गजल : शहरियाहरु

~मदन मुस्कान खत्री~Madan Muskan Khatri

मर्दा पर्दा आउदैनन शहरियाहरु
कैलै फुर्सद पाउदैनन शहरियाहरु

देश चलाउने तिनैले चाबी बोकेर,
देशको गीत गाउदैनन शहरियाहरु!

महलमा मै देउता बनाएका छन रे,
र त मन्दिर धाउदैनन शहरियाहरु!

आमा भन्थिन छोरा नजा शहरतिर,
भोकै मरेनि खुवाउदैन शहरियाहरु!

मदन मुस्कान खत्री
दाङ नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.