कविता : न म देबता हुँ न त दानब हुँ

~सुदर्शन सापकोटा~Sudarshan Sapkota

न म देबता हुँ न त दानब हुँ।
कर्मलाई धर्म ठान्ने म त मानब हुँ।

न म हिरा हुँ न त मोति हँ।
तिम्रो दुःखको साथी म त भोकाको रोटि हुँ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आज बिहानै मन एकतमासको भैइरहेको छ

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

बाहिर पानी परेर होला चिसो चिसो अनुभव हुदँछ। बाहिर निस्कनै मन लागेको छैन। रात्रीको शित झरेर गएपछिको मिर्मिरे बिहानीलाई स्वागत गर्न मनले भनिरहे पनि तनले साथ दिरहेको छैन । शरीर आलस्य भएको छ। खै किन किन यो मन आज केहि खोजीरहे झै अनुभव गर्दैछु । अनि पुर्वपट्टीको झ्यालमा बसेर सुर्यदय हेर्दै तातो चियाको सुर्को संगै अतितमा विलिन हुनपुगिरहेछु । मेरो यो मन् जता लगे पनि गैइदिन्छ । समय पो मान्दैन त पछाडी फर्केर जानलाई यो मन त एकै छिनमा स्वीजरल्यण्ड अनि एकै छिनमा काठमाण्डौं उडान भरिदिन्छ। यति छिट्टो उड्ने मेरो मन आज १४ वर्ष पछाडी पनि जान किञ्चित आनाकानी गरेकी छैनन् ।

मेरो एक इशारामा वायुपंखी घोडामा चढेर उडिहाल्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मुण्डन

~भैरव अर्याल~Bhairab Aryal

एउटा कुनै देशको संसदमा एकदिन निकै चर्काचर्की भयो । चर्काचर्कीको कारण कुनै राजनीतिक कारण थिएन । तर कुरो के थियो भने एकजना मन्त्रीले अचानक कपाल खौरिएको विषयमा– हिजोसम्म उनको टाउकामा लामा–लामा मुन्द्रे कपाल थियो तर राति अचानक उनको मुण्डन भएको रहेछ । सदस्यहरूमा मन्त्रीलाई के परी आएछ भन्ने खासखुस चलिरहेको थियो । विभिन्न किसिमका अडकल काटिँदै थिए । एकजनाले भन्यो– साथीहरू, दिमागमा टन्न गम्भीर विचार गर्न रौँको पर्दा हटाएको होला । कुनै अर्कोले भन्यो– सके मन्त्रीज्यूको परिवारमा कसैको मृत्यु भयो होला । तर Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : यति चोखो यति मिठो

~गोपाल योन्जन~Gopal Yonjan

यति चोखो यति मिठो, दिउँला तिमीलाई माया
बिर्सने छन् साराले पुराना प्रेमका कथा २

मेरा सारा जीबन सबै तिमिलाई
मिठा मिठा क्षणहरु सबै तिमीलाई २
मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सिजो : तिमीलाई हेर्दा

~सुष्मा आचार्य~

तिमीलाई हेर्दा आँखा झुकिदिन्थ्यो

बोल्न खोेज्दा अनुहार Continue reading →

Posted in सिजो | Tagged | Leave a comment

कविता : आव्हान

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

परदेशको यो प्राङ्गणभरी
एउटा दशैं मनाऊँ भन्छु
घर छाडी टाढा आज
भव्य संयोग बनाऊँ भन्छु।
**
नियतिको नभ-भरी
फूलको नसा रसाऊँ भन्छु
पेवा होइन, पराई छैन
नेपाली मन बगाऊँ भन्छु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खोज

~शिरिष लामिछाने~Shirish Lamichhane

सत्यको खोजीमा
म आइपुगेँ
एक नयाँ ठाउँमा
ठाउँको नवीनता नियाल्दै
सत्य सम्झिरहेछु
किञ्चित आशावादी हुँदै
अघी बढीरहेछु
आशा बढ्दै छ
र आकांक्षा पनि
तर फेरी त्यही “नोस्टाल्जिया”ले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कुरा तिम्रा मिठा कति

~गणेश कार्की~Ganesh Karki

खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति
हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति ।

छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन्
तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मन्दी आएको छ

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

जिबन हलचल गराउदा, मन्दी आएको छ
साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ

गाजालु ती मृग नयन संगै, काला केश राशी
एकोहोरो हेरी हराउदा, मन्दी आएको छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मनको कुरा

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

म त जातै सर्मीली तिमीले पनि मुखै खोलेनौ
आँखाले त वोली रह्यो मनको कुरा कहिलै खोलेनौ

आज म त आए हेर तिमी भन्दा धेरै वर
तिमी विना सजाउँदै छु म आफ्नो निरस घर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : बसको यात्रा

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

“हन केसारो ढेस्सीएर बस्नु भएको ? उता त्यत्रो खाली ठाउँ छ ।”महिला पुरुषको कुममा अल्झिएको पछ्यौरीको फेर तान्दै आक्रोषमिश्रित स्वरमा फतफताउँछे।

मैले यसो नियालें । एउटा भुसतिघ्रे काले मस्त निदाएको बहानामा महिलाको कुममा टाउको अड्याउन पुगेछ । महिलाको बोलीले झसंग तर्सिएको बहाना पार्दै वरतिर सरेर आँखा मिच्न थाल्यो ऊ । तिघ्रेमोरो सोझो रछ । नत्र ठाडो जवाफ लगाइहाल्थ्यो “यसो अलिकति छुनै नहुने मान्छेले त आफ्नै गाडीमा आउनु नी !”महिलाका आँखासित मेरा आँखा जुध्न पुगे ।ड्राइभरले घ्याच्च ब्रेक लगायो । सबै यात्रु सीटबाट एक हात माथि उफ्रीए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मलाई माफ गरी देउ

~नगेन्द्र थापा~Nagendra Thapa

मलाई माफ गरी देउ मेरा लोभी नजर
कहिं कसैमा डुबेछ भने
म त खोजि रहेछु हरेक चेहरामा
मेरी सपनाकी एक प्रियसी मायालु २

उ आउँछे संधै म निदाएको बेला, अनि बस्छे मेरो छातीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : खुस्स पस्ने जून बन्छु

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

मध्यरात ¤याल चिर्दै, खुस्स पस्ने जून बन्छु
तिम्रो कोमल तनभित्र, लेप लाग्ने ऊन बन्छु ।।

साँच्चै राख्छु भन तिमी, हृदयको कठघरामा
छातीभित्र बाटै बग्ने, तातो रातो खुन बन्छु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कृष्ण पहारीका तीन हाइकु

~कृष्ण पहारी~Krishna Pahari

हिजो आज त
मन रित्तिए पछी
भोरिनै छाड्यो
१

धमिरा हरु
भित्र भित्र खान्छ्न् Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

अनूदित छोक : तेलको आँसु

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

तिम्रो मूक खुन बोल्ने छैन
जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ
जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सुम्पिएको
गुप्ती घोषणा गरिरहनेछौ Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : उडाइ लग्यो सानो संसारको छानो

~आचार्य प्रभा~acharya Prabha

रहेन अस्तित्व तिम्रो अब
खै!तिम्रो रूपको महत्व
अनी खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरु ,
अनी धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो
निस्कलंक कुमारीत्व । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : म

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

म कसलाई भनुं
मेरो मुखको हाँसो
मात्र
छिया छिया परेको मुटु को रोदन माथि को Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : थाहै भएन

~बिकास सुबेदी~Bikash Subedi

थाहै भएन मलाई कब म सुगा भएछु ?
आफ्नै नाम पनि म भित्तामा लेख्न थालेछु |
आफ्नै मातापिताको पनि नामै भुलेछु ,
थाहै भएन मलाई कब म सुगा भएछु ?

छंगछंग ति किनारका आवाज म सुन्न छाडेछु , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : क्वाँटिको झोल

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

शाश्वत सत्य,
देख्दैन अनुहार ऐनामा मानिस ।
कपटि छ, निर्दयी छ, निस्वार्थ त छँदै छैन ।
टाउको काट्दैछन् मानिस मानिसको
तौलीएर हातहरुमा दया नाप्न खोज्छ ।
देख्दैनन् अनुहार,
ऐनामा मानिस त्यसै रुमल्लीन्छ ।

फुलहरुमा प्रतिन्द्धवदिता चल्दैछ ।
उद्यानमा भेटिदैनन् कुमारी फुलहरु ।
***

बिषय के बन्न सक्छ, परिबेसलाई केलाउने प्रयत्न गरे । माथिको कबितालाई कुन बिबीधताले भरीदिने हो, कुन अलंकारले छोपिदिने हो एक छिन त खुब घोरीए । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

सामाजिक कथा : रगतको नाता

~कृष्ण के.सी.~Krishna KC

किन रोइरहनुहुन्छ आमा ? बारम्बार दोहोरीएर तेर्सिरहने छोरीका यी प्रश्नहरूको जवाफ अहिलेसम्म पनि मैले दिने हिम्मत गरेकी छैन l मेराआँखाबाट तारन्तार झरिरहने आँशुका भाव बुझेर मलाई सान्तवना दिने पनि ऊ अँझै भैसकेकी छैने l ऊ सानी छे त्यसैले अन्जान बनिदिन्छे l रुनुको अर्थ दुख व्यक्त गर्नु हो छोरी भनेर अर्थाउन धेरै पटक खोजे तर सकिन l किनकि उसले कारण सोधी भने म उसलाई भन्न सक्ने अवस्थामा पनि छैन l समयको रफ्तारले उसलाई पनि डोराउदै लैजादा आजाभोलि ऊ ठुली हुदै गएकी छे l सकेसम्म बुझ्ने कोशिस गर्छे l कतै जादा र आउदा आजकल उसले पहिला मेरो आँखामा हेर्ने गर्छे l मेरो मुखाकृतको भावलाई बुझेर सकेसम्मको पढ्ने कोशिस गर्छे तर सक्दिने l बुझ्ने आखिर उमेरको परिपक्कताले न हो l भर्खर त ऊ १० वर्षकी हुदै छे l Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कसलाई दिउ दोष यहाँ ??

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

कति दिन बिते यहाँ कति रात हरु
म त सधै तिम्रै सम्झनामा रोइरहेछु

मन भरि अनगिन्ति पिर ब्यथा संगाली
थाहै नपाइ रस्यो नयन तिम्रै यादमा भिज्यो सिरानी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पराईको हात समाएर !

~सुरेन्द्र खौलराठी~Shree Surendra

मेरो हातमा चिठी थमाई पराईको हात समाएर !
गइन उनि हासि हासि मलाई एक्लो बनाएर !

हेर्दा हेर्दै ओझेल परिन टोलाइरहें दिनैभरि,
कहाँ पुगी हास्दै होलिन मेरो दिल रुवाएर ! Continue reading →

Posted in गजल | Tagged | 1 Comment

लघुकथा : सेतो कोट

~सिन्धु गौतम~Sindhu Gautam

बेडसिट खुम्चिएर एउटा कुनामा जम्मा भएको छ । सबैमा आ-आफ्नै वेदनाको चिच्याई छ । म त्यहीँ एउटा बेडको छेउमा मेरी आमालाई सुम्सुम्याउँदै थिएँ । आमाको दुःखाइ, पीडा भोग्दै थिएँ म मानसिकरूपमा । त्यहाँको भद्रगोल व्यवस्था, वास्ता नगर्ने प्रवृत्तिले म गएको केही क्षणमै शिथिल भएकी थिएँ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : समय

~अतित मुखिया~Atit Mukhiya

समय जव सृजनशील हातहरुमा
अनि पौरखी पाखुरीमा सल्बलाउछ
बिकाश सगरमाथा भएर अग्लन्छ
ज्ञान ढुङ्गामा पनि तेल भएर पग्लन्छ ।

कर्तव्यबाट पलायन भएर
कहिल्यै बिपरित मोडिन जान्दैन समय
झिनोमसिनो निजांग्रे भएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बोझ उकाली बाटोमा

~अनिल बराल ‘गरीब चिराग अछुत’~

पसिना धारा भारीको बोझ उकाली बाटोमा
दुखिको जन्म भएछ कस्तो धर्तीको माटोमा |

ढाकर र तोक्मा नाम्लोको सिरानी
भारीको बोझले खाई सक्यो शिरको पाटोमा | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : मन्डलाकि परी

~सिमियोन रोक्का~Simiyon Rokka

साथीले रातको ११ बजे फोन गर्दै भन्यो, “तपाइँ निदाइ सक्नु भएको? भोलि के गर्ने हो? काम छ? नत्र म तपाईंलाई नाटक हेर्न लैजान्छु।”

नाटक यो शब्दमा नै कृत्रिम भाव छ जस्तो लाग्छ मलाई। कस्तो नाटक गर्न जानेको ? कस्तो नाटक जस्तो ? कस्तो नौटन्की ? खैर जे होस् मैले साथीसँग नाटक हेर्न जाने प्रतिवद्धता जनाए। धेरै सुनिरहेको छु, आजकाल सिनेमा हलमा लाग्ने भन्दा पनि स्तरीय नाटकहरु नाटक घरमा मन्चन हुन्छन्। अनि धेरै जना नाटक भनेपछि आजकाल मरिमेट्छन।

घडीमा साढे चार बजेछ, हामी नाटक घरमा पुगिसकेका थियौँ। नाटक सुरु भयो, साँच्चै नाटक हेर्न लायक थियो। कलाकारहरुको अभिनय साँच्चै जीवन्त थियो। हामीले दैनिक जीवनमा प्रयोग गर्ने बोली व्यवहार दुरुस्त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हल्ली हिड्ने मान्छे

~प्रेम चापागाईं~

कोइ अरुको कुरा सुन्दै हल्ली – हल्ली हिड्ने मान्छे
मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे

जानी जानी देखी देखी नदेखेझै जस्तै गरी
मूल बाटो त्यो छोडेर गल्लि गल्लि हिड्ने मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : खै कहिले म ….?

~सजना गुरुङ~Sajana Gurung

उफ !
दुर्भाग्य नै दुर्भाग्यको यो काँडेदार बाटो
कहिले पार गरेर ?
निराशाको पच्छ्यौरीले छोपेर
पराजित बनाइ
समस्या नै समस्याको कारागारमा
कैदी बनाइ राखेको
मेरो प्यारो , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भानु बाजेलाई प्रश्न

~प्रेम निशाम निङ्लेकु~Prem Nisham Ninglekhu

बाजेले लेखेका रे नीति शिक्षा
धेरैले पढेका छन्
धेरैले सुनेका छन्
धेरैले वुझेका छन्
नैतिकवान भएका छन् ।
र त तिनै नैतिकवानहरुले वाजेलाई
चौरस्ताको विचमा उभ्याएका छन् ।
सादय वाजे चौवाटोमा पुगेपछी
आफु जाने वाटो भुलेर उभिने मान्छे हुन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सङग्राम देखिरहेछु

~पुष्प अधिकारी “अन्जली”~Pushpa Adhikari 'Anjali'

देशभित्र यतिधेरै सङग्राम देखिरहेछु ।
बन्द हडताल र चक्काजाम देखिरहेछु ।

के भयो फेरी यो रोगी आकाशमा आज,
अव्यक्त रोइरहेको घाम देखिरहेछु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कथा : अंशबण्डा

~यज्ञराज कार्की~Yagyaraj Karki

नेपाल बाजेका ३ वटा छोरा । जेठोको नाम “तेन्जिङ” माइलोको “बिरबहादुर ” र कान्छो को “हरिया” । जमिन्दारको रुपमा कहलिएका नेपाल बाजेको जग्गा जमिनको कुनै हिसाब थिएन । उनका छिमेकी- भरतनारायण र चिनकाजीको गिद्दे नजर उनको जग्गा जमिनमा थियो । मौकाका को ताकमा रहेका ति २ छिमेकीहरु नेपाल बाजेको परिवारको हरेक गतिबिधीहरु नियालिरहेका हुन्थे । 2 वटा छोराको घरजाम गराइसकेका नेपाल बाजेले आफ्ना सन्तानहरुलाई पारिवारिक सदभावको डोरीले बांध्न सफल रहेका थिए ।

छोराहरु निक्कै मेहनती र परश्रमी थिए । सबैमा मेल थियो,आपसी सहयोग र सदभाव थियो । कान्छो छोराको बिहे गर्ने ताकमा थिए नेपाल बाजे । चिनकाजी को गिद्धेनजर नेपाल बाजेको जडिबुटीको खेती गरिएको भिरखेतमा थियो भने भरतनारयणको नजर लटरम्म धानका बाला झुल्ने मैदान खेतमा थियो । दुबै छिमेकीहरुले नेपाल बाजेको जग्गा हडप्नका लागि धेरै किसिमका चलखेल नगरेका होइनन तर सफल हुन सकेका थिएनन । यस्तैमा भरतकाजीले नेपाल बाजेको कान्छो छोराको लागि आफ्नी छोरी सुम्पने सन्देस पठायो । रुपले बिछटै राम्री उस्की छोरी प्रती नेपाल बाजेको काँचो छोरो “हरिया”को पनि मन नबसेको कहाँ हो र ! भन्न मात्र नसकेको । Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म परदेशिनुको आशय

~आचार्य प्रभा~acharya Prabha

करुण चित्कार मनमा लिएर
आँशुका थोपाहरुलाई
मुटुको घडामा समेट्दै
बन्धकी हाँसो उकास्न
म परदेशिएको मान्छे ।
बिवसता मेरो नजिक थियो
त्यो क्षण ,
अनी पीडा आफन्त थियो
त्यो पल,
शायद समस्याले जकडिएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment