व्यङ्ग्य कविता : आइज राँके आईजा

~उमेश राई~Umesh Rai

आईज राँके आइजा
यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा
सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट
हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट
लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा
आईज राँके आईज आइज राँके आइजा Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : उमाको आत्महत्या

~ऋषिराज घिमिरे ~

सामान्य घरमा जन्मिएर हुर्किएकी हुन्छे उमा । ऊ एक सामान्य खानपिन र लुवाइखुवाइमा बाँच्दै आएकी छे । गाउँमा जब उसले एसएलसी पास गर्छे, उसलाई सहरमा पढ्न जान मन लाग्छ । सहर पढ्न जानका लागि बाआमासँग प्रस्ताव राख्छे । तर उमाको परिवार सामान्य परिवार भएको हुनाले सहरमा पढाउन नसक्ने कुरा बाआमाले भनेपछि ऊ अति नै दुखी भई । उसलाई यस कुराले पिरोल्न थाल्छ । गाउँमा उसकी साथी पूजा पनि बस्थी । उसले सबै कुरा साथीलाई सुनाइ र पूजाले सहरमा पढाइ राम्रो हुने भन्दै सहर नै गएर पढ्न सल्लहा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : झर्न मन छ

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

नेपालरूपी पवित्र धाम यहीँ झर्न मन छ;
तिमीसित बाँची तिम्रै काखमा मर्न मन छ!

अब पनि टाढा बस्न सकिन्न सान्नानी;
वारि-पारि पार्ने खोली छिट्टै तर्न मन छ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : हाँस र प्रकृति

~सुरज काफ्ले~ Suraj Kafle

मेरो घरको छेउमा छ सानो पोखरी ।
भित्र कमल वरिपरि सुन्दर सुनखरी ।।
बँगैचमा फूलहरु रमाइला फूल्छन् ।
लुकमारी खेलीखेली हाँसहरु डुल्छन् ।।

टाटेपाटे हाँस खेल्छन् सेता हाँस पनि
तिनै हाँस खेलाउँछु मज्जा लिन्छु अनि ।।
दुईटा हाँसको टाउकोमा हरियो रंग छ
चुच्चो सुन्दर देख्दा खेरी यो मन दंग छ ।। Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : झरी

~भौतिक मल्ल जंगली~Bhautik Malla 'Jungali'

कहाँसम्म जाने होे ?

हजुर क्षेत्रपाटी अनि हजुर नी ?

अनामनगर हेर्नुसन गाडी नपाएर के गर्ने होला ?

रातले अंगालो हालीसकको थियो । फाटफुट नगन्य मात्रामा निजी गाडीहरु चलिरहेका थिए । कोटेश्वरको चोक मसान घाट जस्तै सुनसान बनिसकेको थियो । कतै कतै ट्राफीक पुलीस बाहेक ठेलाका ब्यापारीहरु ठेला घिसारीरहेका देखीन्थे । मान्छेहरु सबै हतार हतारमा देखीन्थे ।

कोही कसैलाई मतलब थिएन । सटरहरु पसलहरु पुरै बन्द भैसकेका थिए । भाई अर्जुन संग कुरा गर्द गर्दै Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : छिमेकी

~शुशिलचन्द्र लम्साल~Sushil Chandra Lamsal

ऊ मेरो छिमेकी
म उसको छिमेकी
तर मेरो छिमेकी आजकल सुत्दैन क्यारे
रातमा आवाज आइरहन्छ , आइरहन्छ
मेरा नेत्रनयनले दुख पाईरहन्छ , पाईरहन्छ
म सुन्दैछु ऊ आफुमा लुम्बिनी देख्न चाहन्छ
इतिहास बदली लेख्न चाहन्छ
तर उसले बुझेन
तर उसले बुझेन , सत्य पैसाको बिटा मात्र होइन
मेरो लुम्बिनी थुप्रेको इटा मात्र होइन
जान्नु पर्थ्यो उसले
इश्वर हाम्रै आसपास हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झोला

~बिबश कु. सेजुवाल~bibash-kumar-sejuwal

यो युद्ध को मेरो झोला
अब काँ बिसाउने होला
कसलाइ सोधी राख्ने होला
यो झोला फेरि बोक्न सकियला कि नसकियला
काँ लुकाएर राखु
बन मा ?
घरको गोठमा ?
ओडार मा ?
फेरि हराउने डर छ खोज्न सकिएला कि नसकिएला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जब आयो दक्षिणी हावाहुरी

~हस्तबहादुर के.सी.~Hasta Bahadur KC

जब आयो दक्षिणी हावाहुरी
भारत र अमेरिकातिरबाट
पेरिस डाँडा हुदै बुद्धनगरसम्म
पस्यो त्यो क्रान्तिकारी माओवादीको
मूख्यालय भित्र
ब्यूँझायो त्यसले त्यहाँ
लुकेर बसेका अवसरवादीहरुलाई
हल्लायो त्यस हावा हुरीले
वैचारिक धरातल र सिद्धान्तको जग
चल्यो क्रान्तिकारी माओवादीभित्र
सिद्धान्तनिष्ठ र विनासर्तको
चल्यो बहस दश दश दिनसम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हिमालपारिका दाजु

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

‘नमस्ते ! दाजु’ उहाँबाटै सिकेका यी दुई मीठा शब्दसंगै नाकको सामुन्ने जोडिएका मेरा दुबै हत्केला बिस्तारै छुट्टएर अनायासै खस्न थालेका आँसुका थोपाहरु पुछ्न पुगे । दाजुले नदेख्ने गरी आँसु त लुकाएँ, तर अनुहारमा देखापरेका भावनाहरु मेरो बुर्खाले पनि छोप्न सकेनन् । दाजुुको अनुहारमा पनि बिभिन्न मिश्रति भावनाहरु झल्किएको मैले स्पष्ट देख्न सकेँ । एकातिर लामो समयपछि आपmना मुटुका टुक्राहरु र हृदयकी आपmनी ‘उनी’ लाई भेट्ने समय नजिकिएको ‘खुसी’ थियो भने अर्कातर्फ बिरानो देशको यो दुर्गम ठाउँमा छोटो समयमै अनायासै जोडिन पुगेको एउटा नयाँ साइनोसहितको आपmनोपनको सम्पर्कसँग छुट्टनि परेको एउटा भिन्दै खालको ‘पीडा’ थियो । तर सायद उहाँ हामीबाट जति टाढा पुग्नुहुन्छ, पहिलो भावना बढी गाडा हुँदै जान्छ र दोस्रो क्रमशः फिका हुँदै अन्तमा बिलाउन पनि सक्छ । म मेरो अल्लाहसँग प्रार्थना गर्छु कि भावना बिलाए पनि हाम्रो सम्झना दाजुसँग रहिरहोस्-अन्तसम्म, अनन्तसम्म- त्यो नै हाम्रो अहोभाग्य हुनेछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : थप उचाई जीवनको

~रश्मिला कवाङ~Rasmila Kawan

एक दिन थियो जून आफ्नै थियो
आफ्नै समय, आफ्नै महत्व
बधाई तथा शुभकामनाका पुष्पहरु
लाग्छ आफू हुनुको गर्व लागिरहेछ
थियो सधैजस्तै साधारण नै
नित्यकर्म उही, मान्छे उही, स्वभाव उही
फरक छ त मात्र अनेक रुपरंगहरु
बिशेष समयको महत्व
जीवनका अनेकन् क्षण अनि पलहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समुद्र

~कमन देवान~Kaman Dewan

सूर्यलाई निभाउने दम्भमा
ब्रमाण्ड नै डुबाइदिने धक्कु दिएर
समयकै विरुद्ध धावा बोल्छ
अनि
आफूलाई सर्वशक्तिमान ठान्छ ऊ
तर बिर्सन्छ
थोपा थोपा शीतहरुले बनेको भनेर
आफू मात्रै महान् हुँ भन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुँ भोलिको नयाँ नेपाल

~सागर कार्की~Sagar Karki

“म हुँ भोलिको नयाँ नेपाल”
तिमी देशलाई माया गर्छौ भने
आउ मलाई पनि माया गर
म भोलीको डाक्टर हुँ
ईन्जिनियर, वकिल र व्यवस्थापक हुँ
चाकडि र चाप्लुसी मिठो लाग्छ होईन ? Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : लठारो बाटौं

~अतित मुखिया~Atit Mukhiya

हे ! उज्वल सर्वशक्तिमान
तिमी जसरी पनि आउ
मुइँली, मोङ, माङ
जुनसुकै रुपमा पनि तिमी आउ
चाहे ताराहोपो इँगि बनेर
चाहे रुमाहाङ वा पारुहाङ बनेर
चाहे तागेरानिङ्वाफुमाङ बनेर
तर तिमी आउ,
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पुनर्निर्माणको पुन्तुरो

~रसिक रमण~Rasik Raman

हर्के आज बिहानैदेखि फुरुङ्ग छ । दारी काटेर पुरानै भए पनि धोएर सफा पारिएको कमेज सुरुवाल लगाउदै हातमा नागरिकता बोकेर बजार प्रस्थानको निम्ति डेग सार्दै छ । पुलकित मुहारमा आभा भर्दै आज बजार जानुको प्रयोजन सम्झन्छ । गाविस सचिवले भनेझैं पाँच प्रति फोटो खिच्नु , नागरिकताको छाया प्रति निकाली भूकम्प पीडितलाई सरकारद्वारा दिन खोजिएको पुनः निर्माणको रकमको फाराम भर्नु !खिइएका चप्पलबाट बाहिर निस्किएको बुढी औंलाले वेदनाको सञ्चार मस्तिष्कमा पुर्याएपछी बल्ल ठेस लागेको पिडा सङ्गालेर सोच्छ बाबुले बनाएको पुरानै भए पनि ०७२ सालको महा भूकम्पलाई पराजित गरी जिर्ण मुहार लिएर ठडिएको छाप्रो , त्यही छाप्रोले ढाकेको दुई आना जमिन , Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : यो साँझ…

~श्रेष्ठ समनश्री~Shrestha Samanshree

यो साँझ ऐना भयो तिम्रो मुहार झल्किने ।
यादले सतायो……….. छैन काँध ढल्किने ।।

आशा भो साहारा तिमी कहाँ दुरी भो टाढा ।
फूल उता ओईलायो की सम्झना भयो कांढा ।।
यादले सतायो……….. छैन काँध ढल्किने ।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : छातीभरी देश दुख्छ

~सागर सिलवाल~

कपटी र पापी धेरै हुदा छातीभरी देश दुख्छ ।
नेता अन्तर्घाती भैदिदा छातीभरी देश दुख्छ ।

देशले माया गर्ने निस्वार्थी खोजेको छ आज
भीमसेन थापा नहुदा छातीभरी देश दुख्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो मन हर्न जानिन !

~सजना गुरुङ~Sajana Gurung

तिम्ले चाहे जस्तै बनी तिम्रो मन हर्न जानिन !
गल्ती मेरै होला शायद मैले माया गर्न जानिन !

भुलाएर पीर व्यथा हाँस्न खोज्ने तिम्रो ओठमा
आँशु पुछी त्यो आँखाको खुशीहरु भर्न जानिन ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : गधाको आँसु

~प्रेम श्रेष्ठ~

भारी बोकेर आएको एक गधा भीरबाट चिप्लेर खस्यो। खोचमा गएर चित्कार छोड्दै अन्तिम सास लियो। त्यस कारुणिक दृश्य देख्ने सँगै हिंडेका गधाहरू हेरेको हेर्‍यै भयो। सहकर्मीको चित्कार सुनेर त्यसले दुई थोपा आँसु चुहाउनुबाहेक केही गर्न सकेन।

भारी बोकेर हिंड्ने गधाहरूको इतिहासमा यो नौलो घटना थिएन। भारी बोकेर उकालो–ओरालो, भीर–पाखा, देउराली–भञ्ज्याङ हिंड्नु त दैनिकीजस्तै थियो। चिप्लेर लड्नु, हातखुट्टा भाँच्नु अनि कहिलेकाहीं मृत्युको काखमा पुग्नु स्वाभाविक घटनाजस्तै थियो। त्यस्तो घटना हुनु गधाहरूको लागि सह्य पीडा हुने भए पनि Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मीठा मीठा भुलहरु

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

मीठा मीठा भुलहरु गर्ने तिम्रो वानी
मैले पनि सहे रै’छु खै के नजानी

टाढा हुँदा सधै सधै गर्थ्यौ आनाकानी
नजिकिदा गर्न खोज्छौ आफ्नै मनोमानी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : राहत

~एल.के. सुन्दर~

पश्चिम नेपाल कञ्चनपुर,
दार्चुला, अनि
पूर्वी नेपाल पाल्पासहित
दर्जनौं जिल्ला र
गाविस जलमग्न।
बाढीपहिरो, दैवी प्रकोप
छिमेकीको कुनियत
सयौंको उठिबास
कैयौंको ईहलिला समाप्त। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साइँला धोब्वा र बूढी धोमा

~बिकल आचार्य~Bikal Acharya

पोहोर
धानबाली सुकेदेखि
थलिएको गाउँ
थलिएका साइला धोब्वा
असक्त बूढी धोमा
सुकाएको साग र खोले।
अब त
चुल्हो बल्न मुस्किल छ।
हामी मौन छौं
देशै मौन देख्छु
किन? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फेसबुके फेस

~प्रमोद अमात्य ~Pramod Amatya

बाङ्गा छन्, सोझा पनि यहाँ
गतिछाडा छन्, गतिमान पनि यहाँ
पदवाला छन्, पादवाला पनि यहाँ
मनचोर छन्, घरफोर पनि यहाँ

जति छन् सब छन् फेसबुक भरी
फेसबुक बिना चल्छ जीवन कसरी ।।

बच्चादेखि बुढाले चलाउने यो फेसबुक चलाउन आउँदैन भन्न पनि लाज भैसक्यो आजकल । फेसबुक त जीवन भैसक्यो । यतै लभ पर्छ, Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : प्रेम झुटो भनि

~आचार्य प्रभा~acharya Prabha

भन्नेहरु भन्दै गरुन प्रेम झुटो भनि
सोंच्नेहरु सोँच्दै गरुन माया खोटो भनि …………../

देखाउँन सकौँ हामी प्रेम अमर छ भनि
बताउँन सकौं हामी माया अजर छ भनि ……………./ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : माया बसाउनु पर्दैन

~कृष्ण पौड्याल~

शुर अन्तै म सँग माया बसाउनु पर्दैन।
रुवाउने नै हो एक दिन हसाउनु पर्दैन॥

तिम्रो जिवन सफल होस रमाएर बस्नु।
नाम लाई मेरो आफुमा गसाउनु पर्दैन॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अनुभूति

~निरज भट्टराई ‘मनोरोगी’ ~Niraj Bhattarai

चार किल्ला सिमाना हाम्रो कोशी ,कर्णाली ,गण्डकी र महाकाली
हेर्दैछु छेकेर नेपाल ,सीन्चित गर्दै बाधेर सीमा नेपाल
दुस्मनका परमाणु तेर्स्याएर राखे तातो छाल हुन्कार्दै छन् सिमाना
दुब्दैन अब नेपाली भूमि कसैले बाधेर ,जम्दैछन सपुत

स्वदेशलाई बचाउन गर्दैनन् गिरेर सम्झौता , बाचेर के मरेर स्वदेश नभनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘भुइँफूलको देश’ मा

~नीरज लवोजु~
book cover - Bhuiphool ko Desh - Sharada Sharma

गोविन्द वर्तमानकृत ‘हरियो साइकल’ मा सङ्ग्रहित यात्रा निबन्ध ‘हिउँले छोपेका फूल’ पढिसकेपछि अरु केही नियात्रा कृति पढ्ने जाँगर पलायो। त्यही बेला पछिल्लो समय चर्चामा रहेको शारदा शर्माको ‘भुइँफूलको देश’ हात पर्‍यो। केही समयअघि मात्र पढेको शर्माकै उपन्यास ‘ताप’ ले पनि ‘भुइँफूलको देश’ पढ्न हौस्यायो।

‘भुइँफूलको देश’ मा नेपालको पूर्वी पाथिभरा, पश्चिमका मुक्तिनाथ, घान्द्रुक, कर्णाली अञ्चलका जुम्ला र मुगु, सुदूर पश्चिमको खप्तड क्षेत्र र काठमाडौंकै शिवपुरीको यात्रा वृत्तान्त सङ्ग्रहित छन्। सिङ्गो पुस्तक पढेपछि सिङ्गो नेपालको भ्रमण गरेको अनुभूति गराउँछ। विशेषतः नियात्राकार हिमाल, पहाड, हिमनदी, पहरा, तपयें बाटा, गोरेटाहरूप्रति बढी आकर्षित छन्। जस्तै थकाउने र गलाउने किन नहोऊन् उनलाई नेपालको उत्तरी उँचो भाग र अझ उचाइप्रति उनमा विशेष मोह छ। कृतिमा बाटो परेर तराईका एकाध वर्णन Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : ‘गङ्गालाल’सँग एक दिन

~सौरभ कार्की~Saurav Karki

परबाट आयो – हावाको एक झोक्का ।
त्यहीबाट उदायो – एक टुक्रा घाम ।
अनि म रङ्गिए सातै रङ्गमा
सायद सदियौंदेखि
म यहाँ उभिनुको अर्थ यही थियो ।

छि !
हेर त त्यहाँ – लाजपचेको मनुष्य
मेरै छेउ, मैले देख्नेगरी
एकाबिहानै – मुतेर गयो ।
अनि त्यो पल्लो चियापसलमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफै जाँचेर हेर!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

आफ्नो मन लाई आफै जाँचेर हेर!
सिंगो जीवन कसैलाई साँचेर हेर!

कती दुख्छ घाउ बिछोड़ को प्रहर
छियाछिया भाको मुटु भाँचेर हेर! Continue reading →

Posted in गजल | 1 Comment

गजल : कोठाभित्र बास छैन

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

सुन्छु आजभोलि तिम्रो, कोठाभित्र बास छैन
उनैविना तड्पिदिने, मुखभित्र गास छैन ।।

हुन त खै सँधैभरि, जानिराख्या वानी तिम्रो
उनै आडमा हुन्छन् सुन्थें, अरू तिम्रो पास छैन ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हर्सोल्लास मा हतारिएको मन

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

निराधार खण्डहर का सीमारेखा
पलायन को सपना बुनी सुती रहन्छन
घामका पाइला दिनानुदिन राप को पहाड़ चढ़न थालेपछि
जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै
हाम्रा बस्तीमा ज्वाला लिई आउछ !!

चैतमॉस को बेगवान हुरी
दरिद्रताको हुंकार बोकी लालीगुरास फुल्ने लेकहरू संग
असफलताका गीतहरु गाउदै हिड्छ
सारंगी को मिठो धुनसंग अपमान का भाखा बोकी
रौद्रतामा बस्तिहरू हिंसात्मक हुन थाल्दा
जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज र बेपत्ता सपना

~महेश क्षितिज~Mahesh Kshitij

फेरी अायो
हरितालिका तीज
अर्थात्
शङ्कास्पद व्यक्तिको
आरोपमा
मेरो खसमलाई
गोलीले उडाउँदा
मेरो पोते चुडिएको
अनि
मेरो छोरो सेताम्मै भएको
कालो दिन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज म पर्खि रहन्छु है

~राज बरसिंगथापा~

राता र रंगी चंगी पहिरन को भेसमा
आज को दिन अरु सगै
सिउदो मा झपक्क रातो सिन्दुरले भरेर
रातो साडी को सप्को सप्का छोडेर
झुत्ते पोते मा भूत्ते तिलहरी उनेर
स्वामीनाथ को दिर्घायुको कामना मा
मन खुसीले
गद गद छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment