Tag Archives: Gautam ‘Udaya’

कथा : अनपेक्षित संयोगहरु

~गौतम ‘उदय’~ “हजुरलाई किन चाहियो फोन नम्बर ! भयो, पुग्यो….. ! ” भनेर लेखेकी थिई मेलिनाले उसको अन्तिम ईमेलमा | केही कुरा मन नपर्दा हल्का निदार खुम्च्याउंथी तर शब्दमै कहिलै ब्यक्त गर्दिनथी उसले | मेलिनाको बोली नै यस्तो छ मानौं … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्यायी न्यायाधीशहरु

~गौतम ‘उदय’~ “धरमपुरको बालधरलाई मझुवा गाउँमा बाँधेर राखेको छ रे !” आश्चर्यको तर हँसिलो मुद्रामा भन्यो अमरले उमेशलाई । अमरलाई पनि थाहा थिएन खास कारण । उसलाई पनि राप्ती नदीपारिको राष्ट्रिय निकुन्जबाट दाउरा खोजेर मझुवा गाउँको बाटोहुँदै आउँदा त्यहाँ थुप्रै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलाको थलो

~गौतम ‘उदय’~ त्यति परसम्म जानै पर्दैन,हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन । उड्ने कारका बिक्रिकक्षहरु खुलिसके । कम्पुटर स्क्रिनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : हामी साना नानीले

~गौतम ‘उदय’~ धेरै माया गर्नु हुन्छ, मम्मी अनि ड्याडीले सधै ज्ञानी बन्नु पर्छ, हामी साना नानीले नानीहरु भएको, घरै रमाइलो बनाउँछौं परिवारको, मनै रमाइलो । हामीहरु स्कूल जाँदा, मम्मी घरमा बस्नु हुन्छ

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : मन्त्रीहरुको लागि परीक्षा !

~गौतम “उदय”~ एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए। “ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रत्यासित

~गौतम उदय~ भदौको अन्तिम हप्ता कर्णाली प्रदेशका गाउँहरुको दृश्य साह्रै मनमोहक हुन्छ । जाडो सुरु भइसकेको हुँदैन र सर्वत्र हरियालीको साम्राज्य हुन्छ । स्याउका दानाहरुमा बैंस चढ्न थाल्छ । भर्खर नुहाएर घाममा बसेकी षोडसीझैँ स्निग्ध र मनोहारी देखिन्छ प्रकृति । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : धनको माया मनको माया

~गौतम “उदय”~ मनभित्र लेखेको माया, सागर जस्तै अमर हुन्छ धनभित्र देखेको माया, हिउँद लाग्छ बगर बन्छ | मनको माया देख्छ सधै, मुटु बीचको न्याय निसाफ धनको मायाँ लेख्छ सधै, जोड घटाउ हिसाब किताब

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हाम्रो संविधान

~गौतम “उदय”~ चिन्ता थियो कतै, टुक्रेला भन्ने छिन्नभिन्न हुँदै, पराधीन बन्ने हिमाल तराई एउटै गरायो हाम्रो संविधानले राष्ट्रियता झनै मजबुत बनायो हाम्रो संविधानले । आत्मामा थियो, चुच्चे र चिम्से ब्यबहारमा थियो, पहाडे मधिसे सबलाई समान अधिकार दिलायो हाम्रो संविधानले फाटेका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : माटोको हक

~गौतम उदय~ आफ्नै कक्षा कोठाबाट कहिले गाडीमा र कहिले फुच्चे जहाजमा हुलकाहुल गोरेहरु आएको देखिरहंदा उडेको अन्जनको मन यस पटक त झन भट्टाई कान्छाको छोरा धनेले साँच्चै उडाएर अमेरिकाको मेरील्याण नै पुर्याइदियो | नउडोस पनि कसरी ! आफ्नो टोल छिमेकका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : हामी मर्छौं तर जीवन बाँचिरहन्छ

~लिओ बुसकाग्लीआ~ अनु : गौतम “उदय” बसन्त लाग्यो ! पालुवा पलाउन थाल्यो ! यसै क्रममा एउटा ठुलो रुखको कुनै हाँगामा “फ्रेडी” नामको पातले पनि जन्म लियो | अन्य सयौँ पातहरु पनि त्यही रुखमा जन्मे | सबै सकुशल हुर्के, बढे ! … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : कलाको विश्वविद्यालय

~गौतम “उदय”~ त्यति परसम्म जानै पर्दैन, हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन। उड्ने कारका … Continue reading →

Posted in नेपाली कथा | Tagged | 3 Comments

कविता : आज कति सस्तो भएँ

~गौतम “उदय”~ आज कति सस्तो भएँ! हुरी आयो उडाई लग्यो बाढी आयो बगाई लग्यो अनमोल जीवन मेरो आज धेरै सस्तो लाग्यो, दुइ मुटु एउटै थियो निस्ठुरिले चुडाई गयो खुसी सारा संगै लग्यो मेरो भन्नु पीडा रह्यो छाडी जाने छाडी गयो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उनको चरित्र नराम्रो होइन !!!

~गौतम “उदय”~ धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले । शिशिर ऋतु थियो त्यस बेला । अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन । नयाँ कल्पना, नयाँ आशा, नयाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : भन्न बाँकि एउटा कुरा

~गौतम “उदय”~ बिकसित देशहरुमा काम पाउनु भन्दा पनि एकाध बाहेक जुन स्तरको काममा पनि दुख चाहिँ औधी हुने। थकाइ सान्त पार्न र ताजकीपन पाउन विविध प्रकारका साधन र ठाउं प्रसस्तै उपलब्ध भए पनि यी सबै व्यक्तिगत रुचीमा भर पर्ने रहेछन। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीमा रेखा

~ गौतम “उदय’~ औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रागर्न लायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : मोडहरु

~गौतम “उदय”~ एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई !

Posted in नेपाली कथा | Tagged | Leave a comment