~कल्पना राई ‘खुशी’~
तिमी हिँड्ने बाटो बेग्लै, मैले हिँड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौं, बाच्नुपर्ने एक्लै एक्लै
तन टाढा भए पनि, मनको दूरी छैन कत्ति
सपनीमा भेट हुँदा, हुन्छौ एकै दियो बत्ती Continue reading
~कल्पना राई ‘खुशी’~
तिमी हिँड्ने बाटो बेग्लै, मैले हिँड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौं, बाच्नुपर्ने एक्लै एक्लै
तन टाढा भए पनि, मनको दूरी छैन कत्ति
सपनीमा भेट हुँदा, हुन्छौ एकै दियो बत्ती Continue reading
~बीजे विद्रोही राई~
शहर फेरिएछ, रुप फेरिएछ गाम उस्तै लाग्यो ।
नेता फेरिएछन् कुर्सी फेरिएछ काम उस्तै लाग्यो ।।
विकासको ढोंग फुक्दै महलबाट मेचीकाली हेर्ने
छानोविहीन जनताको थाप्लो सेक्ने, घामउस्तै लाग्यो । Continue reading
~वैकुण्ठराज आचार्य~
कति सुस्ताए उकालो चढदा–चढ्दै
कति रोकिए ओरालो झर्दा–झर्दै
कतिले भारी बिसाए गीत गाउँदै
कतिले घर बसाए माया साट्दै
तर अब हिंड्दैनन् यहाँ कोही
अर्कै गाडी चल्ने बाटो बनेको छ Continue reading
~प्रकाश सापकोटा~
तिम्रो जीवन भयो होला झालेमाले सानू
आफूलाई त चिन्तैचिन्ता अरुखाले सानू
जव तिमी बाहिरियौ मेरो घेराबाट
परायाले कुन्नी के के भन्न थाले सानू Continue reading
~किरण टी. लिम्बु~
गन्तव्य पुग्न जीवनलाई मैले गुडाउनु कसोरी,
ठेस लागी दुखेको पाइलालाई अघि बढाउनु कसोरी
विगतलाई पछि फर्केर मैले एक पल्ट नियाल्दा,
तिमीले दिएको खुसीको पललाई भुलाउनु कसोरी Continue reading
~दिपेन्द्र खड्का~
दशैँ नजिकिदै थियो । असोजको पहिलो हप्ता भएको कारण गाउँ गाउँमा रमाईलो महुस भएको थियो । सीमाले लोग्नेलाई बिदेशमा फोन गरेर यसपाली दशैं खर्च पठाई मागी । लोग्नेले दशैँ खर्च तलब नआएको कारण थोरै पठाउने प्रयास गरेको थियो तर सिमाको माग भने धेरै नै थियो ।
यसपाली खर्च अलिक अभाब छ थोरै पठाउछु ल थोरैले काम चलाउनु है ..सिमा रिसले चुर भई ..अह हुदैन थोरैले कहाँ हुन्छ पुग्दैन,,, केहि छिन् झगडा सुरु हुन थाल्यो । बुज्ने गर न सिमा यहाँ गार्हो छ तलब आएको छैन किन न बुझेको तिमीले … अह मलाई बुझ्नु सुझ्नु छैन ,,खुरुक्क भने जति पठाउनु नत्र म छोडेर हिडी दिन्छु सबै आफै आएर छोरा छोरी सम्हाल्नु .. रिसाएर सिमा बोली । बिचरो लोग्ने के गर्न सक्छ र परदेशमा छ …. । Continue reading
~कृष्ण पौड्याल~
कोपिला नै तोड्यौ क्यारे अब फल नफलाऊ।
सक्छौ हुर्काऊ बिरुवा जरो खनी नढलाऊ॥
चाहान्थें अती तिम्लाई स्विकारिनौ मेरो माया।
बेअर्थका कल्पनामा अतितका घाऊ नमलाऊ॥ Continue reading
~मनोज खनाल~
यो एउटा घटना पौराणिक कालको हो, जतिबेला यो संसारमा जनावरहरु पनि मान्छेजस्तै दोहोरो कुरा गर्न सक्थे । यसै क्रममा तँ ठूलो हो कि म ठूलो हुँ भन्ने विषयमा एउटा विषालु सर्प र मानिसको विवाद भइरहेको थियो ।
त्यो विषालु सर्प ढाढस दिंदै भन्दै थियो– ‘तँ मनुष्य कसरी ठूलो र बलवान हुन सक्छस् एकपल्ट मात्र मैले तेरो शरीरमा ठुङ्न पाएँ भने तैंले यो संसारबाट बिदा हुनुपर्छ । तेरो जिन्दगी मेरो एकपल्ट ठुङ्गाईमा मात्र अड्केको छ बुझिस् ।’ Continue reading
~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~
तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो
गाऊघर सम्झि हजुर मेरो कलेजि खाईसक्यो
दश चोटि सम्झनो आज गाऊका बन पाखा
आसुँका भेल झर्न लाग्या “मुस्कान”का आँखा Continue reading
~नन्दलाल आचार्य~
प्रिय देश,
आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, म तिमीसँग हिजो थिएँ, आज छु र भोलि पनि हुन कसरत गर्दै छु । म युग पक्रन खोज्दै छु । तिमीलाई इतिहास निर्माण गर्न लगाउँदै छु । अर्कै भाका र लयमा त्रि्रा कुरा ल सुन-
-र्सूय उदाउँछ । मन खुशी हुन्छ । म देशलाई बचाउन सक्छु । Continue reading
~राकेश कार्की~
रिक्तता र तिक्तताको गजल पस्किरहेछु म
चुँडिन लाग्या झोलुंगे पुल झै खस्किरहेछु म
आँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रा
नदेखेको सपनासँग पनि झस्किरहेछु म Continue reading
~मधु माधुर्य~
यो शहरको सबै सडक सिध्याइसकेको छु
हेर्दा हेर्दै
यो शहरको पूरै दृश्य रित्याइसकेको छु
अब यो शहरमा सायद मेरो कुनै काम छैन
बुढा-बुढी घाम-जून यहाँ
आङ तन्काउँदै पालैपालो उठ्छन् र सुत्छन्
‘अँधेरो’लाई नै स्वतन्त्रताको पराकाष्ठा भन्ने वस्तीमा
उज्यालो उत्सवको कुनै अर्थ छैन
सायद यस्तो शहरमा मेरो कुनै काम छैन Continue reading
~उमेश राई~
आउनुस् कामरेड आउनुस्
मिलिजुली देशको काट्टो खानु पर्छ
बाहिर राष्ट्रियताको हल्ला चलाउँनु पर्छ
भित्र बिखण्डनको आगो जलाउँनु पर्छ।
आउनुस् कामरेड आउनुस्
मिलिभगतमा देशको काट्टो खानु पर्छ
बाँदरको हुल लखेट्नु पर्छ
पाकेको आँप झार्नु पर्छ
पहिचानी गुन्द्रुकको अचार खाँदै
बैल गाडामा अमेरिका पुग्नु पर्छ । Continue reading
~रामलाल जोशी~
लीला मभन्दा सात वर्ष जेठी थिई। मेरो उमेर थियो, १० वर्ष। लीलाको उमेर १७ वर्ष। लीला शुकवीर अङ्कलकी कान्छी छोरी। गाउँले नाताले मेरी दिदी। म दिदीकै नाताले लीलाको पिछा गर्थेँ। मभन्दा सात वर्ष जेठी लीलाले मलाई बालक कालमा काखमा खेलाइहोली। पिठ्यूँमा बोकी होली। हातको अौँला समातेर बाटोमा डोर्याइहोली। माटोमा सँगै खेल्यौं होला। पानीमा सँगै भिज्यौँ होला। खै, के–के लीला गरेर म बुझ्ने अवस्थामा पुगेँ। आफूलाई याद हुने अवस्थामा पुग्दा लीलासँगै, लीलाकै छायाँमा हुर्केको पाएँ।
गाउँमा भर्खर स्कुल खुल्दा लीलाको पढ्ने उमेर ढल्किसकेको थियो। सायद बैँसका पखेटा लागिसकेका थिए। म भर्खर स्कुल जान थालेको थिएँ। १० वर्षमा मैले कखरा सुरू गरेँ। लीला र मेरो अर्कै सानिध्य बढ्यो, गोठाले जीवनमा। ऊ कहिलेदेखि गोठाला जान सुरू गरेकी हो, मलाई थाहा छैन। म पनि उसकै पछिपछि कहिलेदेखि गोठाला जान थालेँ, याद छैन। जे भए पनि मलाई लीलासँग गोठाला जान जत्तिको अर्को आनन्द कुनै थिएन। Continue reading
~सुनिता लामा~
विद्यालयको पढाई शुरु गर्ने उमेरमा रोगले ग्रस्त बनाएपछि चार पाँच वर्षको अन्जान बालक पीडित त हुने नै भयो त्यसमाथि घर परिवारको अन्धविश्वासका कारण नौ वर्षको उमेरसम्म उनले पीडाबाट मुक्ति पाउन सकेनन्। चार वर्षसम्म गाउँकै धामी झाँक्रीबाट झारफुक गराउँदा पनि रोग कम नभएपछि परिवारले उनलाई काठमाडौंमा थप उपचारको लागि ल्याउँदा पत्थरी भएको र तुरुन्त शल्यक्रिया गर्नुपर्ने भनेपछि मात्र रोग लागेको चार वर्षपछि उनको शल्यक्रिया भयो र वर्षौदेखिको रोगबाट मुक्ति पाए उनले।
बाल्यकाल, जुन समय खेल्ने, खाने, प्राथमिक शिक्षा लिने उमेर तर ईश्वर किरण सुनुवार (अतित मुखिया) को बाल्यकाल भने रोगसँंग लड्दै आफ्नो जीवन बचाउका अनेकन उपाय र उपचारहरू अवलम्बन Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
आ ! फिंजारी घनका भाँक्रा, सगर–सागर गाँसी !
उग्ररुपिणी ! प्रलयसदनि ! वर्षकी वेदनाराशि !
नाश् रे शेष शिशिर, भंडारी ! शोध् रे पृथिवी–वासी !
ख.
सत्ययुगको निद्रा तेरो ! कलिको प्रबोधन–वेला !
विकल–प्राण–पवन–संगमा अश्रुकी जलधिवेला !
अतीत–कारागत सब आत्माहरुको क्रन्दन फोई
नाच् रे खण्डित कृष्ण घनमा, इन्साफ मागेर रोई ! Continue reading
~इन्दिरा प्रयास~
बिहानी लाली
बादलु घुम्टो भित्र
परेड खेल्छ ।१।
अध्येरी रात
काला ब्यापारीहरु
सुत्छन् र कहाँ? ।२। Continue reading
~शशीकला थापा सुब्बा~
टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु.
मन्द-मन्द निस्वास यो,साँचीदिएकै छु.
सधैभरी बसन्त नै, कहाँ झुलिरहंछ.
ऋतुसंगै जीवन यो, यहाँ डुलीरहन्छ.
चाहनाको फूलहरु, झर्न नपाउदै. Continue reading
~नरेश सुनुवार~
आदिम मान्छे र डुलुवा ख्याँक
को होला त्यो ?
त्यो को होला ?
जो सदियौं देखिको डुलुवा ख्याँक जस्तै
डुल्दैडुल्दै
चिह्याउँदै-चिह्याउँदै
लुत्त पस्दछ भित्र सियो बनेर
भास्सिदै भास्सिदै भित्र, झन् भित्र
जति भेट्टाउँछ कमलो र मलिलो
बुताले भ्याएसम्म फैलाउँदै एजेरु
चौतर्फी धूर्त जरा फिजाउँछ
चुसेर, सोसेर, चिथोरेर मलिलो रस Continue reading
~सुमित सुबेदी ‘प्यासी’~
मेरो आँखा हेर्दै माया, जाच्ने नगर ।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
भेट हुन्छ आउँदा जादा, दोबाटोमा कहिलेकाही
बोलाँउदा ओठ टोकी, हास्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।। Continue reading
~ज्ञानशाली घिमिरे~
म स्वर्गपुरी सँग दाँज्छु सधै मेरो देश
लेक बेसी फलाई राख्छु, सयपत्री गुरास
मेरो, धर्ति हराभरा पारी सधै भरी
शुख शान्ति ल्याई छाड्छु तराई गाउ बेसी
लेकभरि चराई दिहड्छु कस्तुरी र मृग Continue reading
~गुरुप्रसाद कुमाल ‘बुलबुल’~
खोजिरहेछ युवाहरुलाई कर्णाली भाइहरु ।
तर फर्किन्छन् बाकसभित्र नेपाली भाइहरु ।
दोष के हुन्छ र नवपालुवाको, हुर्कन दिइन्न
कोपिलामै निमोठिरहेछन् ती माली–भाइहरु । Continue reading
~बासु शर्मा~
लोकतन्त्रमा लोकतान्त्रिक आचरणहरु अपेक्षित भएझैँ बोलचाल र लेखापढीका शब्दहरु पनि लोकतान्त्रिक भावना अनुरुप हुन जरुरी छ । सबैले आपूmलाई सो अनुसार अद्यावधिक गर्नै पर्ने हुन्छ । धन्य हो इन्टरनेट ! अनलाइन खबर साइटहरुको उपलव्धताले ज्ञानलाई अद्यावधिक गर्न साह्रै नै मद्दत पुगेकोछ । धन्न कसो कसो आँखा पुगेर पढ्न पाइएछ हौ गाँठे ! नत्र त ज्ञानको अन्धकारमय सुरुङ्ग असर (Tunnel effect)मा पो रुमल्लिरहेको रहेछु म त । लोकतन्त्र स्थापना भइसकेपछि ‘राजमार्ग’लाई ‘लोकमार्ग’द्वारा प्रतिस्थापन गरिसकिएको रहेछ तर आफु भने लोकतन्त्र पूर्वकै मानसिकताले गाँजिएर ‘राजमार्ग’ नै भनेर बसिरहेको रहेछु । जब राजतन्त्रलाई लोकतन्त्रले विस्थापित ग-यो Continue reading
~रामकृष्ण पौडेल ‘अनायास’~
कसलाई सुनाउ खै जीवनको कथा
जसलाई भने नी घट्दैन ब्यथा
न त जान्छ प्राण आज न त बाँच्न सक्छु
आदि हाँसो आदि खुशी यस्तै यस्तै म’ता /
दुख ले रुदै झरेको आँशु बुझाउ कसरि Continue reading
~भिम बहादुर थापा~
हिउँद यो सारेर सर्दैन
चिसो यो टारेर टर्दैन
नजाती उही छाउँदो पो छ
श्वेत-शैतान यो हिउँको जाडो।
**
चिनीसरी बर्षा झर्छ
जादू-दृष्य जस्तै लाग्छ
बिर्सुं भन्दा झनै गाढा
बेचैनीको विशाल यो हिउँको जाडो। Continue reading
~कोइँचबु काःतिच ‘उत्तम’~
आँशुका नदी
जिन्दगीले फड्को मार्दा मार्दा
एक दिन त भेलले भेटी त गो ।
न आँशु रहृयो
न जिन्दगी
न खोला Continue reading
~ईश्वर बल्लभ~
यो कस्तो व्यथा हो लिएर मनमा
हिंडिरहेछु २
यी भत्कीरहेका पाइलालाई सोधें
के भो भनेर केहि होइन भन्छन
यी चर्किरहेका भित्तालाई सोधें Continue reading
~दिनेश राज पुरी~
छोराले खै के दिन्छन् बाले धड्कन दिइरहेछन्
आमाहरुले प्रत्येक सासको कम्पन दिइरहेछन्
खै यो पागलपन या प्रेम? प्रेमी प्रेमिकाहरु
जस्ले मुटु चुड्छ उसैलाई मन दिइरहेछन् Continue reading
~छविलाल कोपिला~
सावन भादोके महिना । धान कहुँ गाम्हँर रहे, ते कहुँ फुटके बाला झुले । यहोंर डिह्वामे मकै अर्रायल् रहे । जब मकै खैना भर्याली हुइल् । डह्गिक–डह्गिक चिरैं आइलग्लाँ ओ मकै खाके सन्त्वाइलग्लाँ ।
चिरैनके अखवारी करक लग जीउबुझ्ना डिह्वक एक कोनवामे अँटवा बनाइल् । अँटवापरसे हिलाई मिल्न फुच्रहा नम्मा–नम्मा लस्री फेन नमाइल् ओ ओम्हें एक्ठो भैंसिनके बर्का ड्वङडोगियाँ घण्टा फेन झँुराइल् । टन्लेसे लस्रिक फुँच्रा फुरफुरसे करे ओ घण्टा ड्वङ–ड्वङसे बोले ।
जीउबुझ्नक् एक्ठो सयान छाई दुखनियाँ फेन रहिस् । ऊ अँटवापर बैठल् दिनभर गोंरी बिने ओ मकैक रखवारी करे । जब चिरै मकैमे बैठिँट् ते ऊ जोरसे ‘ह्वाह्–ह्वाह्’ कैह्के होह्लाए । होह्लैलोपर नै उरिस् ते ऊ हल्हिल्ले लस्री ताने । लस्रिक फुल्रा फुरफराए ओ घण्टा ड्वङ–ड्वङसे बाले । चिरै झझक्के पूँछ हिलैटी उर्जाइट् । Continue reading
~इलामेली टीकाराम दुलाल~
छन्द : तोटक
म त चुल्बुल गर्छु र चञ्चल छु
ति मिठास नि छर्छु र चञ्चल छु ।१।
पर भाग्न नखोज न आज यहाँ
म तिमी निर सर्छु र चञ्चल छु ।२। Continue reading
~कृष्ण पहारी~
हिजो आज त
मनहरू बुढा भएछ्न र
मन ले गर्न सक्ने कामहरू पनि
अव त गर्न छोडेका छन्
पीडित मनहरू कैले काही
सानो कुरामा पनि कुडिन्छन्
मनहरू भित्र भित्र दुख्छन्
डाको छोडेर रुन थाल्छन
बुडा भएका मनहरू यस्तै हुन्छन् ।
मनहरू कैले काहीँ
भित्र भित्र धुजा धुजा भएर च्यातीनछन् Continue reading