पेट भर्ने ढिडो रोटो खाना भए पुग्छ
नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ
खोज्या छैन ताज महल देखावटी गर्न
घाम पानी छलाउने छाना भए पुग्छ Continue reading
पेट भर्ने ढिडो रोटो खाना भए पुग्छ
नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ
खोज्या छैन ताज महल देखावटी गर्न
घाम पानी छलाउने छाना भए पुग्छ Continue reading
~इलामेली टीकाराम दुलाल~
कल्पनाको दुनियामा अल्मलिएको आभास हुन्छ
निर्दोस नयनमा आसु छचल्किएको आभास हुन्छ
उनि र मेरो दुरी टाढा भएर होला सायद मलाई
छाती भित्र मुटू चर्चर चिरिएको आभास हुन्छ Continue reading
~रश्मिला कवाङ~
पर्दाखेरी आउन्दैन पढेलेखेकाहरु
चहिने ठाउँमा धाउदैनन् पढेलेखेकाहरु ।
धर्तीदेखि आकाश सवै खोतले भन्छन्
आखिरमा खास केहि पाउँदैनन् पढेलेखेकाहरु । Continue reading
टाँसिएको
भित्तामा त्यो तस्विर
म निकालेर नियालि रहेछु
रहरलाइ कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विर सँगै
यादहरू कैद गरि
म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।
मैले शुरू गरेको आदिम यात्रा Continue reading
~कृष्ण पहारी~
कापिका पानाहरू च्यातिए झैं
जिन्दगीका पानाहरू पनि
पत्र(पत्र च्यातिएर
फेरि जिन्दगीले
जिन्दगी बुढो भएको अनुभव गर्दैछ ।
कहिले काहीँ त जिन्दगी
इतिहासका पाना पल्टाएर
आमाको न्यानो काखमा रमाउँदै
हाँसिरहन खोज्छ ।
Continue reading
~नविन आचार्य ‘लेटांगे’~
अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है
बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है
वाचा भयो तिमीलाई, साथ छोड्दीन कहिलेनी Continue reading
~कृष्ण केसी~
समयको बहावसँगै म कति बहन सके वा सकिन त्यो नीलीमालाई सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज बिबाहमा दुबोको माला लगाएर औंठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ । धुलैधुलो, माकुराको जालोले झन्डै छोपिएको अवस्थाको त्यो फोटो कसरी रहन गयो यो खालि घरको भित्तामा थाहा छैन ।
फोटो अगाढी ठिङ्ग उभिएर एक टकले हेरिरहे । छोउँछोउँ लाग्यो अह सकिन । फोटो नजिकै रहेको पुरानो खाटमा थ्याच्च बसेँ । आँखा रसाएर, बिगत मडारिएर फनफनी नाच्न थाल्यो, त्यसै त अप्ठ्यारो कोठा झन् अप्ठ्यारो हुदै गयो । मन थाम्न सकिन । कोठाबाट बाहिरिए र नियाले आफ्नो नामको घर बारी गोठ लगायतका जग्गा जमिनहरु । Continue reading
~खेम राई~
एउटा ठूलो जमातमा
उपस्थित म अभिमन्यू
शोककाव्य बाचन गर्न उभिएको ।
विमन्युहरुको हुलमा
कसले पो सुनिदेला ?
दु:ख र पीँडाले भरिएको
शोकले आह्लादित बनेर
आँशुले लेखेको लेखोटलाई
शोककाव्य हो या
मनोविलाप
आफैँ दोसाँधमा उभिएकोछु ।
सालिन मुद्रामा
दु:खित मुहार पारेर Continue reading
~कृष्ण पौड्याल~
जिवनको वास्तविक कोर्दैछु आज साथी।
टुक्रिएको धड्कनलाई जोर्दैछु आज साथी॥
अ सम्भव छ मिलन तड्पिनुको के अर्थ।
मित्रताको साईनो मैले तोड्दैछु आज साथी॥ Continue reading
~रसिक रमण~
कमरेड ! मेरा आँखा भोकाएका छन् ,
अनकन्टार , दूर दराज , कन्दराबाट
गाइएका स्वाभिमान र राष्ट्रियताको
भाका सुन्दै
विकास , प्रगतिका पथमा
किन्चित विचलित नभई
बढ्दै गरेको म
एक्कासि लागेको ठेसले
भक्कानिएको छु ।
यहाँ सगरमाथाको उचाइ घट्दै छ Continue reading
~शारदा पुडासैनी~
नेताहरु गुण्डा पाल्छन् सडक तताउनलाई
बन्द अनि तोडफोड जनता सताउनलाई
कुन शव्द कहाँ भेटौँ पीडा बताउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?
काम छैन दाम छैन वाल्ल पर्छ ठिटो
घरमा बुढी आमा रुन्छिन् खान छैन पिठो
मन हुन्छ नेता जति डाँडो कटाउनलाई Continue reading
~ज्ञानुवाकार पौडेल~
साँझ उदास कसैको, कसैको बिहानी उदास उदास
कविता उदास कसैको, कसैको कहानी उदास उदास
के होला र आवाद खोई मनको दुनियाँ तिमी हाम्रो ? Continue reading
~कमल प्रकाश पौडेल ~
साँच्चै देखें आज देखें, मैले नाना थरी देखें
मनै छताछुल्ल हुने, स्वर्गकी नै परी देखें ।।
चिल्लो सडकमा गुड्ने, चिल्लो कार सिसाभित्र
सब्को हृदयमा पस्ने, पुतली कि चरी देखें ? Continue reading
~कमन देवान~
उसको निधारको डिल भएर
बगेको श्रमको खोला
त्यो खोलामै किन नबगेको होला ?
उसका सबै दुःख र पीडाहरू ।
अक्टोबर क्रान्तिका कथा
उसले थाप्लोमा बोकेर डुलाई हिँडेको
सताब्दी अघिदेखि कै व्याथा हो,
क्रान्ति सफलताको उन्माद Continue reading
~डी. वी. पालुङ्वा~
म अविश्वासको पृष्ठपोषक
किमार्थ बन्न सक्दिन
तर मलाई हिमाल हिंडेको थाहा छैन
पहाड सरेको थाहा छैन
त्यसैले तरार्इ पनि हिड्दैन र सर्दैन पनि
अत : म हिमाल पहाड तरार्इका फांटहरुमा
आदीम् सभ्यता संगसंगै आजको यस घडी र पल्लामा उत्रिएर
विश्वासको वस्तीहरुमा ठम् ठम्ती हिड्न चाहान्छु । Continue reading
~आवाज शर्मा~
आज मेरो जिन्दगीमा रातभन्दा के छ बाँकी ?
या तिमी छौ या त तिम्रो घात भन्दा के छ बाँकी?
गल्ल हाँसे मूर्खतामा छोइ आफ्नै घाउ सारा..
खोज्छु केही मात्र पीडा खात भन्दा के छ बाँकी? Continue reading
~दिव्य गिरी~
न चाडपर्व
न उत्सव
नत कुनै जात्रा
बेला-कूबेला
बाटो, दोबाटो र चौबाटोमा
झयाली र ढोलकको तालमा
मान्छेहरूको भीडभित्र
मुकुण्डो लगाएर
नक्कली जगल्टा हल्लाउँदै
लाखे नाचिरहेछ छम्छम्… छम्छम्… Continue reading
~दिलदुःखी जन्तरे~
यो धर्तिमा
पशुपंक्षी, किराफट्याङ्ग्रा
वनस्पति , जीवजन्तू
भन्दा अवैध रहेछ मान्छे ।
चरा जत्ति नि स्वतन्त्र उड्न नसक्ने
रुख जत्ति नि निर्धक्क उभिन नस्क्ने
खोला जत्ति नि सलल बग्न नसक्ने
जनावर जत्ती नि मान्यता नभएको
एक नम्बरको अवैध रहेछ मान्छे । Continue reading
~युद्धप्रसाद मिश्र~
लाशमाथि लाश भयो डढाउँदा गाउँ
धरतीमा कतै छैन हाम्रो बस्ने ठाउँ
स्त्री जातिका गुप्तांगमा संगीनका घोचा
बदलाको भावनामा छौं कि हामी होचा ? Continue reading
~अनुपम रोशी~
यहिनेर,
समयको एउटा भित्तामा लेखिदेउ
शताब्दीको यो अन्तिम युद्ध
किनकी तिम्रो मुठ्ठीमा पनि
टिक्ने छैन यो बलवान समय
एउटा साँझ सकिएर अर्को सूर्य उदाएको दिन
तिमीलाई पछार्दै तिम्रो मुठ्ठीबाट फुस्केर
समय आफै मुस्कुराउने छ
रगतले तिर्खा मेटिन्न भने
हावाले पेट भरिन्न भने Continue reading
~रमेश बिमान~
खुकुरी र करौतिको आफ्नै आफ्नै धार हुन्छन् ।
अचानोमा बसिरहे ठूला ठूला प्रहार हुन्छन् ।
बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो
म उभिए के भयो र ! अघि जाने हजार हुन्छन् । Continue reading
~पूर्ण थापा~
सुकुल्गुण्डा जल्गटेलाई लोर्के झवाक ठिटा देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ
चोखो माया भुली गयौ पराइ माया मिठा देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ Continue reading
~उपेन्द्र सुब्बा~
वैश ढल्यो तर मन ढलेन
कि कसोकसो
यी आँखा तिमीलाई नै खोजिरहन्छन्
त्यो दिन–
सप्पै याद छ
घामको उचाइ नापेर जुवामा–पाँच जुव Continue reading
~अशरफ फयाद~
अनु : राजा पुनियानी
भविष्यवेत्ताहरू रिटायर भए
सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ
तिम्रो लागि Continue reading
~दीपक जडित~
कुनताको बराला, बाबुको शेखापछि झनसाह्रो बराला भएको थियो भूपाल । आमाले घरको जेठोबाठो होस्, अब तैंले नै थाम्नुपर्छ घर व्यावहार, यसरी बरालिएर हुँदैन भनेर सम्झाउँथिन् । तर उसलाई बरालिएर हिंड्न पाए पुगिहाल्थ्यो । आमाको कुरा उ एक कानले सुनेर अर्को कानले उडाइदिन्थ्यो ।
एकदिन आमाले उसलाई नुहाई धुवाई गरेर कूलका स्थानमा धूप धुवाँर गर्न अह्राउँदै भनिन्, “कूलका थानीमा धूपदुवार गरिदे आज, तेरा बाबुले हरेक पूर्णेमा कूललाई बुझाउने गरेका थिए ।” Continue reading
~श्रृजना क्षेत्री~
मलाई हेरी मुस्कुरायौ,मख्ख परे म!
मुस्कुराउदै पास आयौ,मख्ख परे म!
न त हेर्यौरुप न त हेर्यौसम्पति नै
केवल चोखो माया लायौ,मख्ख परे म! Continue reading
~भुषण श्रेष्ठ~
छात्तीभित्र मुटु मेरो ढुक्ढुकी चैँ तिम्रो ।
कति जाती हुन्थ्यो होला दिल मिले हाम्रो ।
परेलीमा आई बस उधारेर ढोका
त्यहीँबाट निँयालुँ म तिम्रा सारा शोभा
आँखाभित्र सागर मेरो गहिराइ चैँ तिम्रो
कति जाती हुन्थ्यो होला दिल मिले हाम्रो । Continue reading
~केशब आचार्य~
ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।
कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस । Continue reading
~कर्मठ सुवेदी~
रात नहुँदो हो त,
तारा नचम्किंदो हो त,
जून पनि नलाग्दो हो त,
दिन पछि फेरी दिन आँउदो हो त,
सायद,
तिम्रो याद पनि आउँदैन थियो
तिम्रो मुहारले त्यसै त्यसै मार्दैन थियो ।
पानीका बाछिटा कति साना हुन्छन् ? Continue reading
~दिवाकर स्वप्नील~
दशै नजिकिदै थियो । जति दशैँ नजिक हुन्थ्यो गाउको रौनक नै भिन्नै ! परदेशिएका हरु गाउ भर्दै थिए । प्रत्येकका घरमा दशैँको लागी खसीको जोहो लगभग भइसकेको थियो ।
फूलपातीको अघिल्लो दिन , मैले आफ्ना टाढा टाढा भएका साथीलाइ शूभकामना दिन चर्चित सञ्जाल फेसबुक खोलेँ।
फेसबुकको भित्ताभरि पशु काटमार गर्नुहुन्न जस्ता कुरा छ्यापछ्याप्ती थिए । आफ्ना प्राय साथीलाइ शूभकामना बाड्न उनीहरुको वाल सम्म पुगेँ र लक्ष पूरा गरेँ । Continue reading