बहरबद्ध गजल : भाग्य पथ

~जीवराज बुढाथोकी~Jeeva Raj Budhathoki

लाग्छ भित्रै भित्र बल्ने, अग्नि ज्वाला कै कथा छ ।
पाेल्छ जिब्राे भन्न खाेन्दा, मात्र सुन्दा पाे मजा छ।

अाँसु पाेख्दा हुन्छ शीतल्, हास्न थाले पाेल्छ फेरि,
जान्छु लैजा भाग्य बाटाे, अन्धकारै लाै जता छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नदी र जनता

~परशुराम पराजुली ‘पराशर’~Parashuram Parajuli 'Parashar'

नदी हो जगत्को भरोसा सिँचाई
नदी जान्द्छ आत्मा सबैको भिजाई
नदी प्राण हो यो नसाको मुहान
नदी नै सबै सभ्यताको उठान ।

नदी मार्ग हो नाउ नौका चलाए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : यै साल

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~Muskan Bahadur KC 'Deudapremi'

स्वास्नि– खेतिपाती अद्या दिऊकि आँफै लाउन्या हौ कि ?
यै साल बिजया दशै घर आउन्या हौ कि ??

लोग्ने– खेतिपाती अद्या दिहाल आँफै लवाइ छैन
यै साल दशै का बेला घरमा अवाई छैन Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : सच्चाई

~करुणा झा~Karuna Jha

एउटा वेवाररशे लाश
आखिर यो लाश कसको ?
‘सच्चाई’ को ?
आउ …, सबैजना आउ ।
पोस्टर्माटर्मका लागी पठाउ लाशलाई
सरजमिन गरौं यसको
तव थाहा पाउने छौ,
आखिर यो लाश कसको ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छेस्का : आकाश

~विरही काईला~Birahi Kaila

म उभिन्छु
आकाश उचालिन्छ
म बस्छु
आकाश झरेर
टाउकोलाई थिचिबस्छ
मन छटपटिन्छ
अनि डरको डोकोभित्र लुक्छ Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

गजल : ऋतुमा फरक हुन्छ

~सुनिता सापकोटा~Sunita Sapkota

किन हो खै प्रत्येक छ ऋतुमा फरक हुन्छ ।।
अनि मान्छे भन्दा प्राणिहरुमा फरक हुन्छ ।।

आजकाल मैले आफै माथि प्रश्न उठाउछु
किन बिहेपछी आफ्नै दाजुमा फरक हुन्छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Poem : O! Poet, O! Nature

~Ram Prasad Prasain~Ram Prasad Prasain

Droplet smiles at the balcony
Emerging from seminal flow
Life becomes happiness
And, existence remains a prop
Where humanity envelopes eternity
And momentum fills with reemergence of urgency
In your multi-color land,
A butterfly flies at the fence of dimensional multitude Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : परसरेकी छे कविता

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

एकरसताको महानिद्रामा
स्वप्नदोष्ले स्खलित आकाश
तुष्ट देखिन्छ
नजिकै
सिर्जनाका स्वप्नपुष्प लुकाएर
ख्यालठट्टै धर्ती अवैध गर्भवती भएकी छे
सौन्दर्यको दुनियाँँमा
आनन्दको भाग खोस्न
संसार अगाडि सर्दा
आजै परसरेकी छे कविता ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : एक्लो यात्री

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

लक्ष्य पहिल्याँदै हिंडेको एउटा यात्री धेरै पर पुगिसकेको हुन्छ । तर गन्तब्यमा कहिल्यै पुग्न सकेको हुँदैन ! सुनसान गोरेटो उराठ लाग्दो हावाको आवाजहरु मात्र सुन्छ । चारै तिर सुन्यता नै सुन्यता ! अन्तत: उ अलमल्लमा पर्छ ।

धेरै थकाईको महसुस गर्छ र समुन्द्रको किनारामा थुचुक्क बस्छ अनी लामो स्वास् फेर्दै आँखाले भ्याउन्जेल समुन्द्रको लम्बाइ नाप्न थाल्छ । लम्बाइ नाप्दै जादा धेरै पर यस्तो दृष्य देखिन्छ कि आकाश र धर्ती जोडीएको जस्तो क्षितिज पारीको निलगगनमा पंक्षि आफ्नै सुरतालमा सुस्तरी सुस्तरी Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : ​घोडावालीको तखतको साबुनहरु

~पौल भाट~Paul Bhat

एकदिन म कटासे बजार घुम्दै थिए ! बजार माथि माथि पुल तिर बढ्ने क्रममा थियो ! दिउसो को समय थियो , कहिले कहिँ साग मुला लिएर बिक्रि गर्ने बजार कटासे थियो ! जाँदा सोझो गाउको बाटो , आउदा गुड र मम्फली संगै कुलारियाको ढिकै ढिक , खल्लाको सम्म मैदान हेर्दै , नदि संग रमाउदै , गुड हातमा समातेर घर तिर फ़र्कन्थ्यौ ! यो हाम्रो नियम जस्तै थियो !

तेस्तै क्रममा एकदिन मिन भान्जा र टेक्या संग भेट भयो ! तिनीहरुले घरबाट चावल र लाही चोरेर बेच्ने र भाडामा साइकल चलाउन सिक्दा रहेछन ! म पनि येसो सबै साग सब्जी बेचेर फुर्सदमा थिए ! तिनीहरु गोट्टा चोरेर खाने सल्लाह गर्दै थिए ! कटासे बजारको साज्को रुखको पल्लो पट्टि थापा बस्त्रालयको उत्तर तिर एउटा पुरानो ट्रकमा गोट्टा रहेछन , त्यसबाट गोट्टा चोरेर खादै रहेछन ! अनि म पुग्दा तिनीहरुले अरु १० -२० ओटा गोट्टा चोरे Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : किन्न नसकिएको इज्जत

~दीपक घिमिरे~Deepak Ghimire

नाइँ नाइँ हँुदैन । अरु एक क्वाटर त थप्नुपर्छ यार ।

ओखरेले मान्ने वाला थिएन, उसलाई आज मात्ने गरी रक्सी पिउन मन लागेको छ सायद । तर मलाई खै किन हो आज रक्सी पिउन नै मन छैन । हुन त म प्रायः रक्सी पिउँदिन तर पनि आज त मेरो मुड नै छैन फेरि उसैको करले गर्दा पहिले नै एक क्वाटर खाइसकेको छु ।

मानिसहरु यो रक्सी या पीडामा पिउँछन् या त खुशीमा पिउँछन् । तर, मलाई आज मनको पीडामा पनि पिउन मन लागेको छैन । मन खुशी भए पो ओखरेसँग जिस्किदै पिउनुमा मजा आउने थियो । तर, पनि ओखरेले मलाई अर्को एक क्वाटर नपिउँदै जान दिनेवाला थिएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित सिजो : पहाड

~याङ्ग सा-इओन~

पहाड जति नै अग्लो होस्, यो स्वर्गकै मुनि त हो

चढ, चढ र माथि चढ्दै Continue reading →

Posted in अनुवादित साहित्य, सिजो | Tagged , | Leave a comment

गजल : म के गरुँ

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

आखै भरी तस्विर त्यो झल्किदिन्छ म के गरुँ
आखा चिमले उहि रुप टल्की दिन्छ म के गरुँ।

जति टाढा उति गाढा तिम्रो माया हृदयमा
पोल्दै छाति दिलमा राको सल्किदिन्छ म के गरुँ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : धूँवा देखियो पाखामा

~दिलमान राई ‘चोट’~Dilman Rai 'Chot'

कुइरोले आगो सल्काए छ धूँवा देखियो पाखामा।
सम्झौतामा सिमल फुलेछ भुवा देखियो पाखामा।।

जिन्दगी लथालिङ्गै छ जता हेर्यो उतै अन्धकार।
रंगीन चस्माको दोष भो सपना देखियो आँखामा ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : सम्झना कार्डको झापड

~बसन्त विवश आचार्य~Basanta Biwash Acharya

    सबै गोजा टक्टकाए पाईन्ट र सर्टका अहँ खुसीको एक टुक्रो घाम पनि भेटिएन । राति देखिको मनको उकुसमुकुस अन्ततः निराशाको किनारा लागेर जुन सँगै कुलेलम ठोक्यो । जुन हराए पछि त साँझसम्म आनन्द भयो तर यो अत्यास फेरि फेरि सेकेन्ड सुइलाई हेरेर दोहोरिरहने ‘खुशी भन्ने कुरा सायद भाग्यमा नै छैन ।’ मनमा यस्तै कुहिरो लाग्यो ।

आज पनि लाजै नमानेर आकाश पुरै खुलीसकेको छ । सबै लुकाउनुमा सुन्दरता हुन्छ भन्छन्, तर यो आकाश त सबै देखाएर पनि सुन्दर छ । कतिपय परिभाषाहरु एकनाश नहुदा रहेछन् । सबै देखाएर पनि सुन्दर Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

बान्तावा भाषी गजल : दोङसा खारिन्ने

~रविन्द्र दिखुक्पा~

बिबिलिम्मा दोङ दोङसा खारिन्ने
दक्छाबुवा झारा तोङसा खारिन्ने

खोङताराङ बोब्वि सावा सोहोन
हेन्खाम्मा साया चोङसा खारिन्ने Continue reading →

Posted in बान्तावा गजल | Tagged , | Leave a comment

गजल : बतासले चोट लाग्दा

~करूण थापा~Karun Thapa

तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ ।
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ ।

धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें
यति कोमल मन छ कि कपासले चोट लाग्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : केही उखान र केही बूढी

~भैरव अर्याल~Bhairab Aryal

एउटा पुरानो नेपाली रिकर्डमा बराबर सुनिने गथ्र्यो– ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी’ यो लोकसाहित्यबाट चोरेको तक्मा हो कि गायकले नै जोरेको तुक्का हो– थाहा थिएन । तर यसले एउटा हा“सो उठ्दो चित्र भने मनको आँखा अगाडि झुलुक्क देखाउँथ्यो– काँसको फूलजस्तो सेतो चुल्ठोभित्र पसेकी काँधमा एउटा ओढ्ने हालेर कम्मरमा सेतो पटुका कसेकी– एउटी कालीकाली बुढिया कुप्रिंदै लौरो टेकेर लम्किरहेकी ।

“कहाँ जान लागेकी आमै !” हामी उनको बहिरो कानले भ्याउने गरेर कराउँथ्यौं रे । उनी फुस्रा दनेसा देखाउँदै फिस्स हाँसेर थोते स्वरमा विस्तार भन्थिन् रे– Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिम्रो अनि मेरो देश

~रश्मिला कवाङ~Rasmila Kawan

उ भन्छ तिम्रो देश स्वर्ग हो
म भन्छु तिम्रो देश भुस्वर्ग हो
सम्पनतामा लहराएका उसका वालापन
उसलाई कतिपनि रमाईलो लाग्दैन
यस भौतिकताको सुविधायुक्त युवापन
अनि बोझयुक्त बृद्धावस्थाकाृ क्षणहरु
दिक्दार लाग्छ अरे,
कृतिम लाग्छ
प्रकृतिको सुन्दर छटाले मोहित भएका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~नवराज योन्जन~Nabaraj Yonjan

“सपना”____
तिमी को थियौ ..?
कसैको छोरी थियौं
कि
बुहारी पनी हौ |

मेरो बन्द यी दुवै नेत्र
सुन्यतामा
अँध्यारो कोठा भित्रको
हावा जस्तै अनन्त यात्रा

अपरिचित त्यो मुहार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म मातिएको बेला

~पुष्पा खनाल~Pushpa Khanal

नआऊ मेरो सामू, म मातिएको बेला
जे पनि हुन सक्छ, म पातिएको बेला

भन्छन्,
रक्सीले भन्दा पनि, वैंशले धेर
मातिएको हुन्छ मान्छे, जवानीमा हेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : ‘भक्ति थापा’ खण्डकाव्य : एक दृष्टि

~डा. धनपति कोइराला~Dr Dhanapati Koirala

क) विषय प्रवेश :

निलमकुमार न्यौपानेद्वारा लिखित ‘भक्ति थापा’ एउटा खण्डकाव्य हो । यो ऐतिहासिक विषयमा आधारित छ । नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८७० सालमा तत्कालीन नेपाल सरकार र तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारका बीच नेपालका विभिन्न नौवटा नाका र दुर्गहरुमा भयङ्कर युद्ध भयो । ती युद्धभूमिहरुमध्ये एउटा थियो देउथल । यस किल्लाको संरक्षण गर्न खटिएका थिए, भक्ति थापा । उनकै बुद्धिमत्तापूर्ण उत्साह, वीरता, त्याग र वलिदानको संस्मरण गरी सृजना गरिएको काव्य हो यो ।

ख) संरचना : Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

गजल : कुरा नगरौं

~कृष्ण पौड्याल~

अनगिन्ती छन प्रेमका खातका कुरा नगरौं।
जिन्दगिनै पछुताउने बातका कुरा नगरौ॥

मद्दत गर्न सक्दैनौ त दु:ख किन दिएको।
जरो सँगै खोदेपछी पातका कुरा नगरौ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : सम्झन्छु तिमीलाई

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

आकाशको जुन धर्तिमा चम्कदा सम्झन्छु तिमिलाई
आफुले आफैलाई भुलेको बेखत सम्झन्छु तिमिलाई ।

पिरतिको हाम्रो त्यो बगैचा भित्र झुमेको यादमा
वसन्ति हावा डुलेको बेला सम्झन्छु तिमिलाई । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : भेटिन्छ ऊ

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ
र ईज्जतदारको,बजारमा भेटिन्छ ऊ

चर्चा संगै व्यस्तताको,कुरा नगर्नुस
काठमान्डौ कहिले तपोबनमा भेटिन्छ ऊ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : गाउँमा

~मुक्ति गौतम~Mukti Gautam

जलाशयमा पानी छैन, बिजुली बाल्ने खोला सुक्यो रे गाउँमा
मूल सुके, युध्दले मन सुके, बजारको आयतन माँत्र फुक्यो रे गाउँमा

कपडा कोचेर बनाएको पुरानो मोजाको भकुण्डो खोज्न जाँदा
लुकाएको बम भेटेछ सानेले, सानेको मृत्यूमा सबैको शीर झुक्यो रे गाउँमा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बाध्यतामा हाँसेको छु

~कृष्ण के.सी.~Krishna KC

खुसी किन्न वर्षौ देखि, मरभूमिमा बाँचेको छु
रोदन बिक्ने यो शहरमा, बाध्यतामा हाँसेको छु

हाँस्न यहा बन्देज हुन्छ, पीडाहरूको भीडमा
तर पनि तिम्रै लागि,आफ्नो यौवन मासेको छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सपना

~सागर कार्की~Sagar Karki

कोही सपनीमा आउछ
मुस्कुराउछ,
र मिठो सपना देखाएर
क्षीतिज पारीको सूर्यजस्तै
विलीन भएर जान्छ ।

सपना मिठो हुन्छ,
प्रियसीको ओठको हाँसो जस्तै
सपना भित्रको सपना
झनै सुन्दर हुन्छ,
आँखामा फुलेको गुरास भन्दा पनि बाबै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पापी जीवन

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

सोचे जस्तो हुन्न रैछ यो पापी जीवन
गंगाजलले धुन्न रैछ यो पापी जीवन

चोटै चोटले सजीएका फुलबारीका फुल झै
जाल नै मात्र बुन्न रैछ यो पापी जीवन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : ईश्वरको गर्भबाट

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु ।

charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी चलचित्रहरु हेर्छ । नाटकहरुमा भाग लिन्छ र सिनेमा बनाउने भयानक सोच मा डुबीरहन्छ । उसको चिया कफी र बे्रड बनाएर बाँकी रहेको समयमा उ डरलाग्दो पात्रको परिकल्पना गरेर बस्छ । कथाकारले कहीले काँही दुघ उमाल्दै गरेको देख्दा उ green lady को पेन्टीङ सफा गर्दै छु भन्थ्यो । उसलाई थहा छ ‘green lady’ protagonist को भित्तामा झुन्डाईएको महत्वपुर्ण पेन्टीङ हो ।

बाँकी कुरा कथाकारले बिच बिचमा भन्ने छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिरोशिमाका परेवाहरु

~आभास~Aavaas - Achyut Prasad Phuyal

जब म
एकान्तमा बसेर
मुरली बजाउन थाल्छु
हिरोशिमाका परेवा
मेरो सामु आउँछन्
वमले छिया छिया भएका
शरीरका मासु देखाउँछन्
आँसुले भिजेका
पँखेटा फट्कार्छन्
आँसुले सेचन गरिदिन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : क्याफे लभ

~गजेन्द्र बोहरा~Gajendra Bohora

पहिलो भेटमै त्यो केटी (बिहे भइसकेकीलाई के भन्ने?) ‘साइको’ लागेथी ।
यो हाम्रो पाचौँ भेट थियो काठमाडौं । उही क्याफे, उही कफीको चुस्की अनि उही मधुर संगीत…. ।

यसपालिको लुक्स अलि ट्यापे थियो मेरो । कानमा टप, फुलेकै भएपनि लामो कपाल । हातमा सलमान खानवाला लकेट, जुँगा…. ।

‘ओहो, कस्तो ट्यापे लुक्स…’ बानेश्वरको व्यस्त बीच चोकमै अँगालेर उसले भनी ‘कस्तो क्यूटी भाको के तिमी…।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment