गजल : समुन्द्र पारी आउँदैछु

~सूर्य चेम्जोङ~

आज म सात समुन्द्र पारी आउँदैछु
तिमीलाई भेट्न आबुधाबी आउँदैछु

यात्रा भरी काँडाहरु छेकिदिन्छ बाटो
पन्छाउँदै काँडा भागी भागी आउँदैछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : सँगाल घुम्टोहरु

~गोपाल योन्जन~Gopal Yonjan

सँगाल घुम्टोहरु सजाउ केशहरु
म आएँ आँधी बोकेर सम्हाल बेगहरु २

आँधीले उडाईदेला लाजका ती पर्दाहरु
बतासले खोसी देला ओठका ती हाँसोहरु Continue reading →

Posted in नेपाली गीत | Tagged | 1 Comment

गजल : लाउने छैन बुझ्यौ!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

तिमी सँग माया अब लाउने छैन बुझ्यौ!
भेट्न भनी दोबाटोमा आउने छैन बुझ्यौ!

निश्चल माया गर्दा पनी शंका गरिरह्यौ
भुलेर नि पापी मनमा छाउने छैन बुझ्यौ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : भेट होला जस्तो लाग्दैछ

~केशब आचार्य ~Keshav Acharya_1

तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ
प्यास मेरो हृदयको फेरी किन जाग्दैछ ।

बिछोडका घाऊहरु आलै छन छात्तिभित्र
जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म राष्ट्र सेवक

~आकाश ताम्राकार~

नेपाल आमा रोहि रहेछिन याहा आफ्नो अंस बण्डामा
शाशक बर्गहरु लागी रहेका छन जन्ता भाड्ने धन्दामा।
एक आमाको छातिलाई ६ भागमा चिरा पार्न खोज्दा
चार भाई मात्र मिलेर खाना खोज्छन आमाको यो ममता।।

६०१ भाई जन्माएकी नेपाल आमा नाति नातिनिमा रम्दा
आफ्नै आमाको हेरचाह छैन याहा स्वार्थै स्वार्थमा लम्कदा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक तर्फीप्रेम

~नवराज योन्जन~Nabaraj Yonjan

“प्रेमले,न मर्न दिन्छ,नत बाँच्न दिन्छ”
सम्झे मैले तानाशाह ति हिटलरलाइ
र भने प्रिय….
जीवित सास रहुन जेल आस भन्छन् |
आफ्नो स्वार्थ पुरागर्दै जित खोज्नेहरुको सहरमा
तिम्रो प्रेम संग लडाई खेलेको धेरै भइसक्यो |
लड्दा लड्दै न जित भएको छ, नत हार भएको छ
तिम्रो भन्दापनि मेरो अघोषित युद्धभूमिमा
मानौ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मलाई तिम्रो पीर लाग्छ

~गणेश कार्की~Ganesh Karki

मेरो कथा के सुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ”
मनमा खै के गुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !

बिना संकोच पात झार्ने, पिपलको रुख जस्ती तिमी
पात मलाई चुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अरबको कथा

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

तलब आएको पहिलो शुक्रबार को बिहानी,
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी

स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें
”सुतिराख्या हो ?
सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : फालौँ बिष त्यो

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् ।
सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।।
चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी ।
आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। १ ।।

बस्थे ढुक्क भई छिमेक सब ती सन्तान नाना थरी ।
मिल्थे आपसमा सदा भरगरी ढुङ्गा र माटो सरी ।।
गर्थे काम सधैं मिली सहज ती बिर्सेर पीडा सबै ।
मान्थे चाड रमाउदै सबथरी तेरो र मेरो नभै ।। २ ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : यो कस्तो नियम

~ईश्वर शाही~Ishwor Shahi
विधुवाले होली खोज्न नहुने यो कस्तो नियम ।।
भबिस्यको भोली खोज्न नहुने यो कस्तो नियम ।।

बिचराको के दोष त सुवाग मै त्यस्तो भयो ।।
अब अर्को डोली खोज्न नहुने यो कस्तो नियम ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कोरीयन लोक कथा : दाउरे र बाघ

कोरीयन लोक कथा
अनुवाद : ओमप्रकाश गुरुङ

धेरै वर्ष पहिले पहाडको छेउमा एक जना दाउरे र उसकी बुढी आमा बस्थे। एक दिन दाउरे सधैँ जसो जङ्गलमा दाउरा काट्न गएको थियो, दाउरा काटिरहेको समयमा दाउरेले अचानक एउटा बाघ देख्यो र उ साहृै डरायो। डरले उसका हात खुट्टा काप्न थाले, घरकी बुढी आमालाई सम्झ्यो। मलाई बाघले खायो भने मेरी बुढी आमाको हेरचाहा कसले गर्छ, आमा बिरामी हुदाँ कसले औषधी पानी दिन्छ, इत्यादी कुराहरु मनमा खेलाउन थाल्यो, उसलाई झन् डर लाग्न थाल्यो। अन्तत उसले बाघबाट बच्नको लागी एउटा जुक्ति सोच्यो र बिनम्रतापुर्वक बाघ सँग भन्यो थाल्यो, “ बाघ दाई! तिमी मेरो जेठो दाई हो, धेरै वर्ष अघि जङ्गलमा दाउरा काट्न आउँदा तिमी Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

गजल : नभएको चैन हजुर

~प्रकाश सापकोटा~Prakash Sapkota

किन मलाई यति साह्रो नभएको चैन हजुर
पग्लिँदैछु भित्रभित्रै भए क्यारे मैन हजुर

आनन्दको कन्दमुल मुग्लानको जंगलमा
कति खोजेँ, कति खोजे यहाँ पनि छैन हजुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो लाग्न थाल्यो

~लक्ष्मन सागर ~

सूर्य मलाई सधैं भरि न्यानो न्यानो लाग्न थाल्यो
दुबईको मायाहरू भित्री मनमा जाग्न थाल्यो

रोल्पा सल्यान बसको सयर ४९३७ बाट गर्यौ
टिभी देखाई दाङ घोराहिमा हर्ष माग्न थाल्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई भन्न मन लाग्छ…….

~ऋषि पाण्डेय~rishi-pandey

मलाई भन्न मन लाग्छ,
देश बनाउँछु भन्नेहरुलाई
नयाँ नेपाल बनाउन
पुरानो नेपाल भत्काउनेहरुलाई ।

मलाई भन्न मन लाग्छ,
कानुन बनाउने महामहिमहरुलाई
कानुन पालना गराउने महासयहरुलाई
टेबुल मुनिबाट रकम असुली
कालोलाई सेतो बनाउनेहरुलाई ।।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सुख दुःख सगै रमाउ

~बिमल गिरी~Bimal Giri

कैयौ बिते हिउदहरु तिमी आउने आसमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा

बाझिगए भस्मेहरु बाली नलाई पाखामा
तडपी रहन्छु साझ बिहान निन्द्राछैन आँखामा
सुख दुःख सगै रमाउ आफ्नै स्वदेशमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

आर. पि. आचार्यका तीन मुक्तकहरु : याद

~आर.पि.आचार्य~ Ram Prasad Acharya

#
कहिले याे मन एक्लै गुनगुनाउछ
यतै नजिक छाै कि सुम्सुमाउछ
मुटुमा सजाएर पनि नपाएपछि
पागलबनी याे मन त्यसै फुुलफुल्याउछ

#
सबैकुरा सिक्न माया लाउनु पर्दाेरहेछ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : शान्ति तिमि फर्की आऊ

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

शान्ति तिमि फर्की आऊ
हेर तिम्रै प्रतिक्ष्यामा
यहा रुदैछिन तिमरै नेपाल आमा

शान्ति तिमि फर्की आऊ
हेर तिम्रै यादमा
यहा निरास छन् लाली गुरास सारा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अब केहि होला कि

~बिमल महत~bimal-mahat

प्रचण्डलाई पत्र लेखे त , तुरुन्त जवाफ दिनु हुनथ्यो होला ।
बामदेवलाई भने के भयो, झट्ट कारबाहि हुन्थियो होला ।
गिरिजालाई त के सोध्नु, बूढाको ऊठ्नै आटो चोला ।
माकुने को त महासचिब फुत्केर , छात्तिमा कति हान्दो हो सोला ।
बाबुरामको हातमा ढुकुटिको साँचो छ , अब कसैको भरिन्न झोला ।
बादलका त गोला , बारुध, बम सबै नै सेलाए होला । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दोषी चश्मा

~आभा~

‘महिला सँधै आफ्नो समस्या मात्रै भन्न रुचाउँछन् । राष्ट्रियता, दर्शन, ज्ञानविज्ञान तिनका डिक्सनरीमा हुँदैनन्, चाहे ती गृहिणी होउन अथवा साहित्यकार, लेखक या पत्रकार ।’ धर्म दर्शनका अनेकन आयामको प्रवचन दिने प्रख्यात गुरु चियापसलमा विद्वता पर््रदर्शन गर्दै थिए । चियाको चुस्की लिँदै लैंगिक उत्पीडनका अन्तर उधारेर लेखिएका केही पुस्तकको नामै लिन भ्याए उनले । गुरु पुष्टि गर्दै थिए (ती पुस्तक लेख्ने महिला हुन् । पत्रपत्रिका हेरौं महिलाका रोनाधोना लेख्ने पत्रकार महिला नै छन्, घरघरमा हेरौं महिला महिलाबीच मेल छैन । बढ्दो महिला हिंसाको प्रसंग जोड्दै गुरु भन्दै थिए (सामाजिक मर्यादा र दायरा कुल्चिँदा यस्तै हुन्छ ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : आउँछु प्रिया जहाजमा चढेर

~राधा भट्टराई~Radha Bhattarai

बाँची रहे आउँछु प्रिया जहाजमा चढेर
मरे भने आउँछु प्रिया बाकसमा सडेर

सुरु गरौँ कहाँबाट परदेशको खबर
चस्किन्छ यो मुटु सधैँ वचन ती गडेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : निद हराएको एक्लो रात

~सागर कार्की~Sagar Karki

निद हराएको एक्लो रात
तिमीलाई एकान्तमा सम्झन्छु,
र बिर्सेर सारा उदाशपन
तिम्रो अनुमति बिना नै
म तिमीलाई सम्झिरहन्छु ।

तिमी आउछौ,
मेरो छेउमा बस्छौ
अनि मसँग धेरै कुरा गर्छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : अलबिदा कान्छा

~सौगात बस्नेत~saugat-basnet

साथी को घर म जहिले घर गएको बेला सधै नै जान्छु | उसको घर को सानो परिवार त्यै परिवार को एउटा सदस्य सरह थियो कान्छा | मलाई त राम्ररी चिन्दैन थियो नचिने पनि केहि दिन को बसाइ मा नजिक हुन थालेको थियो |

कान्छा संग को भेट भनेको एक बर्ष मा एकचोटी हुन्थ्यो त्यहि नि केहि समय को सामिप्य मा नजिक भैहाल्थ्यो | कान्छा संग मेरो भेट यो सहित २ चोटी हुन पुगेको थियो |यस भेट मा कान्छा पहिले जस्तो चंचल पाएन मैले , एउटा कुना मा चुप लागेर बसिराको थियो | मैले सोधे साथीलाई “के भयो कान्छा लाइ चुप लागेर बसिरको छ त ” अलिक बिरामी भएको छ | त्यहि समय भित्र बाट आवाज आयो “कान्छा आइज खाना खान लाइ भनेर ” बिस्तारै कान्छा अल्छी गर्दै भए पनि बिस्तारै भित्र गयो | भित्र आमा कान्छा को खाना लिएर बस्नु भएको रहेछ | Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : नयाँ बस्ती

~जय सिंह महरा~Jay Singh Mahara

सुर्याेदयसँगै एउटा आशाको किरण उदाउनुपर्ने,
मनका ओठमा मुस्कान खितखिताउनु पर्ने
फक्रिदै गरेका काेपीला फुल्न पाउनु पर्ने
दैव
यस्ताे ठाँउमा छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्छ दनदन

~बलराम तिमिल्सिना~Balaram Timilsina

यो बेला नबले आगो कहिले बल्छ दनदन ?
नबोले अहिले मान्छे कहिले बोल्छ लौ भन ?

आगो बल्नु त राम्रै हो त्यसले के पोल्छ मूख्य हो
मान्छे बोल्नु त कामै हो उस्ले के बोल्छ मूख्य हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्तसँग घुलिदिन्छु

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

मान्छे हेरी मान्छेसँग, मस्तसँग घुलिदिन्छु
मन्का कुरा साट्नलाई, निष्कपट खुलिदिन्छु ।।

अघि बढौं हातेमालो, दुई हात दुई गोडा
समानान्तर पथभित्र, सारा पीडा भुलिदिन्छु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश

~संजु रायमाझी~

म मरेको लाश सरि याँहा
मेरा देश मर्दा म बाँची रहे
म बाँची रहे म हांसी रहे
मेरो देश याँहा मरि रह्यो ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रुनेहरु हास्दा पनि

~प्रेम चापागाईं~

हास्ने अझ हासी राछन् रुनेहरु हास्दा पनि
नहुने कै दसा चल्छ हुने हरु बास्दा पनि

दुखियाको टालो हुन्छ झुत्रो हुन्छ कपडाको
सम्पन्नको स्टायल हुन्छ त्यही झुत्रो टास्दा पनि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बिभत्स दिवास्वप्न

~आचार्य प्रभा~acharya Prabha

उफ ! कस्तो बिभत्स सपना देखेँ
सपना कहाली लाग्दो थियो
यस्तो थियो त्यो सपना
म सगरमाथाको शिरमा उभिएर
“आमा” “आमा”……..
चिच्याइ रहेकी थिएँ
अनायस हावाको झोँक्का आएर
मलाई चिसो स्पर्ष दियो,
अनी मलाई कानमा शब्दहरुको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Unanswered Question

~Dibya Giri~Dibya Giri

Whenever I am making coffee in the kitchen
I hear the news of the radio everyday
Suicidal attack, kidnapping and war
My heart is disappointed
I don’t feel the taste of the coffee.
Whenever after the tiresome day
I sit in the room after dinner watching the TV
I see the ambulance of the Red Cross Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : चेतनाको उद्भव

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

आकांक्षा लिई निम्न वर्गहरूको आत्मा दुखेको धुने
आर्थिक संकटका अगाध दुखले पाउ अगाडि हुने
स्वाभिमान बचाउने प्रण उठी राखी ठूलो हौसला
झल्केको छ विकासशील मनमा उतिर्ण’ बन्ने कला

चुत्था कांतर राक्षसि दमनका पाई ठूलो यातना
ढाल्ने दुर्ग लिएर आँट बढ्दै छन् वीर वीरांगना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भासुभीरको भूत

~मणि लोहनी~Mani Lohani

देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो।

भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो ज्यानको माया लाग्दैन?”

“किन?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्पत्ती

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

रहेछ केवल राग द्वेश ईष्र्या ।
आफ्नैबाट भईदोरहेछ पिडीत ।
मापन हुादोरहेछ जायजेथाको ।
बनाऊाने सम्पतिले उाचो निंचो ।
१

बनेन घरबास ओत लाग्नलाई ।
सम्पन्नताले छोएन मलाई ।
सम्मmन्छु एकोहोरो अतित ।
हिजो र आज भएन फरक ।
२ Continue reading →

Posted in कविता | Tagged | Leave a comment