गजल : गजल फुर्दा रैछन् निरु

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

सुन्ने तिमी रैछौ र त, गजल् फुर्दा रैछन् निरु
तिम्रो अनुपस्थितिमा, श्रोता कुर्दा रैछन् निरु ।।

गजल छैन आज ?’ भन्यौ, आतुर हुँदोरैछ मन
तिम्लाई भनेपछि कलम्, झन् दगुर्दा रैछन् निरु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यास बढ्यो हेर

~आचार्य प्रभा~acharya Prabha

तिम्रो आगमनले मनको प्यास बढ्यो हेर
तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर ।

अन्जान र खाली थियो मनको सँघार मेरो
आशाको सुन्दर महल कस्तोगरी ठड्यो हेर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : युद्ध

~आयाम लम्जेल~

युद्धको इतिहास कति भयावह छ,
कति निर्मम छ
तर पनि युद्धसंग मेरो
कत्ति पनि विरक्ति छैन,
म टुप्पाको लक्ष्य बाकेर हिडेको थिए
कयौा उकालीहरू नाध्दै लम्केको थिए,
टुप्पो पुग्दा नपुग्दै धोका भयो,
म र मेरा विरोधी सबैले युद्ध लड्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : नयाँ प्राचार्य

~अप्सरा अज्ञात~

(भर्खर नयाँ नियुक्त एक उच्च माविका प्राचार्य कृष्ण आचार्य आफ्नो कोठामा टेबुल अगाडिको मेचमा बसिरहेका छन्। अगाडि र दाँया–बाँया पनि एक–एक वटा मेच राखिएका छन्। भित्र एउटा क्यालेण्डर छ। कापीमा केही लेख्न बसेका छन्।)

हरिहर– (कोठामा प्रवेश गर्छ) झुकेर नमस्ते गर्छ। चिफ सर, सबभन्दा पहिले म हजुरलाई प्राचार्य नियुक्त हुनु भएकोमा बधाई दिन चाहन्छु। मेरो नाम हरिहर प्रजापति हो, केहीवर्ष अघिदेखि मैले एक पाठ्यपुस्तकको प्रकाशनको काम गर्दैछु, काठमाडौंको डिल्लीबजारमा एउटा पुस्तक डिपार्टमेन्ट छ, बागबजारमा मेरो सप्लाई सेन्टर छ र देशका विभिन्न जिल्लामा मेरो प्रकाशनका शाखाहरू छन्। Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : टाउकाे तातिएपछि

~बलदीप प्रभाश्वर चाम्लिङ~Baldeep Prabhashwar Chamling

बुझ्ने कुरा बुझियाे
बुझेपछि टाउकाे तातियाे ।

टाउकाे तातिएपछि
यी खुट्टाहरू
पछ्याउन हाेइन, हिड्न खाेज्छन्,
टेक्न हाेइन, कुल्चिन खाेज्छन्,
अडिन हाेइन, पुग्न खाेज्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बनु कि भस्मासुर ?

~संजु रायमाझी~

उम्लिएर रगत मेरो
कहाँ पोखीयों कि भन्दछ ,
बम ,गोला बारुद कि
बनुँ म बन्दुक भन्दछ !

टुटेको बाँधको भेल सरि
मेरा यो रगत बग्दछ
जब देख्दछु आमाको आँसु
मेरा हात नै खुंडा बन्दछ !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभब

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

आज किन कुन्नि मलाई मृत्यु देखि डर लाग्छ
तर मरी नै गए पनी सहीद को रुपमा अमर हुन मन लाग्छ

आखिर जिन्दगी भन्नु हाम्रो केनै पो रहेछ
यो त केवल धर्तिलाइ बोझ मात्र रहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गजल अब लेख्दिन भो

~निर्मला अवस्थी~Nirmala Awasthi_1

कसैलाई दु:खी पार्ने गजल अब लेख्दिन भो
आफ्नो पीर अन्त सार्ने गजल अब लेख्दिन भो।।

लेखुँला म गीत बरु तिमीलाई हँसाउने
तर तिम्रो आँशु झार्ने गजल अब लेख्दिन भो।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आऊ मलाई सम्भोग गर !

~केदार वशिष्ठ~Kedar Bashistha

लज्जित छु म आफैँ आज
बन्द कोठामा
तिमीहरुका पटक पटकका
धेरै रात्रीका
वैधानिक
अनि सामूहिक
बलात्कारमा पनि
कसैको गर्भधारण गर्न
असमर्थ भएकोमा
म आफैँ धिक्कार्छु
आफैँलाई ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा असहज यात्रा तिम्रो र मेरो

~गणेश खड्का~Ganesh Khadka

दुर्गम गलछेंडाहरुको सकसपूर्ण चेपबाट
दूरस्पर्शित – सुवाशीत
अफ्ठ्यारो ठाउँमा फूलेकी भिर फूल तिमी
मेरो अनकन्टार गनतब्यहिन यात्राको
कष्टकर पदचापहरुमा टाढैबाट
तिम्रो चाहनाका एक बथान रहरहरु-खुशीहरु
सुकोमल पाइला मिलाउने अभिलाषा जाहेर गर्दैछन्
एक छाती हार्दिकताको मन बोकेर यतै आऊ
अब यो कोप्चेरो बाटो सँगै हिंडौ !

सुदू…………र बस्तीबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रामकुमार पाँडेका एघार हाइकुहरु

~रामकुमार पाँडे~Ram Kumar Pande

आनन्द होला
पहाड चढेपछि
समुद्र झर्दा

मङ्गल ग्रह
नजिक आयो कि क्या
पृथ्बी हल्लियो Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : देवतालाई सम्बोधन

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

ए देवता !
खुरुक्क बाहिर निस्क
मन्दिरको त्यो खोपीबाट
तिमीसँग धेरथोर कुरा गर्नु छ

हिसाब गर्नु छ
चढाएको प्रसाद
कसले खान्छ पुजारीले कि तिमीले? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मनको भित्ता

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

मनको भित्ता छामी हेरें,घाम छेक्ने कुहिरो भेटे ।
जूनको छाती ताकि हेरें,त्याहा पनि पहिरो देखे।।

रुखो हाँसो कती हाँसु ,खडेरीको बन जस्तो ।
कतै भार कतै भुवा ,बिधुवाको मन जस्तो ।।
आफ्नो मन नापी हेरें,नभेटिने गहिरो भेटे । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक थोक

~रमेश क्षितिज~ Ramesh Kshitij

त्यसो त धेरै चीजहरू छन् पृथ्वीमा
यो घुमिरहने पर्यटकजस्तो र्सर्ूय-
मृदु मुस्कानजस्तो उसको बिहान
यी बूढा पर्वतहरू र तिनीहरूको शालीन गम्भीरता
यी तरुनी खोलाहरू र तिनीहरूको मादक चञ्चलता
उकाली र चौतारीहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धन्य गणतन्त्र

~राजेन्द्र चिमौरिया~Rajendra Chimauriya

धन्य गणतन्त्र…
तिमि छौ र त मेरो सान र मान छ ,
तिम्रै कारण म राज नेता र सर्ब श्रेष्ठ भा’ छु ,
तिम्रै गीता गाउदै सत्ता र भत्ता पचाएको छु ,
धन्य गणतन्त्र …. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिखित पानाहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~Niraj Bhattarai

अल्पबिराम कथाहरु भोगिएर लेख्या छैन
उनको वियोग सधैभरी पालिएर भाक्या छैन

समुन्द्रमा थोपा थोपा को कहाँ लेखिन्छ र कथा
जिन्दगीको गोरेटोमा ठेश लाग्या भोगिएर लेख्या छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता अपभ्रंश र संस्कृति

~बालमुकुन्द कार्की~Balmukunda Karki

आमाले भन्नुभो-
सानो उमेर भएका छोरालाई
बलि दिएको नदेखाऊ
तर ऊ,
बलि दिएको हेर्न आतुर छ
असाध्यै उत्सुक छ
बाबाले फूलपाती चढाएको
बलि पर्सिएकोमा रमाएको छ
पल्लाघरे काकाले
खुकुरी बोकी ताक मिलाएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको खोजी

~खेम राई~Khem Rai

जिन्दगीका सुन्दर पलहरु
तिम्रै पर्खाइमा वितिरहेछ
तिम्रो आगमनको प्रतिक्षा कुरेर
आज जिन्दगी त्यसै रोइरहेछ ।

तिमी भनेको यथार्थ हौ
आजको वास्तविकता
र आवश्यकता हौ
अनि जीवनका सबै-सबै ।
रैपनि तिमीलाई पाउन
तड्पिनु परेकोछ
मनमनै विद्रोह Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~कृष्णराज लावती लिम्बु~Krishnaraj Lawati Limbu

अाजभोली विश्व
बजारले खर्लप खाएछ ,
तिनपाने र तोङबाको ठाउँ
रुसलान भोट्का र बियरले लिएछ ।
गुन्द्रुक सिन्की र किनेमाको अचार
वाइवाइ साँदेकोले लिएछ ।
फाँदो सिलाम र फिलिङगेको
अचारहरु अतीत भएछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्धको साम्राज्य

~नेत्रबहादुर कुँवर ‘अशोक’~Netra Bahadur Kuwar 'Ashok'

हरेक दिन
गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ
सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार
जिब्रो स्वाद लिन चाहन्छ
र बनाउँछु भन्छ–सुली ।
गिद्ध धूर्त छ
गिद्ध साँच्चै गिद्ध छ
ऊ नगर्चीलाई सिनो घोषणा गर्न तल्लीन छ
बरु बदलामा भनि दिन्छ
युग पुरुष, ऐतिहासिक सहिद ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम पत्र

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा ।
अरुले आँखा रमाए !
तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा !
पूरा दिलले अपनाएँ ।
अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर
आफू भनीकन अपनाएँ ।

ख.
मिरमिर पहिलो वृन्दावनमा फागु कसैसँग खेलेँ जरुर ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रोल्पाकी छोरी

~वैरागी जेठा~bairagi-jetha

रोल्पाकी छोरी
क्रान्तिको बाटो हिँड्दा अक्रान्ति हुन सक्छ
हरेक स्पातीमैदानहरूमा
स्पाती मैदानका भेलहरू विरूद्ध
एउटा भाइरस छिरेको हुन्छ
वर्गसङ्घर्षको दुध चोर्न
भुनभुन गर्दै घुमिरहेको हुन्छ
सायद तिमीलाई थाहाछैन
रोल्पाकी छोरी
तिम्रो मार्चपासमा
उभिएको भाइरसले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान खनिदिनु छ

~पुष्प गोपाल श्रेष्ठ~pushpa-gopal-shrestha

म झुप्रोमा जन्मेको मान्छे
झुत्रो र झुम्रोले लपेटी
यही धुलो माटोमा
लुडीबुडी खेल्दै
यही हावा पानीमा
हुर्केको म
मेरो त थलो नै हो यो ।

मिरमिरे बिहानमा उठ्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मदन फेरी आउ

~रमाकान्त बास्तोला~ramakant-bastola

मदन फेरी आउ , ज्युदै छु भन्दै आउ
देश र जनताको लागि आधी बन्दै आउ,
कपूतको हातमा राज्य भो, शासन उनै गर्न थाले,
शासन प्रति धावा बोल्दै ज़न्जीर तोड़दै आउ
हे मदन फेरी आउ ,ज्युदै छु भन्दै आउ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो बादल

~अनिल बराल ‘गरीब चिराग अछुत’~

कालो बादल अझै फाटेको छोइन
अध्यारो रात झै हटेको छोइन
मेची काली जताजतै उस्तै
मान्छेले मान्छेलाई देखिन्छ बेग्लै
समानताको ढोका खोलेको छोइन
कालो बादल बस्ति बस्तीहरुमा
उर्लिरहेछ,
भन्ने हरु भन्छन ,
संसारमा सानो र ठुलो जात छोइन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाइ भन्नु हुन्छ…

~श्यामकुमार बुढा~Shyam Kumar Budha Magar Chintan

तपाइ भन्नु हुन्छ, दिल खोलेर हाँस
तर, हाम्रो त घर जलेर खरानी भएको छ
यो शोकाकुल घडीमा
म कसरी दिल खोलेर हाँस्न सक्छु ?
तपाई भन्नुहुन्छ, आउ रमाइलो गरौं
तर, हाम्रो त सपनाको दर्दनाक हत्या भएको छ
यो भावविल्ह्वल घडीमा
म कसरी तपाइसंग रमाइलो गर्न सक्छु ?
तपाइ भन्नुहुन्छ, मुस्कुराएर मुख खोल
तर, हाम्रो त आकाँक्षा ज्यँुदै पुरिएको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टाढा जाॅदैछु

~शर्मिला श्रेष्ठ~sarmila-shrestha

भो पुग्यो जस्तो छ टाढा जाॅदैछु
बल्ल बुझी दुनियाॅ , ठक्कर खाॅदैछु ।

बर्षौ संघर्षको केही उपलब्धि छैन फल
अझै आफ्नो योग्यता,काटामा नाप्दैछु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लेख : पाठ १ – स्वर, व्यञ्जन, मात्रा गणना र बहरबारे

~करूण थापा~Karun Thapa

पाठ १ : स्वर, व्यञ्जन, मात्रा गणना र बहरबारे

बहर के हो ? भनेर बुझ्नु अघि केही आधारभूत कुराहरु बुझ्नु जरुरी हुन्छ ।

संसारमा धेरै भाषाहरु छन् र सबैजसो भाषामा साहित्य लेखिएका पनि छन् । ती सबै भाषाका सबैभन्दा सानो रुप भनेको वर्ण हो । अरु भाषाको कुरा छाडेर हामी नेपाली भाषाको कुरा गर्दा नेपाली भाषामा हामी जुन शब्दले आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्छौं ती शब्दहरु अक्षरबाट (वर्ण) बनेका हुन्छन् । हामी नेपाली लेख्नका लागि देवनागरी लिपिको प्रयोग गर्छौं । देवनागरी लिपिमा वर्ण २ प्रकारका छन्ः

१. स्वर
२. व्यञ्जन
Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : छिमेकी र कान्छो साहु

~झनक श्रेष्ठ ‘प्रज्वल’~Jhanak Shrestha Prajwal

छिमेकीको नजर कणाली तिर
कसैको नजर गुम्बा तिर
देश जलाइन्छ हाम्रो
घर भत्काइन्छ हाम्रो
भूमि उजाड बनाइन्छ हाम्रो
सामुदायिकता खलवल्याइन्छ हाम्रो

छिमेकीको हेराइ हिमाल तिर
परिश्चमाको हेराइ बाइबल घोकाउने तिर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यथार्थ

~लक्ष्मी माली~Laxmi Mali

श्याम स्वेत जीवन
रंगीन सपनाहरु
पलप्रतिपल आँखामा तृष्णाहरु
भावनाका परिधिभित्र गुम्सिँदै
ढाेंग र नाटकमा
कति जिउने
त्याग, तपस्या र बलिदान
के को लागि, किन र कसको लागि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ऊ र म

~दिवाकर स्वप्नील~Diwakar Swapneel

उसको र मेरो सधैँ झगडा परिरहन्थ्यो । लाग्थ्यो हामी आजीवन शत्रु हौँ । तर पनि फेरी दुइ शत्रुको अस्तित्व जीवितै थियो । ऊ मलाइ सधैँ ब्यङ्ग्य गर्थ्यो र अगाडी नै बसेर पैसाको धाक लगाउँथ्यो।कहिलेकाँही त एकै लातमा खुत्रुकै पारुम की, लाग्थ्यो। तर सक्दिन थिएँ । यदि कुटेको भए पनि एक देखि दुइ हान्नु पर्दैन थियो।

म ऊ भन्दा कालो थिएँ,त्यसैले सबैजना उसकै तारिफ गर्थे , उसको प्रीय बन्न पाए या भनौँ उसलाई पाउन पाए जीवनै जितिन्छ भने झैँ धेरै केटीहरु उसकै पछी लाग्थे । उसले आफ्नो रुपको मोहोनी फिजाएको थियो।त्यसैले पुगिसरी आएका सम्भ्रान्त बिवाहित महिला पनि आफ्नो पतिलाइ त्याग्न तयार हुन्थे उसलाई पाएमा। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पहिलो प्रेमको

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

जब,
सम्बधहरु उत्कर्षकमा उम्लन्छन् ।
भाबनाहरु गहिराई सम्म छुन्छन् ।
त्यती बेला,
जमिनमा फीँजारीएका
आकाशभरी समेटिएका
एक अम्मल खुसिहरु
समुन्द्र भरि तैरीएर
चेतनाशुन्य भई समेटीन्छन् ।
आहा !
तिमीले गर्ने प्रेम यही हो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment