गजल : कति माया गर्थें मैले

~सुरेन्द्र खौलराठी~Shree Surendra

कति माया गर्थें मैले, शंकालाई प्रीत ठान्यौ !
मिल्नु अनि छुट्टीनुलाई संसारको रीत ठान्यौ !

अन्धकारमा डुबेकोछ निर्दोष जिन्दगि यो,
तडपाउदै हिंड्नुलाई पिरतीमा जीत ठान्यौ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : कोठा खोज्नुको पीडा र छाँया

~केदार ‘संकेत’~Kedar Sunuwar 'Sanket'

ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ?

भोली !

कतिबजे ?

ठीक तीन बजे !

हुन्छ म पर्खिने छु तिमीलाई, तिम्रो नाम नी ?

केबी !

हुन्छ केबी भोली भेटौंला, तर तिमीलाई बिज्ञापनका कुराहरूचैं थाहाँ हुनुपर्छ है आउनुभन्दा अगाडि । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वितृष्णाको समर्पण

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

निचोरी-निचोरी पिउँ रस
मेरो ज्यानमा कति छ
तीर्खा सवै मेटार्इ देउ
तिम्रो मनमा कति छ

तिम्रा ती प्यासी मनहरुलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : हराएँ म

~जीवराज बुढाथोकी~Jeeva Raj Budhathoki

छन्दः मेची

कल्पना मै हराएँ म ।
तर्कना मै रमाएँ म ।

मन्भरी तिर्सना बाेकी,
पाउ चाल्नै डराएँ म । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पात्र-कुपात्र

~दिव्य गिरी~Dibya Giri

मञ्चमा चहल-पहल
कतै अँध्यारो अँध्यारो
कतै उज्यालो उज्यालो
अर्थात मधुरो प्रकाशको छायाभित्र
सलबलाईरहेका मानिसहरूको आकृति
नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि
पूरै अन्धकार ओढेर
मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक
केही शसङ्कीत
तर धेरै आतङ्कीत । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Thoughts

~Swami Subash Chandra~Swami Subash Chandra

Thoughts, ideas

they are all like steam

if you harnessed them properly

they would turn into energy,
 Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : सारा दिन अरुलाई

~गोपाल योञ्जन~Gopal Yonjan

सारा दिन अरुलाई बाँडें, शायद ती रात मेरा
मेरा सुखहरु अरुको, शायद यी आँशु मेरा

बिर्सेर कहिलेकाहीं दुइ चार चोटी हाँसें
काँढाहरुलाई नाघी फूललाई म्वाई खाएँ
शायद ती गल्ति मेरा शायद ती काँढा मेरा Continue reading →

Posted in नेपाली गीत | Tagged | 1 Comment

अनूदित लघुकथा : आफ्नो-अर्को

~हरिशंकर परसाईं~Harishankar Parsai
अनु : लक्ष्मण अर्याल

”तपाइँ कुन विद्यालयको शिक्षक हुनुहुन्छ ?”

”म लोकहितकारी विद्यालयको शिक्षक हुँ | किन केही काम छ र ?”

”अँ, मेरो छोरोलाई विद्यालयमा भर्ना गर्नु छ |” Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

गीत : मायाको आधारमा

~दिव्य खालिङ~Divya Khaling

मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ, दिनु पर्ने के छ
त्यो बराबर हुन्छ, अनुरोध हुनेछ
मायाको आधारमा….

बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : त्यसपछिको अर्को कथा

~प्रकाश के.सी.~Prakash KC

शहरमा गोली चलेको थियो । शहर, अलि भित्रतर्फको थियो । दिन छिप्पिँदै थियो, पाकेर दिन जो खस्दैथियो पट्टाक्षेपभरि, क्षितिजबाट सूर्य खस्न थाले जस्तै । सबै एकैचोटी वल्लो देवलको डीलबाट कान थाप्दै थिए । ‘उसले’ विपिनको केश छाँट्नको लागि भर्खरै सेलुनमा बसालेको थियो । केश साह्रै लामो भएर पनि होइन । नराम्रो देखिएकोले पनि होइन । जीवनको यस घुम्तिमा सुविधाले बेजार थियो रहर । टिलिक्क टल्कने चमक बोकेको कैँची हातमा हल्लाउँदै हजामले झ्यालबाट सकभर घाँटी तन्काएर वल्लो डिलतिर चिहृयाउँदै थियो र आँखाले नै सोध्दैथियो……के भयो ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : नेपाल बाँचिरहोस्

~डा. कृष्ण पन्थी~Dr Krishna Panthi

छन्द कविता

जाउँ दैलेख वा महोत्तरी तथा तप्लेजुङ्गै खोँचहोस् ।
खाउँ भात मकै मिठो र मसिनो फापर् ढिडो जे मिलोस् ।।
लाउँ एक् जोर जे जसोगरी हवस् नाङ्गो सबै छेकियोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।

क्षेत्री होस् कि थकाली वा गुरुङ त्यो साथै बसेकै रहोस् ।
भाषा भेष फरक् फरक् किन नहोस् राष्ट्रियता एकहोस् ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : भाषण

~चाङ चिराग~Chang Chirag

मञ्च
यताउति मानिसहरु
केही कुर्सी
केही दर्शकहरु
केही पत्रकारहरु
केही क्यामेराहरु
केही मोबाइलहरु
केही रेकर्डरहरु
केही नोटबुकहरु
र, केही कलमहरु ।

एक-दुई वटा माइक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Shifter

~Ismael Subba~Ismael Subba

Dear shifter,
Who is your friend?

Hand,believe,determination,
Agony,sorrow or happiness, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

समालोचना : शाकुन्तल महाकाब्यमा मैले जे देखेँ

~डिल्लीराम अंमाई~Dilliram Angmai

भारतीय उपमहाद्वीपका महान कबि कालिदासद्वारा रचित विश्वविख्यात नाटक अभीज्ञान ‘शाकुन्तलम’मा जुन दिब्य प्रेमको बिराट आकाशलाई देखाइएको छ, किन्चित त्यसभित्र निहित निर्मल प्रेमज्ञान तरङ्गहरूलाई महाकवि लक्ष्मी प्रसाद देबकोटाले शाकुन्तल माहाकाब्यमा देखाउन सफल भएका छन् । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक सहचार्य, मानव र प्रकृतिको मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखेको हुनुपर्दछ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम मौलिक महाकाव्य हो । महर्षी विश्वामित्र र अप्सरा मेनकाको प्रेम प्रतिमुर्ति शिसु शकुन्तला बाबु-आमाको तात्कालीक बाध्यताबीच मालिनी नदी सन्निकट घना जङलमा दुबैको चाहना बिरूद्ध त्यागिन वाध्य भइन् । यहीबाट शाकुन्तल महाकाब्यको कारूणिक कथाले अब्यक्त शिराबाट नयाँ प्रेमरूपी करूणामय गंगा जलमा स्नान गराउन थाल्दछ । Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

टंक वनेमका पाँच हाइकु

~टंक वनेम~Tanka Wanem

१. सपना ।
एउटा बिहानले खोसेर लग्ने
निन्द्राको जादुमय तश्विर ।

२. निस्ठुरी मन ।
बेत्रावतिको कलकल ध्वानीमा
गीत नगाउँने मान्छे । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : हलाल हुनेछ

~धिरेन थापा “अनुपम”~

खुलेआम भोलि हलाल हुनेछ
रगतको सडकमा ताल हुनेछ

जातीय द्वन्द चर्किदै गयो भने,
समस्या झन विकराल हुनेछ।

ए संघीयता लाद्यौ भने जबरजस्ती, Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आफ्नै भाग्य सँग

~इप्सुल मगर~Ipsul Magar 'Maya'

वाझ्न मन लाग्छ कहिले त आफ्नै भाग्य सँग
नआउँदा कहिल्यै नी जीवनमा सफलताको उमाङ्ग

गरे झैं लाग्छ प्रयास आखिर गरेको पनि त हो नी
तर पोतीएकै छैन क्यार निधारमा खुशीको नै रङ्ग Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : लाल सलाम सहिदलाई

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

नेपाल आमका बिर सुपुत्र छोरालाई
बिर योद्धाको सम्मान छ तिमीलाई

स्वधिनताको शिर उच्च बनाई
आफनो ज्यानको बलि चढाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सागर सिल्वालका दस हाइकुहरु

~सागर सिल्वाल~Sagar Silwal

यात्रा कहाँको
जात्रा फेसबुकको
वाक्क लाग्यो है

सबै गुरुजी
चेला हुने को होला
चुपचाप छु Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : झ्याली माया

~रामु गैरे~Ramu Gaire

मिठा मिठा सपना देखाइ
सँगइ मर्ने सँगइ बाच्ने कसम खाइ
मलाई न घरको न घाटको बनाइ
सुखै सँग राख्छु भनेकै थिए २,४, पैसा कमाइ
बिश्वासघात गर्यौ अरु पराइको हात समाइ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पोखिएर घामको झुल्का

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

पोखिएर घामको झुल्का भरि संघारैमा
तिम्रो जिन्दगीको ढोका खोलुं खोलुं लाग्छ है २
सयपत्री फूल टिप्दै भरि आँगनमा
बतासैको भाषा टिपी बोलुं बोलुं लाग्छ है २

कति कति आँखाहरु बाटो छेक्न आउँछन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म त्यही बूढो प्रेमी

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

वर्षौंपछि फेरि
आइपुगेको छु यो बूढो मन लिएर
एक थुङ्गा फूल चढाउन !

त्यतिबेला
यो खोलाको बीचमा
कुनै फड्के थिएन, पुल थिएन
खोला एकनासले बग्थ्यो
तिमी पारिबाटै÷म वारिबाटै
भावनाको पुल हाल्थ्यौं
तिमी मसम्म आउँथ्यौ
म तिमीसम्म धाउँथें ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : झरी दर्केपछी

~बन्दना श्रेष्ठ “बिवश”~Bandana Shrestha 'Biwash'

माघ-फल्गुन महिनाको अन्त्य तिरको दिन हो । यो इज्रायलमा बहिर हिजो देखि नै दर्के झरी परिरहेको छ ।राती त असिना पनि बर्सेको थियो ! आकाशको गड्याङ-गुडुङ ले मन् केही तर्से पनि,बर्सातमा म निकै रमाउछु ।

म काम गर्ने घर पछाडि झ्यालबाट सधैं बाहिरका प्रकृती नियाल्नु आजकल मेरो दैनिक दिनचर्या नै बनिसकेको छ, तर आज मलाइ एउटा बेग्लै अनुभुती भैरहेछ । म झ्यालमा ठिङ्ररिङ्ग उभिएकिछु ।आफुले देख्न सक्ने सम्म प्रत्येक बिम्बहरूलाई नियाली-नियाली हेरिरहेकिछु ।मानौ म यी बिषयहरूमा सुक्ष्म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बिर्सेर जाउँ

~नगेन्द्र थापा~Nagendra Thapa

बिर्सेर जाउँ कसरि आज माटो यो
भिजिसकेको छ मेरो आँशु
यहि नै माटोमा, माटोमा
बिर्सेर जाउँ…

माया कलिलो तिम्रो मेरो, हुर्की फुल्यो यो बताशमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बहुमतको आवाज

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

हाम्रा यी खेतबारी श्रम सलिल बगी हातले जोतिएका
केवल हामी डटेका सक्रिय कृषका प्यारले पोतिएका

हरबेलामा यसैको वरिपरि घुमने वीर हामी सिपाही
गर्छन् हाम्रा तँ जस्ता अथकित पहरा चोरको त्राही त्राही Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कृष्ण पहारीका १८ मुक्तकहरु

~कृष्ण पहारी~Krishna Pahari

मान्छेहरुको अनुहार बदल्नु पर्छ
सडेगलेको बिचार बदल्नु पर्छ
कुर्चिका रोगी भएछ्न नेताहरु
डाक्टर फेरेर उपचार बदल्नु पर्छ


याहा सबथोक बेचिन्छ,रक्सी भनेर पानी पनि बेचिन्छ
पैसाको अभाब परेपछी सोह बर्से जवानी पनि बेचिन्छ
गन्डकी कोसि र कर्नाली पनि बेचियो भन्ने सुनिन्छ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्योरो खादबारी बजार

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

चारै तिरबाट डाडा काडा हरियाली
बिचमा खादबारी बजार

रमणिय बजार हेर्न धाउछन लेकका
युबा युवती लाखौ हजार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी को पीडा

~कृष्ण पहारी~Krishna Pahari

गहभरी आसुबोकेर
पराइको मझेरिमा
पोतो घसार्दै
तिम्ले थुप्रै वसन्त पार गरेयौ
निधारमा नाम्लाका डाम पारेर
घासका भारी बोक्दै
उकाली ओराली गर्यौ
पिडामा पिल्सिएर
परेली बाट कति आँसु खसाल्यौ
छोरी तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : यो मन

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

भो अब त रुदिन भन्छु
रसिन्छ यी नयन हरु
उफ सम्झन्न अब त भन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : वर्षा ऋतु

~पारिजात~parijaat_3

बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्यांङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु। चोलीको भित्री मात्र मैलो फाटेको गुन्यू, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटा स्वास्नीमान्छे हो त्यो आकृति। कहिले उसको हात र हंसिया छायाँमा छिट्छिटो सल्बाइरहेको हुन्छ र कहिले टोल्हाएकी हुन्छे र कहिले चिसै घाँसमाथि निदाइरहेकी हुन्छे। त्यसै स्पटमा एकदिनमा उसलाई रोइरहेकी देख्छु र छिमेककी सान्नानी सम्झाइरहेकी हुन्छे। भाषा बुझंदैन इशाराको भरमा अन्दाज लगाउँछु, “के गर्ने आइमाईको जातलाई, भाविले लेखेको मेटिंदैन, यस्ते हो दुःख सुख कतिसम्म भोग्नुछ अझै…” सोच्छु, सालाखाला नेपाली स्वास्नीमान्छेहरूको अस्तित्व यही हो।

यो वर्षा ऋतु हो। यस ऋतुभित्र असारको पन्ध्र आफूसँग उन्माद र खुशीयाली बोकेर आउँछ। रमझम हुन्छ त्यसै चाहे भकारी रित्तै होस् चाहे चामलको भाउ जति बढोस्। अपरान्ह सिमसिम पानी, पातलो बादल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कहाँ छ र ?

~नवराज बुढा ‘नवीन उदासी’~Nabaraj Budha 'Nabin udasi'

बिश्वमा नेपाली नपुगेको कहाँ छ र ?
सगरमाथा सिर झुकेको कहाँ छ र ?

सेताम्य देखिन्छ मनैमोहक हुनेगरी,
कमसल नराम्रो लुकेको कहाँ छ र ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

श्रीराम श्रेष्ठका बाईस ताङ्काहरु

~श्रीराम श्रेष्ठ~Shreeram Shrestha

गुराँस फुल्यो
ढकमक्क आकाश
बनै थर्किने
कोइलीको आवाज
सङ्गितबद्ध धुन ।


स्वादिलो फूल
भमरा नै टाँस्सिने Continue reading →

Posted in ताङ्का | Tagged , | Leave a comment