिजो सबैको म्यासेज पाए खुसि लाग्यो सबैले सम्झना गरेको मा , हिजो आलि बिजि भए के कसैको रिप्लाइ दिनै पएन े ।अर्को कुरा के त्यो यमराज छ नि तेस्को आगाडि मुवाइल चलाउनु हुन्न रे के नत्र एस्ले नि Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : यो कस्तो माया हो ?

~डा. रुपक श्रेष्ठ~Dr Rupak Shrestha

हर्हराउँदा मनहरु एक भेट दिन आउदिन यो कस्तो माया हो ?
थर्थराउँदा ओठहरु एक चुम्बन दिन सक्दिन यो कस्तो माया हो ?

उनी देख्छिन् म देख्छु लोलाउँदै आँखाहरु रसाउँछन् दुबैको
न सक्छु म बोलाउन उनी झन बोल्दिन यो कस्तो माया हो ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : फेसबूक भित्ता

~रामकुमार पण्डित क्षेत्री~Ram Kumar Pandit Kshitri

“फेसबूक भित्तामा साह्रै राम्रो स्ट्याटस आ’को छ रे । यो स्ट्याटस राख्ने देशकै ठूलाका पनि ठूला हुन् रे । त्यसलाई मन पराउनेहरू लाख पुगिसके रे । प्रतिकृया लेख्ने चाहिँ आधालाख पुगे रे । हजुरले चाहिँ लाइक गर्नु भो’ त्यसलाई ?” फतरफतर गर्दै मलाई श्रीमतीले सोधी ।

यस्तै प्रश्न अरु साथीहरुले फोन गरेर सोधे । अनि इस्टमित्रहरुले पनि सोधे ।मैले सबैलाई एउटै जवाफ दिएँ ः “भ्याएकै छैन । म छिट्टै हेरेर लाइक हानी दिउँला ।” कसरी भ्याउनु ? समय भएको बेला बत्ती नहुने, बत्ती भएको बेलामा इन्टरनेट नहुने, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मैले गुडाउनु कसोरी

~किरण टी लिम्बू~Kiran T. Limbu

गन्तव्य पुग्न जीवनलाई मैले गुडाउनु कसोरी,
ठेस लागी दुःखेको पाइलालाई अघि बढाउनु कसोरी ।

विगतलाई पछि फर्केर मैले एक पल्ट नियाल्दा,
तिमीले दिएको खुसीको पललाई भुलाउनु कसोरी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तै जिन्दगी भोगिरहेछु

~फुच्ची जमुना~Fuchchi Jamuna

जग्यमा बसेकी नवविवाहित दुलही झै
सपनाको रङ्गिन घुम्टो ओढेर
प्रतिक्षाको आतुर मन
गोरेटोभरी ओछ्याउदै
धमिला यि आखाँहरुले
केहि खोजिरहेछन्
सायद, जिवनको उज्यालो रङ
खोजिरहेछन्
क्याटबरी ओठबाट
अपहरित मुस्कानका बाछिटाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हु ??????

~उर्मिला थपलिया~Urmila Thapaliya

सुन्य भाब छ मन भित्र
कौतुहल्त कता कता
चिमोटो रहेको छ हरेक पल
नयाँ भाब र नयाँ चुनौतिले
तर म
अनवरत सोचिरहेकी छु
म को हु ?

ओल्टिन्छु
पल्टिन्छु
कोल्टिन्छु
तर पनि मेरो प्रश्न को उत्तर छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुलुस

~पेशल आचार्य~Peshal Acharya

‘आज त दुईचार जनाको टाउकै फोर्नुपर्छ, यार !’ –एउटाले सूर्य चुरोट सल्काएर ओठमा चेप्दै सानसँग भन्यो ।

‘साला भाते के टाउको फोर्ने कुरा गर्छ । कुनै बैङ्कसैङ्क या फाइनान्सको लकर फोर्नुपर्छ भन न ।’ –अर्कोले अझ फौज्दारी सम्वाद स्वाट्ट त्यसरी नै झिक्यो जसरी तराईतिर दसैँमा काट्न ठिक्क पारेको खसीलाई कानमा पानी हालेर ‘मान्यो’ भनेपछि काट्ने मानिसले स्वाट्ट दापबाट कट्टी झिक्छ ।

तेस्रोचाहिँ जुरेलीको जस्तो कपाललाई दुवै ओठ उचालेर फुफु गर्दै भन्न थाल्यो –‘गर केटा हो मोज गर । कुनै मैयाँसैयाँलाई देख्यौ भने झ्याप हाने पनि हुन्छ । सुनचाँदीका पसलहरू फेलापारे भकाभकी फोरे पनि हुन्छ । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : यो प्रणयमा

~दुर्गा रिमाल~

भए भरका गल्ति भुलि पुराना यो प्रणयमा
तिमी बन भिर मौरी म त राना यो प्रणयामा

लिएर गुलाफको फुल आउँने छु तिम्रैसामु
किन गर्छौ यसरी आना काना यो प्रणयमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : खीरको स्वादभित्र मञ्जु

~सविता विमली~

book cover - Kheer - Manju Bimali

कविता संग्रह दुई थोपा आँशुको प्रकाशनपछि लेखिका मञ्जु विमलीको दोस्रो कृति खीर भर्खरै बजारमा आएको छ । संस्मरणात्मक निबन्ध संग्रह खीरमा लेखिकाले आफ्नो बाल्यकालको वर्णन ६ थान निबन्धमार्फत गरेकी छिन् । एउटी स्कुले विद्यार्थीले पसलमा प्याड किन्दै गरेको दृश्यले फ्ल्यास ब्याकमा पुगेकी लेखिकाले आफ्नो प्रथम रजस्वलाको अनुभूतिलाई खोल्मामा बितेको रातमा व्यक्त गरेकी छिन् ।

वास्तवमा नै उनको भोगाइसँग आज पनि अरू थुप्रै भोगाइहरूले तादात्म्य राखे झैं लाग्दछ । विवाहपछिकोपहिलो दशैं मनाउन एक्लै माइत पुगेकी उनी फर्किंदा निकै लामो चक्काजाममा पर्दछिन् । त्यो रातमा शारीरिक पीडाबाट बेहोश हुन पुगेका दुई घटनाहरूको वर्णन गरिएको छ । वैवाहिक सम्बन्धको विच्छेदन पश्चात उनले पुनः जीवनमा कसैको साथको आवश्यकताको बोध गरेकी छिन् ।

Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : यी नलेखिएका समर्थन पत्र

~प्रतिमा ज्ञवाली~Pratima Gyawali

यी नलेखिएका समर्थन पत्र
तिम्रो र मेरो मौनता ले सुसजीत,
ढाडस र हौसला को ताली पिटदैछन

जन्माउदैछन् हामीलाई सासन गर्ने सासकको व्यवसायीक रुप
नेपथ्ये मा रहेका ऊ र ऊ जस्ता उनीहरु
कालो पर्दा पछाडी झुक्काए जस्तो गरी
अलिकति बाकी रहेको लाज, डर र च्यातिएको नैतिकता फाल्नु अघि, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आमाको पिरलो

~डा. कपिलदेव लामिछाने~Dr. Kapil Dev Lamichhane

“आमा, सन्चै हुनुहुन्छ ?” हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो ।

“बाबू नितेश ! कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त ।” उनले छोराको टाउको मुसार्दै भनिन् ।

नितेशले भन्यो, “सन्चै छु । बुहारी हजुरको सम्झना गरिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ’को । एक हप्तामै अमेरिका उड्ने हो ।”

उनले भनिन्, “म यहीँ ठिक छु बा ।”

ऊ कड्क्यो, “यहाँ बस्ने होइन । लेनदेन भए मिलाइहाल्नुस् ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment