बाल कविता : बालअधिकार

~प्रभातप्रकाश तिमल्सिना~ Prabhat Prakash Timilsina

बेलायती फोटो पत्रकार एग्लाइन्टाइन जेबले
विश्वमा पहिलोपटक बाल अधिकार चिनाइन्
यही बाल अधिकारको बाटोमा हामीलाई
प्रेरित गरी उत्साह भरेर हिँडाइन् ।

सन् १९८९ नोभेम्बर २० मा बनाए
बाल अधिकार महासन्धि सबै मिली जम्मा
अनि तयार भयो बाल अधिकारका
चार आधारभूत शक्तिशाली खम्बा Continue reading →

Posted in बाल कविता | Tagged | 1 Comment

कविता : दामले किनिएकाहरु

~उमेश राई~Umesh Rai

दामले किनिएकाहरु
भुकम्पले चर्केका छातीहरु देख्दैनन्
अभाव र महँगीले दाम्रीएका पेटहरु देख्दैनन्
भ्रष्ट र कालाबजारीको राज चलेको नि देख्दैन्
दामले किनिएकाहरु..
टनकपुर कस्ले बेच्यो ?
त्यो बुझ्ने कोसिस् गर्दैनन
कर्णाली के हुँदैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाहरूको नाममा

~जीवन क्षेत्री~Jiwan Kshetry

युवती विधवाको बाँझो सिउँदो
कमिला हिँडेको खहरेको बगर
कोराले बेरिएको विधवाको शरीर
नभत्केको घरको भग्नावशेष
पुस्तौंदेखिका अपराधीहरू
धर्मका तथाकथित ठेकेदारहरू
तिम्रो अपराधशास्त्रको कुरुप न्यायालयमा
नैतिकताका विभत्स दृष्यहरू
ती निमुखा आमाहरू, जो तिमीलाई जन्म दिन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मकथा

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

कन्दरा संझेर
विगतलाई जोख्दिन,
सहारा खोजेर
शिखर म चढ्दीन,
सयपत्री छटाको
म एक थुँगा फूल।
**
जवानीले मदहोश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : माइतीघर आएकी चेलीको कथा

~राजमाया पुतवार~

एकादेशमा एउटी बुढी थिइन् । कुनै बेला उनको नि दिन थियो– लहलहाउँदो बैंस, हरहराउँदो जवानी । बाटोमा जसले देखे नि लोभिन्थे । इस्कुलका केटाकेटीदेखि वृद्धाश्रमका बुढाहरु समेत फिदा थिए उनमा । एक नजर पाउने लोभमा बाटोमा कुरेर बस्थे ।

उनी पनि त्यस्तै थिइन् नि । आँखाले हेरेर आगो बाल्दिन्थिन् । देशलाई कहाँबाट कहाँ पुर्‍याउँछु भन्थिन् । गरिन् पनि त्यस्तै । उनको आँखाको नचाइ, कुमको घुमाइ र बुढीऔँलाको फिराइको चालमा देशमा कहिल्यै नभएका कुरा भए । देशले कोल्टे फेरेकै थियो । Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : टिप्स

~के.पी. छुस्याकी~

लालसिं तामाङको अनुहार आज खुसीले चम्किएको छ। त्यति चमक त उसले कोलिनले सफा गरिएको टेबुलमा पनि थिएन। सावधानीपूर्वक सफाचट गरी गोलमेच संरचनामा मिलाएको छ। ऊ सुन्दर भाकामा गुनगुनाउँदै कम्मर मर्काई नाचिरहेको भान हुन्छ। ऊ सफा गरिएको मेचमा थचक्क बस्छ। केही सोची ऊ बुरुक्क उफ्री नजिकको चमेलीको बुट्यानबाट ४/५ हाँगा भाची फूलदानीमा सिउरी फूलदानी टेबुलको बीचमा राख्छ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अपिल

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

एकताका
मलाई पनि मन लाग्थ्यो
सहकार्य र समावेशी ओकल्न
यदाकदा
मलाई पनि मन लाग्थ्यो
सहभागिता र समता डुक्रन
कुनै समय
मलाई पनि मन लाग्थ्यो
पारदर्शी र एकताको खोक्रो नारा फलाक्न । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छापामार योद्धाको डायरी

~तीर्थ संगम राई~Tirtha Sangam Rai

स्काफफोल्डिङको पच्चिसौं तल्लामा
झुण्डिएर जीवनको युद्ध लडिरह“दा
प्रिय कमरेड !
म मृत्युसँग हारिसकेको छु ।

हारेको छु—
आफन्तहरुका निर्दोष अनुहार
छोराछोरीहरुका रहरलाग्दो सपना
र, हारेको छु—
आफ्नै जीवनसंगिनीको आशालाग्दो
घाम झैं मुस्कान र जूनझै रहर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

शान्ति अधिकारीका १०८ हाईकुहरु

~शान्ति अधिकारी~Shanti Adhikari

हुदय कस्तो
महसुस गर्न नि
सकेनौ रत्ति ।।

समाज भन्ने ,
बोल्नेहरुकै हुन्छ
निर्धाको आँशु।। Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : सुन्यतामा

~उषा गिरी~Usha Giri

आजकाल किन
दोबाटोमा अत्रिप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र सुन्यतामा?
बर्तमानको सिढीलाई
जीवनको मात लागेकोछ
आजको यान्त्रिक मनुष्य Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई पर्खेको होला

~पुरुशोतम सुबेदी~Purushotam Subedi

पाखा बारीको ऐसेलु र मौवाको टपरीले मलाई पर्खेको होला
अर्ध कांचो हाडे काफलगेडी अझै पनि म तर्फै फर्केको होला
जनक दाईको बारीको पाकेको आलुबखडाले मेरै बाटो कुरेको होला

पारी बनको कालनिउरी टिप्दा हराएको बाख्री अझै फेला परेन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : माया

~दिलिप योन्जन~Dilip Yonjan

कहिले माया घाम जस्तो कहिले माया पानी
हासी खुसी बिताउ हामी एक बारको जिन्दागानी ।

दुख साटे सुख मिल्छ जिबन भरी पल-पल
मरे पनि अमर हुन्छ हाम्रो माया हरपल Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लमजुङ

~पुर्ण श्रेष्ठ~

साहित्यमा रमाउदै अगी वढ्दै जाउ लमजुङ
स्थानिया भाषा संस्कृति उत्थान गर्दै जाउ लमजुङ

जाती वाँचे भाषा वाँच्छ भाषा वाँचे संस्कृती
देश भेष संस्कृति वचाउदै जाउ लमजुङ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भोर्लेटार

~शक्तिशाली घिमिरे~shaktishali-ghimire

अन्नपूर्ण माछापुच्छ्रे शिरमा सजाउँने
छातीभरी ढकमक्क गुराँस फुलाउने ।
पाउँ पखालिरहने गंगाजीको पवित्र जलहरु
प्रणब गुन्जाई रहने ती तीथस्थल ।।
स्मृतिपटलको गाढा प्रतिच्छाया
मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मुसोको टुसो

~रामकुमार पाँडे~Ram Kumar Pande

श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क गरेझैं कुद्ने मुसो गणेशजी ढाडमा चढेर आसन जमाएपछि के कुद्न सक्थ्यो ? त्यसैले कुमारजी विश्व भ्रमण गरेर फर्कंदा मुसोले आफ्ना मातापितालाई एक फन्को लगाउनसम्म भ्याए भनौं । छोरो टाठोबाठो होला, विश्व यात्रा गर्ला भनी महादेव पार्वतीले परीक्षा लिएको त आफ्नो पिलन्धरे वाहन देखेर गणेशजीले मातापितालाई नै विश्व बनाए ।

धन्य प्रभु ! यस्ता आफ्ना सेवकको इज्जत राख्ने गणेश साँच्चिकै मङ्गलकारी हुन् तर गणेश दायाँबायाँ लाग्दा लड्डु उडाउन मुसो के कम ? मुसा भनेका मन्त्रीका पीए सरह हुन् । पीएले हाकिमको आँखा छली कहाँ प्वाल पार्नुपर्छ ? कहाँ काट्नु पर्छ ? कहाँ चट पार्ने ? कहाँ कहाँ चाहार्ने ? कहाँ दार्ने ? सबै मुसाभन्दा कम्ता गर्दैनन् । Continue reading →

Posted in निबन्ध | Tagged , | Leave a comment

कविता : दोषी नजर

~यमूना घिमिरे~

बेहोषी भै जल्दोरहेछ दिल
यहा थिएन खरानी भएछ
अन्जान मै जुधेर वनेको मायालु
थाहै थिएन पर्राई भएछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बागमा डुल्दा मजा हुन्छ

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

कल्पनाको सुन्दर बागमा डुल्दा मजा हुन्छ,
मदिराको मादमा तिमी भुल्दा मजा हुन्छ ।

आरोप हैन, यो त प्रिये ! उपहार हो तिम्रो,
पानीमा नुन घुले सरि घुल्दा मजा हुन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : एउटा जिउँदो मान्छे

~आभास~Aavaas - Achyut Prasad Phuyal

गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ

मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो
उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो
अँध्यारोको अङ्गालोमा आफैँ बेरिएछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : इज्जत

~प्रेम के ‘निडर’~

रामदाई पुलिसले समातिएकोे हल्ला गाउँभरि फैलियो। किन समातिएको कसैलाई थाहा भएन। हल्लाले मानिसमा खुल्दुली मच्चियो, किन समातियो। कुनै नराम्रो काम नभएको भए समातिने छैन भन्ने तर्क बलियो हुँदै गयो। राम दाइका सुभेच्छकहरू साथै उनका विरोधीहरू पनि जिज्ञासु बने। रामदाईलाई के भयो?

हिजोसम्म्ा रामदाई राम्रो र असल मान्छे थिए। हँसिलो मान्छे थिए। सबैले चिनेको थिए। कसैले राम दाई त कसैले राम अंकल, कसैले रामजी भन्ने गर्दथे। रामदाईमा त्यस्तो टिप्पणी गर्न लायकको काम कसैले देखेको र सुनेको थिएन। उनी यतातिर बस्न आएदेखि सामाजिक सेवामा बढी भूमिका भएकोले सबैले चिन्ने जान्ने मौका Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : भर्खर हाईस्कुल सके पछीको बास्तबिकता

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै रहस्य नहुदोहो सायद त्यसैले म भदौरे मकै झै कसैको अँगेना वा कसैको मकलमा पिल्सीदैछु ।

मेरो ईच्छाहरु पलाएन हुदै जाँदा पनी म एक टकले त्यही दृश्य नियालीरहन्छु । म भित्र एक कीसीमको लधुताभास सिर्जना हुदै जान्छ जसले म भित्र पनी चहानाहरु जन्माउछ, Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : ढुकुटी कती भर्छौ धनेदाइ !!

~ईश्वर शाही~Ishwor Shahi

काले साहुं’को ढुकुटी कती भर्छौ धनेदाइ !!
आफु भोकै उस्कै भलो कती गर्छौ धनेदाइ !!

बराजुले ॠण लेको चार बिस तिर्न पनि !
चारै पूस्ता उस्कै पाउ किन पर्छौ धनेदाइ !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : प्रेमको माला

~राजेन्द्र रिजाल~Rajendra Rijal

प्रेमको माला पहिराई दिएँ, सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो, संगाली राख यसलाई
प्रेमको माला…

तिमि मेरो जिबनको उज्यालो हौ, म संधै तिम्रो साथ हुन्छु २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए बुनिया ! कहा छे रे मोर लाठी ?

~गोचा थारू~

युद्ध,
जो शुरू भई नै सक्यो
अब घुंगी टिपेर के बस्नु !
मछली पक्रेर के रहनु !
बुनिया ! कहा छे मोर लाठी ?

युद्ध हो,
म नफर्किन पनि सक्छु
तर रोक्नसक्ने छैन
अब तिम्रो आँधीजस्तो मायाले
मलाई छेक्नसक्ने छैन
आकाशजत्रै विशाल
सन्तानको ममताले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हे वुद्ध अव त व्यूउँत

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

तिम्रो घरको वलियो खम्वाहरु
हेर आज खोक्र्याई सके
तिमी खेल्ने आँगन
केहि पड्कीएको थर्कनाले भ्वाङ परिसक्यो
न त गनि साध्य छन् यहाँ
मुर्दाहरु
न त गनि साध्य छन् यहाँ
अपाङ्गहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निरीह कैदी

~आचार्य प्रभा~acharya Prabha

मायाको कठ्घरामा थुनियौ कि
या त आकर्षणको नेलले बाँधियौ ?
मैले त देख्न थालेँ तिमीलाई
एउटा निरीह कैदी,
जो मेरो आँखामा सदा कैद भयौ
न त म तिमीलाई मायाको
चोरीको अभियोगमा माफि
दिन नै सक्छु,
न त तिमीलाई मनको जेलमा
थुनी रहन सक्छु,
न त निर्दोष ठानी आजाद गर्न नै सक्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फेसबुकमा लाइकको ब्यापार

~बिजु सुवेदी “विजय”~Biju Subedi - Bijaya-2

“हे भाइ ! कति फेसबुक खेलिराको ? ओहो तिमीले त लाइक कति ठोकिराको ? कि सबका सबलाई लाइक ठोक्छौ ?”

“हैन ?” भन्ने छोटो उत्तर दियो उसले ।

(ऊ फेसबुकमै व्यस्त थियो कुरा गर्ने फुर्सद थिएन उसलाई )

“कति साथी छन् तिम्रा ?”

“पहिले त ५,००० साथीहरु थिए तर अहिले कसैले लाइक नहानेपछि चिन्नेलाई मात्र साथी बनाएको छु ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नेपाल देख्छु

~निरज भट्टराई ‘मनोरोगी’ ~Niraj Bhattarai

जहाँ देख्छु ,
जसो देख्छु
म नेपाल देख्छु
दुर दुर छन् हजार देश
जहाँ बसेर म एउटै नेपाल देख्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नानुको यादमा

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

खै कस्तो हो यो मेरो जीवनको कथा ?
कहा बाट सुरु गरौ मेरो मनको ब्यथा?

जहा कहिले हाँसो छ त कहिले रोदन
अनी कही मिलन छ त संगै बिछोड Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिब्रो

~सरिता तिवारी~Sarita Tiwari

उहिले
थिएन यति लामो जिब्रो

कसरी भयो यो
यति लामो
पातलो
र तिखो ?

छुराजस्तो ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बाँचीदिएकै छु

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु.
मन्द-मन्द निस्वास यो,साँचीदिएकै छु.

सधैभरी बसन्त नै, कहाँ झुलिरहंछ.
ऋतुसंगै जीवन यो, यहाँ डुलीरहन्छ.
चाहनाको फूलहरु, झर्न नपाउदै. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : ठगठाग युगाय नमः

~नन्दलाल आचार्य~Nandalal Acharya_1

सखडेश्वरी भगवती माता !
म भगवती पुत्रीको भक्तिभाव स्विकार गर !

० निवेदन गर्छु सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु जसो भन्छेऊ, त्यसै गर्न तत्पर छु ।

देवीका चरणमा सविनय नम्र निवेदन यो छ कि म भक्तिनी हुँ । मनोकाङ्क्षाका केही मीठा कुरा, केही तीता कुरा राख्दै छु । जानी नजानी गन्थन गाँसेर पत्र पठाउँदै छु । प्रत्युत्तर लेखे पनि नलेखे पनि पत्रान्ततिरका मेरा कुरा Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : किनभने उनी त खाँट्टी राष्ट्रवादी

~शिवराम सुलु~

मधेशी र थारुलाई आँप हो,
झार्दा केही फरक पर्दैन भन्ने उनी
जनजातिलाई बाँदर हौ,
अधिकार नमाग भनी हपार्ने उनी,
आदिवासीलाई हीनताबोध गराउने कटु बचनबोली हेप्ने उनी,
तर पनि,
जातीय विद्वेष फैलाउने,
राष्ट्रिय एकतामा खलल पुर्‍याउने अरु नै हुन्छन् दोषी
हुन्नन् उनी,
किनभने उनी त खाँटी ‘राष्ट्रवादी’ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment