कविता : हाँसिरहेको छु

~मदन मुस्कान~Madan Muskan Khatri

हो म हाँसिरहेको छु
बेदना अनि बिबशताको हासो
असफलता अनि लजस्पदताको हासो
समस्या अनि अभाबताको हासो
करुणा अनि बिच्छुकताको हासो!

किनकि म रित्तिएको छु
अदैृत अनि उमंग बाट
म नाङ्गि सकेको छु अब
स्वाभिमान र अस्मिता बाट
मैले हारिसकेको छु अब
संघर्ष र जीवन बाट!

हो म भएको छु नितान्त एक्लो
अब मेरो केहि पनि छैन
अब मेरा कोहि पनि छैनन्
कुनै योजना छैन
लगनशीलता छैन
धैर्यता छैन
लाग्दैछ अब
आफुलाई आफु नै छैन!

छ केबल म संग
वेदना छ ,बिस्मात छ
असफलता छ,शुन्यता छ
फजित छ, फगत छ
तैपनी म दुनियाँ को अघि
होस्टे मा हैसे मिलाउन
हसिरहेछु केबल हासिरहेछु !

मदन मुस्कान खत्री
दाङ नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.