~रुमन न्यौपाने ‘अमन्त’~![Ruman Neupane Amant]()
You think the hills are mute-
I call them eloquent.
Oh yes, friend!
I’m free in my inebriation-
that’s just the way I am.
-Laxmi Prasad Devkota
घुम्न निस्कीए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । सुन्तला र बदामको समय ।
‘धन्य तपाईले मेरो पेशा बुझ्नु भएछ’ । उसले सुन्तलाको बोक्रा छोडाउँदै भन्न भ्यायो ।
‘नराम्रो आदत बसाउनु भएछ नी’ ।
‘कुन चुरोट’? । म यसलाई नराम्रो भन्दीन ।
तपाईलाई थाहा छ हिजो न्युरोडमा भारीको नाम्लो समाईसकेको थिए । तलतल लागी हाल्यो । भारी बिसाएर नाङ्गलो पसल्नीसित याकको खिल्ली सल्काएको मात्र के थिए साहु पसलबाट कराउन थाल्यो । ग्राहकलाई हतार छ रे । हो । यस्तो बेला मात्र आफुलाई नराम्रो आदत लागेछ भन्ने सोच्छु ।
‘तपाई पिउनु हुन्न’ ? मानीसले म तिर हेर्यो । Continue reading →