Tag Archives: Geeta Thapa ‘Doshi’

लघुकथा : जोइटिंग्रे अमेरिका

~गीता थापा~ लोग्नेको दश पाँचको नोकरीले जीविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाई । लोग्नेले पनि कुनै नाइँनास्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो । काम शुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा भित्रियो । घरको रंगरोगन फेरियो । ग्याँस, रंगीन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फूट्बल खेल्ने खुट्टा

~गीता थापा ‘दोषी’~ दिदी ! तपाईको छोरा… जुठेल्नामा भाँडा माझिरहेका बेला अकस्मात चिरपरिचित आवाज निस्कियो । अड्किदै निक्लिए झैं लाग्ने त्यो पुरुष आवाजले मेरो ध्यान तानियो । म वरिपरीको वातावरणलाई कालो बादलले ढप्पक्कै ढाक्यो । आँखाका उजेलो झ्याप्पै निभ्यो।  आफूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : विमान चढ्नु अघिको मित्रता ओर्लिनासाथ समाप्त

~गीता थापा ‘दोषी’~ हामी आफ्नो गल्ती कमजोरीलाई पत्ता लगाएर सुधार्ने कर्म र आफ्नो गल्ती कमजोरी देख्न योग्य बन्न कहिल्यै पनि सक्दैनौं । आफ्ना सारा दोष कमजोरी अरुको थाप्लोमा थुपारेर सधैं पिरोलिई मात्र रहन्छौं । किनकी फत्फताउने, गनगनाउने अरु माथि दोषारोपण … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : हिजोआज ऊ

~गीता थापा ‘दोषी’~ उसका बाउ साहुको भारी बोक्थे आमा साहुको बाँझो बारी खनिदिन्थिन् धान रोपिदिन्थिन् बिउ काडिदिन्थिन् आमा बाउ दुबैले दश नङ्ग्रा ख्याउँदा समेत बिहान बेलुकाको छाक मुश्किलले टर्थ्यो ०००००००००००००००००००००० पहेंली मकैको भात ढिँके नुन र खोर्सानीसँग …

Posted in कविता | Tagged | Leave a comment

कविता : सोध्न मनलाग्छ

~गीता थापा ‘दोषी’~ प्रचन्ड गर्मीको तातो राप औशीको कालो रात त्यो सब प्रवाह नगरी काख रित्तो बनाइ सिउँदोको सिन्दुर पुछी भित्र्याएको गणतन्त्र आज सत्ता र भत्ताको सम्मोहनमा परेको देख्दा सोध्न मनलाग्छ, कहिलेसम्म चल्छ मार्ने र मर्ने खेल ?

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बसको यात्रा

~गीता थापा ‘दोषी’~ “हन केसारो ढेस्सीएर बस्नु भएको ? उता त्यत्रो खाली ठाउँ छ ।”महिला पुरुषको कुममा अल्झिएको पछ्यौरीको फेर तान्दै आक्रोषमिश्रित स्वरमा फतफताउँछे। मैले यसो नियालें । एउटा भुसतिघ्रे काले मस्त निदाएको बहानामा महिलाको कुममा टाउको अड्याउन पुगेछ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीता थापा ‘दोषी’ पाँच सेन्र्यू

~गीता थापा ‘दोषी’~ धैर्य बटुली हिँडिरहुनु पर्छ गन्तव्य भेट्न -१- परिश्रमले थाक्दैनन् कैले पनि पौरखी हात -२-

Posted in सेन्र्यू | Tagged | Leave a comment

कविता : नियती

~गीता थापा ‘दोषी’~ साउन भित्रिएको खुशियालीमा गमक्क परेका छन् आजभोलि बगैँचाका बाह्रमासे फूल बिहानको भुकभुके उज्यालो … धर्तीमा नओर्लिदै तिनले पुगिसक्नु पर्छ भगवान शिवको चरणमा लीन हुन हरियो पहिरनमा सिँगाररिँएर बिहानको मन्द मन्द हावाको झोका बटुल्दै जव युवती पूजाको सामाग्री … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जोईटिङ्रे अमेरिका

~गीता थापा ‘दोषी’~ लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो । काम सुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा भित्रियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फर्केर आएन ऊ

~गिता थापा ‘दोषी’~ शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकि थिई । नकुल ढोकाबाट बहिर निक्लिँदै थियो । तर शान्तालाई आफुले पढ्न नपाएकोमा साह्रै दूख लागेको थियो । नकुललाई भने कत्तिपनि झन्झट लागेको थिएन । किनकी उसलाई अरुलाई सहयोग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओझेल परेकी आमा

~ गिता थापा ‘दोषी’~ ‘नानी तँ आज यतै बसे हुन्न ? ‘ आमाको मुखबाट त्यो वाक्य निक्लिँदा म अवाक भएर आमातिर हेरीरहेँ । मेरो मौनता चिर्दै आमाले फेरि उही वाक्य दोहोर्‍याईन् ‘तँ यतै बसे हुन्न ? एक रात बस्दा के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धम्की

~गीता थापा ‘दोषी’~ एक रात एक्कासी बिदुरले उ सँग नबस्ने निर्णय सुनायो। उसका कुराले बिद्या अवाक् बनी। घरको कुरा कोटमा दर्ता भयो। कोटमा बोल्न पहिलो प्रथामिकता नारीलाई दिइयो। कठघरामा उभिएर बिद्या बोली। श्रीमान मेरो कसुर केही छैन। म अन्यायमा परेकी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजको हात

~गीता थापा ‘दोषी’~ रामकाजी भर्‍याङ देखिनै गौरी उच्चारण गर्दै कोठामा छिर्‍यो। के भयो हजुर ? गौरीले सोधी। कैलाश देखिदैननी कता गयो ?

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ईश्वर खोज्न

~गीता थापा ‘दोषी’~ एकैछिन् साथीहरूसँग खेलेर आउँछु भनेर हिंडेको छोरो दिउसोको खाना खाने समय टरेपछि घर फार्कियो । फर्किएर आमाको डरले पिँढीमा चुपचाप बसेको छोरोलाई ढोकाको संघारमा उभिएर आमाले हप्काइ-एकैछिन्मा आउँछु भनेर गा’को मान्छे यसबेला आउने ? कहाँ गएको थिइस् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कवि

~गीता थापा ‘दोषी’~ एकदिन उधोगपति र कविको भेट भएछ। उधोगपतिले कविलाई भनेछ -आ!कविजी के चाहिँदा नचाहिँदा कुरा लेखेर जीवन खेर फाल्नु हुन्छ?बरु

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाचार

~गीता थापा ‘दोषी’~ उसले अघाउञ्जेल पढी।तर नोकरी पाइन। व्यापार व्यवसाय गर्न आर्थिक अवस्था कमजोर थियो। बैंकबाट ऋण काढ्न बैंकलाई देखाउने जेथो केही थिएन। रैपनि योग्ताको प्रमाणपत्र झोलामा बोकेर नोकरी खोज्ने कामलाई निरन्तरता दिइरही। योग्यता अनुसारको काम नपाइए पनि होटेलमा

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिडम्वना

~गीता थापा ‘दोषी’~ कोठाको प्रवेशद्धारमा पाइला राख्ने बित्तिक्कै रोमाञ्चकारी अनुभूति गर्यो उसले । चप्पल खोलेर भित्र पस्यो । अचेल उसलाई कोठाको एकान्त र शान्त वातावरणले मोहनी लगाएको छ । ऊ जव कामबाट फर्किन्छ तब कोठाको बीचमा उभिएर एक पल्ट सम्पूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता

~गीता थापा ‘दोषी’~ ‘दिदी एउटा कुरा थाहा पाउनु भयो ? ‘ निक्कै अचम्म मान्दै साबीत्राले झ्याल बाहिर उभिएर सोधी । प्रत्युत्तरमा मैले भनेँ ‘तिमीले भने पो थाहा पाउनु ।’ जिज्ञासु बनेँ ‘के विशेष हो ? ‘ कलियुगमा नहुने नहुने कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिछोड

~गीता थापा ‘दोषी’~ ‘अंकल आण्टीको हाउ नाइस कपल हगी मम ? बोथ भेरी लक्की ।’ बसुन्धराकी छोरी जेनीले बार्दलीमा उभिएर भनेको कुरा याद आयो कमलालाई। आज भन्दा दश वर्ष अघिको कुरा हो। त्यतिखेर कमला र जीवनको भर्खर विवाह भएको थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा: छोरीको महत्व

~गीता थापा~ अबुझ परिवार वा अबुझ समाजमा जन्मलिनु पनि जीन्दगी एउटा अभिसाब रहेछ। किनकी त्यहाँ बुझिन्छ कम । अनेक थरिका संस्कार कुसंस्कार लादिन्छ बढि । अब नमान्दा पनि नहुने मान्दा पनि आफ्नो मनका हरेक कुरालाई तिलाञ्जली नदिई सुखै नपाइने । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हृदयघात

~गीता थापा~ उनको पुरै उमेर जागिरमै ब्यतित भयो । खाइ लाई उभ्रेको दुई चार पैसा बचाएर जोडेको एउटा घर छ उनिसित । श्रीमतीले चार चार सन्तान जन्मदिए पनि अन्तिममा एउटा छोरा बच्यो ।  त्यहि भा’को छोरा पनि उच्च शिक्षाको लागि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : ढाँटेको बिहे

~गीता थापा~ आक्कलझुक्कल बाउआमाको भनाभनसम्मको द्रिष्य देखेका थिए उसका आँखाले । तर बाउले आमाको शरीरमा निलडाम हुनेगरि मुक्का बर्साएको भने कहिल्यै थाहा पाइन उसले । कहिलेकाहिँ आमालाई सोध्ने गर्थी ऊ ” के

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : छोरो मोह

~गीता थापा~ उसकी हजुरआमाको स्याहार गर्न म छनोट भएकी थिएँ । ऊ एयरपोर्टमा मेरो प्रतिक्षा गरिरहेकी थिइ । म उसलाई देखेर उतिर बढें । उसले दुई हात फिँजाएर मलाई अंकमाल गरि । मेरो सुटकेश गुडाउँदै अगाडि लम्की । म हाते … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रेटिएको सत्य

~गीता थापा~ नरेशले बुवाआमा र आफन्तका मुखबाट एउटै कुरा सुन्दै आयो “मिहिनेती, इमान्दार, र असल मान्छे बन्नुपर्छ ।” त्यही कुरा सुनी सुनी उसले स्कूल सकायो । क्याम्पस सकायो । खायो जागिर । गर्‍यो विवाह । र भयो दुई सन्तानको बाउपनि । देशमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : जोईटिङ्रे अमेरिका

~गीता थापा~ लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : मंशिरको चुनाव

~गिता थापा~ घाम खपिनसक्नु भएर चर्केको छ। उखरमाउलो गर्मीको प्रभा नगरि मकै गोडेर आयो राउत जेठो । स्वास्नी ढोडको आगोमा गुन्द्रुक तताउँदै थिई । ‘मरिने भइयो । यसपाली त झन् पोहोर परारको साल भन्दा पनि गर्मी छ बा ! यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : अमृतमय धारा बहिरह्यो

~गीता थापा~ दुईजना साथी थिए । ति दुईले सानामा स्कूल सँगसँगै पढे । कलेज पढ्ने बेलामा ति दुईको बिषय अलग भयो  । बिचार अलग हुन पुग्यो । एउटाले होटेल म्यानेजमेन्ट पढ्ने सोच बनायो । अर्कोले इन्जिनियर पढ्ने निर्णय गर्‍यो  । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नयाँ कथा कोरेऊँ रे

~गीता थापा~ तिम्रो नजिक बाट टाढा काँही नजाउँ जस्तो तिम्रो माया खहरेको छाल् भन्दा नि सस्तो आँफैलाई सोधी हेरे तिम्रो माया बोकि कति राखौ बेदनालाई मनैभित्र रोकि

Posted in कविता | Tagged | Leave a comment

कथा : अहंकार छाडेको दिन‏

~गीता थापा ‘दोषी’~ एउटै गाउँ एउटै परिवार,जोडिएको आँगन, साईनोले देउँरानी जेठानी। शिला र शुलोचना कि आमाहरु तर उनिहरुमा मेलमिलाप थिएन। ति दुबैमा देखिसेखी गर्ने बानी एक अर्कालाई होच्चाएर रमाउँन ति दबै कम थिएनन। आँफू मात्र ठुलो हौं भन्ने मानसिक चिन्ताले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरोप

~गीता थापा ‘दोषी’~ छोरो दगुर्दै आयो । आमाले पुलुक्क हेरी । उसले सुनायो ‘आमा ! त्यो पल्लो घरको विर्खेले तपाईलाई बोक्सी भन्छ ।’ आमा भान्सामा व्यस्त थिई । छोराका शब्दलाई गम्भिरता पूर्वक लिइन । बरु सहजै जवाफ दिई ‘भन्न दे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सिन्दुर र पोते

~गीता थापा~ संयोगबस ऊ र म एउटै सिटमा थियौँ । बस हिँडेको पाँच दश मिनट पछि उसले कुरा निकाल्यो “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ” “महत्वपूर्ण भए सोध्नुस्। होइन भने समयको बर्वादी नगर्नुस् ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मरणच्याँसे मौन भयो

~गीता थापा (दोषी)~ पाँच बर्ष अघि काठमान्डौ पसेको अन्तरे आज आउला भोलि आउँला भन्दभन्दै घर फर्किएन।अन्तरीले भने उसको प्रतिक्षा गरी नै रही । यता अन्तरेले काम केही नपाएर पशुपति छेउमा हात पसारेर माग्न थाल्यो। दिनानुदिन मानसिक तनाबका कारण अन्तरेले आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment