हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई
यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई Continue reading
हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई
यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई Continue reading
~बिकास सुबेदी~
मेरा डाडा मेरै भिरहरु आज रोइरहेछ |
कोइलीको त्यो मधुर स्वर आज कहाँ गएछ ?
यही चन्द्रागिरी शिखरमा खोइ मान्छे हासेको ?
ती आमाबाको मन आज कहाँ छ खोइ फसेको ? Continue reading
~प्रमोद अमात्य ~
अमेरिकामा:
ममी-
आउन छोरा एउटा कुरा जरुरी गर्नुछ
नेपाल गई दुलही एक तिमीले हेर्नुछ ।
छोरा –
ममीको मन जरुर राख्छु नेपाल म जान्छु
नेपाल जाने टिकट पनि अहिले म किन्छु ।
नेपालमा दुलही खोज्दै: Continue reading
~योको खड्का~
लगाउदा मेहन्दी हात हत्केलाहरुमा धपक्क देखियौ।
साउनको पहिरनले सजिएर तिमी छपक्कै देखियौ ।
वाह् तिम्रो सुन्दरतालाई त मान्नैपर्छ मैले सिलसिला Continue reading
~सुरेन्द्र खौलराठी~
बाँझो थियो दिल उनको मायाको बिउ छरे मैले !
साँचो माया गरि उनलाई के अपराध गरे मैले !
कहिले सम्म तड्पी बस्थें जवानीको मरुस्थलमा,
कल्पनामा उनि संगै कयौं सागर तरे मैले ! Continue reading
~कृष्ण पौड्याल~
सधै हिड्न पाईएन जिन्दगिको बाटै मा त ।
गाह्रो पर्ला तिम्लाई कतै मैले गर्ने आँटै मा त ॥
जिवन साथी बन्न सकिन शत्रु किन ठानेको ।
सँगै हुनु पर्छ भनेको थिएन नी खाटै मा त ॥ Continue reading
~विरही काईला~
चौरस्ताको ठूलो हावाघर
छानामाथि
काग नराम्रोसंग कराएर गयो
त्यो पनि
कञ्चनजंघा हिमालसित
आँखा टाँसि बसेका
पर्यटकहरुको आँखा छलेर
महाकाल डाँडा उक्लिनेहरुले Continue reading
~श्रृजना क्षेत्री~
(१)
रुदैछ देश
तिमी माया को कुरा
नगर बिन्ती
(२)
नेपाल आमा
पिटदैछिन छाती Continue reading
~चकेन्द्र राई “कैदी”~
फुस्रदमा सृष्टिले मेहतन गरि बनायो नेपाल
परिको शिरको आकर्षक टिका जस्तै छ नेपाल
३३ सै कोटी देबाताहरुको बासस्थान नेपाल
अनेकतामा एकता हुने यो मेरो देश नेपाल Continue reading
एउटा बाटो रोज्नै पर्छ, जिउन अँझ धेरै छ
जिन्दगी नै सागर हो यो, खिउन अँझ धेरै छ
फाटेको छ हाम्रो मन, लाज ढाक्नु त पर्छ नै
टालटुल गरी के होला र, सिउन अँझ धेरै छ Continue reading
~रामु गैरे~
कती राम्रो अर्घाखाँची
हरियाली तेसैमाथी
उत्तर तिर अर्घा अनी दक्षणातीर खाची
बागी खोला सल् सल् बग्यो
छिर्लिङ खोला कल कल गर्यो
सीत खोला खल खल गर्यो
अर्घा अनी खाची बिच
चुत्रबेशी,सन्धिखर्क रैछ Continue reading
~अशरफ फयाद~
अनु : राजा पुनियानी
हिँड़्ने
या यताउति हल्लिने
या रूनेसम्म हक छैन यद्यपि ऊसित
उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन Continue reading
~सूर्यविक्रम याक्खा~
तिमीबाट टाढा हुदा भेट्न मन लाग्छ ,
मिलनको मिठो माया देख्न मन लाग्छ ।
क्षितिज टोलाई हेर्छु तिमी छौ कि भनी ,
सम्झी तिम्रो आंगनीमा टेक्न मन लाग्छ । Continue reading
~गजेन्द्र बुढाथोकी~
नामः कालुमान दर्जी
उमेरः ५२ वर्ष
खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ ।
दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।……मोरीका जीउ कस्तो टमक्क कसिएको….छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ । खाली रूइरक्थी । दूध कटुवा हो त्यो । त्यो वर्षीकी नहुँदै बाहुनीले फेरि बोकिछे, क्यार्नु । उमा नभइदेकी भए त मर्थी होला, उमाले दूध ख्वारै हुर्की । के गर्नु अाफ्नो बिग्री गो…….. Continue reading
~सागर कार्की~
हजार मान्छेहरुको हजार लास हुन्छ।
जन्मेका मान्छेहरु समय कै दास हुन्छ।।
हाम्रो कलेजी चुडी ईश्वर लगेछ साथ
ईश्वर खोज्नु कहाँ मरि जाने मान्छेको जात Continue reading
~गीता थापा ‘दोषी’~
धैर्य बटुली
हिँडिरहुनु पर्छ
गन्तव्य भेट्न
-१-
परिश्रमले
थाक्दैनन् कैले पनि
पौरखी हात
-२- Continue reading
जून आज तिमी नचम्क
आज मलाई अध्यारोमा नै फालिदेऊ
आज मैले के के सहे तिमिलाई के थाहा
आज म सबै विर्सन खोज्दैछु
भोक, प्यास, कठोर काम ।
भन्दे भोली उडाउने सूर्यलाई
म यहाँ भोली हुदिन
अब आउने छैन म Continue reading
~कमल प्रकाश पौडेल ~
फूल भई फुलिराथें, कति तीखो काँडा देख्यौ
मन, मुटुभित्रै हुँदा, पनि कति टाढा देख्यौ ??
यै चालाले कठीन छ, पिरतीको गाऊँ पुग्न
सोझै सिधा बाटालाई, उकाला र ठाडा देख्यौ ?? Continue reading
~आचार्य प्रभा~
रित्तो छ थाल
अघाएको छ पेट
तिखा शब्दले ।
आधा शरिर
झुल्कन्छ आकाशमा
कर्तब्य सम्झी । Continue reading
~दिलिप राई “सगर”~
दिने भए देउ काम
काम जस्तै देउ दाम
ए देश हाँक्ने नेता हो
भोकालाई देउ माम Continue reading
~सौरभ कार्की~
१
तिम्रै बातले
तड्पिए रातैभर
तिम्रै यादले
२
पानी परेछ
तिमीलाई सम्झिने
बानी परेछ Continue reading
~कमल प्रकाश पौडेल ~
प्रीतिभित्र बाँध्नलाई, एउटा यात्रा तय भयो
सुस्तै–सुस्तै दिनसँगै, छोटो परिचय भयो ।।
नजिकियौं कति छिटो, मन खोल्ने चौतारीमा
शितल ताप्दा दुनिँयाको, आँखा पर्ने भय भयो ।। Continue reading
~हरी गौतम~
कहाँ देखी लाग्छ माया, जान्न पाए हुन्थ्यो..!!
त्यती ठाउँलाई काटी मैले,फाल्न पाए हुन्थ्यो..!!
कती वेला वस्छ् माया थाहै हुन्न अरे….!
मूटु भीत्र पसी कुरा, चाल्न पाए हुन्थ्यो…!! Continue reading
अल्छीपनको एक रोगी भएछु
कल्पना कै मात्र भोगी भएछु
साथमा भाको सबै थोक सिद्दीएर Continue reading
~लिल बहादुर खत्री ‘ललित’~
भन्ने गर्छन् कतिले त पैसा ठुलो हैन
मत भन्छु पैसा विना जिन्दगी नै छैन।
चुलो देखी चौकोष सम्म पैसाकै छ काम
धन नहुने मानिसलाई त स्थान नै भईन। Continue reading
~गणेश पुर्बछाने मगर~
म एक नेपाल आमा तर मलाई नै थाहा छैन !
किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ?
आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ?
मेरै छाती माथी टेकी मलाई मेरै रगतले किन रंगाई रहेछन ?
सीकाउन त सबै सिकएकी थे मेरा सबै नेपाली संतान लाइ !
तर खोई जानेको?आखिर दाऊ मात्रै हेरीरहन्छन आफ्नै देश बिगार्न लाइ! Continue reading
~राकेश कार्की~
पिउदै पिउदै गएँ
चढ्दै चढ्दै गयो
प्यास यो कति मीठो
बढ्दै बढ्दैगयो
घरी घरी आउने
घरी हराउने
यो होश पनि
यस्तैमा रमाउने Continue reading
~सन्तोष पौड्याल~
गेट माथि लामो तुल छ। र तुल मुनी शिथिल अनुहार झुन्डिएको छ। बर्षौदेखी धुप-झरीले रगत चुसेजस्तो देखिने यि दुबैको पहेलो रङ बाहेक केही कुरा मिल्दाजुल्दा छन। दुबै झुत्रा छन। अक्षर मेटिएको तुल र देहाती भाषा बाहेक अरु नजान्ने पथरीलाई पढ्न सजिलो छैन।
तल्लो पेटको भुङ्रो सल्केर जिउभरी फैलेको छ। पेटै उघ्रेर पहिरो बगेजस्तो चोक्टासहितको रगतले सुत्ने थाङ्ना कामै नलाग्ने गरी बिगारे पछी ऊ देहातको स्वास्थ्य चौकी पुगी। पहिलो पटक चार महिना अघी त्यहा पुग्दा डाक्टरले बच्चादानीको अपरेसन गर्न जिल्ला अस्पताल जानुपर्छ भने। उसले अटेर गरी।
उसको मरदले छोराको आश गर्द गर्दै चार वटा छोरी जन्मिए। एउटा छोरा चाहिन्छ भन्ने पथरीलाई पनि लागेकै हो। उसको पती मौनी बुढो छ। त्यसै माथि लकवाले दाहिने खुट्टो लुलो बनाएको छ। झर्को-मर्को काम गर्न सक्दैन। घर पथरीकै बलमा चलेको छ। ‘मौनीको के आश? हातपाउ चलुन्जेल त ठिकै छ। आँखाको पानी Continue reading
~अतित मुखिया~
झरना शव्द
झ्याउँकिरी भाकामा
गुञ्जेको साँझ !
सिमल भुवा
बतास टेक्दाटेक्दै
नौडाडा पारी !
Continue reading
~पारसमणि शम~
उठान :
साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न पनि सकिँदैन। यद्यपि, अध्ययनको सुविधालाई ध्यानमा राख्दै प्रस्तुत लेखमा सिक्किमेली समकालीन साहित्यको विवेचनात्मक तथा विकासक्रमिक अध्ययन गर्ने प्रयास गरिएको छ। यस क्रममा सन् १९९०-पछिका सिक्किमेली साहित्यिक गतिविधिलाई समकालीन साहित्यिक गतिविधिका रूपमा लिइएको छअर्थात समकालीन सिक्किमेली साहित्य भन्नाले १९९०-को दशकयता आजसम्मको सिक्किमेली नेपाली साहित्य बुझिनेछ।
समकालीन भन्नाले यसै समयको, आजको, वर्तमानको, समसामयिक भन्ने अर्थ बोध हुनाले सन् १९९०-को Continue reading