कथा : नियतिबाट ठगिएकी सुन्तली

~राजु खडका~

उपल्लाघरे सुन्तलीको रातो सारी त्यो तिजको बेला मेलामा झल्काउदा, अझ कहिले काही बुढासँग मस्की-मस्की हिंडेको देख्दा त मलाइ डाह हुने गर्दथ्यो । १७ र्बषमा उस्ले बिहे गरेकी थीइ अहिले त ५ र्बष भएछ । लर्के छोरा छोरी पनि छन उसका । आफु सँगैका साथीको घर-बार बसी टनाटन भयो, आफु भने खाली खाली । जीवनको कुनै टुङो नै छैन । यता उता जादा पनि बुडी कन्या भन्ने थाले । जनतन १७ पुगेर बिहे र्गने भन्दा भन्दै २२ र्बषमा बल्ल बिहे भयो आफ्नो ।

कुर्लुङडाडाका माझाघरे कान्छासँग मेरो बिहे भयो । पल्टनबाट दोश्रो छुट्टीमा आको । हरक्क, शरीर पनि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वारी – पारीको कविता

~बिक्रम आचार्य~Bikram Acharya

हिजो साम्राज्यको चपेटामा लुछिएका
चिया बारी हरु
आज पनि नेपाली गीत गाउछन रे
ढाका टोपी र गुन्यु चोली लाउछन रे !!

सभ्यताको रङमन्चमा ,
भानुका ति भाषा हरु
अझै गुन्झिनछन रे त्यो दार्जिलिङमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोकको संगीत

~ओमप्रसाद घायल~Om Prasad Ghayal

कुनै दिन फुर्सदमा
जब तिमीले पढ्नेछौ मेरो कविताका हरेक अनुच्छेद
त्यति खेर तिमीले आफैं सम्झिनेछौ
मेरो गुज्रिएको वास्तविक जीवनकथा।

रगतको आँसुझरीमा
निथ्रुक्क भिजेर लेखिएका
जिन्दगीका तिनै आल्हादित पंक्तिहरूमा
म बौलाएको हुनेछु धेरैपटक
र हरेक क्षण गरिरहेको हुनेछु अस्वाभाविक आत्महत्या। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुई प्रवृति

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

छिः छिः जन्तु !
घीनलाग्दो तँ !
मैलो, रोगाहा, मगन्ता !
चिथ्रो कन्था !
भुस्याहा ! शण्ठ !
सिँगान कटकट, छाला चटचट
धूलो लटपट !
नाली रट् !
किंकड ! शठ ! जा ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पस्चाताप

~अतित मुखिया~Atit Mukhiya

विवेक शून्य भएर आकर्षणमा
बाच्नुको अहंकार चपाउदा चपाउदै
विकर्षण भएर अनुभूतीमा
जबजब मृत्युबोध हुन्छ
एउटा विस्मृति स्मृतिमा टांगिन पुग्छ
…तमसोमा ज्वतिर्गमय … । Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विदेशबाट कुरा गर्दा

~प्रेम सुब्बा मेन्यङ्बो~Prem Subba Meyangbo

विदेशमा काम गरेको पनि धेरै समय भएछ ।

ड्युटी जाने फर्किने पकाउने खाने र साथीभाइसंग तिता मिठा कुराहरु गर्दैजाने क्रममा एक जना साथीले एस्तो भन्यो, “स्काईपबाट एकअर्कालाई हेर्दै बोल्न सकिन्छ।”

मलाई अचम्म लाग्यो र मैले बिश्वास पनि गरिन र हैन होला भने केही जिद्दी पनि गरें ।

तर उनीहरु म भन्दा पनि पढेलेखेको पनि छ, विदेशको ठाउँमा राम्रो नै काममा छ । हरेक कुरामा म भन्दा पनि अगाडि छ अन्त्यमा मैले बिश्वास गर्न बाध्य भएँ। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भ्यागुताहरू

~बालमुकुन्द कार्की~Balmukunda Karki

पोखरीको डिलमा हिलाम्मे भ्यागुतो
कहिले डिलमाथि, कहिले डिलमुनि
आँखा चिम-चिम गरी नियालिरहेछ
पोखरी उही दलदले हिलै छ
केही हिलाम्मे भ्यागुताहरू
ट्वार-ट्वार उहीँ उफ्रिरहेछन्
छत्ल्याङ-छुत्लुङ

सेताम्यै पल्टिएका माछाहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मिठा मिठा बात दियौ

~कृष्ण पौड्याल~

भविष्यलाई बिर्साउने मिठा मिठा बात दियौ।
साथ रैछ अर्कै सँग मलाई किन हात दियौ॥

भो मेरो जिन्दगिलाई नअल्लार भनेकै हो।
सबै शत्रु हँसाएर घात माथी घात दियौ॥ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : चिने मैले !

~सजना गुरुङ~Sajana Gurung

बल्झाएर घाउ नुन छर्नेलाई चिने मैले !
साथ दिन्छु भनि घात गर्नेलाई चिने मैले !

महजस्तै शब्दपोखी आफ्नो स्वार्थ पुरागर्न
माया गर्छु भन्दै मन हर्नेलाई चिने मैले ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : बेदना

~बिकास सुबेदी~Bikash Subedi

अस्रुग्रंथी रसाएर झरेका ति बेदना
हृदय खण्डखण्ड हुदा देखिएका ति बेदना
ति ब्रिद्द आमाको कसले सुन्ला खोइ Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कविता : मृत्यु उपत्यका होइन मेरो देश

~नबारुण भट्टाचार्य~Nabarun Bhattacharya
अनु : डा. ॠषिराज बराल

म थुक्क भन्छु
आफ्नो छोराको मृत शरीरलाई चिन्न डराउने बाबुलाई
त्यस अवस्थामा पनि लाजै नमानी सहज भएर बस्ने
त्यो दाजुलाई पनि म थुक्क भन्छु
दिनदहाडैको यस्तो रगतको होलिप्रती प्रतिशोधमा नउठ्ने
ती शिक्षक, बुद्धिजिवी, कवी र कर्मचारीहरुलाई पनि
म थुक्क भन्छु ।

आठओटा मृत शरीर
चेतनाको प्रकाशपुन्ज बनेर सडकमा लडिरहेका छन्
छिनछिनमा हतप्रभ भइरहेको छु म
आठ जोडा आँखाहरु मेरो सपनामा आउँछन् Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : ब्रह्मा बिष्णु महेश

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

ब्रह्मा बिष्णु महेश बिराजमान ।
ठान्छन् नेपाललाई स्वर्गसमान ।
राख्छन् आकांक्षा सदातृप्तताको ।
क्रिडास्थल ठान्छन् नेपाललाई ।

छन् भक्तका मान्यजन तिनीहरु ।
गर्छन् परिक्रमा उद्धारकर्ता ठानी ।
सधै परिक्रमा लगाउादा लगाऊादै ।
थाकेछन् क्यार?अब हिड्न छाडे । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चोट दिएर रमाउने

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

धेरै भेटे , निर्दइ हरु , चोट दिएर , रमाउने
हातमा गुलाव , थमाएर , पिठमा छुरी , धसाउने

आशाको दिप,हातमा बाली,जस्लाई कुरी,जीन्दगी भर
उसैको खत , आयो आज , अन्तै घरबार , सजाउने Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : उकालीको चौतारी

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

उकालीको चौतारी वरपीपलको छाया
छुट्यो बरै त्यो छायामा बसी लाको माया।

कैले हुन्थ्यो मेरो पालो,कैले नाच्थिन् उनी,
मीठो भाका गुन्जिरन्थ्यो छहारीको मुनि। Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बद्लिन्न भनि बद्लियौ

~बिबश बलिभद्र कोइराला~Biwash Balibhadra Koirala

बद्लिन्न म बद्लिन्न भनि बद्लियौ
चोरेर मुटु यो रित्तो भएॅ अनि बद्लियौ ।

सोचेको थिएॅ , नौनी सरीको छ त्यो मन
अनायासै तिमी ढुङ्गा बनी बद्लियौ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

तीज गीत : कलम बनाउ यस्पाली

~ओमनारन अज्ञानी~Omanaran Agyani

जुटौ दिदी बहिनी हो,रातो सारी लाउन्,
दिन दु:खिका बिरहका कुरा उठाउन ।(२)

पोहोर सालको भुइचालोले, पार्यो दैब कता जांउ,
यो सालको बाढिले झन छैन टेक्ने ठांउ ।(२) Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भन्छौ यो कवि !

~दिवाकर स्वप्नील~Diwakar Swapneel

छैन आमूल परिवर्तन छादेको
आफुबाट__तिमीसम्म पुगेकै हैन आश्रय माग्न!
जिजीबिषा खोज्दै
मात्र ओकल्छु जीउनुको पिडा !
अलिकति भेटिनुको पिडा
अलिकति छुटिनुको पिडा !
मिलनपछी बिछोड हुन्छ!
भेटिनु पिडा हैन र ?
अलिकति जन्मिनुको उल्लास
अलिकति मर्नुको उत्सव!
मृत्यु उत्सव हुन्छ तिम्रो देशमा? Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : इलाहवाददेखि ताजमहलसम्म

~चन्द्रप्रसाद न्यौपाने~

वृन्दावनमा माछामासुका पसल, होटलहरू त्यति पाइँदैनन् । अधिकांश मानिसहरु शाकाहारी देखिन्छन् । राधा र कृष्णको खुवै प्रशंसा हुने वृनदावनका अधिकांश मन्दिरहरु राधाकृष्णकै सम्झनामा स्थापित छन् ।

भारतका तीर्थस्थलको यात्रामा क्रममा इलाहवादको वासपछि हामी सोही नगरको एकाछेउमा पर्ने प्रयागराज त्रिवेणी घाटतर्फ लाग्यौँ । बाह्रै महिना तीर्थालुहरुको घुइँचो लाग्ने प्रयागमा माघ महिनामाचाहिँ  विशेष मेला लाग्ने गर्दछ । प्रयागराज गंगा, जमुना र सरस्वती तीन नदीको संगमस्थल हो ।

यहाँ नुहाएपछि पाप पखालिन्छ भन्ने धार्मिक धारणा छ । घाटमा पुग्नेले त्यहीँ नुहाउँछन् र अलिकति जल पिउँछन् । नपुग्नेका लागि त्रिवेणी घाटको जलले सेचन गरे पवित्र हुन्छ भन्ने विश्वासले स-साना प्लाष्टिकका भाँडामा जल लिएर आ-आˆना घरसम्म लाने चलन पनि छ । धर्म त्यही हो जहाँ विश्वास छ । विश्वास अदृश्य Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : यो मनमा तिमी नै

~दिव्य गिरी~Dibya Giri

यो तनमा तिमी नै, यो मनमा तिमी नै
सधैँ सम्झनाको आँगनमा तिमी नै । -केदार शाक्य

छामेर हेर, मेरो यो छातीमा
मुटुको हरेक धड्कनमा तिमी नै । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : नयन गाजलुले घेरी नराख

~बिबश बलिभद्र कोइराला~Biwash Balibhadra Koirala

उसै राम्रा मिर्ग नयन गाजलुले घेरी नराख
अन्जनैमा माया बस्ला एकोहोरो हेरी नराख

अहिले त्यति राम्रो छैन तिम्रो जोडा सुहाउने
घोडा चडी आउला लिन रंग ओठको फेरी नराख Continue reading

Posted in गजल | Tagged | Leave a comment

केस्रा : बोलि

~दिलिप राई “सगर”~Dilip Rai Sagar

भए माया देउ बोलि
अन्तर हृदय खोलि

जुन तारा झारी दिउला
के राम्रो चौबन्दी चोली Continue reading

Posted in केस्रा | Tagged | Leave a comment

कविता : सेवु, बारि सुनि

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

प्रिय
मेरो प्राण,
तिमी छौ र त, म छु
तिमी हुनुले नै त आज
मभित्र ममा यति अचाक्ली शक्ति बढेको छ ।

तिमी दिइरहने
म लिइरहने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको लाश

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

आज विहानै देखें एकनासले
मुसल धारे वर्षा
यी पहाडिया गोरेटोहरुमा
जताततै भासीएका
अवरोध छन् सारा बाटाहरु
कहि कतैजाउँ भन्दा
त्यहि वेला चस्किएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू जिन्दाबाद

~सागर कार्की~Sagar Karki

यति चाडै रात भएछ
थाहै भएन, जिन्दगानी बर्बाद भएछ ।।

सपना सबैले देख्छन्
अपराध के नै गरेँ
बोटमा फलेको फलझै
भूईँमा म थप्प झरे
काच्चै झर्ने फलको खातैखात भएछ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : नर्क

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन्

देशनिकाला नभई
दैविक सृष्टि नभई Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : मन पराएँ!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

जब देखी तिमी लाई मन पराएँ!
केबल तिम्रै सम्झना मा म हराएँ!!

कालो गोरो रार्मो नरार्मो देखीन
सिर्फ आँखामा तिमीलाई सजाएँ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : दुश्मनहरुको लाश निकाल

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

भ्रष्ट प्रशासन व्याप्त अशान्ति
क्षुब्ध लोकमत उन्मुख क्रान्ति

पोथी पत्रे दण्डित दण्डित
महल अटारी खण्डित खण्डित

तरुण रगतले आँखा हे-यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्तो मोहनी लगायौ

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

एक्कै रातमा यो कस्तो मोहनी लगायौ
तृष्णा र थकान खै कुन्नी कता भगायौ

म तिम्रो पछि पछि ऑउदै थिए
तर कुन्नी मेरो मायॉबाट कसरी पो अगायौ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : फूलको थुङ्गा

~माधव घिमिरे~Madhav Ghimire

फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा

(झरीको पछि झुल्केको घाममा नीर सर्‍यो पहाडको) २
भर्खरै प्रीति बसेको बेला पीर पर्‍यो बिछोडको । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~केशब भट्टराई~

ढल्यो आस्थाको चौतारी छातीभरि देश दुख्छ ।
बुध्द बन्यो बन्दूक़धारी छातीभरि देश दुख्छ ।

जसलाई सुम्पेँ एकताको बाग़ आज उसैले नै,
मासि दिदाँ फुलवारी छातीभरि देश दुख्छ ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अलकत्रा

~काप्पोबा चुम~Kaappabo Chum

काठमाण्डौमा अलकत्रा माथी अलकत्रा थपिन्छ
प्रत्येकदिन ढुङ्गाको जन्म हुन्छ गाउमा
अलिकती अग्लो थियो धरहरा
ढल्यो त्यो अग्लो धरहरा पनि
अब के देखियोस ?त्यो सिंहदरबारबाट
प्रकृतिले हेपेको सिन्धुपाल्चौक
जहाँ धरहरा भन्दा अग्लो – अग्लो मन ढलेको छ ।

एक घरबाट अर्को घर बनाइरहेकाछन
देशभक्ति नारा लाउने देशभक्तिहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाग्य

~रामु गैरे~Ramu Gaire

जन्मदा खेरी भन्थेरे पण्डितले
यो बालक धेरै भाग्यमानी हुन्छ भनेर
नुवारन गराउदा खेरी भन्थे रे
देश बिदेशमा राम्रो नाम कमाउनेछ
के को होस् सबै उल्टै उल्टो भईरा’छ
भात खुवाउँदा भन्थे रे
कति सन्तोष भएर हाँसिरहेको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment