कविता : समय

~नवराज योन्जन~Nabaraj Yonjan

त्यो एक पल थियो |
५१ करोड वर्गकिलो मिटर ओगट्ने
दिन र रातलाई
एकनास मापन गर्दै दौडिरहेको
विश्वको कयौ घन्टाघरको सुईहरुलाई
संसारको अग्लो
आफ्नै देशको सगरमाथा चढेर
चिच्याउँदै कराउन मन लागेको थियो |
ए पर्खन पर्ख समय
म यहाँ स्वार्थपूर्ति अलमलमा छु | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभागी नामक पुस्तक छापियोस्

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

आशै आसमा निराश भैजान्छ भने जिन्दगी
कसैको आशाको कल्पना बनी दियोस्

आशुनै-आशुमा डुबी जान्छ भने जिन्दगी
बगी जाने खहरेको भेल बनी दियोस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : असम्भब​

~निरुत्साहित भेटवाल​~Ananta Bhetwal 'Nirutsahi'

रक्षा पट्याउदै मा जिक्री हुने भा,
पितल गाल्दैमा सिक्री हुने भा,
धनिमा पनि धनी हुन्थे होला Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मन-मोहित छ

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

मिठा मिठा तिम्रा कुराले मन-मोहित छ,
पश्चतापमा मेरो मन हर रोज-रोदित छ।

झुटको खेति गरेर,टन्नै झोला भरेपछि,
नेपाली जनको शीर,रिसले क्रुर-क्रोधित छ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो कथा खाली

~मन बहादुर मुखिया~Man Bahadur Mukhiya

मेरो कथा खाली खाली पिंजडामा खोज
मेरो व्यथा भत्किएको मन्दिरलाई सोध
रुंदा रुँदै हांसी दिनु गाह्रो छ की छैन
जली जली खाक हुने मैनबत्तिलाई सोध
मेरो कथा….

बाँसुरी झैँ चोट बोकी धेरै गीत गाएँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सिजो : गाग्रीमा पानी

~मुरारीप्रसाद सिग्देल~Murari Prasad Sigdel

गाग्रीमा पानी चढेकी, बढेकी सानी

प्यास बढ्यो चर्को, Continue reading →

Posted in सिजो | Tagged | Leave a comment

कविता : विक्षिप्त घोडचढी

~आभास~Aavaas - Achyut Prasad Phuyal

घोडचढी
घोडामाथि छ
र ऊ आफैंलाई थाहा छैन
ऊ केमाथि चढिरहेछ
अहिले
चर्को घाम छ या बादल
यो पनि उसलाई थाहा छैन
सडकमा
कालो लम्पसार सडकमा
केको लस्कर लम्किरहेछ
जुलुस, मलामी या जन्ती
आकाशमा
नीलो आकाशमा
चमचम के चम्किरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

घनश्याम न्याैपाने ‘परिश्रमी’का सात हाइकुहरू

~डा. घनश्याम न्याैपाने ‘परिश्रमी’~Dr Ghanshyam Parishrami

१.
बस्ती बस्तीमा
सधैं झगडा गर्छन्
आगाे र पानी

२.
उखेलिएका
जराहरूकाे पीडा
चराले भाेगे
Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

छोक : आकृति

~नकुल सिलवाल~Nakul Silwal

अरे ! म त व्याप्त छु
आफुले ठाने जति,
थाहा भएजति
हावाको झोक्कामा
आफ्नै नाम
प्रतिध्वनित भैरहेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~सागर कार्की~Sagar Karki

भर्खरै हिड्न सिकेको बच्चा जस्तै
ताते-ताते गर्दै
हिजो गर्भबाट निस्केको सपना
आज जनसंग्रामको चट्टि लगाएर
क्रान्ति भूमीमा
लडीबुडी खेलिरहेको छ ।

बोली फुटेको छैन
र पनि चर्का-चर्का नारा निकाल्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खि बसे

~रामु गैरे~Ramu Gaire

साझपख तिमी
आउछौ भनी
टोलाई रहे चारै तिर
आईनिउ तिमी गल्ली -गल्ली
गोरेटो बाटो जताततै
एकोहोरो हेरी रहे अझैपनी आईनौ
तिमी कोइली चरी पनि
आ- आपसमा माया प्रिती
साटा साट गरी रहेका थिए
दुई चरिका जोडीहरु अटुट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : ढालिदिए आज मैले

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

देउता बस्ने मठ मन्दिरै, ढालिदिए आज मैले
तिमि बस्ने मुटु झिकी , फालिदिए आज मैले

एउटा मात्र हातले ताली , नबज्ने नै भए पछि
चोखो माया भङ्गालोमा, हालिदिए आज मैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जनआवाज

~रसिक रमण~Rasik Raman

जहाँ स्वेच्छाचारी छ ,
भ्रष्टाचार कालोबजारी छ ,
शोषण र अन्याय छ
त्यहा
हर युगमा साक्षात हरि
गोविन्द जन्मने गर्दछन ;

शोषण र कुपोषणले जर्जर बनाएको
अनकन्टार ग्रामीण परिवेशको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : शहर भरेर आँए

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

तिम्रो मायामा पग्लीएछु, शहर भरेर आँए
मनै बाट उम्लीएछु, रहर भरेर आँए

अनेक थरी आए मनमा तृष्णा भरी भरी
तिम्लाई पाउने आसमा, लहर भरेर आँए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : लोकतन्त्र कि भोकतन्त्र ?

~डिल्लीराज अर्याल~

बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति
नसप्रे मति मान्छेको सप्रला कसरी गति?

उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो
हार खाएर मान्छे यो संहारक बनी हिँड्यो

सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ
विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : डाक्टरको सपना

~अल्पबिराम ~AlpaBiram

भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ त्यो आकृतिको उपस्थितिले मन मनै रिस पनि उठिरहेको थियो । तैपनि संयमित हुँदै बत्ती बालेर हेर्छु त बिघ्नहर्ता लम्बोदर गणेश पो हुनुहुँदो रहेछ । सम्पूर्ण थकाई तथा रिस जति हावामा कपुर जस्तै उडेर कता बिलायो बिलायो ।

मैले धनुष्टंकार नमस्कार गर्दै भने, ‘हे भगवन आज मेरो कुटी पवित्र भयो, म धन्य भएँ । मेरो जन्म सार्थक भयो । आज्ञा बक्स्योस प्रभु ! यो सेवकले हजुरको के सेवा गरुँ ?’

भगवानले आज्ञा गर्नु भयो, ‘हे वत्स ! डाक्टर प्रसून विभा श्रेष्ठ तिमी नै होइनौ ? ’ Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : एक दिन गल्छ मान्छे

~दिव्य गिरी~Dibya Giri

कस्तै बलवान होस्, एक दिन गल्छ मान्छे
संसार छोडेर चीतामा हुर्हुरी बल्छ मान्छे ।

बाहिर बाहिर हाँसेको देखिन्छ ता पनि
मुढोझैँ सल्किएर भित्रभित्रै जल्छ मान्छे । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : स्खलित विचारहरुको बजार

~बासु शर्मा~Basu Sharma

उल्टो सरेको हो कि समय ?
फेरि धकेल्दैछ भिमसेन थापाहरुलाई
जीवन र मृत्युको आँखमिचौलीमा
र, नन्द प्रसाद र गंगामायाहरुको नियति लेखिंदैछ ।

अनगिन्ति आँखाहरु डुवेकैछन् आँसुमा
विचारान्तरको शिकार बनेकाहरु
कहाँ जाउन् न्याय खोज्न
जवकि ‘न्याय’ आफै न्याय मागिरहेछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~शिरिष लामिछाने~Shirish Lamichhane

आफ्नो कुरा ब्यक्त गर्न
पर्खिरहेको एक मानिस
जब न्याकिन्छ समाजबाट
जब उसको भावनालाई
नाली सरह तुल्याइन्छ
र, जब उसको बेदनालाई
चर्पीमा “फ्लश” गरिन्छ
तब जन्मिन्छ एक आक्रोश
जसले रोप्छ क्रान्तिको बिउ
अनि निकाल्छ ज्वाला
निक्लेको ज्वालासँगै
उन्नत कहलिएको समाज
आँखा झिमिक्क गर्न नपाउँदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य गजल : अर्थ छुट्टै

~प्रेम चापागाईं~

किताब नै छन् झोलामा तर पड्नुको अर्थ छुट्टै
लाईन मिची मिची कन अघी बड्नुको अर्थ छुट्टै

सगरमाथा सिखरमा पाइला राख्न जाने पनि
सिखर चुम्ने बहना रैछ चडनुको अर्थ छुट्टै Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

रुबाई : स्वाभाविमान

~राजकुमार खड्गा~

मन मेरो भन्नु त यति एउटा न हो
तन मेरो भन्नु त यति एउटा न हो

एउटा भएको मुटु पनि टुक्रयाउॅ भन्छौं Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

कथा : ठगिएको मान्छे ..

~दिपेन्द्र खड्का~Dipendra Khadka

बसले बस रोकिने ठाउमा रोकी दियो चारै तिर हेरे कहिँ पनि गाडीको यात्रा देखिन गाडीको धंग धंगीले होला मलाई खासै उभिन मन परेन परबाट एउटा कालो चस्मा लागएको रिक्सावाल आएको देखे मुख पुरै ढाकिएको थियो मन मनै सोचे कतै धुले बाटोले पो हो कि भनेर वास्ता नै गरिन केहि समय पश्चात मेरो छेउमा आयो र टिरिंग टिरिंग घन्टी बजायो ।

रिक्श्वाल : कहाँ सम्म जाने दाई ? यो अन्तिम रिक्सा हो मेरो गई हाल्नु होस् पछि पाउदैन ।

मैले वास्ता नै गरिन नाथे रिक्सा त हो नि पाइएला नि भनेर वास्ता गरिन उसले मलाई फेरी पनि जाउँ जाउँ को संकेत गरिरहेको थियो तर मैले सुनेको न सुनै गरे घमण्ड गरिरहे केहि समय पश्चात रात पनि झमक्क पर्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : डोल्से लाहुप्लेमा झ्वाम्ल्ङग

~केदार सङकेत~Kedar Sunuwar 'Sanket'

पौडी खेल्दा तैरिन नसकेको याद ताजै छ । पौडीमा पास भएपछि माछो जस्तै तैरिँदाको स्वाद पनि फेरि अर्कै छ ।

अल्लरे छँदा उत्तिसको स्याउलाले ठाडेखोला बारेर चिसो पानीमा झ्वाम्ल्लङग हाम्फालेको झर्रो याद तातो पानीको डुबुल्कीले मेट्न सकेन तिर्सना । हुनत यात्रा न हो, स्पर्श लिन सक्नुमा आत्मनिर्भरताको ठूलो भूमिका रहन्छ । आज यस्तै अनुभव भैरहेछ डोल्से ला हुप्लेमा झोप्लाङिदा ।

१७ अगस्ट २०१३ को ६ बजे बिहानै हामी डोभरको बन्दरगाहतर्फ लाग्यौँ । बिहानीपख बेलायतमा हाइवे त्यत्ति खचाखच हुन्न । त्यसैले बिहानै बाटो छिचोल्नु अलिक सजिलो हुन्छ । हामी ४ जनाले पनि आ–आफ्नो सामान कारको डिक्कीमा राखेर खाली पेट नै घर छोड्यौँ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : कलमको तोक्मा

~काप्पोबा चुम~Kaappabo Chum

कालो कोट लाउने आशमा
ढाकर बोके झै किताबका भारीहरू बोकेर
खाली खुट्टा हिडियो
तर कलमले कतै तोक्माको काम गरेन ।
हो,
जब कलमले तोक्मा जति पनि उपयोगी भएन
तब कालो कोटको बाटोले खोटै खोट दियो,
चोटै चोट दियो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पिएर जाउ!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

आँशु अझै बगि रहेछ पिएर जाउ!
जे जती छन पिड़ाहरु दिएर जाउ!

मै रोइ दिउला एक्लै एक्लै बिरह मा
मेरो हिस्साको खुशीपनी लिएर जाउ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म किनार 

~दीपा लिम्बु राई~

गोधुली साँझ…
चराहरुको बटालियन

गुडतिर फर्किरहेछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरा सन्ते बौलायो

~जयन्त शर्मा~Jayanta Sharma

सबैले सन्ते जाँड खाएर बौलायो भनेपनि
सन्ते किन बौलाएको हो गुदी थाहा छैन ।
गाउँमा ढुङ्गा कुटेर परिवार पाल्ने सन्ते
काठ्माडौं आएर एक्कासी कसरी बौलाएछ?

आफूले खाएको थालमा लात हान्न नसक्नु
टेडो आँगनमा छमछमी नाच्न नजान्नु
बिचरा सन्तेको त्यसमा के दोष? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~काजिमान याक्सो~Kajiman Yakso

जिन्दगीका रहर र आसा
अनि
अभिलाषाहरु
संघर्स संगै बहक्किएर होला
त्यसैले
सधैं अभस्त्य देख्छु म
यो जिबन यात्रा
शायद
खाउं लाउं र सधै केहि गरुं
भन्ने रहर र चाहानाले
कहिल्यै नछोडेर पनी होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको पुनर्घोषणा !

~मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

“मोराले मन्दिरै भत्काउने पो हो कि”
भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु
पशुपतिनाथको देशमा
म
उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु
मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि
मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?
प्राकृतिक रेफ्रिजेरेटर खोलेर
लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सार्की

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

कनिका–टीप,
सडल चम्र्ममा राख्छन् सीप,
थामन प्राण,
विष्णुमतीमुनि अनगिन जल गो
करवीर चिताले पुस्तौँ दाबी
समाज, व्यक्ति कुन हो पापी ?
मलको थुप्रो सडक किनार
ज्ञानी गुनीको चल्दछ धार
दृगमा दिल खै ?
मानवता गीत हजार ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेलसन तिमी यो धर्तिमा

~भावना परिष्किृत सुनुवार~ Bhawana Parishkrit Sunuwar

हार्दिक श्रदान्जली !!
नेलसन तिमी यो धर्तिमा
आउनुको खास कारण थियो
बिधाताको योजनामा
तिम्रो जन्मको उद्देस्य महान थियो
सबै जन्मन्छन धर्तिमा घुमेर जानलाई
तिम्रो त अबतरण भएको थियो
युगको परिवर्तन गर्नलाई
तिमीले सिकाएको पाठ घोक्दै घोक्दै
तिमीले हिंडेको पाइलालाइ नाप्दै नाप्दै
धर्ती भरिको चेला चेलीहरु अघी बढी रहने छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टुँडिखेल भित्रको ङिच्च हाँसो

~समाश्री राउत~Sama Shree Raut

ऊ ङिच्च हाँस्यो
म पनि ङिच्च हाँसे
हामी ङिच्च हाँस्यौ
थाहा छ हामीलाई
यो आवरण हो
बिवसता लुकाउँने
हामी बुझ्दछौं
अरूको परिबन्द
आफ्नो कमजोरी
र त Continue reading →

Posted in कविता | Tagged | Leave a comment