~गोपाल योञ्जन~
बिर्सेर फेरि मलाई नहेर २
यहाँ एक जीबन आँशुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ
अनायास नै फेरि बल्झेर दुख्छ
बिर्सेर फेरि मलाई नहेर Continue reading
~गोपाल योञ्जन~
बिर्सेर फेरि मलाई नहेर २
यहाँ एक जीबन आँशुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ
अनायास नै फेरि बल्झेर दुख्छ
बिर्सेर फेरि मलाई नहेर Continue reading
~गजेन्द्र बुढाथोकी~
मान्छे, बल्ल आफूले पिडा पाएपछि
अरुका पिडा बुझ्छन्।
हो, तिमीले प्रेममा गुमाएपछि
बल्ल मेरो प्रेम बुझ्यौ
जति बढी कष्ट सह्यो
उति पलाउँछ/फैलिन्छ प्रेम
न घृणा बन्छ, न बदला लिन्छ कहिल्यै Continue reading
~कमल प्रकाश पौडेल ~
तिमीलाई नै साँचेको, गुलावको फूल थियो
मृगतृष्णा पछि भेटी, बोल्ने बातको हूल थियो ।।
सम्झेकै हुँ तिमी नै हौ, मेरो प्राण प्रिय पात्र
तिमी र म कैल्यै पनि, नतरेको पुल थियो ।। Continue reading
~चकेन्द्र राई “कैदी”~
म
माटो भएर ढुङ्गा सगै
टासिन जानिन ……
किनार भएर नदी सगै
गासिन जानिन……
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……
आकाश भएर क्षितिज सग
मिसिन जानिन……
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो ! Continue reading
~रामचन्द्र कार्की~
१.
चिसा यी आँखा
मायाको बियोगमा
हाँसेको मन ।
२.
घाम न पानी
रमाउदै छातामा
साझको बेला । Continue reading
~कृष्ण पहारी~
एक हिक्का बाडुली काडेर
आजकाल
मात्रै तिमिलाइ सम्झनेगरेकोछु।
तिम्रो अभाबमा
छट्पटिएको मन
कुन्नी किन हो
सिथिल बन्दै गएकोछ
तिम्ले नपत्याउन सक्छेउ Continue reading
~रामु गैरे~
कुबेर बन्नु थिएन मलाई
पिरितिको मायामा आगो लगाइ
घर परिवार सबै सँग बिछोड गराइ
अनी आफ्नो मान्छे पनि बनायो पराइ
आफ्नै सन्तानले पनि बुवा नदेखेको धेरै भैसक्यो
अनी उमेर पनि ३ भागको २ भाग गैसक्यो
पैसाको जात कालो रहेछ जती जती भये पनि नहुने Continue reading
सप्तरंगी सिन्दुर तिम्रो सिउदोमा
सजाइ दिउला
मुस्कुराउदै तिमी भित्र मेरो दिल Continue reading
~शिरिष लामिछाने~
सुनियो फेरी नेपाल बन्द भयो रे
रमाइलो नै भयो रे
स्कूलाँ गेट लाग्यो रे,
सडकाँ टायर नी बल्यो रे
जाडोको बेलाँ
राती मसाल जुलुसको आगो
अनी दिउँसो
गोरखकाली टायरको राँको
सबले मनग्ये तापे रे
साँच्चीकै रमाइलो भयो रे
विद्यार्थीलाई छुट्टी Continue reading
~दिव्य गिरी~
रातभर जून रोयो तिमीलाई सम्झी
दिन पनि उदास रहृयो तिमीलाई सम्झी ।
फुलेका थे मखमली, बेली-चमेली
गुलाफको फूल छोयो तिमीलाई सम्झी । Continue reading
~अशरफ फयाद~
अनु : राजा पुनियानी
अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ
जस्तो कि ग्राहक लोभ्याउन
रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले Continue reading
~इप्सुल मगर~
रसार्इरह्यो गह अझ आसुँ सुक्दा पनि
बोक्नै नसक्ने ब्यथा रै’छ हेर्दा हृदयमा खनि
पूर्णिमाको रात मलार्इ वन्दा काल रात्री अव
शायद मेरो भाग्यले गर्दा होला मनोमानी Continue reading
~लिल बहादुर खत्री ‘ललित’~
पिडा केहो भन्ने धोका खाएकालाई मात्र थाहा हुन्छ
जतिखेर मुटुको देव्रेपट्टि केहि असजिलो भएको हुन्छ ।
व्यथाको गहिरो चोट आँसु पिएकालाई मात्र वोध हुन्छ
कसैले दिएको चोट सोच्न सक्ने नसामा गएको हुन्छ । Continue reading
~सुरेश पोखरेल~
एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया
हेर्दा हेर्दै डाँडा काट्ने रेल रैछ माया
मिठो माया सम्हालेर हाँसी खुसि जिउँला भन्थें
रुने अनि रुवाउने खेल रैछ माया Continue reading
~धर्मराज थापा~
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बजा खैँजडी, झम्केर नाँच मुजुरा
सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई
छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो
हिमालचुली खानीको विश्वमा झल्कने रत्न हो Continue reading
~टंक गौतम~
बर्सिन्छन् अभावका बादलहरू, प्रत्येक बस्तीहरूमा । सुकेका आँतहरू आकाश हेर्दै भक्कानिन्छन्, र पीडा पिउँछन् प्रत्येक दिन । हो, मेरो जन्मभूमि हो यो, मेरा पुर्खाको रगत र पसिनाले भिजेको माटो । हेर्छु, पटुका कसेका पेटहरू र टल्किएका करङ्हरू । पातुखोलामा पोखिएका छन् असङ्ख्य होनहार जीवनहरू, खोलाको बालुवासँग हेलिँदै, ढुङ्गासँग घोटिँदै, गिट्टीहरूसँग कुँटिदै ।
बालुवामा जन्मिन्छन्, बालुवामा हुर्किन्छन् र बालुवामै बृद्ध भई हुत्याउँछन् आफ्नो जीवनको भारी मृत्युको पोल्टामा यिनीहरू । उतापट्टि ठडिएका छन्, असङ्ख्य महलहरू । रिक्तता घोलिएका बगरका आँखाहरू Continue reading
~तीर्थराज अधिकारी~
फुल्दै थियो कोमल लोकतन्त्र
निल्दै उठ्यो गोमन झोँकतन्त्र
उमान्दको बन्दुकको रजाइँ
खप्दै बिते दर्जन वर्ष रोई ।
बाढी, हुरी, भोक असङ्ख्य रोग
छन् प्यास, अत्यास यतै वियोग
बनेर चिल्ला सर –कार चढ्छन्
पसेर भ्रप्रा किन दर्द बुझ्छन् ? Continue reading
~अमर न्यौपाने~
उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ ।
उसको सानो भाइ छ महिनाको भयो । भाइ छ महिना भएको पनि थाहा छैन । उसलाई आफ्नो भाइ सानो छ भन्ने थाहा छ । भाइले नै उसको आमाको काख खोसिदिएको, राति आमाको न्यानो कोखिलो पनि खोसिएको थाहा छ । यति भएर पनि भाइप्रति उसको कुनै ईष्र्या छैन । बरु माया मात्र छ । मायैमाया ।
संसारमा सबैभन्दा बढी माया कसको लाग्छ भनेर कसैले उसलाई सोधे पनि नसोधे पनि एक्लो आफै“स“ग निर्धक्क निसङ्कोच भाइको भन्छे । सायद आमाभन्दा पनि प्रिय लाग्छ उसलाई भाइ । सायद ऊ छोरा भएको भए भाइको यति माया लाग्थ्यो या लाग्थेन ? छोरी भएर अझ बढी लागेको हो भन्ने पनि उसलाई थाहा छैन । Continue reading
~गणेश कार्की~
खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।
स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै । Continue reading
~चाँदनी शाह~
पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर
यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी
ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर
विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी
यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै
हर गाउँ गोठ आगन पँधेरीमा पुगिदेऊ तिमी
त्यो उत्साह अनि जाँगर सधैं रहिरहोस् यस्तै नै
हर बाधा हाँक र चुनौती पन्छाई बढिदेऊ तिमी Continue reading
~नरेन्द्रराज प्रसाई~
नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको माग राख्ता उनी पक्राउ परे । तर त्यस बेला जेलभित्रै सिद्धिचरण श्रेष्ठले उनलाई राम्रो कवि बनाउन मलजल गरेका थिए । व्यथित ओजस्वी व्यक्तित्वका धनी थिए । उनको योगदान नेपाली परिवेशमा प्रेरक भइरहृयो । खास गरेर राजनीति र साहित्यमा उनको अद्वितीय योगदानका थियो । त्यसैले आफूले आरोहण गरेको नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिको गद्दी राजा महेन्द्रले केदारमान व्यथितलाई ओछयाइ दिए । साहित्यिक राजाको गद्धीमा बस्ने व्यथित पहिलो जनताका छोरा थिए । त्यसपछि नेपालीभाषासाहित्य, राजा महेन्द्र र केदारमान व्यथितको महिमाले शिखर छोएको थियो ।
राजा महेन्द्रले व्यथितलाई सारै माया गरे । त्यसैले राजाले उनलाई जग्गा दिए, घर बनाउन पैसा पनि दिए र आर्थिक खुट्टा टेकाउन विविध सहयोग पनि गरे । त्यसैले व्यथित पनि मन, वचन र कर्मले सदैब राष्ट्रहीतमा नै जुटिरहे ।
व्यथित सधैं उत्साहित हुन्थे । झोक्राएर उनीसँग पुगेकालाई पनि उनी जाँगरको बुटी दिन्थे। Continue reading
~मदन मुस्कान~
हो म हाँसिरहेको छु
बेदना अनि बिबशताको हासो
असफलता अनि लजस्पदताको हासो
समस्या अनि अभाबताको हासो
करुणा अनि बिच्छुकताको हासो!
किनकि म रित्तिएको छु
अदैृत अनि उमंग बाट
म नाङ्गि सकेको छु अब
स्वाभिमान र अस्मिता बाट
मैले हारिसकेको छु अब
संघर्ष र जीवन बाट! Continue reading
~हरी गौतम~
झुटो आरोप लगाई मलाई अर्कै तिर सरेउ अरे..!!
सुने खबर पराईको सिन्दुर पनी भरेउ अरे..!!
दौलतको तराजुमा जोखाएर मोल-तौल गरी”-
चोखोँ प्रेम लत्तायर मधेश तराई झरेउ अरे..!! Continue reading
~ठाकुर मान लामा~
मरेको छैन त्यो जीउदो छ अझै
देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै
एउटा तारा खसेर के भो
असंख्य तारा भेटिन्छन्
देशको रक्षार्थ निम्ति कयौं
वीर सपुतहरु जन्मिन्छन्
डराउदैनन् उनीहरु बरु
बनिदिन्छन् शहिदहरु
मरेको छैन……………. Continue reading
~लारा राइ~
अग्लिरहेछ………..
प्रश्नहरुको पहाड़ र,
प्रत्येक मोड़हरुमा अनि
औसत मान्छेहरुका हुलबाट
अलग्गिएर
भूगोलको यो गोलार्द्धमा
अग्लिरहेछ…………..
प्रश्नहरुका पहाड़
कुन नियतिले डोर्र्यायो होला?
रहर/बाध्यता या, लहै लहै! Continue reading
~मरुभूमि नारायण~
जब चुनाब आउँछ गाउँमा फर्किन्छन् यिनै
जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै ।
सोझा जनतालाई बलिको बोको बनाई
घोक्रे स्वरले हामी माथि गर्जिन्छन यिनै । Continue reading
~भिम बहादुर थापा~
व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
**
समस्याको खडेरीमा, अठोटहरु छिपेपछी Continue reading
~गणेश पुर्बछाने मगर~
बनेर अन्जान गरे चोखो माया
भएछ म बाट भूल
क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली
पाए धोका स्वार्थी धमिलो रैछ माया
छोडेर गईं सम्झना को फूल Continue reading
~कर्मठ सुवेदी~
म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ, Continue reading
~अमन महर्जन~
घात र प्रतिधातको कसिमा
बांघेको प्रतिगामी कलम
सड़कछाप र ड़कैतहरूले रमाएको कलम
मसानमा बल्दै धुंआंस्रिएको
आगोमा हाँसेको कलम
रोदन र आंसुमा नाचेको कलम
कहिले तिमी असत्यलाई सत्य बनाउँछौ Continue reading
~रमेश विकल ~
माथि लेकमा त्यस रात एक्कासी असिन्धारे पानी परेर त्यसको काखमा बसेको गाउँ बस्ती सोलोलो तुल्याए–पैरो गएर ! गाउँका बासिन्दा पैरामा पर्ने परि गए, उम्किएकाहरू बचाउन सकिएका धनमाल र बस्तुभाउ कुम्लोकुटुरो पारेर एक रात तल तराई बेसी झरे।
रातको बीचमा लेकतिरबाट बेसी झरेको बीसौं राँको देखेर भट्टे गाउँ विकास समितिको अध्यक्ष रविलाल ब. बगालेको आफ्नै औसारोमा सुतिरहेको चतुरे कार्कीलाई घचघचयाउँदै उठायो–“लेकतिरबाट झर्दै गरेका ती राँकाहरू के हुन् हेर हेर ”
चतुरे आँखा मिच्तै उठ्यो। उसले डाँडातिर हेरेर भन्यो– “अस्ति कता हुँदो लेक गाउँमा पैरो लागेर गाउँ सखाप पार्यो भन्थे, त्यही सुकुम्बासी होलान्, तराई झरेका।” Continue reading