~जीवराज बुढाथोकी~
लाग्छ भित्रै भित्र बल्ने, अग्नि ज्वाला कै कथा छ ।
पाेल्छ जिब्राे भन्न खाेन्दा, मात्र सुन्दा पाे मजा छ।
अाँसु पाेख्दा हुन्छ शीतल्, हास्न थाले पाेल्छ फेरि,
जान्छु लैजा भाग्य बाटाे, अन्धकारै लाै जता छ । Continue reading
~जीवराज बुढाथोकी~
लाग्छ भित्रै भित्र बल्ने, अग्नि ज्वाला कै कथा छ ।
पाेल्छ जिब्राे भन्न खाेन्दा, मात्र सुन्दा पाे मजा छ।
अाँसु पाेख्दा हुन्छ शीतल्, हास्न थाले पाेल्छ फेरि,
जान्छु लैजा भाग्य बाटाे, अन्धकारै लाै जता छ । Continue reading
~परशुराम पराजुली ‘पराशर’~
नदी हो जगत्को भरोसा सिँचाई
नदी जान्द्छ आत्मा सबैको भिजाई
नदी प्राण हो यो नसाको मुहान
नदी नै सबै सभ्यताको उठान ।
नदी मार्ग हो नाउ नौका चलाए Continue reading
~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~
स्वास्नि– खेतिपाती अद्या दिऊकि आँफै लाउन्या हौ कि ?
यै साल बिजया दशै घर आउन्या हौ कि ??
लोग्ने– खेतिपाती अद्या दिहाल आँफै लवाइ छैन
यै साल दशै का बेला घरमा अवाई छैन Continue reading
~करुणा झा~
एउटा वेवाररशे लाश
आखिर यो लाश कसको ?
‘सच्चाई’ को ?
आउ …, सबैजना आउ ।
पोस्टर्माटर्मका लागी पठाउ लाशलाई
सरजमिन गरौं यसको
तव थाहा पाउने छौ,
आखिर यो लाश कसको ? Continue reading
~विरही काईला~
म उभिन्छु
आकाश उचालिन्छ
म बस्छु
आकाश झरेर
टाउकोलाई थिचिबस्छ
मन छटपटिन्छ
अनि डरको डोकोभित्र लुक्छ Continue reading
~सुनिता सापकोटा~
किन हो खै प्रत्येक छ ऋतुमा फरक हुन्छ ।।
अनि मान्छे भन्दा प्राणिहरुमा फरक हुन्छ ।।
आजकाल मैले आफै माथि प्रश्न उठाउछु
किन बिहेपछी आफ्नै दाजुमा फरक हुन्छ ।। Continue reading
~Ram Prasad Prasain~
Droplet smiles at the balcony
Emerging from seminal flow
Life becomes happiness
And, existence remains a prop
Where humanity envelopes eternity
And momentum fills with reemergence of urgency
In your multi-color land,
A butterfly flies at the fence of dimensional multitude Continue reading
~नरेन्द्र पराशर~
एकरसताको महानिद्रामा
स्वप्नदोष्ले स्खलित आकाश
तुष्ट देखिन्छ
नजिकै
सिर्जनाका स्वप्नपुष्प लुकाएर
ख्यालठट्टै धर्ती अवैध गर्भवती भएकी छे
सौन्दर्यको दुनियाँँमा
आनन्दको भाग खोस्न
संसार अगाडि सर्दा
आजै परसरेकी छे कविता ! Continue reading
~अभागी मिनम घायल असफल~
लक्ष्य पहिल्याँदै हिंडेको एउटा यात्री धेरै पर पुगिसकेको हुन्छ । तर गन्तब्यमा कहिल्यै पुग्न सकेको हुँदैन ! सुनसान गोरेटो उराठ लाग्दो हावाको आवाजहरु मात्र सुन्छ । चारै तिर सुन्यता नै सुन्यता ! अन्तत: उ अलमल्लमा पर्छ ।
धेरै थकाईको महसुस गर्छ र समुन्द्रको किनारामा थुचुक्क बस्छ अनी लामो स्वास् फेर्दै आँखाले भ्याउन्जेल समुन्द्रको लम्बाइ नाप्न थाल्छ । लम्बाइ नाप्दै जादा धेरै पर यस्तो दृष्य देखिन्छ कि आकाश र धर्ती जोडीएको जस्तो क्षितिज पारीको निलगगनमा पंक्षि आफ्नै सुरतालमा सुस्तरी सुस्तरी Continue reading
~पौल भाट~
एकदिन म कटासे बजार घुम्दै थिए ! बजार माथि माथि पुल तिर बढ्ने क्रममा थियो ! दिउसो को समय थियो , कहिले कहिँ साग मुला लिएर बिक्रि गर्ने बजार कटासे थियो ! जाँदा सोझो गाउको बाटो , आउदा गुड र मम्फली संगै कुलारियाको ढिकै ढिक , खल्लाको सम्म मैदान हेर्दै , नदि संग रमाउदै , गुड हातमा समातेर घर तिर फ़र्कन्थ्यौ ! यो हाम्रो नियम जस्तै थियो !
तेस्तै क्रममा एकदिन मिन भान्जा र टेक्या संग भेट भयो ! तिनीहरुले घरबाट चावल र लाही चोरेर बेच्ने र भाडामा साइकल चलाउन सिक्दा रहेछन ! म पनि येसो सबै साग सब्जी बेचेर फुर्सदमा थिए ! तिनीहरु गोट्टा चोरेर खाने सल्लाह गर्दै थिए ! कटासे बजारको साज्को रुखको पल्लो पट्टि थापा बस्त्रालयको उत्तर तिर एउटा पुरानो ट्रकमा गोट्टा रहेछन , त्यसबाट गोट्टा चोरेर खादै रहेछन ! अनि म पुग्दा तिनीहरुले अरु १० -२० ओटा गोट्टा चोरे Continue reading
~दीपक घिमिरे~
नाइँ नाइँ हँुदैन । अरु एक क्वाटर त थप्नुपर्छ यार ।
ओखरेले मान्ने वाला थिएन, उसलाई आज मात्ने गरी रक्सी पिउन मन लागेको छ सायद । तर मलाई खै किन हो आज रक्सी पिउन नै मन छैन । हुन त म प्रायः रक्सी पिउँदिन तर पनि आज त मेरो मुड नै छैन फेरि उसैको करले गर्दा पहिले नै एक क्वाटर खाइसकेको छु ।
मानिसहरु यो रक्सी या पीडामा पिउँछन् या त खुशीमा पिउँछन् । तर, मलाई आज मनको पीडामा पनि पिउन मन लागेको छैन । मन खुशी भए पो ओखरेसँग जिस्किदै पिउनुमा मजा आउने थियो । तर, पनि ओखरेले मलाई अर्को एक क्वाटर नपिउँदै जान दिनेवाला थिएन । Continue reading
~लिल बहादुर खत्री ‘ललित’~
आखै भरी तस्विर त्यो झल्किदिन्छ म के गरुँ
आखा चिमले उहि रुप टल्की दिन्छ म के गरुँ।
जति टाढा उति गाढा तिम्रो माया हृदयमा
पोल्दै छाति दिलमा राको सल्किदिन्छ म के गरुँ । Continue reading
~दिलमान राई ‘चोट’~
कुइरोले आगो सल्काए छ धूँवा देखियो पाखामा।
सम्झौतामा सिमल फुलेछ भुवा देखियो पाखामा।।
जिन्दगी लथालिङ्गै छ जता हेर्यो उतै अन्धकार।
रंगीन चस्माको दोष भो सपना देखियो आँखामा ।। Continue reading
~बसन्त विवश आचार्य~
सबै गोजा टक्टकाए पाईन्ट र सर्टका अहँ खुसीको एक टुक्रो घाम पनि भेटिएन । राति देखिको मनको उकुसमुकुस अन्ततः निराशाको किनारा लागेर जुन सँगै कुलेलम ठोक्यो । जुन हराए पछि त साँझसम्म आनन्द भयो तर यो अत्यास फेरि फेरि सेकेन्ड सुइलाई हेरेर दोहोरिरहने ‘खुशी भन्ने कुरा सायद भाग्यमा नै छैन ।’ मनमा यस्तै कुहिरो लाग्यो ।
आज पनि लाजै नमानेर आकाश पुरै खुलीसकेको छ । सबै लुकाउनुमा सुन्दरता हुन्छ भन्छन्, तर यो आकाश त सबै देखाएर पनि सुन्दर छ । कतिपय परिभाषाहरु एकनाश नहुदा रहेछन् । सबै देखाएर पनि सुन्दर Continue reading
~रविन्द्र दिखुक्पा~
बिबिलिम्मा दोङ दोङसा खारिन्ने
दक्छाबुवा झारा तोङसा खारिन्ने
खोङताराङ बोब्वि सावा सोहोन
हेन्खाम्मा साया चोङसा खारिन्ने Continue reading
~करूण थापा~
तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ ।
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ ।
धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें
यति कोमल मन छ कि कपासले चोट लाग्छ । Continue reading
~भैरव अर्याल~
एउटा पुरानो नेपाली रिकर्डमा बराबर सुनिने गथ्र्यो– ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी’ यो लोकसाहित्यबाट चोरेको तक्मा हो कि गायकले नै जोरेको तुक्का हो– थाहा थिएन । तर यसले एउटा हा“सो उठ्दो चित्र भने मनको आँखा अगाडि झुलुक्क देखाउँथ्यो– काँसको फूलजस्तो सेतो चुल्ठोभित्र पसेकी काँधमा एउटा ओढ्ने हालेर कम्मरमा सेतो पटुका कसेकी– एउटी कालीकाली बुढिया कुप्रिंदै लौरो टेकेर लम्किरहेकी ।
“कहाँ जान लागेकी आमै !” हामी उनको बहिरो कानले भ्याउने गरेर कराउँथ्यौं रे । उनी फुस्रा दनेसा देखाउँदै फिस्स हाँसेर थोते स्वरमा विस्तार भन्थिन् रे– Continue reading
~रश्मिला कवाङ~
उ भन्छ तिम्रो देश स्वर्ग हो
म भन्छु तिम्रो देश भुस्वर्ग हो
सम्पनतामा लहराएका उसका वालापन
उसलाई कतिपनि रमाईलो लाग्दैन
यस भौतिकताको सुविधायुक्त युवापन
अनि बोझयुक्त बृद्धावस्थाकाृ क्षणहरु
दिक्दार लाग्छ अरे,
कृतिम लाग्छ
प्रकृतिको सुन्दर छटाले मोहित भएका Continue reading
~पुष्पा खनाल~
नआऊ मेरो सामू, म मातिएको बेला
जे पनि हुन सक्छ, म पातिएको बेला
भन्छन्,
रक्सीले भन्दा पनि, वैंशले धेर
मातिएको हुन्छ मान्छे, जवानीमा हेर Continue reading
~डा. धनपति कोइराला~
क) विषय प्रवेश :
निलमकुमार न्यौपानेद्वारा लिखित ‘भक्ति थापा’ एउटा खण्डकाव्य हो । यो ऐतिहासिक विषयमा आधारित छ । नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८७० सालमा तत्कालीन नेपाल सरकार र तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारका बीच नेपालका विभिन्न नौवटा नाका र दुर्गहरुमा भयङ्कर युद्ध भयो । ती युद्धभूमिहरुमध्ये एउटा थियो देउथल । यस किल्लाको संरक्षण गर्न खटिएका थिए, भक्ति थापा । उनकै बुद्धिमत्तापूर्ण उत्साह, वीरता, त्याग र वलिदानको संस्मरण गरी सृजना गरिएको काव्य हो यो ।
ख) संरचना : Continue reading
~कृष्ण पौड्याल~
अनगिन्ती छन प्रेमका खातका कुरा नगरौं।
जिन्दगिनै पछुताउने बातका कुरा नगरौ॥
मद्दत गर्न सक्दैनौ त दु:ख किन दिएको।
जरो सँगै खोदेपछी पातका कुरा नगरौ॥ Continue reading
~लिल बहादुर खत्री ‘ललित’~
आकाशको जुन धर्तिमा चम्कदा सम्झन्छु तिमिलाई
आफुले आफैलाई भुलेको बेखत सम्झन्छु तिमिलाई ।
पिरतिको हाम्रो त्यो बगैचा भित्र झुमेको यादमा
वसन्ति हावा डुलेको बेला सम्झन्छु तिमिलाई । Continue reading
तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ
र ईज्जतदारको,बजारमा भेटिन्छ ऊ
चर्चा संगै व्यस्तताको,कुरा नगर्नुस
काठमान्डौ कहिले तपोबनमा भेटिन्छ ऊ Continue reading
~मुक्ति गौतम~
जलाशयमा पानी छैन, बिजुली बाल्ने खोला सुक्यो रे गाउँमा
मूल सुके, युध्दले मन सुके, बजारको आयतन माँत्र फुक्यो रे गाउँमा
कपडा कोचेर बनाएको पुरानो मोजाको भकुण्डो खोज्न जाँदा
लुकाएको बम भेटेछ सानेले, सानेको मृत्यूमा सबैको शीर झुक्यो रे गाउँमा । Continue reading
खुसी किन्न वर्षौ देखि, मरभूमिमा बाँचेको छु
रोदन बिक्ने यो शहरमा, बाध्यतामा हाँसेको छु
हाँस्न यहा बन्देज हुन्छ, पीडाहरूको भीडमा
तर पनि तिम्रै लागि,आफ्नो यौवन मासेको छु Continue reading
~सागर कार्की~
कोही सपनीमा आउछ
मुस्कुराउछ,
र मिठो सपना देखाएर
क्षीतिज पारीको सूर्यजस्तै
विलीन भएर जान्छ ।
सपना मिठो हुन्छ,
प्रियसीको ओठको हाँसो जस्तै
सपना भित्रको सपना
झनै सुन्दर हुन्छ,
आँखामा फुलेको गुरास भन्दा पनि बाबै । Continue reading
~भूपेन्द्र काफ्ले ‘नयन’~
सोचे जस्तो हुन्न रैछ यो पापी जीवन
गंगाजलले धुन्न रैछ यो पापी जीवन
चोटै चोटले सजीएका फुलबारीका फुल झै
जाल नै मात्र बुन्न रैछ यो पापी जीवन Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु ।
charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी चलचित्रहरु हेर्छ । नाटकहरुमा भाग लिन्छ र सिनेमा बनाउने भयानक सोच मा डुबीरहन्छ । उसको चिया कफी र बे्रड बनाएर बाँकी रहेको समयमा उ डरलाग्दो पात्रको परिकल्पना गरेर बस्छ । कथाकारले कहीले काँही दुघ उमाल्दै गरेको देख्दा उ green lady को पेन्टीङ सफा गर्दै छु भन्थ्यो । उसलाई थहा छ ‘green lady’ protagonist को भित्तामा झुन्डाईएको महत्वपुर्ण पेन्टीङ हो ।
बाँकी कुरा कथाकारले बिच बिचमा भन्ने छ । Continue reading
~आभास~
जब म
एकान्तमा बसेर
मुरली बजाउन थाल्छु
हिरोशिमाका परेवा
मेरो सामु आउँछन्
वमले छिया छिया भएका
शरीरका मासु देखाउँछन्
आँसुले भिजेका
पँखेटा फट्कार्छन्
आँसुले सेचन गरिदिन्छन् Continue reading
पहिलो भेटमै त्यो केटी (बिहे भइसकेकीलाई के भन्ने?) ‘साइको’ लागेथी ।
यो हाम्रो पाचौँ भेट थियो काठमाडौं । उही क्याफे, उही कफीको चुस्की अनि उही मधुर संगीत…. ।
यसपालिको लुक्स अलि ट्यापे थियो मेरो । कानमा टप, फुलेकै भएपनि लामो कपाल । हातमा सलमान खानवाला लकेट, जुँगा…. ।
‘ओहो, कस्तो ट्यापे लुक्स…’ बानेश्वरको व्यस्त बीच चोकमै अँगालेर उसले भनी ‘कस्तो क्यूटी भाको के तिमी…।’ Continue reading