छेस्का : जिन्दगी

~विरही काईला~Birahi Kaila

चौरस्ताको ठूलो हावाघर
छानामाथि
काग नराम्रोसंग कराएर गयो
त्यो पनि
कञ्चनजंघा हिमालसित
आँखा टाँसि बसेका
पर्यटकहरुको आँखा छलेर
महाकाल डाँडा उक्लिनेहरुले
पोखाएका अछता-चामल
टिपेर खान भेला भएका परेवाहरु
कागको कर्कशले हच्के र उडे
अलिक पर
घोडा सुमसुमाउँदै
पर्यटकलाई पर्खेर उभेका सइस पनि
एकछिन अल्लमल्ल परे
उसको त जिन्दगी भनेको
यै घोडा न हो !

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in छेस्का and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.