कविता : मास्टरसाहेब !

~न्हुछेरत्न बुद्धाचार्य~

सदियौंदेखि अँध्यारोपथमा
ज्ञानको ज्योति बालेर अघि बढ्ने
शैक्षिक चेतनाको बिजारोपण गरेर
देश बोकी हिँड्ने साहसी मानव !

भविष्य सन्ततिका दिव्यचक्षु भएर
आफू बलेर उज्यालो दिने दीप बनेर
अज्ञानताले घेरिएको फूलबारीमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : समयको बेग्लै रङ्ग

~रामचन्द्र श्रेष्ठ~

के समयको रङ्ग हुन्छ?

हो, समयको रङ्ग हुन्छ। समयका भिन्न–भिन्न क्षणहरू समयका बेग्ला–बेग्लै रङ्ग बनिदिन्छन्। हत्या, बलात्कार, भ्रष्टाचार वा अपराधको समय शायद कालो हुन्छ होला। निष्काम कर्मको समय शायद सेतो हुन्छ होला। परिवर्तनको समय रातो हुन्छ होला। जब समयको अविराम गतिमा मानव जीवनका डोबहरू अङ्कित हुन्छन् त्यसले बेग्लै रङ्ग लिन्छ। चाहे त्यो कालो होस् वा सेतो वा रातो नै किन नहोस्। त्यस्तै समयको एउटा बेग्लै रङ्ग सृजित भयो गत चैत ४ गते। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यसैले त टीकापुर विष्फोट हुन्छ

~इन्दु चौधरी~Indu Chaudhary

रगत तिम्रो पनि रातो छ
रगत मेरो पनि रातो छ
रगत रातो अनि दुवैको तातो छ,
तिमी छौ म जस्तो
म छु तिमी जस्तो
फेरी किन यति भिन्नता छ
म देखि तिम्रो मनमा खिन्नता छ ।
मलाई सधै कमैया कम्लहरी देख्छौ
म माथि सधै मनपरी गर्छौ
मेरो रगत पसिनामा घरबार गर्छौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परी हौकी

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ
पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई

रूपरंग हेर्दा अप्सरा झै लाग्दछ
एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँस्न सकिन

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

तिमीलाई सम्झेर हाँस्न सकिन
प्वाल परेछ मुटु माया साँच्न सकिन

तिम्रो खुसीमा म पनि हाँस्थे सधै
तर तिमी डोली चढ्दा नाँच्न सकिन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मुश्लो बन्दै आयो

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

लूटपाटले बलात्कारले
हत्याले हिम चुचुरो नाघ्यो
सबै अवस्थाले चुसिएका
हाडखोरको दुनियाँ जाग्यो

संगीन खेल्दछ पीडितमाथि
अथवा पीडित संगीनमाथि
न्याय उचाल्न जग लाग्यो ताँती Continue reading

Posted in कविता | Tagged | Leave a comment

राजकुमारी श्रेष्ठका दुई हाइकुहरु

~राजकुमारी श्रेष्ठ~Rajkumari Shrestha

जलेर आ’छ
मन मुटु मेरो यो
देश फाट्ने भो Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

गजल : नपल्किए सानु

~रसिक रमण~Rasik Raman

विदेशी स्वादमा कतै नपल्किए सानु
बेहोशीमा मनका भाव नछल्किए सानु

गुन्यु चोली नेपालीको मौलिकता सम्झी
आयातित ती स्कर्ट , पेन्टमा नझल्किए सानु Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : दैवले गर्ला जस्तो छ

~कृष्ण पौड्याल~

मलाई उपकार दैवले गर्ला जस्तो छ।
मायाको सट्टा घृणा अब सर्ला जस्तो छ॥

उन्को आँशु देख्दा दु:ख लाग्ने गर्थ्यो अती।
मैले भन्दा खुसी पराईले छर्ला जस्तो छ॥
Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : …….उ जस्तै तिमी बन्ने ?

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

तिमी सही भैदिएको भए
हिजोकोलाई गलत भन्थ्यौं
तिमी ईमान्दार भैदिएको भए
हिजोकोलाई बेईमान भन्थ्यौ
तिमीले कानुन नमिचेको भए
उसले कानुन मिच्यो भन्थ्यौ
तिमीले सहि बोलेको भए
उसले झुटो बोल्यो भन्थ्यौं
तिमीले जनताको मान राखेको भए
उसले अपमान ग-यो भन्थ्यौं
तिमीले हतियार नऊठाएको भए
उसले हतियार उठायो भन्थ्यौं
तिमीले जनताको संरक्षण गरेको भए Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिरो आवर

~शिरिष लामिछाने~Shirish Lamichhane

“बाबु हो, लौ भन त पृथ्वी कस्तो छ?”
“गोलो छ सर”
शैशवकालीन यस्तै यादसँगै
म घुमिरहेछु
र घुमिरहेछ यो गोलो पृथ्वी
जसभित्र घुमिरहेछ समय
घडीको सुईसँगै
र सुइकै पछि भाग्दैछ
सभ्यता, असभ्यता
मानवीयता अनी दरिद्रता
कोठामा पँखा घुमिरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जुनको रात नखोज

~अनिल बराल ‘गरीब चिराग अछुत’~

म अन्धकारमा छु जुनको रात नखोज
म जस्तोसँग तिमी गुनको बात नखोज |

म आफैँ उजाडिएर बाचेको छु अचेल
मसँग तिमीले मायाको उन्मात नखोज | Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यो रात मा!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

सुन सान अँधेरी त्यो रात मा!
केवल तिम्रै याद थ्यो साथ मा!

आँखा भरी आँशु को भेल थियो
अनी तिम्रो तस्बिर थ्यो हात मा! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रा यादहरु

~कर्मठ सुवेदी~Karmath Subedi

तिमीलाई भुल्न खोज्नु पनि
बेकार रहेछ,
तिमीजस्तै जिद्घी छन् तिम्रा यादहरु पनि
तिमीलाई भुलेर नयाँ जीवन ज्यूँन चाहन्छु म
तर तिम्रो याद त भुल्न नसक्ने म
तिमीलाई खै कसरी भुँलू ?

त्यसैले अब तिम्रा यादहरु सँगै
प्रेम गर्न थालेँ मैँले, Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : धेरै भएन र सुधा

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

तिमीलाई नचुमेको, धेरै भएन र सुधा
कोमल् सतहमा स्पर्श, ग¥या याद छ र सुधा ।।

कहाँ होस् त्यस्तो अब, माया मा¥यो भनी ठान्यौ ?
तिमीविना मेरो मन, एक्लै बस्दछ र सुधा ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : पैसाको रंग

~पारिजात~parijaat_3

निकै ठूलो मान्छेको भन्नुको अर्थ धनी मान्छेको बिहे खाएर आएको छ पत्रकार। पिउने बानी छैन उसको तर सोसियल नेपालीमा अनुवाद गर्दा सामाजिक हुनुको नातमा यस्तैयस्तै मौकामा अलिकति लिन्छ। आज त्यही संयोगले गर्दा ऊ थोरै रमझममा छ जुनज रमझममा मान्छेलाई वास्तविकताहरू निकै प्यारो लाग्छ। सानै आहारा भएकोले गर्दा उसले सत्रथरी खाना उही पनि स्वाद लिंदै हापझाप नगरिकन खान भ्याएको छ । त्यसपछि चाहना हुँदाहुँदै पनि उसले सकेन, पेटले ठाडो अस्वीकार गर्‍यो। अहिले उसलाई ती सारा परिकारहरूको स्वादको सम्मिलित सम्झना आइरहेको छ। एकाएक उसको संस्मरण बिहेको अकों चमक –दमकतर्फ बहकियो।

दाइजोको फर्निचर किन्न परेन रे, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दाइ, तिम्रो सपना पुरा भएन र ?

~कमल ‘इमान्दार’~Kamal Budha 'Imandar'

तिमीले जसरी सपना बाडेका थियौ
हामी संग हामीले पनि त्यसैगरी बाडेका थियौ झुपडीमा ।
तिम्रा जस्ता चाहाना तिनीहरुका नहोलान्
तर थोरै हास्ने सपना तिमीले नै देखाएका हैनौ र ?

गाउँ फर्किदा खै के जवाफ दिउ तिनका प्रश्नको ।
तिम्रो महलमा बास र आकासमा सएर भईरहदा ,
उनीहरुले धर्तीमा नाङो पाउ हिंड्नु परेको छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो मायालाई तिरष्कार

~आचार्य प्रभा~acharya Prabha

म छु बिश्वस्त गरेनौ शायद ,मेरो मायालाई तिरष्कार
अनी सोंच्दैछु फेरि यो पनि,गर्ने छैनौ मनबाट बहिष्कार ।

तिम्रो माया जिउने आधार भयो,अनी आश्वासन जीवन
जित भयौ तिमी यसै मेरो,अनी भयौ जितको पुरस्कार । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा र घाम

~हरिमाया भेटवाल~

Harimaya Bhetawal

Harimaya Bhetawal

भर्खर शिशु जन्माएकी आमा
र उदाउँदो घाम किन उस्तै लाग्छ
मलाई ?
घामले पृथ्वी देखेपछि
र मान्छेले भूगोल टेकेपछि
किन उस्तै लाग्छ घाम र मान्छे ?

घामसँग कम्पास छ समयको
मान्छे कम्पास बनिरहन्छ
मान्छेभित्र आकाशजत्रै विश्वास छ घामको
घाम परिक्रम गरिरहन्छ
आमाले सन्तान हुर्काएझैं
घामले पनि हुर्काएको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाजु

~होमनाथ कोईराला~

कविता लेख्दैछु म आज
मेरो दाजुको नाम मा
गरिब भएर के भो त म ?
ममताको खानि छ,
यहि शब्द सागर चडाउँदैछु
उहाँलाई ढोगको दाममा ।
मलाई सानोको ती दिनको याद आयो
उहाँले “ओई गाँडे” भनी बोलाएको त्यो शब्द
सम्झेर आज पनी हाँस्छु, नाच्छु अनि रमाउछु…
अनि ती यादमा हराउछु ।

जिस्किए झैं लाग्दो र छ, अनि च्याप्पै समाउछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कर्महारा जिन्दगीमा

~विरेन्द्र धामी~Birendra Dhami

भाग्यलाई दोष दिन्छु कर्महारा जिन्दगीमा,
जब आउछन मोडहरु अपठ्यारा जिन्दगीमा !

आफ्नै साहसले अघि बढ्न खोज्नेहरुको यहाँ,
अरुको भन्दा बेग्लै हुदो रैछ पारा जिन्दगीमा ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : खर्पन

~केपी शर्मा ओली~K P Sharma Oli

म यही खर्पनमा हालेर हर दिन बेलुका
बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हर दिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु

हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा– Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब त जाग

~अर्जुन काफ्ले~

हेर चिसाङ्ग वर्षेनी काल भएर आउछ
वर्र्षामा पानीको पाइप वगाएर प्यासी वनाउछ
पुल नहुदा फडानीका रामप्रसादहरु
सामान किन्न वेलवारी धाउछन् ।
तिम्रो वजारमा सामान नपाएर कहाँ हो र
उनीहरु पुल नपाएर वेलवारी धाएका
सिंहदेविका हरिवहादुर हरु विराट चौक धाउछन्
ए लेटाङ्गे अव त उठ
तिमीले चिसाङ्गमा पुल हाल्नु छ
अव त जुट फडानीका साग लेटाङ्ग पुरयाउन छ ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कान लिई आउ

~राधा भट्टराई~Radha Bhattarai

ईश्वर ! हाँसो खोसिएका ओठहरुमा मुस्कान लिई आउ
धर्म ! नाममा लेखिएका भागवत र कुरान लिई आउ

घाईते छन् धर्ति आमा क्षेप्यास्त्र र बन्दुकका गोलिबाट
चाहिन्न् यस्ता बिकुलहरु हातेमालो विज्ञान लिई आउ Continue reading

Posted in गजल | Tagged | Leave a comment

समालोचना : नेपालमा नाटक परम्परा

~हरिप्रसाद रिमाल~Hari Prasad Rimal

नेपाली रङ्गमञ्चको मौलिक पहिचान बारे यस लेखमा चर्चा गर्न खोजिएको छ ।

लिच्छवि र मल्लकाल
नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ। हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ। लिच्छविकालमा ललितकलाको विकासमा निकै जोड दिइएको कुरा तत्कालीन नृत्य र कलाकौशलको बारेमा त्यसबेलाका अभिलेखहरूमा उल्लेख गरिएकोबाट समेत पुष्टि हुन्छ। नरेन्द्रदेवको पालामा नृत्य पारखीहरू निकै थिए। यसैगरी द्वितीय जयदेवको समयको शिलापत्रमा ‘पोण्डिमण्डपीका’ र ‘पे्रक्षण मण्डपी’को उल्लेखबाट त्यो बेला ती ठाउँ विभिन्न Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : मृत्युदण्ड

~अनमोल कडेँल~Anmol Kandel

यति बेला ,
मेरो लागी सुन्दर सजाय नसोच्नुस् मालिक ,
बरु बक्सिनुस् मलाइ मृत्युदण्ड ।

तपाइँको जम्मै क्रोधहरु ,मज्जाले लिपेर धार्नुस
मेरो जिद्दी भन्दा पनि बोधो तलवार ,
अनि शेरीदिनुस् क्रुर भएर
मेरो भाग्यशाली गर्धन् ।

मालिक् !
तपाइँले हजारौ वर्ष लगाएर ,
बनाउनु भएको यो भोकको साम्राज्यमा , Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ऊ घर फर्किएन

~एल एन सुवेदी “हस्ती”~L N Subedi 'Hasti'

प्रेमचन्दलाई आर्थिक विषमता र पारिवारिक जिम्मेवारीको कारणले गर्दा जुँगाको रेखी नबस्दै गाउँ छोडेर हिड्नुपर्यो । पढाइलाई वीचैमा पूर्ण विराम लगायो । एक कोरी बर्षै नपुगी बिचरा कहाँ हो कहाँ हानियो । जानु कहाँ नै थियो र ? पढाइ राम्रो र आर्थिक सम्पन्नता भएको भए यूरोप , अमेरिका , जापान , सिंगापुर । त्यसो नभए त आफ्नै इमान र इज्जतलाई धितो राखेर आत्मा रुवाउँदै जाने पानी पँधेरो जस्तै ठाउँ त्यही अरब त हो नि ! बुझ्नेहरुले तातो बालुवाको भारी र तेलका ग्यालिनमा छाँदिएर हिडेको होला भने । नबुझ्नेहरुले लाहुरतिर गएको छ । सुन-चाँदी र पैसाको बिटो च्यापेर केटो आउँछ भने । आवश्यक कागजात र दुई-तीन जोर कपडा झोलामा खाँद्यो । बाबु-आमालाई दण्डवत गर्दै प्रेमचन्द चूपचाप बाटा लाग्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : समयले छेके पनि

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

समयले छेके पनि
भुमी अर्कै टेके पनि

मातृभुमी एउटै भन्छन्
भाग्य अलग लेखे पनि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : सीट नं- १२

~मन्दिरा मधुश्री~Mandira Madhushree

“नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर आमाको सार मिलाउनुको सट्टा नदेखेजस्तो गरेर टारेँ ।

काम विशेषले म काठमाडौँबाट विराटनगर जानुपर्ने थियो । घरमा बूढा भइसक्नुभएका आमा-बुबामात्र हुनुहुन्थ्यो । दाजुभाइहरू सबै परदेशमै थिए । त्यसैले मेरो सहयोगी कोही पनि थिएनन् । अर्कोतिर मैले आफ्नो सक्षमताको परिचय दिनु पनि थियो । त्यसकारण मैले मेरो यात्रा एक्लै नै गर्नुपर्ने थियो । आमा-बुबाको दृष्टिमा त म कमजोर नारीकै रूपमा गनिन्थेँ । त्यसैले पनि सुरक्षा र सजिलोको दृष्टिले मलाई दिउँसोको बसमा जाने सल्लाह दिनुभयो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~बलराम दाहाल~

विखण्डनको समाचारले छातीभरि देश दुख्छ ।
के गर्दै छ सरकारले छातीभरि देश दुख्छ ।

सकिएन मन बुझाउन किन किन आजभोलि
छापिएका अखबारले छातीभरि देश दुख्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा खस्रो चित्र

~जीवन खत्री~Jiwan Khatri

कलालाई कलाको रुपमा नबुझ्ने
एउटा साथी छ मेरो
उसलै पठाइदिएछ मेरो ठेगानामा
एउटा विचित्रको खस्रो चित्र

ठिक यति बेला, यही चित्रलाई नियालिरहेछु।

हुन सक्छ,
यो चित्र भिन्चीले बनाएको हो,
जसले मोनालिसाको नरम तस्बिर छाम्दा-छाम्दा
वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्‍यो। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संगीत, सडक र मान्छे

~रसुवाली कवि~Madhab Timilsina 'Rasuwali Kabi'

रेखाचित्र वाङमयबाट
समय लिएर दौडेको पहाडको चेहरा
उन्मुक्त मनहरू गर्विलो हात रहेसम्म
सपनाको विराग ढल्दैन
बेगनास राराले चिसोको खेती गुरून्जेल
म भन्छु सगरमाथाको शिरमा
सजायको कुनै कैफियत रहने छैन

कमिलाहरूले हात्तीको छाला टोक्दैमा
कमिला हात्तीत्व आउँदैन
मतलव अघाउने र भोकाउनेको लडाईंमा Continue reading

Posted in कविता | Tagged | Leave a comment