सुनिता सापकोटाक १० मुक्तकहरु

~सुनिता सापकोटा~Sunita Sapkota

मुक्तक 1
हुदैन रात नढली बिहान हुदैन
अनि लक्ष्य बिनाको अभियान हुदैन
हो,सधै बेकुफ बनेर किन दौडिन्छौ??
मान्छे नगाडी कतै पनि चिहान हुदैन
========
मुक्तक 2
भिरमा जाने गाइलाइ अगालेर हुदैन
पानी माथी आगो कहिल्यै बालेर हुदैन
तिमी नगर बिनासित्ती घमण्ड नगर
कसम फलाम त्यो सुन गालेर हुदैन Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : क्याम्पस गेटकि बहुलाई

~कमल ढकाल~Kamal Dhakal

२०६५ साल माघ महिना l प्रकृति लाई चुनौती दिंदै अर्धनग्न  हिंड्ने युबतीहरु पनि आजभोली छाला रंग को लेगिन्स लगाएर हिंड्न थालेका थिए l यिनीहरुलाई थाहा छ आँखाको कमजोरी, सत्य देख्दैन सतह देख्छ l र  निरीह बुद्धि को दुर्बलता, देख्दै  नदेखेनी मंगल ग्रहमा पानीको अनुमान लगाउन सक्छ  तर मन्दिरमा पातलो रातो कपडाले छोपेको मूर्ति ढुङ्गो हो भन्ने भेउ पाउदैन l बुद्धि बलियो हुँदो हो त मान्छेले  ‘राम्रो’ र ‘राम्री’ तिर मरिहत्ते गर्ने थिएन l आखिर जस्तो रंगको कपडा लाए पनि  जति महँगो कपडा भएपनि  कपडा भित्र हरेकमान्छे नांगै र लगभग लगभग  उस्तै हुन्छ भन्ने ज्ञान हुने थियो l Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माछापुछ्रे

~आभाष~Aavaas - Achyut Prasad Phuyal

बोकेर
केही थान आइस क्यूब
लेक साइडतिर झर्छ– माछापुछ्रे
छिर्छ
मधुरसले सजिएको
कुनै
ब्रान्डेड बारभित्र
अर्डर गर्छ
एउटा लार्ज पेग ह्विस्की Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरा रहरहरु ज्यूदा छन्

~गणेश कार्की~Ganesh Karki

म छु सँगै तिमी छौ अनि मेरा रहरहरु ज्यूदा छन्
बग्दछ माया यत्र तत्र, नदि नहर हरु ज्यूदा छन् ।

अभावमा तिम्रो साथ पाएँ, सुखमा पनि तिमी खोज्छु
आशा छन्, सयौं सपना छन्, अनि प्रहरहरु ज्यूदा छन् ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कमाई गर्नेहरु…

~अज्ञात मित्र सागर~

सल्लाहको शुल्क माग्छन्, कमाई गर्नेहरु…
सेवा नै हो धर्म भन्ने, भनाई गर्नेहरु…

ज्यानै बाजी थाप्ने योद्धा, साहसी छन् भन्थेँ,
मृत्युसँग भाग्दा रैछन्, लडाई गर्नेहरु… Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : पारि गाउँको निष्ठुरी

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता
चस्को पर्‍यो यो मुटु माझ ।

उनको घरको टल्किएको टिनको छानोदेखि Continue reading →

Posted in नेपाली गीत | Tagged | 1 Comment

गजल : गजलकार आज

~ईश्वर शाही~Ishwor Shahi

त्यै भट्टी छिरेछ गजलकार आज ।।
बैमानी भिरेछ इमानदार आज ।।

के बयान गरौ र पत्याउनै गाह्रो ,
रावण भएछ मिलनसार आज ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पाँच वर्षकी छोरी

~दिव्या बज्राचार्य~Divya Bajracharya

छोरीलाई बुद्धि छैन भन्दै गाली गर्छु
तर तीर्खा लाग्दा छोरीले पानी ल्याइदिन्छे
थकाई लाग्दा विस्तारै खुट्टा सम्सुम्याइ दिन्छे

कस्तो लाटी होला भन्छु
म दुखि हुदा मलाई हसाउँन खोज्छे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : समानता

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

मुसोले हात्तीसँग विहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहरू समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्य गर्ने पहिलो व्यवहारिक खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र चाहाड मनाइयो।

हात्तीलाई भनियो – ‘घरभित्र पनि तिमीले समान अधिकार दिनुपर्छ।’

सज्जन हात्तीले त्यसलाई सहर्ष स्वीकार गर्योे। उनीहरूले सँगै आर्जन गरे, एउटै भाँडोबाट खाए, उस्तै लगाए। हात्तीलाई कहिले कहीं नपुग भयो होला तर मुसोलाई कहिले पनि भएन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बाँकी नै छन्

~श्याम तमोट~Shyam Tamot

अनायासै हुरी चली फूल झारे पनि
बसन्तका यामहरु अझै बाँकी नै छन् ।

निदरीलाई भंग पारी सपना चोरे पनि
मुटु भित्र ढुकढुकी अझै बाँकी नै छन् ।
मानिसले सोचे जस्तो कहाँ हुँदो रैछ
नसोचेको विपत्तीले मन रुदो रैछ

आँसु खसी आँखाहरु रित्तिगए पनि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जब हुन्छ परिवर्तन

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

परिवर्तनको आधि हुरी जब-जब आउँछ
सबैखाले वस्तीहरुमा खुसीको बहार छाउँछ।

समानता र असमानता यो कस्तो शब्द बन्यो
अशान्ती सबै हटि शान्तीको भाका गाउँछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : The hollow mentality

~Ismael Subba~Ismael Subba

The deep hollow mentality
is danger than the sea.

waves of thoughts
are deeper than
the sea and is
very dangerous.. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : भन्न त भन्दछन्

~कृष्णहरि बराल~Krishnahari Baral

भन्न त भन्दछन् जमाना खराब छ
मान्छेहरूको आफ्नै चाहना खराब छ

तिर हुन् कि हुन् ति बृष्टि यो छातीमा गढ्दछन्
देख्दै छु आँखाहरू कै निशाना खराब छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : संसारनै जिते जस्तो लाग्छ

~ध्रुब कुमार थापा~Dhruba Kumar Thapa

तिमी हास्दा संसारनै जिंते जस्तो लाग्छ
रिसाउदा आकासनै खसे जस्तो लाग्छ

मन्द मन्द मुस्कान छ मिठो बोलि साथ
माया बसी मुटु बिच खिचे जस्तो लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जनघोष

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

हाम्ले आज अमानवी दमन यो बिर्सेर के पाउने
बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने
खाई घातक मार दुर्दमनका पीडा सहन्नौं अब
खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौं अब

आगो आज उठी सक्यो झुपडीमा बन्दै गई उन्मना
हाम्रो के अब झुक्न सक्छ र यहाँ विज्ञानवादी फना
उठ्दैछन् हँसिया हलो र खुकुरी खुर्पी खुँडा बञ्चरा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान

~दिव्य गिरी~Dibya Giri

पुरानो काम नलाग्ने
चौबाटोमा फ्याँकिंदा
टुक्राटुक्रा र छरपष्ट
फुटेको घ्याम्पो जस्तै विभत्स
यो वर्तमान !

टपरीभरि खरानीको कालो डल्ला
छ्वालीको मुठो र काँचो हाँडी
रातो खुर्सानी र लसुनको पोटी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अवश्यम्भावी आन्दोलन

~शिरिष लामिछाने~Shirish Lamichhane

बहुदल,एक्दल संगै
राजतन्त्र आए, प्रजातन्त्र आए
समाजवाद, साम्यवाद आए
जुलुस आए, पुलिस आए
बालबच्चा पनि आए
युवा,बुढा सबै आए
तर गए त केवल
पल्लोघरे आमैको कान्छो छोरो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हक लुटिएको छ

~दिनेश राज पुरी~Dinesh Raj Puri

इज्जत लुटिएको छ अनि हक लुटिएको छ
यो सब आफन्तै बाट भकाभक लुटिएको छ

तरकारी वेचेर कसरी, चुलो धुवाउला उस्ले
सडकमै उस्को तराजु र ढक लुटिएको छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : फकाई दिन्थे सानु

~कृष्ण के.सी.~Krishna KC

बच्चा भए ललि पपमा, फकाई दिन्थे सानु
तारा झार्ने गफ सुनाइ, थकाइ दिन्थे सानु

नबुझेरै पण्डित बनी, वेद पढ्दै हिड्यौ
सक्ने भए मन्को जेलमा, जकाइ दिन्थे सानु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : एक रातको प्रेम

~शितल दहाल~Shital Dahal

उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी भएर घरमैं आरामका लागि बसेको बताइ । केटाले आफ्नो पनि विदाको दिन परेकोले कुरा गर्न समय मिलेको बतायो ।

दुवै जनाले आफ्ना स्कुलदेखि क्याम्पससम्मका पढाईको कुरा गरे । केटा युरोपमा रहेछ । केटी यता आफ्नै बुटिक चलाइ बसेकी । दुबै आत्मनिर्भर । नेपालमैँ बसे पनि केटी आधुनिक । १० वर्षदेखि युरोपमा रहेको Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : एउटा बसाई सरेर बाँचे !

~जय सिंह महरा~Jay Singh Mahara

कालो धुँवामा गुम्सिएका सपना छरेर बाँचे,
एक पल जीउनका लागि हरपल मरेर बाँचे !

यात्रा हो भन्थे जीन्दगी त उकाली र ओरालीको, Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : शहरियाहरु

~मदन मुस्कान खत्री~Madan Muskan Khatri

मर्दा पर्दा आउदैनन शहरियाहरु
कैलै फुर्सद पाउदैनन शहरियाहरु

देश चलाउने तिनैले चाबी बोकेर,
देशको गीत गाउदैनन शहरियाहरु! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : खोटाङ्गे हुँ म

~दिपेन्द्र राई ‘अश्रुमाली’~Dipendra Rai 'Ashrumali'

साचो माया प्रिती गाँस्ने खोटाङ्गे हुँ म ।
दुःख मानि रमाई हाँस्ने खोटाङ्गे हुँ म ।।

रावा सावा साप्सुसँगै लुकामारी खेल्दै ।
मेरुङ सेल्मे मनमा टास्ने खोटाङ्गे हुँ म ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तै हुदो रहेछ

~रामु गैरे~Ramu Gaire

यस्तै हुदो रहेछ साथी बिदेशमा माया बसेपछी
अरबी तरुनिको माया जालमा फसेपछी

मन लोभौने रहेछ अनेक थरिको मेक अप घसेपछी
अलग हुन गाहरो रहेछ मायाको फन्दमा पसेपछी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनमिन कहा छ सिङ्गो हाम्रो नेपाल ?

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

बाँच्न पर्ने बाध्यताले
अनि सुख किन्ने रहरले
जन्मभुमि बाट टाडिएको
एक नेपाली हु म ।

परिस्थीति सँग मुकाबिला र संझौता गर्दै
उज्वल भविश्यको खोजि गर्दैछु …….।
जसरी
तिमी नेपालमा शान्ति खोजि रहेको छौ ….।
मलाई थाहा छ,
तिमीलाई यति बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

शारदा पाठकका ११ हाइकुहरू

~सारदा पाठक~Sharada Pathak

पीरतीको खेल
सोह्र बर्षो उमेर
बुढो रहर ।

जवानी चढ्यो
बिदेशमा जीवन
सम्वन्ध टुट्यो ।

इसारा काफी Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : यो समाज

~यज्ञेश~Yagyash Dhwoj Karki

यो मानिसको किनबेच चल्ने समाजमा
मजबुरीमा, लाचारीमा, बलजफतीमा, जबर्जस्तीमा
कयौं बेगुनाह चेलीबेटी बेचिन्छन्,
जो लज्जा र अपमानले
दिनभरी लुक्छन्,
रातभरी दिनलाई कुर्छन्,
सबका सामु झुक्छन्,
आफ्नो नसीबलाई धिक्कारी सुकुँसुकुँ रुन्छन्,
उनलाई अतीतले पोल्छ
भाग्यले पिरोल्छ
भित्रभित्र भावनाहरुले दुख्छ,
अनि यो समाजले पनि
उनै उपर थुक्छ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चर्किएको ऐना

~प्रमिसा केसी~Pramisha KC

रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वुढीआमा

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

युद्घमा शान्त्तिका नासोहरु
खोज्दै छिन् ,
क्षेत्विक्षत् भएका मासूका चोक्टा-चोक्टा, र
हड्डीका कुड्काहरु खिच्रिङ्ग-मिच्रिङ्ग सरी
वटुल्दै छिन् ।
चाउरीका अनुहारले टुलुक हेर्दै ,
आशुको तरेलीमा ,
सुस्केरा हाल्छिन् , ऊ खुर्इ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : झिनो रहरमा आज

~रश्मिला कवाङ~ Rasmila Kawan

जीन्दगी यो बिताउनु हुन्न झिनो रहरमा आज
बेकार छ ठुस्किनु छालका लहरमा आज ।

समय बित्दैछ छ निरन्तर, मान्छे बदलेन
परिवर्तनका कुरा नगर तिम्रो सहरमा आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देश प्रेमी नेताहरुलाई मेरो आग्रह

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

देश प्रेमी नेताहरु देशको बिकाश गर्न झुक्नु हुन्न
बिभिन्न राजनितिक दलहरुका प्रतिनिधीहरुले

उठाएको मागहरुलाई मुल्याकन गर्न भुल्नु हुन्न
बुद्धको देशमा आज किन हत्या हिंसा बढ्दैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चोरी लग्यौ

~कृष्ण के.सी.~Krishna KC

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ
प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी
हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment