कविता : प्रबासी भूमिबाट प्रियसीलाई पत्र

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई

यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उमंग

~बिकास सुबेदी~Bikash Subedi

मेरा डाडा मेरै भिरहरु आज रोइरहेछ |
कोइलीको त्यो मधुर स्वर आज कहाँ गएछ ?

यही चन्द्रागिरी शिखरमा खोइ मान्छे हासेको ?
ती आमाबाको मन आज कहाँ छ खोइ फसेको ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य गीति नाटक : दुलहीको खोज

~प्रमोद अमात्य ~Pramod Amatya

अमेरिकामा:

ममी-
आउन छोरा एउटा कुरा जरुरी गर्नुछ
नेपाल गई दुलही एक तिमीले हेर्नुछ ।

छोरा –
ममीको मन जरुर राख्छु नेपाल म जान्छु
नेपाल जाने टिकट पनि अहिले म किन्छु ।

नेपालमा दुलही खोज्दै: Continue reading →

Posted in नाटक, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

मुक्तक : छपक्कै देखियौ

~योको खड्का~Yoko Khadka

लगाउदा मेहन्दी हात हत्केलाहरुमा धपक्क देखियौ।
साउनको पहिरनले सजिएर तिमी छपक्कै देखियौ ।
वाह् तिम्रो सुन्दरतालाई त मान्नैपर्छ मैले सिलसिला Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मायाको बिउ छरे मैले !

~सुरेन्द्र खौलराठी~Shree Surendra

बाँझो थियो दिल उनको मायाको बिउ छरे मैले !
साँचो माया गरि उनलाई के अपराध गरे मैले !

कहिले सम्म तड्पी बस्थें जवानीको मरुस्थलमा,
कल्पनामा उनि संगै कयौं सागर तरे मैले ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगिको बाटै मा त

~कृष्ण पौड्याल~

सधै हिड्न पाईएन जिन्दगिको बाटै मा त ।
गाह्रो पर्ला तिम्लाई कतै मैले गर्ने आँटै मा त ॥

जिवन साथी बन्न सकिन शत्रु किन ठानेको ।
सँगै हुनु पर्छ भनेको थिएन नी खाटै मा त ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छेस्का : जिन्दगी

~विरही काईला~Birahi Kaila

चौरस्ताको ठूलो हावाघर
छानामाथि
काग नराम्रोसंग कराएर गयो
त्यो पनि
कञ्चनजंघा हिमालसित
आँखा टाँसि बसेका
पर्यटकहरुको आँखा छलेर
महाकाल डाँडा उक्लिनेहरुले Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

श्रृजना क्षेत्रीका केही हाइकुहरु

~श्रृजना क्षेत्री~Shirjana Chhetri

(१)
रुदैछ देश
तिमी माया को कुरा
नगर बिन्ती

(२)
नेपाल आमा
पिटदैछिन छाती Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : हाम्रा अमिट ईतिहासहरु

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

फुस्रदमा सृष्टिले मेहतन गरि बनायो नेपाल
परिको शिरको आकर्षक टिका जस्तै छ नेपाल

३३ सै कोटी देबाताहरुको बासस्थान नेपाल
अनेकतामा एकता हुने यो मेरो देश नेपाल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : लाज ढाक्नु त पर्छ नै

~कृष्ण के.सी.~Krishna KC

एउटा बाटो रोज्नै पर्छ, जिउन अँझ धेरै छ
जिन्दगी नै सागर हो यो, खिउन अँझ धेरै छ

फाटेको छ हाम्रो मन, लाज ढाक्नु त पर्छ नै
टालटुल गरी के होला र, सिउन अँझ धेरै छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो अर्घाखाँची

~रामु गैरे~Ramu Gaire

कती राम्रो अर्घाखाँची
हरियाली तेसैमाथी
उत्तर तिर अर्घा अनी दक्षणातीर खाची
बागी खोला सल् सल् बग्यो
छिर्लिङ खोला कल कल गर्‍यो
सीत खोला खल खल गर्‍यो
अर्घा अनी खाची बिच
चुत्रबेशी,सन्धिखर्क रैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हिलेको भारी

~अनिल बराल ‘गरीब चिराग अछुत’~

हिलेको भारी बोकेर ल्याउछु मंगमया ओरालो |
थाप्लोमा नाम्लो काधमा खकान पसिना अमिलो ||

घुम्तीको बाटो त्यो तातो घाममा पसिना बगाउदै
एक छाक खाने एक सरो आउने सपना सजाउदै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : हक

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

हिँड़्ने
या यताउति हल्लिने
या रूनेसम्म हक छैन यद्यपि ऊसित
उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : भेट्न मन लाग्छ

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

तिमीबाट टाढा हुदा भेट्न मन लाग्छ ,
मिलनको मिठो माया देख्न मन लाग्छ ।

क्षितिज टोलाई हेर्छु तिमी छौ कि भनी ,
सम्झी तिम्रो आंगनीमा टेक्न मन लाग्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : दर्जीको नसिइको मन

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

नामः कालुमान दर्जी

उमेरः ५२ वर्ष

खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ ।

दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।……मोरीका जीउ कस्तो टमक्क कसिएको….छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ । खाली रूइरक्थी । दूध कटुवा हो त्यो । त्यो वर्षीकी नहुँदै बाहुनीले फेरि बोकिछे, क्यार्नु । उमा नभइदेकी भए त मर्थी होला, उमाले दूध ख्वारै हुर्की । के गर्नु अाफ्नो बिग्री गो…….. Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : हजार मान्छेहरु

~सागर कार्की~Sagar Karki

हजार मान्छेहरुको हजार लास हुन्छ।
जन्मेका मान्छेहरु समय कै दास हुन्छ।।

हाम्रो कलेजी चुडी ईश्वर लगेछ साथ
ईश्वर खोज्नु कहाँ मरि जाने मान्छेको जात Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीता थापा ‘दोषी’ पाँच सेन्र्यू

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

धैर्य बटुली
हिँडिरहुनु पर्छ
गन्तव्य भेट्न
-१-

परिश्रमले
थाक्दैनन् कैले पनि
पौरखी हात
-२- Continue reading →

Posted in सेन्र्यू | Tagged | Leave a comment

कविता : विदेशमा अन्तिम रात

~दिव्या बज्राचार्य~Divya Bajracharya

जून आज तिमी नचम्क
आज मलाई अध्यारोमा नै फालिदेऊ
आज मैले के के सहे तिमिलाई के थाहा
आज म सबै विर्सन खोज्दैछु
भोक, प्यास, कठोर काम ।

भन्दे भोली उडाउने सूर्यलाई
म यहाँ भोली हुदिन
अब आउने छैन म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कति तीखो काँडा देख्यौ

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

फूल भई फुलिराथें, कति तीखो काँडा देख्यौ
मन, मुटुभित्रै हुँदा, पनि कति टाढा देख्यौ ??

यै चालाले कठीन छ, पिरतीको गाऊँ पुग्न
सोझै सिधा बाटालाई, उकाला र ठाडा देख्यौ ?? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

आचार्य प्रभाका सात सेन्र्यूहरु

~आचार्य प्रभा~acharya Prabha

रित्तो छ थाल
अघाएको छ पेट
तिखा शब्दले ।

आधा शरिर
झुल्कन्छ आकाशमा
कर्तब्य सम्झी । Continue reading →

Posted in सेन्र्यू | Tagged | Leave a comment

केस्रा : आग्रह

~दिलिप राई “सगर”~Dilip Rai Sagar

दिने भए देउ काम
काम जस्तै देउ दाम

ए देश हाँक्ने नेता हो
भोकालाई देउ माम Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

सौरभ कार्कीका सात हाइकु

~सौरभ कार्की~Saurav Karki

१
तिम्रै बातले
तड्पिए रातैभर
तिम्रै यादले

२
पानी परेछ
तिमीलाई सम्झिने
बानी परेछ Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

अनिल बराल ‘गरीब चिराग अछुत’’का केही हाइकुहरु

~अनिल बराल ‘गरीब चिराग अछुत’~

डोली चडेर
हासी पराइ जाउ
मेरो कामना ।

आशु दिएर
मेरो हासो लैजाउ ।
खुसि छु म त Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : एउटा यात्रा तय भयो

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

प्रीतिभित्र बाँध्नलाई, एउटा यात्रा तय भयो
सुस्तै–सुस्तै दिनसँगै, छोटो परिचय भयो ।।

नजिकियौं कति छिटो, मन खोल्ने चौतारीमा
शितल ताप्दा दुनिँयाको, आँखा पर्ने भय भयो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जान्न पाए हुन्थ्यो..!!

~हरी गौतम~Hari Gautam

कहाँ देखी लाग्छ माया, जान्न पाए हुन्थ्यो..!!
त्यती ठाउँलाई काटी मैले,फाल्न पाए हुन्थ्यो..!!

कती वेला वस्छ् माया थाहै हुन्न अरे….!
मूटु भीत्र पसी कुरा, चाल्न पाए हुन्थ्यो…!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : रोगी भएछु

~सजना गुरुङ~Sajana Gurung

अल्छीपनको एक रोगी भएछु
कल्पना कै मात्र भोगी भएछु
साथमा भाको सबै थोक सिद्दीएर Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पैसा ठूलो हैन

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

भन्ने गर्छन् कतिले त पैसा ठुलो हैन
मत भन्छु पैसा विना जिन्दगी नै छैन।

चुलो देखी चौकोष सम्म पैसाकै छ काम
धन नहुने मानिसलाई त स्थान नै भईन। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

म एक नेपाल आमा तर मलाई नै थाहा छैन !
किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ?
आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ?
मेरै छाती माथी टेकी मलाई मेरै रगतले किन रंगाई रहेछन ?

सीकाउन त सबै सिकएकी थे मेरा सबै नेपाली संतान लाइ !
तर खोई जानेको?आखिर दाऊ मात्रै हेरीरहन्छन आफ्नै देश बिगार्न लाइ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पिउदै पिउदै गएँ

~राकेश कार्की~Rakesh Karki

पिउदै पिउदै गएँ
चढ्दै चढ्दै गयो
प्यास यो कति मीठो
बढ्दै बढ्दैगयो

घरी घरी आउने
घरी हराउने
यो होश पनि
यस्तैमा रमाउने Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : पथरीको पाठेघर

~सन्तोष पौड्याल~Santosh Paudyal

गेट माथि लामो तुल छ। र तुल मुनी शिथिल अनुहार झुन्डिएको छ। बर्षौदेखी धुप-झरीले रगत चुसेजस्तो देखिने यि दुबैको पहेलो रङ बाहेक केही कुरा मिल्दाजुल्दा छन। दुबै झुत्रा छन। अक्षर मेटिएको तुल र देहाती भाषा बाहेक अरु नजान्ने पथरीलाई पढ्न सजिलो छैन।

तल्लो पेटको भुङ्रो सल्केर जिउभरी फैलेको छ। पेटै उघ्रेर पहिरो बगेजस्तो चोक्टासहितको रगतले सुत्ने थाङ्ना कामै नलाग्ने गरी बिगारे पछी ऊ देहातको स्वास्थ्य चौकी पुगी। पहिलो पटक चार महिना अघी त्यहा पुग्दा डाक्टरले बच्चादानीको अपरेसन गर्न जिल्ला अस्पताल जानुपर्छ भने। उसले अटेर गरी।

उसको मरदले छोराको आश गर्द गर्दै चार वटा छोरी जन्मिए। एउटा छोरा चाहिन्छ भन्ने पथरीलाई पनि लागेकै हो। उसको पती मौनी बुढो छ। त्यसै माथि लकवाले दाहिने खुट्टो लुलो बनाएको छ। झर्को-मर्को काम गर्न सक्दैन। घर पथरीकै बलमा चलेको छ। ‘मौनीको के आश? हातपाउ चलुन्जेल त ठिकै छ। आँखाको पानी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अतित मुखियाका पाँच हाइकु

~अतित मुखिया~Atit Mukhiya

झरना शव्द
झ्याउँकिरी भाकामा
गुञ्जेको साँझ !

सिमल भुवा
बतास टेक्दाटेक्दै
नौडाडा पारी !
Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन

~पारसमणि शम~Parasmani Shama

उठान :

साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न पनि सकिँदैन। यद्यपि, अध्ययनको सुविधालाई ध्यानमा राख्दै प्रस्तुत लेखमा सिक्किमेली समकालीन साहित्यको विवेचनात्मक तथा विकासक्रमिक अध्ययन गर्ने प्रयास गरिएको छ। यस क्रममा सन् १९९०-पछिका सिक्किमेली साहित्यिक गतिविधिलाई समकालीन साहित्यिक गतिविधिका रूपमा लिइएको छअर्थात समकालीन सिक्किमेली साहित्य भन्नाले १९९०-को दशकयता आजसम्मको सिक्किमेली नेपाली साहित्य बुझिनेछ।

समकालीन भन्नाले यसै समयको, आजको, वर्तमानको, समसामयिक भन्ने अर्थ बोध हुनाले सन् १९९०-को Continue reading →

Posted in लेख | Tagged | Leave a comment