Tag Archives: Karmath Subedi

कविता : मृत्युदण्ड र कविता

~कर्मठ सुवेदी~ मलाई मृत्युदण्डसँग डर लाग्छ मैले “एउटा बुढो बकाइनोको रुख” मा झुण्डिएको लाशको कथा पढेको छु मैले कञ्चटमा विजुलीको झट्का दिएर मृत्युदण्ड दिएको दृश्य पर्दामा नै भएपनि हेरेको छु घुँडा टेकाएर पछाडिबाट गोली हानी पनि मृत्युदण्ड दिइन्छ अनि सुकरातलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सधै एक्लो हुँदा मात्रै

~कर्मठ सुवेदी~ तिम्रो नै यादले भिज्छ आँखा सधै एक्लो हुँदा मात्रै आगो बल्छ मुटुमा तिमीलाई अरुले छुँदा मात्रै || हिजो आज तिम्रो नै तारिफ सुन्छु सबैको मुख बाट भड्किन्छ शान्त मन त्यसै, तिम्रो तारिफ सुन्दा मात्रै ||

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रा यादहरु

~कर्मठ सुवेदी~ तिमीलाई भुल्न खोज्नु पनि बेकार रहेछ, तिमीजस्तै जिद्घी छन् तिम्रा यादहरु पनि तिमीलाई भुलेर नयाँ जीवन ज्यूँन चाहन्छु म तर तिम्रो याद त भुल्न नसक्ने म तिमीलाई खै कसरी भुँलू ? त्यसैले अब तिम्रा यादहरु सँगै प्रेम गर्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो लागी

~कर्मठ सुवेदी~ रात नहुँदो हो त, तारा नचम्किंदो हो त, जून पनि नलाग्दो हो त, दिन पछि फेरी दिन आँउदो हो त, सायद, तिम्रो याद पनि आउँदैन थियो तिम्रो मुहारले त्यसै त्यसै मार्दैन थियो । पानीका बाछिटा कति साना हुन्छन् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो खै कस्तो छाप थियो

~कर्मठ सुवेदी~ थाहा छैन मेरो जीवनमा तिम्रो खै कस्तो छाप थियो जहाँ म पुगे पनि साथमा तिम्रै पदचाप थियो मन यो ठण्डा हुँदा भित्र भित्रै कति कामको थियो न्यानो पार्ने यो मनलाई तिम्रै मायाको राप थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : म काठमाडौंको मान्छे

~कर्मठ सुवेदी~ म काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मेको मान्छे म काठमाडौंको Boarding मा अङ्ग्रेजी रटेर हुर्केको मान्छे, मलाई तिम्रो गरिवीले काँही छुदैंन मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन । मेरो शहरको वरिपरि, जस्तै विपत्ती पनि थेग्न सक्ने बलियो पर्खाल उभिएको छ, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment