लघुकथा : ईश्वर

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

साउन महिना मान्छेहरू पूजाकोलागी मन्दिरमा भीड अनि व्रत बस्नेहरू कति कति देखें । हुन त साउन नै किन र ? आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिवार, शुक्रबार र शनिबार हरेक बार हरेक महिना पूजा गर्ने भक्तहरू मैले नदेखेको पक्कै होइन । शुभ कार्य, शुभ साइत, ग्रह दशा पूजा र शान्तिकालागी मन्दिर जाने मान्छेहरू नभेटेको पक्कै होइन । खाली पेट शरीरलाई पीडा दिने मान्छेहरू भेटें । हुन सक्छ मान्छेहरू बढी भएर वा मन शान्तिको खातिर मन्दिरहरूमा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रा लागी

~अनु अर्पण~Anu Arpan

चाह्यौ भने सिसा सरि चर्किदिन्छु तिम्रा लागी
हेरी परैबाट फर्की दिन्छु तिम्रा लागि

ज्यानै पनि दिन भने के नै अर्थ माया गर्या?
बाहिर हासी आखाबाट दर्किदिन्छु तिम्रा लागि Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कविता : भ्रमित प्रतिविम्व

~मुकेश राई~ Mukesh Rai

देखिने ती आकृति सबै सक्कली नहुन सक्छन्
लेखिएका इतिहास सबै सत्य नहुन सक्छन्
माग्नु र दिनु
बुझ्नु र नबुझ्नु
सिक्काको दुई पाटोझैँ
हेराइ र बुझाई
बँचाई र भोगाइ
यो जिन्दगीको !

टुक्रिने र फुट्ने सबै काँच हुन्नन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो समयको अन्तिम अन्तरवार्ता

~उमेश राई ‘अकिञ्चन’~Umesh Rai Akinchan

फेरि पुग्नुछ मैले
पुग्न नसकेको गन्तब्य

नसोध मलाई
कति लामो छ
प्रधानमंत्रीको जुँगा
वा
भर्खरैं पेट्रोल पम्पमा राखिएको
गाडीहरूको लश्कर

नसोध मलाई
कति भयानक हुनसक्छ प्रतीक्षा ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धोकेवाजहरु

~विनोद न्यौपाने~Binod Neupane

अचेल
एक हुल बाजहरु,
सहर पसेकाछन्,
परेवाको खोल ओढेर
र
उपदेश दिइरहेछन्
त्याग र सहिष्णुताको
अनि
आँखा छल्दै
घाँटी निमोठिरहेछन्
परेवाहरुको ।
रगतले रंङ्गिएका
चुच्चा र नङ्ग्राहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कुकुर मरेछ रे !

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

के तिमी सुन्ने ?
आज पनि एउटा कुकुर मरेछ रे !
खैरे, काले, पाँग्रे कुनै होइन
हिजोसम्म यही गल्ली र चौरस्ता घुमी हिँड्ने
आफन्तसँग झुकी दिने
पराई देखे भुकी दिने
कहिले पुच्छर हल्लाई हल्लाई
मालिकको स्वागतमा तयार हँुदा
उल्टै लाठीको प्रहार खेप्नु पर्ने
बिचरा ! त्यो कुकुर मरेछ रे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : छाय् ख्वय्गु ?

~नारायणदेवी श्रेष्ठ~narayandevi-shrestha

धा, दु:ख खाना मन छाय् ख्वय्गु ?

फुक्क सुखीपिं छन्हु ज्वी दु:खी,
सु:खी धा:पिं नं ह्निलितिनी रे,
रात्री दिवस थें सुख दु:ख धैगु
हित्तु हिला च्वन नियमा थ्व ‘वैगु’
धा, दु:ख खाना मन छाय् ख्वय्गु ? Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

गजल : अर्थ छैन अब।

~कृष्ण पौड्याल~

बिरहका गजल गाउनु अर्थ छैन अब।
दोबाटो उन्का निम्ती धाउनु अर्थ छैन अब॥

झुठो रैछ बाचा कसम झुठै रैछ माया।
प्रकटमा कसैको आउनु अर्थ छैन अब॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : च्याङ्ग्रा मारेका छन्

~असफल गौतम~Asafal Gautam

दसैँ तिहार मनाउन भनी च्याङ्ग्रा मारेका छन्
कसरी खाउ कुन मिठो भन्दै तेलमा तारेका छन्

खोई त यहाँ पशु अधिकार ? हनन् भएन हजुर ?
मान्छेको जिब्रोलाई पशुको स्वादसँग नारेका छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अत्भुत पराजय

~अतित मुखिया~Atit Mukhiya

सिंगो एउटा कोष
बिकशित हुदै सहस्र भयो
जिवाणु जिव बन्यो
शरीरमा आवश्यक अंग पलाउदै गयो
अनावश्यक सायद विलाउदै गयो
जलचर, स्थलचर, उभयचर भै
यत्रतत्र सर्वत्र छायो ।
सृष्टीको यो गुह्य भेद सृष्टिकर्ताले
जन्तरवनाई डार्विनको गलामा झुण्डायो
विकाशबादको डार्विन टाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सुशुप्त कथा

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

आज विहान आचानक नयाँ बानेश्वरमा दुर्गासँग भेट भयो । छोराको स्कूलमा हिडेकी रहिछे साथीहरुसँग । नाम त उसको दुर्गादेवी भट्टर्राई हो । तर म उसलाई दुर्गा भन्न रुचाउँछु ।

‘मामे मेरे मेरे बाप-फो । मादुक हाइ दे इँकालि’ भन्दै गोरु हकार्दा ‘होइन ऐ ! चेरेहाम्सो, तिम्रो गाईगोरुले कहिलेदेखि ‘तेरे मेरे तेरे मेरे’ भन्ने हिन्दी बोल्न थाले हँ ?’ खितिती खित्का छाडेर जिस्किन्थी । उनी अघि-अघि दौडिन्थी ।

म पछि पछि लघार्थेँ । उनी बाहुन्नी भए पनि हामी कोइँच भाषामै बातचित गर्थ्यौं । मिल्ने साथी, दवाँले थियौं । सँगै स्कूल जन्थ्यौं । सँगै गाई गोरु, भैंसी चराउँथ्यौं । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म अर्थात हामी

~दिव्य गिरी~Dibya Giri

म
अर्थात
हामी
दौडिरहेछौं सदिऔंदेखि
सपनाको पछिपछि
सपनाकै भारि बोकेर पिठयूँमा
अफसोच !
सपनाले नै लखेटिरहेछ निरन्तर
सपनाले नै डसिरहेछ युगयुगान्तर
धेरैधेरै सपनाहरू राखेर आँखामा
धेरैधेरै चाहनाहरू समेटेर मनभित्र
सपनाकै महल निर्माणमा जुटेका
म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मिनर्वा

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

म सँग चिनापर्ची भएकै दिन बिहाबारीको प्रशंग चल्नासाथ मिनर्वाले भनेकी थिई – “मेरो त चौध वर्षको उमेरमा नै बिहे भएको, सौमी दी ।”

तीस वर्षको लग लागेकी मिनर्वाले त्यो तथ्यलाई बढो गर्वका साथ सुनाएकी थिई मानौं कुनै ठूलो दुर्घटना भएर पनि ऊ अझै बाँचI रहेकी थिई या मानौं चौध वर्षमा बिहे गरेर उसले ठूलो बहादुरी गरेकी थिई । उसको कुरा सुनेर मैले मुस्कुराउदै ठट्टा गरें – “छोरीको नाम मिनर्वा राख्ने आमाबाबु अवश्यै पनि अपठित त छैनन् होला । तब कसरी नाबालक छोरीको बिहे गर्न पुगे त ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत :दुखियाको दु:ख

~दोषबिहिन टुहुरी~

यसपाली नि बाढीपहिरो गाउँ बग्यो अरे
दुखियाको दु:ख माथी चोट थप्यो अरे

पोहोर पनि यस्तै भेलले गाउँ रुवाए थ्यो
तल्ला घरे ठुलीको त सिउँदो पुक्षिए थ्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : जीवनको मोडमा रोन

~बिकल आचार्य~Bikal Acharya

हिजो बेलुकी म टेलिभिजन हेरेर बसिरहेको बेलामा टेलिफोनको घण्टी बज्यो, मैले हत्तपत्त गएर उठाएँ ।

‘ए ! म रोन बोलेको, के छ तिमिहरुको हालखबर ?’

‘सबै ठिक छ । बरु के छ तपाईको हालखबर ?’

मेरो पनि ठीक छ, उही त हो, घरि बाहिर उद्यानमा बस्यो त कहिले टेलिभिजन हे-यो, समय त्यसै गइहाल्छ नि । उसमाथि आज डेभिड पनि घरमा नै छ ।’

‘के खानुभयो त आज ?’ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : अपरितुष्टि, बेलायती–नेपाली डायस्पोरा र मानन्धर

~डा. रुपक श्रेष्ठ~Dr Rupak Shrestha

वि.सं.२०५८ मा प्रकाशित ‘अपरितुष्टि’ बेलायती–नेपाली डायस्पोरामा लेखिएको सम्भवत पहिलो उपन्यास हो । ईश्वर मानन्धरकृत यस लघुउपन्यास नेपालबाट सन् १९७० को दशकमा कामको शिलशिलामा बेलायत प्रवेश गरेका नेपालीहरुको प्रतिनिधि कथा हो । कथाका मुख्य पात्र बिक्रम लन्डनमा एक रेष्टुरेन्टमा सेफको रुपमा काम गरेता पनि नेपालमा जाँदा होटेल मालिक भएको झुटो आडम्बर देखाउछन् र क्याम्पस पढ्दै गरेकी गाउँकी सोझी गौरीसँग उनको मागी विवाह हुन्छ । धुमधामसँग विवाह भएको दुई हप्ता पछि गौरीलाई छिट्टै लण्डन झिकाउने आश्वासन दिँदै बिक्रम बेलायत फर्कन्छन् । भिसा मिलेपछि गौरी पनि मनभरि सपना सजाएर सपनाको देशतिर उँड्छे र लण्डन Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : गाउँ हरायो

~निरोज मास्के~Niroj Maskey

आज,
फेरि एउटा ठाउँ हरायो !
ए बटुवा,
ए मनुवा,
तिमिले देख्यौ कि कतै,
मेरो आफ्नै गाउँ हरायो !
यो गोरेटो पारी थियो,
त्यो घोरेटो वारी थियो !
नजिकै एउटा,
चौतारी थियो ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मीठो आश रैछ

~आचार्य प्रभा~acharya Prabha

जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ
निराशामै अल्झिदिने जिउँदो लाश रैछ ।

जस्तो चल्छ,चल्दै जान्छ भोग्नै पर्छ आखिर
पीडा,ब्यथा बिर्सिएमा जीवन आहा!खास रैछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाली हो साझा नाम

~गीता खरेल~ Geeta Kharel

बुद्ध अनि सगरमाथा शान्ति विम्व बनी
चिनिएको देश मेरो प्रकृतिकी धनी
हिमाल पहाड तराईको चुल्ठी कोरी बाटी
सजिएकी सौन्दर्यले नेपाल आमा खाँटी ।

एउटै सिङ्गो पहिचान एउटै जात धर्म
नेपाली हो साझा नाम, नेपालीत्व मर्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

भावना परिस्किृत सुनुवारका सात हाइकुहरु

~भावना परिस्किृत सुनुवार~Bhawana Parishkrit Sunuwar

आफ्नै धर्तीमा
रायोको डकुसँग
मिठो छ गाँस !

स्वाद बिहिन
बरगर र पिज्जा
अमिलो मन ! Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : भोक

~होम सुनुवार दशुचा~Hom Sunuwar Dashucha

कल्पनाका भेलहरुमा डुबुल्की मार्दै
भावनाको पलङ्गमा भाते निन्द्रामा घुर्दै
ममताको महलमा राज गर्ने किन रोएका ?
मध्यराति सुनसानमा किन चिच्याएका ?

चित्तामा जल्न लागेका लाश जुर्मुराईरहेका
मलामीहरु एक अर्का आफै भौँतारिरहेका
आज मसानघाटमा बिरमसान पो जागेछ
उसैको जादुले चिताको लाश नै भागेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यो जिन्दगीले

~रामु गैरे~Ramu Gaire

मलाई यो जिन्दगीले……..
चोटै चोट दियो
कहिले सम्म दिदोरहेछ
सिरानी पनि आसुले भिज्यो
कहिले आफ्नैले चोट दियो
अनी त कहिले पराइले नै
अहिले मैले दु:ख पाएको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : न्यानो माया मार्दै जानू

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

आस्तै–आस्तै म तिरको, न्यानो माया मार्दै जानू
अनर्थ कल्पना हैन, भुल्ने बानी पार्दै जानू ।।

मैले हैन हतारमा, वल्छी थाप्ने तिमी नै हौ
दुवोमाला लगाउने, उसैलाई तार्दै जानू ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नचलाऊ मलाई

~सागर कार्की~Sagar Karki

यस्तै रहन देऊ समय
बिथोल्न नखोज अस्थिर मन
म त भरिएको गाग्री जस्तै बनेको छु
पोखीन सक्छु नचलाऊ मलाई ।।

मर्न सक्छु बरु तिम्रो लागि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना छोडि जाने निष्ठुरिलाई

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

तिमी
आफुलाई शिक्षित ठान्छौ
आधुनिक र सभ्य हुँ भन्छौ
मैले पनि तिमीलाई
मानब जातिकै असल पात्र मानेको थिए
तर तिमी त एकै
समयमा जन्ती र मलामी हुन चाहन्छौ……।

माया गर्छौ भने
अलिकति मायाको चिसो चाख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : लेखकीय शिष्टता र मर्यादा

~बासु शर्मा~Basu Sharma

आज मलाई लेखकीय शिष्टता र मर्यादाका बारेमा लेख्न मन लाग्यो । व्यक्तिहरु बीचमा विचारको भिन्नता भएकै कारणले अभिव्यक्ति र लेखनकार्यमा कुनै विषय वा मुद्दामा फरक विचारहरु आउनु स्वाभाविक हो । कसैले आफ्ना विचारहरु शालिन र शिष्ट रुपमा व्यक्त गर्दछन् भने कसैले तितो रुपमा छुच्चो शैलीमा व्यक्त गर्दछन् । मेरो प्रश्न हो – छुच्याईँपूर्ण अभिव्यक्तिको पनि एउटा सीमा हुन्न र ? कहाँदेखि उता नजाने भन्ने एउटा लक्ष्मणरेखा हुन्न र ? यदि शिष्टता र मर्यादाको लक्ष्मणरेखा पार गरेर लेख्ने हो भने लेखन कर्म र लेखन धर्मले नै शर्मिन्दा हुनु पर्ने अवस्था आइपर्छ । नेपाली लेखन क्षेत्रमा छुच्चा लेखकहरुको कमी छैन । यही छुच्चा लेखकहरु Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : शुक्रबार एघार बजे राती

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
आज शुक्रबारको भो एघार बजे राती
धन्य ! मुक्रि जाती !
सानो यो निर्वाण मेरो,
एक घडीको साथी !
सकल प्राणी सुत्दछन्,
दिन छ मेरो जाती ।

ख.
हृदय पुग्छ आर्को जगत्, नित्यको, विलास
झ्याल खोलूँ, प्रकृति–रानीको छ राज्य खास
यो बतास, अमृत सास, जिउँदो राख्छ भूतल, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

यी बादलका अनेक चित्रहरूले
कोरेका सुन्दर कोलाजमाथि सन्देह गर
पानीका सुन्दर तालमा देखिने
विविध रङको अस्तित्व
र बादलका टुक्राझैँ
तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर ।

अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तारा रोएको कहानी लेख्छु

~दिलिप दोषी~Dilip Doshi

एकतमास तिमीलाई हेर्दा, तारा रोएको कहानी लेख्छु ।
सिरानीमा नयनले रातभर, जिन्दगीको बिहानी लेख्छु ।

तिमी त बिरानो भएर गयौ, मेटिएन खै ! ती यादहरु ।
तिमीसँग बिताएका पलहरु, सोच्दै एक जवानी लेख्छु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जवानी नै कालो भयो

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो
माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।।

कहाँ सहज् मानेथेंर, स्वयम्वरी दिन सोच्न
रुढी ग्रस्त समाजमा, वगानी नै कालो भयो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : होला जस्तो लाग्दैछ

~केशब आचार्य~Keshav Acharya_1

तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ
प्यास मेरो ह्रीदयको फेरी किन जाग्दैछ ।

बिछोडका घाऊहरु आलै छन छात्तिभित्र
जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कुरा नसुन्नु है तिमी !

~सजना गुरुङ~Sajana Gurung

कोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !
नोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

सत्कर्मले फेर्नु पर्छ सब्को गलत् सोंचलाई
खोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment